संक्रमणलाई गम्भिर रुपमा लिन युरोपलाई डब्ल्युएचओको चेतावनी
नेपाल अखबार, एजेन्सी । विश्व स्वास्थ संगठनले युरोपमा बढ्दो संक्रमितहरुको संख्याले खतराको घण्टी बजेको भन्दै यसलाई गम्भिर रुपमा लिन चेतावनी दिएको छ । युरोपमा पछिल्लो समय फेरि संक्रमितको संख्या दैनिक बढ्दैछ । कोरोना भाइरसको महामारीको दोस्रो लहरलाई रोकथाम गर्न यतिबेला युरोपका विभिन्न देशका सरकारहरुले स्थानीय तवरमा कडाईका विभिन्न प्रक्रिया अपनाइरहेका छन् र उनीहरु फेरि लकडाउन गर्ने वा नगर्ने भने स्थितिको विश्लेषण गरिरहेका छन् ।
त्यसैले, अवस्थालाई गम्भिर लिन डब्ल्युएचकोका क्षेत्रीय निर्देशक हान्स क्लुगले बिहीबार पत्रकार सम्मेलनमा सजग गराएका हुन् । ‘फेरि युरोपमा अहिले कोरोना संक्रमण बढेको छ । गत हप्ता यस क्षेत्रमा संक्रमित हुनेको संख्या (एक हप्ताभित्र) ३ लाखभन्दा बढी थियो,’ उनले भने ।
आधाभन्दा धेर युरोपेली देशहरुले पछिल्ला दुई सातामा १० प्रतिशतभन्दा धेरैले संक्रमितको संख्या बढेको जनाएका छन् । फ्...
