Wednesday, September 23

विदेश

भारत कर्नाटकका मुख्यमन्त्रीपछि उनकी छोरीलाई पनि कोरोना संक्रमण, दुवै एउटै अस्पतालमा
विदेश, समाचार, स्वास्थ्य

भारत कर्नाटकका मुख्यमन्त्रीपछि उनकी छोरीलाई पनि कोरोना संक्रमण, दुवै एउटै अस्पतालमा

नेपाल अखबार, एजेन्सि। भारतको कर्नाटक राज्यका मुख्यमन्त्री बीएस येदियुरप्पापछि उनकी छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। बेंगलरुस्थित मणिपाल अस्पताल स्रोतलाई उधृत गर्दै समाचार एजेन्सी एएनआईले लेखेको खबरअनुसार उनलाई अस्पताल भर्ना गरिएको छ। ७७ वर्षीय मुख्यमन्त्रीय यसअघि नै त्यस अस्पतालमा भर्ना भइसकेका छन्। अस्पतालका अनुसार उनको अवस्था स्थिर छ।...
कोरोनाबाट भारतका शिक्षामन्त्री रानीको निधन
विदेश, स्वास्थ्य

कोरोनाबाट भारतका शिक्षामन्त्री रानीको निधन

नेपाल अखबार, एजेन्सि। भारतको उत्तरप्रदेश राज्यकी प्रविधि तथा शिक्षामन्त्रीको मृत्यु भएको छ । ६२ वर्षीया कमला रानी वरुणको कोरोना संक्रमणबाट आइतबार मृत्यु भएको हो । उनलाई १८ जुलाईमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका लागि भर्ना गरिएको लखनउस्थित एसबिपिजिआईमै उनको मृत्यु भएको हो ।
नेपालीलाई कुवेत प्रवेशमा रोक
विदेश

नेपालीलाई कुवेत प्रवेशमा रोक

नेपाल अखबार, एजेन्सि। कुवेत सरकारले नेपालसहित सात देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ। नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सबाट जाने नागरिकलाई प्रवेशमा रोक लगाएको हो। कुवेतमा झण्डै ७० हजार नेपाली कार्यरत छन्। कोरोना संक्रमण नियन्त्रणको लागि यस्तो निर्णय गरिएको कुवेत सरकारले जनाएको छ। कुवेतमा १ अगस्टदेखि व्यवसायिक उडान सञ्चालन हुँदैछन्। उडान खुले पनि नेपालसहित सात देशका नागरिकलाई आफ्नो देश प्रवेश नदिइने कुवेत सरकारले जनाएको छ।...
महेश भट्टले रियालाई दिएका थिए सुशान्तसँग टाढै रहन सुझाव, प्रहरीको २ घण्टाको सोधपुछमा भने यस्तो
विदेश, समाचार

महेश भट्टले रियालाई दिएका थिए सुशान्तसँग टाढै रहन सुझाव, प्रहरीको २ घण्टाको सोधपुछमा भने यस्तो

नेपाल अखबार, एजेन्सि।  सुशान्त सिंह राजपूतको आत्महत्या मामिलामा सोमबार फिल्म निर्देशक महेश भट्टसँग सांताक्रुज प्रहरी स्टेशनमा दुई घण्टा सोधपुछ भयो । उनी दिउँसो १२ बजे प्रहरी स्टेशन पुगेका थिए र २ बजेसम्म उनीसँग सोधपुछ भयो । यसमा महेश भट्टको नाम त्यतिबेला जोडियो जब उनको क्याम्पमा काम गरिसकेकी लेखिका सुहृता दासले सुशान्तको मृत्यु भएकै दिन महेशले भनेपछि नै रिया सुशान्तसँग टाढा भएको खुलासा गरेकी थिइन् । मिडियामा यो खबर आएपछि प्रहरीमाथि महेश भट्टसँग सोधपुछ गर्न दबाब सुरु भएको थियो । सुहृताको पोस्टले फैलाएको थियो सनसनीः सुहृताले सुशान्तको मृत्यु भएकै दिन यो पोस्ट गरेकी थिइन् । उनले रियाका लागि लेखिएको यो पोस्टमा बताएकी थिइन्, ‘जब पूरा दुनियाँ सुशान्तका लागि समवेदना दिइरहेको छ तब म तिम्रो साथमा उभिएकी छु । मैले तिमीलाई भट्ट साहबसँग काउन्सिलिङका लागि आएको देखेकी छु । तिम्रो संघर्षलाई देखे...
सुशान्तको फिल्म हेरेपछि ७ कक्षाकी छात्राले गरिन् आत्महत्या, छोडिन् यस्तो नोट
विदेश

सुशान्तको फिल्म हेरेपछि ७ कक्षाकी छात्राले गरिन् आत्महत्या, छोडिन् यस्तो नोट

नेपाल अखबार, एजेन्सि। बलिउड नायक सुशान्त सिंह राजपूतको आत्महत्याको विषयमा प्रहरीको अनुसन्धान जारी छ भने अर्कोतर्फ सुशान्तका थुप्रै प्रशंसकद्वारा आफ्नो जीवन लीला समाप्त गरिरहेको खबर पनि लगातार आइरहेको छ । यसै क्रममा सुशान्तले आत्महत्या गरेपछि दुःखी भएकी भारतकी एक १३ वर्षकी छात्राले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । एएनआईको एक रिपोर्ट अनुसार ती बालिकाले आत्महत्या अघि सुसाइड नोट पनि लेखेकी छिन् जसमा उनले सुशान्त यो संसारबाट गएको राम्रो नलागेका कारण आत्महत्या गरेको जानकारी दिएकी छिन् । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ । आत्महत्या गर्ने बालिकाको नाम जे. एन्जेला हो र उनी ७ औं कक्षाकी विद्यार्थी थिइन् । आत्महत्या गर्नु ठिक अघि सुशान्त सिंह राजपूतको फिल्म छिछोरे हेरेकी थिइन् । घटनाका बेला बालिका एक्लै घरमा थिइन् । बुधबार बेलुका करिब ५ बजे टिभीमा फिल्म छिछोरे आइरहेको थि...
अमेरिकामा एकै दिन ६० हजार कोरोना संक्रमित थपिए
विदेश

अमेरिकामा एकै दिन ६० हजार कोरोना संक्रमित थपिए

नेपाल अखबार, एजेन्सि।संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस कोभिड–१९ बाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन्। अमेरिकाको रोग नियन्त्रण केन्द्र सीडीसीले गएको २४ घन्टामा ६१ हजार २८८ जना संक्रमित थपिएको बताएको हो। त्यस्तै गएको २४ घन्टायता मात्र ४८८ जनाको यो संक्रमणका कारण ज्यान गएको अमेरिकाको जोन हाप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ। यहाँ संक्रमितको संख्या अझै धेरै हुनसक्ने अनुमान पनि गरिएको छ। कोरोना भाइरसबारे विश्वव्यापी तथ्यांक संकलन गरिरहेको जोन हप्किन्स विश्वविद्यायका अनुसार यसअघि यहाँ अहिलेसम्म संक्रमितको संख्या ३८ लाख नाघेको छ। उक्त विश्वविद्यालयले यहाँ १ लाख ४० हजार ९२२ जनाको ज्यान गइसकेको छ। संक्रमण तीव्र भएपछि केही राज्यले व्यापार व्यवसाय सुचारु गर्ने योजनापछि सारेका जनाइएको थियो। तर पछि आएर धेरै राज्यमा व्यपार व्यवसाय पनि शुरु भएको छ ।यसरी अमेरिका कोभिड १९ बाट सबै...
शाहरुख खानले आफ्नो घरलाई प्लाष्टिकले ढाके ?
मनोरञ्जन, विदेश

शाहरुख खानले आफ्नो घरलाई प्लाष्टिकले ढाके ?

नेपाल अखबार, एजेन्सि। मुम्बईमा कोरोनाभाइरसको प्रकोप तीब्र रुपमा बढिरहेको छ । अब बलिउड सेलिब्रिटी पनि यसको जकडमा आइरहेका छन् । केही दिनअघि अमिताभ बच्चन पनि कोरोनाद्वारा संक्रमित पाइएका थिए । अमिताभबाहेक अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन र आराध्या बच्चन पनि कोरोनाद्वारा संक्रमित पाइएका छन् । यो देखेर अन्य सेलिब्रिटी पनि विशेष सावधानी अपनाइरहेका छन् । बच्चन परिवारका सदस्य अहिले अस्पतालमा भर्ना छन् र आफ्नो उपचार गरिरहेका छन् । यसैबीच नायक शाहरुख खानले आफ्नो बंगला मन्नतलाई चारैतिर प्लाष्टिकले छोपेका छन् । स्मरण रहोस्, शाहरुख खान आफ्नी श्रीमती गौरी र तीन सन्तानसहित मन्नतमा बसिरहेका छन् । साथै शाहरुखले आफ्नो पाँच तले अफिसलाई कोरोना बिरामीको उपचारका लागि बीएमसीलाई दिएका छन् । शाहरुखले सावधानी अपनाउँदै आफ्नो घरलाई चारैतिर छोपेका छन् । भारतीय मिडियाका प्रकाशित समाचारका अनुसार शाहरुख खानले आफ्नो घरलाई...
डाकु समूहले आक्रमण गर्दा २३ नाइजेरियाली सैनिकको मृत्यु
विदेश, समाचार

डाकु समूहले आक्रमण गर्दा २३ नाइजेरियाली सैनिकको मृत्यु

नेपाल अखबार, एजेन्सि। अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिमस्थित दुर्गम स्थानमा डाकुहरुको समूहले बारुदी सुरुङ बिस्फोट गराएका कारण २३ जना नाइजेरियाली सैनिकको मृत्यु भएको छ। नाइजेरियाको काट्सिना राज्यको जिबिया जिल्लामा पैदल गस्तीमा रहेको सैनिक टोलीमाथि डाकुहरुले घेरा हालेर आक्रमण गरेको सेनाले जनाएको छ। सैनिक स्रोतले अरु केही सैनिक हराइरहेको जनाएको छ। यस क्षेत्रमा डाकाहरुको समूहले स्थानीयबासीका गाईवस्तु र अन्य धनमाल लुट्ने गरेका छन्। केही विज्ञहरुले यी डाकु समूहले इस्लामिक लडाकूसँग पनि साँठगाँठ गर्न थालेको दाबी गरेका छन्। लडाकू समूहका एक व्यक्तिले सेनातर्फ २३ जनाभन्दा बढीको मृत्यु भएको दाबी गरेका छन्। त्यही इलाकामा शनिबार एउटा बेवारिसे बम बिस्फोट हुँदा पाँच बालबालिकाको मृत्यु हुनुका साथै छ जना घाइते भएको काट्सिना राज्यका प्रहरी प्रवक्ताले बताएका छन्। उक्त बम डाकुहरुले छाडेको हुनसक्ने प्रहरी...
भारतमा आइतबार मात्रै ४० हजार बढी संक्रमितको पहिचान
विदेश, स्वास्थ्य

भारतमा आइतबार मात्रै ४० हजार बढी संक्रमितको पहिचान

नेपाल अखबार, एजेन्सि। भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ४० हजार ४ सय २५ व्यक्तिमा कोरोना संक्रमण देखिएको छ भने ६ सय ८१ को मृत्यु भएको छ । यसका साथै भारतमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार ४२ पुगेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या २७ हजार ४ सय ९७ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म कोरोनाका ७ लाख ८७ संक्रमित निको भइसकेका छन् ।...
मध्य र पूर्वी चीन जलमग्न, १४० जनाको मृत्यु
विदेश

मध्य र पूर्वी चीन जलमग्न, १४० जनाको मृत्यु

नेपाल अखबार, एजेन्सि। मध्य र पूर्वी चीनको बस्ती बाढी र डुबानले नराम्रोसँग प्रभावित भएको छ । हालसम्म १ सय ४० जनाको मृत्यु भएको पुष्टि भएको छ । केही हराइरहेका छन् । दसौं लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । कतिपय पक्की घरहरु पनि भत्किएका छन् । चीनमा ६ दशकयताकै भारी वर्षा भएको बताइएको छ । बाढीले नौ वटा प्रान्त प्रभावित भएको बताइएको छ । अझै पाँच दिनसम्म भारी वर्षा हुने चीनका मौसमविदहरुले पूर्वानुमान गरेका छन् । चिनियाँ अधिकारीहरुले देशका ३३ वटा नदीहरुमा उच्च बहाव भएको जानकारी दिएका छन् । बुधबारबाट भने याङ्ग्त्जी नदीको मध्य र तल्लो तटीय क्षेत्रमा जल सतह विस्तारै घट्दै गएको जल संशाधन मन्त्रालयले जनाएको छ । चीनको ताजा पानीको सबैभन्दा ठूलो तलाउ भनेर चिनिने पोयाङ्गको धेरै ठाउँका बाँधहरु भत्किएका छन् । त्यहाँ सैनिक परिचालन गरी अस्थायी बाँध मर्मत गरिएको छ ताकि दक्षिण–पूर्वी चीनको चियाङ्गसिङ्...