बेलायतमा रेलभित्र हुने यौनजन्य अपराधमा वृद्धि
नेपालअखबार,लन्डन । बेलायतमा रेलभित्र हुने यौन अपराधका घटनामा उल्लेख्य वृद्धि भएको पाइएको छ। गत वर्ष मात्र २ हजार ६ सय ६१ घटना दर्ता भएका थिए, जसमा करिब १० प्रतिशत पीडित बालबालिका थिए । तीमध्ये कतिपयको उमेर १३ वर्षभन्दा कम रहेको उल्लेख छ ।
बीबीसीद्वारा गरिएको एक अनुसन्धान अनुसार पछिल्लो १० वर्षमा इंग्ल्यान्ड, स्कटल्याण्ड र वेल्सभर यौन अपराधका घटनामा झन्डै ३७ प्रतिशतले वृद्धि भएको देखिएको हो ।
ब्रिटिस ट्रान्सपोर्ट प्रहरीले यस्ता घटनामा आएको वृद्धिलाई ‘गम्भीर चिन्ताको विषय’ बताउँदै हरेक उजुरी गम्भीरताका साथ लिइने जनाएको छ। त्यस्तै, रेल सञ्चालन गर्ने कम्पनीहरूको प्रतिनिधि संस्थाले पनि ‘यौन दुर्व्यवहारप्रति शून्य सहनशीलता नीति’ लागू गरिएको स्पष्ट पारेको छ।
वेल्सकी १८ वर्षीय रिह्यानोन विलियम्सले यसै वर्ष रेल यात्राको क्रममा आफूलाई केही पुरुष समूहले दुर्व्यवहार गरेको बताइन् । ‘त्यो क्षण ...










