Monday, June 1

विश्व

२० दिनमा पाँच गुणा बढ्यो भारतमा कोरोना संक्रमण
विश्व, समाचार, स्वास्थ्य

२० दिनमा पाँच गुणा बढ्यो भारतमा कोरोना संक्रमण

नेपालअखबार, एजेन्सि। भारतमा पछिल्लो २० दिनमा पाँच गुणाले कोरोना संक्रमित बढेका छन्। भारतीय स्वास्थ्य विभागका अनुसार जुन १ मा ३९१७ संक्रमित फेला परेको भारतमा ५ जुनमा ४३६२, जुन १० मा ८३१८, जुन १५ मा १२१५४ र १९ जुनमा १२२१८ जना संक्रमित फेला परेका छन्। पछिल्लो ५ दिनमा लगातार १२ हजार बढी नयाँ संक्रमित फेला परेका छन्। पछिल्लो एक सातामा मात्र भारतमा ८२ हजार भन्दा बढी संक्रमित फेला परेका छन्। मंगलबार ८८२२ संक्रमित फेला परेको भारतमा त्यसपछि लगातार ५ दिन १२ हजारभन्दा बढी संक्रमित फेला परे। बुधबार १२२१३, बिहिबार १२८४७, शुक्रबार १३२१६, शनिबार १२८९९ र आइतबार १२७१७ जना नयाँ संक्रमित फेला परेका छन्। सोमबार संक्रमितको संख्या घटेको छ। पछिल्लो २४ घन्टामा ९८७५ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन्। यस्तै ७२५४ संक्रमित निको भएका छन् भने १७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। ...
हिमाञ्चलमा बीच बाटोमा अड्कियो ११ जना बोकेको केबलकार
विश्व, समाचार

हिमाञ्चलमा बीच बाटोमा अड्कियो ११ जना बोकेको केबलकार

नेपालअखबार, एजेन्सि। भारतको हिमाञ्चल प्रदेशको परवानूमा एउटा केबलकार बीच बाटोमा अड्किएको छ। सोमबार दिउँसो प्राविधिक समस्याका कारण केबलकार बाटोमा अड्किँदा ११ जना पर्यटक फसेको इन्डिया टुडेले जनाएको छ। फसेका पर्यटकको उद्धार गर्न ट्रली परिचालन गरिसकेको छ। तीन जनाको उद्धारसमेत गरिसकेको छ। केबलकारमा अड्किएका सबै जना नयाँ दिल्लीका हुन्। टिम्बर ट्रेल रिसोर्टका प्राविधिक टोलीहरू पनि उद्धारमा परिचालन गरिएका छन्। त्यस्तै प्रहरीले उद्धारको कामलाई निगरानीमा राखेको छ। उनीहरूको तत्कालै उद्धार नगरिए विपद्को टोली पनि बोलाइने इन्डिया टुडेले जनाएको छ। केबलकार दुई घन्टादेखि अड्किएको छ। गत अप्रिलमा भारतमा केबलकार अड्किँदा तीन जनाको मृत्यु भएको थियो। झारखन्डको दियोघर जिल्लामा ४० घन्टा बढी अड्किँदा तीन जनाको मृत्यु भएको थियो।...
वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु
विश्व, समाचार

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। अमेरिकाको वासिङ्‍गटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका छन् । गोली लागेकामध्ये एक किशोरको मृत्यु भएको बताइएको छ । ‘दुई वयस्क र एक किशोरमाथि गोली हानिएको थियो । त्यस्तै, एक प्रहरी अधिकारीलाई पनि गोली हानिएको थियो’, महानगरीय प्रहरी विभाग प्रमुख रोबर्ट जे कोन्टीले भने । गोली लागेर घाइते भएका प्रहरी अधिकारी र अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । घाइते किशोरको भने मृत्यु भएको प्रहरीले जनाएको छ । वासिङ्‍गटन डीसीको संस्कृति प्रवर्द्धन गर्ने पर्व मोचेलाको समयमा गोलीबारी भएको थियो । अमेरिकामा पछिल्लो समयमा बारम्बार बन्दुक हमला भएका छन् ।...
श्रीलंकामा सरकारी कर्मचारीलाई दुई हप्ता घरबाटै काम गर्न सरकारको निर्देशन
विश्व, समाचार

श्रीलंकामा सरकारी कर्मचारीलाई दुई हप्ता घरबाटै काम गर्न सरकारको निर्देशन

नेपालअखबार, एजेन्सि। श्रीलंकाकामा सरकारले कर्मचारीहरूलाई दुई हप्ता घरबाटै काम गर्न निर्देशन दिएको छ। इन्धनको अभावले मुलुकमा संकट आइरहेको हुँदा दुई हप्ताको लागि घरबाटै काम गर्न निर्देशन दिएको समाचार संस्था रोयटर्सले जनाएको छ। सरकारको व्यवस्थापकीय कमजोरी र कोभिड-१९को महामारीले गर्दा दुई करोड २० लाख श्रीलंकाली आर्थिक संकटमा बस्न बाध्य छन्। ‘इन्धन आपूर्तिको सीमा, कमजोर सार्वजनिक यातायात प्रणाली र निजी सवारीसाधन चलाउन कठिन भएको हुँदा सोमबारबाट केही कर्मचारी मात्रै कार्यालयमा आएर काम गर्नू,’ गृह मन्त्रालयले शुक्रबार जारी गरेको सर्कुलरमा भनिएको छ। स्वास्थ्य क्षेत्रलगायत अति महत्वपूर्ण कामका कर्मचारीले भने कार्यालयमै जानुपर्ने सर्कुलरमा भनिएको छ। इन्धन संकटसँग जुध्न यसअघि सरकारले हप्ताको चार दिनमात्रै कार्यालय खोल्ने निर्णय गरेको थियो। श्रीलंकाका अहिले पेट्रोल पम्पहरूमा लामा लाइनहरू...
इन्जिनमा आगो लागेपछि पटनामा आकस्मिक अवतरण गरियो स्पाइसजेटको जहाज
विश्व, समाचार

इन्जिनमा आगो लागेपछि पटनामा आकस्मिक अवतरण गरियो स्पाइसजेटको जहाज

नेपाल अखबार, एजेन्सि। भारतमा आइतबार एउटा जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ। आइतबार दिउँसो बिहारको पटनाबाट राजधानी दिल्लीका लागि उडेको स्पाइसजेटको जहाजमा टेकअफका बेला चरा ठोक्किएको थियो।  उडेको केहीबेरमै जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको हो।  उडिरहेको जहाजको एकातिर धुँवाको मुस्लो आएको स्थानीयले देखेका थिए। उनीहरूले त्यसको भिडिओ पनि बनाएका थिए। स्पाइसजेटको बोइङ ७३७ जहाजमा १८५ यात्रु थिए। चालक दलका सदस्य र सबै यात्रु सकुशल रहेको टाइम्स अफ इन्डियाले जनाएको छ। आगो लागेको इन्जिन बन्द गरेर पाइलटले जहाजलाई आकस्मिक अवतरण गराएका थिए।  आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।...
युक्रेन युद्धमा ३०० बालबालिकासहित १० हजार सर्वसाधारणको मृत्यु
विश्व, समाचार

युक्रेन युद्धमा ३०० बालबालिकासहित १० हजार सर्वसाधारणको मृत्यु

नेपालअखबार, एजेन्सि । युक्रेनमा जारी युद्धमा १० हजार भन्दा धेरै सर्वसाधारण नागरिक मारिएको संयुक्त राष्ट्र संघ (यूएन) ले दाबी गरेको छ । युद्धमा मारिनेमा सयौं बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ । रिपोर्ट अनुसार युक्रेनको राजधानी किभमा यही जुन १६ तारिखको मध्यरातमा मात्रै करिब ४,५०९ जनाको मृत्यु भएको थियो भने ५,५८५ जना घाइते भएका थिए । मृत्यु हुनेमा २९४ बालबालिका रहेको राष्ट्र संघले जनाएको छ ।धेरै नागरिकको युद्ध प्रभावित क्षेत्रमा भएको विस्फोटमा परेर मृत्यु भएको हो, जहाँ तोप, मिसाइल र हवाई हमला भएको अलजजिराले जनाएको छ ।...
स्वयम्सेवक बिरामी भएपछि कोरोनाविरुद्धको खोपको परीक्षण रोकियो
विश्व, समाचार, स्वास्थ्य

स्वयम्सेवक बिरामी भएपछि कोरोनाविरुद्धको खोपको परीक्षण रोकियो

नेपालअखबार,एजेन्सि। औषधी निर्माता कम्पनी जोनसन एन्ड जोनसनले कोभिड–१९ विरुद्धको सम्भावित खोपको क्लिनिकल परीक्षणलाई रोकेको सोमबार जानकारी दिएको छ । खोप दिएका एक स्वयम्सेवक बिरामी परेपछि कम्पनीले परीक्षणलाई रोकेको कम्पनीले जानकारी दिएको हो । ‘हाम्रो निर्देशिकाअनुसार ती स्वयम्सेवकको रोगलाई इन्डिपेन्डेन्ट डाटा सेफ्टी मोनिटरिङ बोर्ड (डीएसएमबी) ले समीक्षा र मूल्याङ्कन गरिरहेको छ । त्यस्तै, हाम्रा आन्तरिक डाक्टरहरुले पनि यसबारे जाँच गरिरहेका छन्,’ कम्पनीले वक्तव्य जारी गर्दै भनेको छ । जोनसन एन्ड जोनसनको जानसेन भ्याक्सिनले उक्त खोपको विकास गरिरहेको छ । कम्पनीले ती स्वयम्सेवकमा देखिएको बिरामी के हो भनेर खुलाएको छैन । तर, क्लिनिकल परीक्षणको उद्देश्य भनेकै खोपको खतरनाक साइड इफेक्ट छ कि छैन भनेर जाँच गर्नु हो । त्यस्तो देखिए परीक्षणलाई रोकेर डाक्टरहरुले उक्त अवस्था खोपका कारण या अन्य कारणले आएको भनेर स...

विश्वमा एकैदिन तीन लाख सात हजारमा कोरोना संक्रमण
विश्व, समाचार, स्वास्थ्य

विश्वमा एकैदिन तीन लाख सात हजारमा कोरोना संक्रमण

नेपालअखबार, एजेन्सी । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ७ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७४ लाख २३ हजार ६६० पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ७४ हजार ८१७ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४४१ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।...