अमेरिकी राष्ट्रपतिको स्वास्थ्यमा सस्पेन्सः ट्रम्पले भने, ‘म ठिक छु
नेपाल अखबार, एजेन्सि। तीन दिन अघि कोरोनाद्वारा पोजेटिभ देखिएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको स्वास्थ्यबारे सटिक जानकारी प्राप्त भएको छैन । वास्तवमा शनिबार तीन बयान सार्वजनिक भए । तीनवटामा नै भिन्न–भिन्न कुरा गरियो । ट्रम्पले एक भिडियो जारी गर्दै भने, ‘म ठिक छु ।’ उनको चीफ अफ स्टाफ मार्क मेडोसले भने, ‘राष्ट्रपतिमा जुन लक्षण देखिएको छ, त्यो चिन्ता बढाउने किसिमको छ ।’ यस्तै उनका उपचारमा संलग्न डाक्टर सीन कनलेले भने, ‘राष्ट्रपतिले राम्रो महसुस गरिरहनुभएको छ ।’
ट्रम्पको उपचार मेरिल्याण्डको सैनिक अस्पतालमा चलिरहेको छ जबकी श्रीमती मेलानिया ह्वाइट हाउसमा नै क्वारेन्टिनमा छिन् । छोरी इभांका र ज्वाईं जेरेड कुशनरको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अर्कोतर्फ रिपब्लिकन पार्टीले प्रचारको नयाँ रणनीति तयार गरेको छ । यसका लागि सिनेटर्सको एक समूह बनाइएको छ ।
डाक्टर र एडभाइजरको भिन्न बयानः
शनिबार नै उनक...
