Saturday, May 2

विदेश

नमाजको समयमा नाइजेरियामा मस्जिदमा आक्रमण, २७ जनाको मृत्यु
विदेश, समाचार, समाज

नमाजको समयमा नाइजेरियामा मस्जिदमा आक्रमण, २७ जनाको मृत्यु

नेपालअखबार,अबुजा । नाइजेरियाको उत्तरपश्चिमी राज्य कात्सिनाको उन्गुवान मान्टाउ सहरमा अज्ञात बन्दुकधारीहरूले एक मस्जिदमा आक्रमण गरेर कम्तीमा २७ जनाको हत्या गरेका छन् । ठुलो सङ्ख्यामा मानिसहरू मस्जिदमा भएको समयमा मंगलबार बिहानको नमाजको समयमा यो आक्रमण भएको थियो । स्थानीय प्रशासनका अनुसार, अहिलेसम्म कुनै पनि संगठनले आक्रमणको जिम्मेवारी लिएको छैन । तर यस क्षेत्रमा किसान र गोठालाहरू बिच जमिन र पानीलाई लिएर लामो समयदेखि तनाव चलिरहेको थियो । सञ्चार माध्यमहरूमा छापिएका समाचारलाई पत्याउने हो भने, यो विवादका कारण प्रायः हिंसात्मक झडप र हत्याहरू हुने गरेका छन् । यस आक्रमण पछि बढ्दो तनावलाई ध्यानमा राख्दै, अरु आक्रमण हुन नदिन सो क्षेत्रमा सेना र प्रहरीलाई क्षेत्रमा तैनाथ गरिएको राज्य आयुक्त नासिर मुआजुले बताए । वर्षाको समयमा, बन्दुकधारीहरू प्रायः खेतमा बालीनालीहरू बीचमा लुकेर गाउँहरूमा आक्र...
इन्डोनेसियामा ६ म्याग्निच्युडको भूकम्प
विदेश, समाचार, समाज

इन्डोनेसियामा ६ म्याग्निच्युडको भूकम्प

नेपालअखबार,जकार्ता । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तको पोसो रिजेन्सीमा आइतबार ६.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट २९ जना घाइते भएको देशको राष्ट्रिय विपद् व्यवस्थापन निकायले एक विज्ञप्तिमा जनाएको छ । मौसम विज्ञान, जलवायु विज्ञान र भूभौतिकी निकायले स्थानीय समयअनुसार बिहान ५ः३८ बजे भूकम्प गएको जनाएको छ । जसको केन्द्रबिन्दु पोसो रिजेन्सीबाट १८ किलोमिटर उत्तर पश्चिममा १० किलोमिटर गहिराइमा जमिनमा रहेको थियो । पोसो पेसिसिर जिल्लामा शक्तिशाली भूकम्प महसुस गरिएको थियो । जसमा मसानी, टोकोरोन्डो, तोउ, पिनेडापा, ताङ्कुरा र लापे गाउँहरू पनि समावेश थिए । जुन लगभग १५ सेकेन्डसम्म चलेको थियो र धेरै बासिन्दाहरूलाई सुरक्षाको लागि बाहिर निस्कन बाध्य पारेको थियो ।...
पाकिस्तानमा विनाशकारी बाढी र पहिरो : अझै २ सयभन्दा बढी बेपत्ता
विदेश, समाचार, समाज

पाकिस्तानमा विनाशकारी बाढी र पहिरो : अझै २ सयभन्दा बढी बेपत्ता

नेपालअखबार,इस्लामाबाद । पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोका कारण ३०० भन्दा बढीले ज्यान गुमाएका छन् भने २०० भन्दा बढी मानिस अझै बेपत्ता भएको अधिकारीहरूले जनाएका छन्।सबैभन्दा प्रभावित खैबर पख्तुनख्वा प्रान्तको बुनर जिल्लामा मात्र कम्तीमा २०९ जना हराइरहेका छन्। तर यो सङ्ख्या अझ बढ्ने आशङ्का गरिएको बीबीसीलाई स्थानीय अधिकारीहरूले बताएका छन्। बुनरका उप–आयुक्त कार्यालयका प्रवक्ता जहाँगीर खानका अनुसार उद्धार टोलीले ८ जनाको शव पहिचान नहुँदा आफै गाड्नु छ। सडकहरू भत्किएर धेरै आफन्तहरूले आफ्ना प्रियजनहरूको शव दाबी गर्न सकेका छैनन्। प्रान्तीय उद्धार प्रवक्ताले एएफपीलाई बताए अनुसार, १० देखि १२ वटा गाउँ आंशिक रूपमा पुरिएका छन्। शंगलामा पनि ‘दर्जनौँ मानिस हराइरहेका’ प्रान्तीय विपद् व्यवस्थापन प्रमुख असफन्द्यार खतकले बताएका छन्। दक्षिण एसियाको वार्षिक वर्षाको तीन–चौथा...
युएई सरकारले दियो १२० नेपालीलाई आममाफी
प्रशासन, विदेश, समाचार

युएई सरकारले दियो १२० नेपालीलाई आममाफी

नेपालअखबार,काठमाडौं  । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ। नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ। दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको हो।...
पाकिस्तानमा भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ३३२ पुग्यो
विदेश, समाचार, समाज

पाकिस्तानमा भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ३३२ पुग्यो

नेपालअखबार,काठमाडौं । पाकिस्तानमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३३२ पुगेको छ। शुक्रबार खैबर पख्तुनख्वा प्रान्तमा क्लाउड ब्रस्ट हुँदा आएको बाढीमा पनि हालसम्म ३३२ जनाको मृत्यु भएको पाकिस्तानी अनलाइन द डनले जनाएको छ। प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) का अनुसार सबैभन्दा बढी प्रभावित बुनेर जिल्लालगायत अन्य क्षेत्रमा थप मानवीय क्षति पुष्टि भएसँगै मृतकको संख्या बढेको हो। भारी वर्षा र बादल फुटेर आएको बाढीका कारण एकैदिन २०० भन्दा बढीले ज्यान गुमाएका थिए। यसमा राहत तथा उद्धार कार्यमा खटिएको प्रान्तीय सरकारको एक हेलिकप्टर मोहमान्दमा दुर्घटना हुँदा चालक दलका पाँच सदस्यको पनि मृत्यु भएको डनले जनाएको छ। पिडिएमएले जारी गरेको पछिल्लो विवरण अनुसार बुनेर जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ। जहाँ पछिल्लो ४८ घण्टामा २०८ जनाको मृत्यु भएको छ। जिल्ला उपा...
प्रधानमन्त्री मोदीको सम्बोधन : अब आणविक ब्ल्याकमेल सहने छैनौँ
राजनीति, विदेश, समाचार

प्रधानमन्त्री मोदीको सम्बोधन : अब आणविक ब्ल्याकमेल सहने छैनौँ

नेपालअखबार,काठमाडौं । नयाँ दिल्ली । ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाबाट राष्ट्रलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अपरेसन सिन्दूरमा सहभागी सैनिकप्रति सम्मान व्यक्त गर्दै पाकिस्तानलाई कडा चेतावनी दिएका छन्।प्रधानमन्त्री मोदीले भने, ‘आज, मलाई लाल किल्लाको पर्खालबाट अपरेसन सिन्दूरका बहादुर सिपाहीहरूलाई सलाम गर्ने अवसर मिलेको छ। हाम्रा सैनिकहरूले शत्रुलाई उनीहरूको कल्पनाभन्दा बाहिरको सजाय दिएका छन्। भारत अब आणविक धम्की वा ब्ल्याकमेल सहने छैन।” उनले पहलगाममा भएको नरसंहारको स्मरण गर्दै भने, ‘आतङ्ककारीहरूले सीमापारबाट आएर निर्दोष नागरिकलाई धर्म सोधेर हत्या गरे। श्रीमानलाई उनकी श्रीमतीको अगाडि, बुबालाई छोराछोरीको अगाडि मारियो। यस घटनाले सम्पूर्ण भारत क्रोधित भएको छ, र अपरेसन सिन्दूर त्यही क्रोधको अभिव्यक्ति हो।’ मोदीले भने, ‘भारतले अब रगत र पानी एकैसाथ बग्ने छैन ...
जम्मू-कश्मिरमा भीषण वर्षापछि आएको बाढीमा परी ४६ जनाको मृत्यु
विदेश, समाचार, समाज

जम्मू-कश्मिरमा भीषण वर्षापछि आएको बाढीमा परी ४६ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं ।  भारतको जम्मू-कश्मिरको किस्तवाडमा भीषण वर्षापछि आएको बाढीमा परी ४६ जनाको मृत्यु भएको छ। बिहिबार दिउँसो बादल फाटेर भीषण वर्षा (क्लाउडब्रस्ट) भएपछि किस्तवाडको दुर्गम गाउँ चसोतीमा आएको बाढीमा कम्तिमा ४६ जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। मृत्यु हुनेमा दुई जना केन्द्रीय औद्योगिक सुरक्षा बल (सिआइएसएफ)का जवानसमेत छन्। दिउँसो करिब १ बजे चसोतीमा अकास्मात आएको बाढीले त्यहाँ रहेका घर, पसल, एक सुरक्षा चौकी र तीर्थयात्रीहरूका लागि बनाइएको 'लंगर' (सामुदायिक भान्सा) बगाएको हिन्दुस्तान टाइम्सले जनाएको छ। चसोती हुँदै प्रसिद्ध धार्मिक तीर्थस्थल मचैल माता मन्दिर जाने धेरै तीर्थयात्रीहरू बाढीमा परेका छन्। यसपालि जुलाई २५ देखि मचैल माता यात्रा वार्षिक तीर्थयात्रा चलिरहेकाले त्यस क्षेत्रमा ठूलो संख्यामा तीर्थयात्रीहरूको भीड थियो। बाढी पहिरोमा परेका १६७ जनाको उ...
जम्मू-कश्मीरमा ‘क्लाउड ब्रस्ट’, १२ जनाको मृत्यु
विदेश, समाचार, समाज

जम्मू-कश्मीरमा ‘क्लाउड ब्रस्ट’, १२ जनाको मृत्यु

नेपालअखबार , जम्मू-कश्मीर । जम्मू-कश्मीरको किश्तवाड जिल्लाको पड्डर सब-डिभिजन अन्तर्गत पर्ने चशोटी गाउँमा बिहीबार दिउँसो १२:३० बजे ‘क्लाउड ब्रस्ट’ (बादल फाट्ने) भएको छ। पहाडबाट आएको पानी र माटोको ढिस्कोमा परी धेरै मानिसहरू फसेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार, यो दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । उनीहरूको शव पनि फेला परेको छ। २५ जनाभन्दा बढी मानिस घाइते भएका छन् र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। हजारौं तीर्थयात्री मचैल माता यात्राका लागि चशोटी गाउँमा जम्मा भएको बेला यो घटना भएको थियो। यो यात्राको पहिलो बिसौनी हो। क्लाउड ब्रस्ट भएको ठाउँबाट नै यात्रा सुरु हुनेवाला थियो। यहाँ तीर्थयात्रीहरूका बस, टेन्ट, लंगर (सामुदायिक भोजनालय) र धेरै पसलहरू थिए। बाढीको पानीले ती सबै बगाएको छ। मचैल माता तीर्थयात्रा हरेक वर्ष अगस्टमा हुन्छ र यसमा हजारौं श्रद्धालु सहभागी हुन्छन्। यो यात...
टर्कीमा भूकम्प, १६ भवन भत्किए, १ जनाको ज्यान गयो
विदेश, समाचार, समाज

टर्कीमा भूकम्प, १६ भवन भत्किए, १ जनाको ज्यान गयो

नेपालअखबार,कठमाडौं । टर्कीको उत्तर–पश्चिम प्रान्त बालिकेसिरमा आइतबार साँझ आएको ६.१ म्याग्निच्युडको भूकम्पमा एक जनाको मात्रै मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भूकम्पको केन्द्रविन्दु सिन्डिर्गी सहरमा एक ८१ वर्षीया महिलाको मृत्यु भएको हो । भग्नावशेषबाट बाहिर निकालेलगत्तै उनको ज्यान गएको बीबीसीले जनाएको छ । सरकारी तथ्यांक अनुसार भूकम्पका कारण १६ वटा भवन भत्किएका छन् र २९ जना घाइते भएका छन् । टर्कीको विपद् व्यवस्थापन कार्यालयका अनुसार यो भूकम्प स्थानीय समयअनुसार करिब आइतबार साँझ ७ बजेर ५३ मिनेटमा आएको थियो । त्यसको धक्का राजधानी इस्तानबुलसम्म महसुस भएको थियो । भूकम्प पछि दर्जनौंपटक परकम्पले धर्ती हल्लिएको थियो । शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै उद्धार तथा पुन:स्थापना कार्यलाई तीव्रता दिइएको बताएका छन् । ‘ईश्वरले हाम्रो देशलाई कुनै पनि प्रकारको विप...
जन्मदर बढाउन चीनको नीति: बालबालिकालाई वार्षिक भत्ता र किन्डरगार्टेनको शुल्क मिनाहा
विदेश, समाचार, समाज

जन्मदर बढाउन चीनको नीति: बालबालिकालाई वार्षिक भत्ता र किन्डरगार्टेनको शुल्क मिनाहा

नेपालअखबार,काठमाडौं । चीनले घट्दो जन्मदरलाई बढाउनका लागि नयाँ नीति कार्यान्वयनमा ल्याएको छ। चीनले तीन वर्षभन्दा मुनिका बालबालिकालाई वार्षिक भत्ता दिने र किन्डरगार्टेनमा पढिरहेका बालबालिकाहरूको शुल्क मिनाहा गर्ने निर्णय गरेको हो। चिनियाँ सञ्चारमाध्यहरूलाई उद्धृत गर्दै रोयटर्सले लेखेको समाचारमा चीनले तीन वर्षमुनिका बालबालिकालाई वार्षिक ३ हजार ६ सय युआन (७० हजार नेपाली रूपैयाँ) भत्ता दिने भएको छ। वार्षिक भत्ताको योजना गत जनवरीयता जन्मेकाहरूमा लागू हुनेछ। यो पैसा उनीहरूको हेरचाहका लागि अभिभावहरूकलाई समस्या नहोस् भन्नका लागि दिइएको हो। यसबाट झन्डै २ करोड परिवार लाभान्वित हुने अनुमान गरिएको छ।  त्यस्तै सार्वजनिक किन्डरगार्टेनमा अध्ययनमा बालबालिकाहरूको शुल्क मिनाहा गर्ने निर्णय पनि मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको रोयटर्सले लेखेको छ। निजी किन्डरगार्टेनको शुल्कमा पनि छुट दिने...