२० वर्षपछि सेनेगल विश्वकपको नकआउटमा पुग्दा प्रशिक्षक सिसेको संयोग
नेपालअखबार, काठमाडौं । सेनेगल कतारमा भइरहेको फिफा विश्वकप २०२२ को नकआउट चरणमा पुग्ने पहिलो अफ्रिकी र समग्रमा छैटौं टिम बनेको छ ।
मंगलबार इक्वेडरलाई २-१ ले पराजित गरेपछि सेनेगल ६ अंक जोड्दै समूह ए को उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो ।
सेनेगल २० वर्षपछि विश्वकपको नकआउट चरणमा पुग्दा हालका प्रशिक्षक अलिओउ सिसेको रमाइलो संयोग जोडिएको छ ।
सन् २००२ मा पहिलो पटक विश्वकप खेल्दा नै सेनेगल क्वाटरफाइनलसम्म पुगेको थियो । दोस्रो पटक २०१८ मा विश्वकप खेल्दा समूह चरणबाटै बाहिरिएको सेनेगल तेस्रो पटक खेल्दा फेरि नकआउट चरण पुग्न सफल भयो ।
सेनेगलको यो दुवै टिमको हिस्सा थिए अलिओउ सिसे ।
सन् २००२ मा साविक विजेता फ्रान्सलाई नै हराएर शनसनी मच्चाउँदै क्वाटरफाइनल सम्म पुग्दा सिसेले नै सेनेगलको कप्तानी गरेका थिए ।
दुई दशकपछि सेनेगलले विश्वकपको समूह चरण पार गर्दा टच लाइनमा उनै सिसे प्र...










