Saturday, September 5

विदेश

दक्षिणी थाइल्याण्डमा बाढीका कारण ६ जनाको मृत्यु
विदेश, समाचार, समाज

दक्षिणी थाइल्याण्डमा बाढीका कारण ६ जनाको मृत्यु

नेपालअखबार, बगदाद । दक्षिणी थाइल्यान्डमा बाढीबाट कम्तीमा ६ जनाको मृत्यु र हजारौँ घरबारविहीन भएको अधिकारीहरूले बुधबार बताएका छन् ।  डिसेम्बर २२ देखि आएको बाढीले सातुन, सोङ्ख्ला, पट्टानी, याला र नाराथिवाट प्रान्तमा ७० हजारभन्दा धेरै घरमा क्षति पुगेको क्षेत्रीय अधिकारीहरूले बताएका छन् । नाराथिवाटमा ८९ वर्षीया महिला र एक बालकसहित ६ जनाको मृत्यु भएको प्रान्तीय उपगभर्नर प्रिचा नुआलनोईले बताए । उनका अनुसार धेरै दिनको भीषण वर्षापछि अर्का एक व्यक्ति बेपत्ता भएका छन् । वर्षाका कारण बाढीको पानीको सतह केही स्थानमा करिब तीन मिटरको उचाइसम्म बढेको छ । स्थानीय मिडिया फुटेजमा सडक हिलो र बाढीले डुबेको तथा बासिन्दाहरूले छतमा शरण लिइरहेको तस्बिर देखाइएको छ । राहत टोलीहरूले बोतलबन्द पानी र खाजा वितरण गर्न तथा क्षति वा हताहतको जाँच गर्नका लागि रातभर काम गरेका छन् ।  थाइल्यान्डको विपद् रोकथाम तथा न्यूनीकरण...
साउदीमा गैरकानुनी कामदारमाथि धडपकड तीव्र, एक सातामै १६ हजार जना पक्राउ
प्रशासन, विदेश, समाचार

साउदीमा गैरकानुनी कामदारमाथि धडपकड तीव्र, एक सातामै १६ हजार जना पक्राउ

नेपालअखबार, काठमाडौं । साउदीले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेसँगै थप हजारौं व्यक्ति पक्राउ परेका छन् । विभिन्न क्षेत्रबाट एक साताभित्रै आवास तथा श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १६ हजार ८ सय ९९ जना पक्राउ गरिएको साउदीको गृह मन्त्रालयको जनाएको छ । गत डिसेम्बर १४ देखि २० गतेसम्मको साता राज्यभर सुरक्षा बलका विभिन्न इकाइले गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको गृह मन्त्रालयले जनाएको छ । पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लंघन गर्ने १० हजार ८ सय ५६, सीमा सुरक्षा नियम उल्लंघन गर्ने ३ हजार ९ सय ३४ र श्रम कानुन उल्लंघन गर्ने २ हजार ६ सय ७३ रहेका छन् । राज्यमा सीमा पार गर्न खोज्दा ७ सय ६९ जना व्यक्ति पक्राउ परेका थिए । जसमा ३९ प्रतिशत यमनी, ५८ प्रतिशत इथियोपियाली र ३ प्रतिशत अन्य राष्ट्रियताका थिए । यस्तै, ८० उल्लंघनकारी साउदी अरेबियाबाट बाहिर जान सीमा ...
पहिरोमा परी कङ्गोमा कम्तीमा २० जनाको मृत्यु
विदेश, समाचार, समाज

पहिरोमा परी कङ्गोमा कम्तीमा २० जनाको मृत्यु

नेपालअखबार, एजेन्सि । पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को दक्षिण किभु प्रान्तमा आइतबार भारी वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार स्थानीयलाई उद्धृत गर्दै जानकारी दिएका छन् । स्थानीय नागरिक समाजका संयोजक प्रोमेस्से माजाम्बीका अनुसार म्वेन्गाको इलाकाको कालिङ्गी गाउँमा कम्तीमा २० जनाको मृत्यु भएको  छ । दक्षिण किभु प्रान्तको कालेहे क्षेत्रमा भारी वर्षाका कारण बाढीबाट प्रभावित क्षेत्रमा ४३८  वटा शव फेला परेका थिए।  यसै बीच स्थानीय अधिकारीहरूले  प्राकृतिक विपत्तिबाट ५ हजार भन्दा बढी व्यक्ति बेपत्ता भएको अनुमान गरेका छन्। सेप्टेम्बर देखि मे महिना सम्म चल्ने वर्षाको मौसममा  कङ्गोमा विनाशकारी बाढी र पहिरोका घटना सामान्य हुने गर्छन् ।...
पश्चिम तान्जानियामा ट्रक र बस ठोक्किँदा ८ जनाको मृत्यु, ६ जना घाइते
दुर्घटना, विदेश, समाचार

पश्चिम तान्जानियामा ट्रक र बस ठोक्किँदा ८ जनाको मृत्यु, ६ जना घाइते

नेपालअखबार, एजेन्सि। पश्चिमी तान्जानियाको किगोमा क्षेत्रमा शनिबार साँझ एउटा मिनी बस र ट्रक ठोक्किँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । किगोमा क्षेत्रीय आयुक्त फिलेमोन माउन्गुले किगोनामा पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार साँझ ५ बजे सो दुर्घटना भएको हो । स्थानीय समय अनुसार शनिबार किबोन्डो जिल्लाको मुम्कुग्वा गाउँमा किबोन्डो–काकोन्को राजमार्गमा गुडिरहेको मिनी बसका चालकले नियन्त्रण गुमाएपछि सो दुर्घटना भएको हो ।...
भारतको तमिलनाडुमा बाढीमा परेर १० जनाको मृत्यु
विदेश, समाचार, समाज

भारतको तमिलनाडुमा बाढीमा परेर १० जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । भारतको तमिलनाडुमा भारी वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा पनि १० जनाको मृत्यु भएको छ । ग्रामीण क्षेत्र र सडकमा पानी जमेका कारण १२ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानतर्फ लगिएको सरकारी अधिकारीहरूले बताएका छन् । यस महिनाको सुरुमा तमिलनाडु र आन्ध्र प्रदेशले शक्तिशाली चक्रवाती आँधीको सामना गर्नुपरेको थियो । त्यसलगत्तै तमिलनाडुमा लगातार पानी परिरहेको छ । लगातारको वर्षा आँधीको परिणाम भएको मौसमविदहरुले बताएका छन् । सामाजिक सञ्जालमा आइरहेका तस्वीर र भिडियोमा तमिलनाडुको ठूलो क्षेत्र जलमग्न भएको र त्यहाँ फसेका मानिसहरूलाई बचाउन उद्धार टोलीले डुङ्गाको प्रयोग गरिरहेको देख्न सकिन्छ।यो वर्ष तमिलनाडुमा सामान्यभन्दा २० गुणा बढी वर्षा भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।...
उत्तर–पश्चिम चीनमा भूकम्प, १११ जनाको मृत्यु
विदेश, समाचार, समाज

उत्तर–पश्चिम चीनमा भूकम्प, १११ जनाको मृत्यु

नेपालअखबार, चीन । उत्तर पश्चिम चीनमा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १११ पुगेको छ ।  चीनको गान्सु प्रान्तमा सोमबार गएको ५.९ म्याग्निच्युडको भूकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको हो । भूकम्पमा परी २२० जना घाइते भएका बीबीसीले जनाएको छ । गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प ५.९ म्याग्निच्युड १० किलोमिटर गहिराइमा गएको जनाएको छ । प्रभावित क्षेत्रमा बिहानैदेखि उद्धार कार्य सुरु भएको छ । आपतकालिन कामदारहरूले उच्च उचाइ क्षेत्रमा रहेका मानिसको उद्धारको क्रममा चिसोले समस्या भएको बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको सबैभन्दा गरिब क्षेत्र मध्ये एक गान्सुमा पूर्ण उद्धार प्रयास गर्न निर्देशन दिएका छन्।...
भारतको कारगिलमा भूकम्प
विदेश, समाचार, समाज

भारतको कारगिलमा भूकम्प

नेपालअखबार, नयाँ दिल्ली । सोमबार दिउँसो कारगिलमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ३ बजेर ४८ मिनेटमा ५.५ म्याग्निच्युडको भूकम्प गएको अधिकारीहरूले पुष्टि गरेका छन् । भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस भूकम्पबाट हालसम्म कुनै पनि क्षतिको समाचार प्राप्त भएको छैन ।...
महिलाभन्दा पुरुष धेरै धोखेबाज हुन्छन्  ?
विदेश, समाचार, समाज

महिलाभन्दा पुरुष धेरै धोखेबाज हुन्छन् ?

नेपालअखबार, काठमाडौँ । केही कथा अनि फिल्ममा महिलालाई धोकेबाज देखाइएको छ । अनि केहीमा चाहिँ कसैको प्रेममा पुरुष पागल भएर हिँडेको पनि देख्न पाइन्छ । तर साँच्चै महिलाहरू धोकेबाज हुन्छन् त ? के भन्छ त सर्वेक्षण र अनुसन्धान ? बेलायतमा विवाहेत्तर सम्बन्धमा पुरुष र महिलाको प्रवृत्तिबारे एउटा अध्ययन गरिएको थियो । सर्वेक्षणका अनुसार एक तिहाइ पुरुषले आफू विवाहित भएर पनि बाहिर प्रेम सम्बन्ध राख्दै हिँडेका थिए । प्रेम सम्बन्ध नराख्ने अधिकांश पनि मौकाको खोजीमा रहेको पाइएको थियो । तर पुरुषको तुलनामा १० प्रतिशत महिला मात्रै विवाहेत्तर सम्बन्धमा रहेको पाइयो । अध्ययनमा सहभागी अधिकांश महिलाले वैवाहिक सम्बन्ध बाहेक अरू सम्बन्ध राख्ने इच्छा अस्वीकार गरेका थिए । १० प्रतिशत पुरुष पार्टनर साटासाट गर्न तयार ४ सय जना विवाहितमाझ गरिएको यो अध्ययनको नतिजा अचम्मित पार्ने खालको छ । अध्ययनमा सहभागी भएका १० प...
डुंगा दुर्घटनामा ६० भन्दा बढी आप्रवासीको मृत्यु
विदेश, विश्व, समाचार

डुंगा दुर्घटनामा ६० भन्दा बढी आप्रवासीको मृत्यु

नेपालअखबार, लिबिया । लिबियाको तटमा भएको डुंगा दुर्घटनामा ६० भन्दा बढी आप्रवासीको डुबेर मृत्यु भएको बताइएको छ । युनाइटेड नेसन्स एजेन्सी इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले बाँचेकाहरूलाई उद्धृत गर्दै शनिबार उक्त डुंगा लिबियाको तटीय सहर जुवाराबाट करिब ८६ जना यात्रु लिएर प्रस्थान गरेको बताएको छ। समाचार अनुसार समुद्रको उच्च छालले डुंगा पल्टिँदा बालबालिकासहित ६१ जना बेपत्ता भएका हुन् । उनको मृत्यु भएको अनुमान गरिएको छ । लिबिया अफ्रिकाबाट भूमध्यसागर पार गर्न खोज्ने आप्रवासीहरूको मुख्य केन्द्र हो।  बाँकी २५ जनालाई लिबियाको हिरासत केन्द्रमा पठाइएको पनि बताइएको छ । त्यहाँ उनको स्वास्थ्य उपचार भइरहेको छ । यो वर्ष मात्रै यस्ता प्रयासका क्रममा २ हजार २ सयभन्दा बढीको डुबेर मृत्यु भएको आईओएमको अनुमान छ । समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार आईओएमले यो दुर्घटनामा मारिने अधिकांश नाइजेरि...
भारतीय प्रधानमन्त्रीको गृहनगरमा पेन्टागन भन्दा ठुलो हीरा व्यापार भवन
अर्थ, विदेश, समाचार

भारतीय प्रधानमन्त्रीको गृहनगरमा पेन्टागन भन्दा ठुलो हीरा व्यापार भवन

नेपालअखबार, गुजरात । भारतको गुजरातमा अमेरिकी सुरक्षा मुख्यालय पेन्टागन भन्दा ठुलो बहुउद्देश्यीय भवन निर्माण गरिएको छ । सुरत डायमण्ड बोर्स (एसडीबी) नामको सो भवन उद्घाटन समारोहमा विश्वका ७० हजार व्यवसायीहरूलाई निमन्त्रणा गरिएको त्यहाँका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । आफ्नो गृहनगरमा निर्मित एसडीबी भवनको प्रधानमन्त्री नरेन्द्र मोदीले आज उद्घाटन गर्दै छन् ।  यो भवनलाई सबैभन्दा ठुलो अन्तर सम्बन्धित कार्यालय भवन मानिएको छ। यसमा ४ हजार ७०० भन्दा बढी कार्यालयहरू  रहन सक्नेछन् । यसको निर्माण लागत ३५ अर्ब भारतीय रुपैयाँ छ। भवनको निर्माण फेब्रुअरी २०१५ मा सुरु भएको थियो । यसको काम अप्रिल २०२२ मा सम्पन्न भएको हो। एसडीबी भवनमा सूरतको हीरा उद्योगले उत्पादन र व्यापार दुवैको लागि एउटै छानामुनि सबै थोक पाउन सकिने उद्देश्य राखेको बताइएको छ । सूरतले विश्वको प्राकृतिक हीराको ९२ प्रतिशत उत्पादन गर्छ...