Friday, March 13

विश्व

हावाबाट कोरोना फैलिनसक्ने प्रमाण डब्ल्यूएचओद्वारा ग्रहण
विश्व, स्वास्थ्य

हावाबाट कोरोना फैलिनसक्ने प्रमाण डब्ल्यूएचओद्वारा ग्रहण

नेपाल अखबार, एजेन्सि । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस हावाबाट फैलिनसक्ने प्रमाणलाई ग्रहण गरेको छ । यसअघि विश्वका दुई सयभन्दा धेरै वैज्ञानिकहरुले डब्ल्यूएचओलाई खुला पत्र लेखेर कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने भन्दै हालको दिशानिर्देश संशोधन गर्न सुझाव दिएका थिए । क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित भएको एक खुला पत्रमा ३२ देशका २ सय ३९ जना वैज्ञानिकहरुले कोरोना भाइरस हावामा अडिन सक्ने र कुनै व्यक्तिले स्वास फेर्दा ऊ संक्रमित हुनसक्ने प्रमाण प्रस्तुत गरेका थिए । डब्ल्यूएचओमा कोरोना भाइरस संक्रमणको महामारीसँग सम्बन्धित प्राविधिक प्रमुख मारिया वान केरखोवले कोरोना भाइरस हावाबाट फैलिएको आशंकाबारे आफूहरुले छलफल गरिरहेको जानकारी दिए । यसैगरी डब्ल्यूएचओका बेनेदेत्ता आल्लेग्रान्जीले भने, ‘खासगरी भिडभाड भएको सार्वजनिक स्थानमा, हावा आवत–जावत नगर्ने बन्द स्थानमा ...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो
विश्व, स्वास्थ्य

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

नेपाल अखबार, एजेन्सि।  भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार १६० पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ४६७ जनाको मृत्यु भएको हो । त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि सात लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सात लाख १९ हजार ६६५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २२ हजार २५२ नयाँ संक्रमित फेला परेका हुन् । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख ११ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने नौ हजार २६ जनाको मृत्यु पनि भइसकेको छ । तामिलनाडुमा पनि एक लाख १४ हजारभन्दा धेरै संक्रमित भेटिँदा एक हजार ५७१ जनाको मृत्यु भएको छ । दिल्लीमा एक लाखभन्द...
कोरोना महामारीका कारण एड्स रोगीको जीवन जाेखिममा: डब्लूएचओ
विश्व, स्वास्थ्य

कोरोना महामारीका कारण एड्स रोगीको जीवन जाेखिममा: डब्लूएचओ

नेपाल अखबार, एजेन्सि। कोरोना महामारीका कारण एचआईभी/एड्सका बिरामीलाई दिइने जीवन रक्षक औषति आपूर्तिमा अवरोध भएको भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिन्ता व्यक्त गरेको छ। डब्लूएचओका अनुसार ७३ देशले अब एड्स रोगीको जीवन रक्षा गर्ने औषधि सकिन लागेको चेतावनी दिएका छन्। तीमध्ये २४ देशले एड्सको अति आवश्यक औषधि एकदमै कम भइसकेको छ र आपूर्तिमा कठिनाइ भइरहेको बताएका छन्। डब्लूएचओका महानिर्देशक डाक्टर टेड्राेस एडहानम गेब्रियससले यो अवस्थालाई ‘अत्यन्तै चिन्ताजक’ भनेका छन्। उनले भने, ‘विश्वका देश अर्थात् उनीहरूका सहयोगीले एचाईभीका बिरामीको जीवन रक्षा गर्ने औषधि उपलब्धताको सुनिश्चित गर्न जरुरी छ। कोरोना महामारीका कारण एड्सबाट हार खाने स्थिति आउनु हुँदैन, जसलाई हामीले निकै मुस्किलले जितेका थियौं।’ बीबीसी...
कोरोनाबाट सबैभन्दा प्रभावित तेस्रो मुलुक बन्यो भारत
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाबाट सबैभन्दा प्रभावित तेस्रो मुलुक बन्यो भारत

नेपालअखबार, एजेन्सि।  भारत कोरोना भाइरस (कोभिड–१९) को कारण सबैभन्दा प्रभावित हुने मुलुकको सूचीमा तेस्रो स्थानमा उक्लिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ९७ हजार ४१३ पुगेको छ । यससँगै कोरोना संक्रमित संख्यामा भारतले रुसलाई पछि पारेको हो । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म रुसमा कोरोना भाइरसका ६ लाख ८० हजार २८८ संक्रमित फेला परेका छन् । भारतमा पछिल्लो २४ घण्टामा २४ हजार २४८ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १९ हजार ६९३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट ४२५ जनाको मृत्यु भएको छ । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई लाख ६ हजारभन्दा धेरै संक्रमित फेला पर्दा आठ हजार ८२२ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा अहिलेसम्म ...
३२ देशका २३९ वैज्ञानिकले भने, ‘कोरोनाभाइरस हावाबाट पनि सर्न सक्छ’
विश्व, स्वास्थ्य

३२ देशका २३९ वैज्ञानिकले भने, ‘कोरोनाभाइरस हावाबाट पनि सर्न सक्छ’

नेपाल अखबार, एजेन्सि। विश्वभरका सयौँ वैज्ञानिकहरुले हावाको कणमा रहने नोभल कोरोनाभाइरसले पनि मानिसहरुलाई संक्रमित गराउन सक्ने बताउँदै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई आफ्नो सिफारिसहरुलाई सच्याउन आग्रह गरेको छन् । डब्लूएचओले कोभिड–१९ बाट संक्रमित व्यक्तिले खोक्दा वा हाँच्छ्यिु गर्दा उसको नाक र मुखबाट निस्कन पानीका थोपाका कणहरुबाट कोरोनाभाइरस मानिसबाट मानिसमा सर्ने बताउँदै आएको छ । न्युयोर्क टाइम्समा प्रकाशित रिपोर्टका अनुसारं ३२ देशका २३९ जना वैज्ञानिहरुले डब्लूएचओलाई पत्र लेख्दै हावाको स–साना कणमा रहेका कोरोनाभाइरसले पनि मानिसलाई संक्रमित बनाउने तथ्य फेला पारेको जानकारी दिएका हुन् । उनीहरुले आफ्नो अनुसन्धानलाई अगामी हप्ता प्रकाशित गर्ने तयारी गरेका छन् । पछिल्लो समय रेस्टुरेन्ट, कार्यालय, क्यासिनो लगायतमा कोरोनासंक्रमितहरुको क्लस्टर फेला पर्न थालेका छन् । जसले वैज्ञानिहरुले लामो समयदेखि...
भीषण बाढीका कारण जापानमा २० जनाको मृत्यु, हजारौं प्रभावित
विश्व

भीषण बाढीका कारण जापानमा २० जनाको मृत्यु, हजारौं प्रभावित

नेपाल अखबार, एजेन्सि। जापानमा व्यापक वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ। घटनामा परेका अरु केहीलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको अधिकारीहरुले जानकारी दिएका छन्। कुमामोटो क्षेत्रमा हेलिकोप्टर र झण्डै दश हजार सुरक्षाकर्मीहरु परिचालन गरी उद्धार गरिएको थियो। त्यसैगरी बन्दरगाह सुरक्षाकर्मी, अग्नि नियन्त्रकलगायतलाई पनि खोजी तथा उद्धारका लागि खटाइएको थियो। बाढीका कारण कुमा नदी वरीपरी रहेका दर्जनौ घर, सवारी साधनलगायतका भौतिक संरचनाहरु क्षतिग्रस्त भएका छन्। अधिकांश घरहरुको छानोसम्म डुबान भएको अधिकारीहरुले जनाएका छन्। उद्धारकर्ताहरूले डुवानमा परेको क्षेत्रका बासिन्दालाई घरको छतमा बस्न र उद्धारका लागि खबर गर्न आह्वान गरेका छन्। खबर आएकाहरुलाई सैनिक र हेलिकोप्टरबाट उद्धार पनि गरिएको छ। डुवानमा परेकाहरुलाई खोजी तथा उद्धार कार्य जारी रहेको उद्धार कार्यमा ...
भारतमा एकैदिन भेटिए कोरोनाका करिब २५ हजार नयाँ संक्रमित
विश्व, स्वास्थ्य

भारतमा एकैदिन भेटिए कोरोनाका करिब २५ हजार नयाँ संक्रमित

नेपाल अखबार, काठमाडौं । भारतमा पछिल्ले २४ घण्टामा कोरोना भाइरस कोभिड-१९ का २४ हजार ८५० नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७३ हजार १६५ पुगेको हो । त्यस्तै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १९ हजार २६८ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ६१४ जनाको मृत्यु भएको हो । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा कोरोना भाइरसका दुई लाखभन्दा बढी संक्रमित फेला परेका छन् भने मृत्यु हुनेको संख्या आठ हजार ६७१ पुगेको छ । त्यस्तै तामिलनाडुमा एक लाख सात हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि एक हजार ४५० पुगेको छ । दिल्लीमा पनि कोरोना भाइरसका ९७ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । यो राज्यमा तीन हजार चारजनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा २६ ...
छोराले भने, ‘कोरोनाले बुवाको ज्यान लियो, परिवारका २८ सदस्य संक्रमित’
विश्व, स्वास्थ्य

छोराले भने, ‘कोरोनाले बुवाको ज्यान लियो, परिवारका २८ सदस्य संक्रमित’

नेपाल अखबार, एजेन्सि। दक्षिण क्यालिफोर्नियाका बासिन्दा रिचर्ड ग्यारेलाई जुन पहिलो हप्तामा कोरोनाभाइरसको संक्रमण देखियो । त्यहि समयमा उनका बुवा बिरामी भएको रिचर्डले जानकारी दिए । त्यसको दुई हप्तापछि उनका बुवा भिडाल ग्यारेको कोभिड–१९ का कारण मृत्यु भयो । त्यतिबेलादेखि उनको परिवारका २८ जनामा कोरोनाको संक्रमण देखिएको उनले बताए २७ वर्षका रिचर्डले सीएनएनलाई दिएको जानकारी अनुसार उनको परिवारले क्वारेन्टिनका लागि तोकिएको निर्देशिका पालना गरेका थिए । ‘मलाई लाग्छ, यो न्यूनतम सम्पर्कको माध्यमले भएको हो,’ उनले भने । उनका अनुसार उनको बुवालाई संक्रमणको कुनै लक्षण देखिएको थिएन । आफूलाई संक्रमण भएको थाहा नपाउँदा उनले तीनवटा घरमा भ्रमण गरेको छोरा रिचर्डले बताए । उनका अनुसार भेटघाट निकै संक्षिप्त थियो, कतिजनालाई त १० मिनेटका लागि पनि भेटेका थिएनन् । रिचर्डले आफ्नो परिवारबारे जानकारी दिएर यो भाइरस वास्तविक...
कोरोना महामारीलाई वेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह
विश्व

कोरोना महामारीलाई वेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रमलाई नियन्त्रणमा लिन यथोचित उपायहरूको अवलम्वनका लागि आग्रह गरेको छ। ‘विश्वका सबै देशका नागरिकले कोभिड–१९ सङ्क्रमण दरमा कमी नआएको यथार्थलाई मध्यनजर गर्दै सचेत बन्नुपर्ने आजको आवश्यकता रहेको छ’ संगठनका आपतकालीन सेवा निर्देशक मिखायल र्‍यानले शुक्रबार राति भने,‘अहिलेसम्म विश्वभर एक करोड ११ लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र पाँच लाख २९ हजारभन्दा बढीको मृत्यु भएको छ। सबैभन्दा बढी सङ्क्रमित अमेरिकी क्षेत्रमा रहेको र त्यसमा पनि संयुक्त राज्य अमेरिकामा कोभिड–१९ सङ्क्रमण र यसका कारण मृत्यु हुनेको सङ्ख्या विश्वका अन्य कुनै एक मुलुकभन्दा बढी रहेको छ।” उनले भने,“अर्थतन्त्रलाई चुस्त दुरूस्त र...
जापानको दक्षिणी क्षेत्रमा व्यापक बर्षा र बाढी
विश्व

जापानको दक्षिणी क्षेत्रमा व्यापक बर्षा र बाढी

नेपाल अखबा, एजेन्सी । जापानको दक्षिणी क्षेत्रमा भएको व्यापक बर्षासँगै आएको बाढीका कारण दर्जनभन्दा बढी व्यक्ति हराइरहेका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार बर्षासँगैको बाढी, पहिरो र डुवानका कारण अरु सयौँ व्यक्तिहरु प्रभावित भएका छन् । कतिपय व्यक्तिहरु घर डुवानमा परेकाले घरको छतमा उद्धारका लागि पर्खिरहेको पनि अधिकारीहरुले जनाएका छन् । रातभरीको बर्षाका कारण जापानको दक्षिणी क्षेत्रका झण्डै ७५ हजार मानिस बसोबास गर्दै आएको कुमामोटो र कागोशिमा डुबानमा परेर पोखरी जस्तो भएका छन् । डुवानमा परेकाहरुलाई अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको जनाइएको छ । माटोसहितको बाढीले रुखलाई जरैदेखि उखेलेर बगाएका दृष्यहरूले स्थानीयहरू त्रसित बनेका प्रत्यक्षदर्शीहरुले बताए । स्थानीय एनएचके टेलिभिजनले कम्तीमा १३ जना मानिस हराइरहेको विवरण प्राप्त भएको जनाएको छ । अधिकारीहरुले खोजी तथा उद्धार कार्...