Thursday, September 24

विश्व

चीनमै देखियाे अर्काे नयाँ संक्रमण, सयौं मानिस बिरामी
विश्व, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

चीनमै देखियाे अर्काे नयाँ संक्रमण, सयौं मानिस बिरामी

नेपाल अखबार, एजेन्सि। चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट यतिबेला विश्व आतंकित छ। यहीबीच चीनमै फेरि अर्काे नयाँ संक्रमण देखापरेको छ। चीनको उत्तर पश्चिमी इलाकास्थित गान्सु प्रान्तको लानजोउ सहरमा एक नयाँ संक्रमणबाट सयौं मानिस बिरामी परेको चीनको सरकारी अखबार ग्लोबल टाइम्सले जनाएको छ। उक्त अखबारका अनुसार यो संक्रमण ब्रुसेलोसिस ब्याक्टेरियाबाट भएको हो। गान्सु प्रान्तको सेन्टर फर डिजिज कन्ट्रोल विभागले यो ब्याक्टेरियाबाट ३ हजार २ सय ४५ जना संक्रमित भइसकेकाे जानकारी दिएको छ। अघिल्लाे सोमबार २१ हजारभन्दा बढी मानिसको स्वास्थ्य परीक्षण गर्दा सुरुमा ४ हजार ६ सय ४६ व्यक्तिको रिपोर्ट पोजिटिभ आएको थियो। यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। यो फैलिने डरले प्रशासन र सर्वसाधारण चिन्तामा परेका छन्। ग्लोबल टाइम्सका अनुसार ११ सरकारी संस्थालाई यसकाे निःशुल्क परीक्षण र उपचारका लागि भनिएकाे छ। के हो ब्रु...
चीनमा जासुसीको आरोपमा अमेरिकी प्रहरी पक्राउ
विश्व, समाचार, हाइलाइट-समाचार

चीनमा जासुसीको आरोपमा अमेरिकी प्रहरी पक्राउ

नेपाल अखबार, एजेन्सि। अमेरिकाको न्यूयोर्क सिटी पुलिस डिपार्टमेन्ट (एनवाईपीडी) का एक अधिकारीमाथि चीनको अवैध एजेन्टको रुपमा काम गरेको आरोप लागेको छ तिब्बतमा जन्मिएका बेमाडाजिए अङ्गवाङ्गले न्यूयोर्कमा भएका चिनियाँ नागरिकको गतिविधिमाथि निगरानी गरेको र योसँग सम्बन्धित जानकारी रिपोर्ट गरिरहेको आरोप लागेको छ । उनीमाथि तिब्बती समुदायबीच गोप्य जानकारी जुटाउनका लागि सम्भावित स्रोतबारे पत्ता लगाएको आरोप पनि छ एनवाइपीडीको सामुदायिका मामिलाको युनिटका लागि काम गर्ने बेमाडाजिए अङ्गवाङ्गले अमेरिकी नागरिकता लिएका छन् । उनलाई सोमबार पक्राउ गरिएको थियो । यदि उनी दोषी पाइए उनलाई ५५ वर्षसम्म कैद सजाय सुनाइने सम्भावना छ । अभियोजन पक्षका अनुसार उनी ‘यूएस आर्मी रिजर्व’ का लागि पनि नागरिक मामिलाका विशेषज्ञको रुपमा काम गर्छन् । उनीमाथि चिनियाँ वाणिज्य दूतावासका दुई अधिकारी सम्पर्क भएको आरोप लगाइएको छ । उनीमाथि शहरम...
विश्वमा संक्रमितको संख्या तीन करोड बाह्र लाख नाघ्यो
विश्व, स्वास्थ्य

विश्वमा संक्रमितको संख्या तीन करोड बाह्र लाख नाघ्यो

नेपाल अखबार, एजेन्सि। विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १२ लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १२ लाख ४३ हजार ३३९ पुगेको आइतबार प्राप्त समाचारमा जनााइएको छ। चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ६५ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ। यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड २८ लाख ३५ हजार ६३२ व्यक्ति कोरोना मुक्त भएका छन्। कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ। हालसम्म अमेरिकामा ७,००४, ७६८ भन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख ४ हजार ११८ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ। दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो। मृतकको संख्याको हिसाब...
‘विश्वका सर्वाधिक धनी १ प्रतिशतले अति गरिबको भन्दा ५० गुणा बढी प्रदूषण फैलाए’
विश्व, समाचार, हाइलाइट-समाचार

‘विश्वका सर्वाधिक धनी १ प्रतिशतले अति गरिबको भन्दा ५० गुणा बढी प्रदूषण फैलाए’

नेपाल अखबार, एजेन्सि। विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरीब करिब ३ अर्ब १० करोड जनसंख्याले गर्ने प्रदूषणभन्दा दोब्बर रहेको एक अध्ययनले देखाएको छ। पछिल्लो समय कोरानाभाइरस महामारीका कारण कार्बन उत्सर्जनमा तीव्र गिरावट आए पनि यस शताब्दीमा पृथ्वी धेरै डिग्रीसम्म तातो हुने गतिमै अग्रसर देखिएको छ। गरिब तथा विकासशील देशहरूमा प्राकृतिक प्रकोप र विस्थापनको खतरा बढाएको छ। अक्सफामको नेतृत्वमा गरिएको एक विश्लेषणले सन् १९९० देखि २०१५ को बीचमा वार्षिक कार्बन उत्सर्जन ६० प्रतिशतसम्म बढेको अवस्थामा पृथ्वीको कूल कार्बन बजेटको एक तिहाई हिस्सा धनी राष्ट्रको पोल्टामा रहेको देखाएको छ। कार्बन बजेट भनेको विनाशकारी तापमान अवश्यम्भावी वृद्धि हुनअघि मानवजातिले उत्पन्न गरेको हरितगृह ग्यास उत्सर्जनको सीमा हो। केबल ६ करोड ३० लाख मानिस अर्थात् एक प्रतिशतले सन् १९९० यता कूल...
भारतमा एकैदिन थपिए ८६ हजार ९६१ संक्रमित
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

भारतमा एकैदिन थपिए ८६ हजार ९६१ संक्रमित

नेपाल अखबार, एजेन्सि।  भारतमा कोरोना भाइरसबाट एक दिनमा ८६ हजार ९६१ सङ्क्रमित थपिएका छन्। योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाख ८७ हजार ५८१ पुगेको छ। केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३० जनाको मृत्यु भएको जनाएको छ। यसैसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेृ व्यक्तिको संख्या ८७ हजार ८८२ पुगेको छ। भारतमा कुल सङ्क्रमित मध्ये अहिले पनि दश लाख ३ हजार २९९ जना सङ्क्रमित अवस्थामै रहेका छन्। कुल सङ्क्रमित मध्ये ४३ लाख ९६ हजार ३९९ जना भने सङ्क्रमणमुक्त भइसकेका छन्। प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन्। महाराष्ट्रमा अहिले पनि दुई लाख ९८ हजार ५८३ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख एक हजार १४८ जना सङ्क्रमितहरु छन्। रासस/एएनआई...
अफगानिस्तानमा भएका आक्रमणमा १० प्रहरी र १५ तालिबानीको मृत्यु
विश्व, समाचार

अफगानिस्तानमा भएका आक्रमणमा १० प्रहरी र १५ तालिबानीको मृत्यु

नेपाल अखबार, एजेन्सी । अफगानिस्तानको उरुज्गान प्रान्तमा आइतबार भएका विभिन्न आक्रमणका क्रममा कम्तीमा पनि १० जना प्रहरी र १५ तालिबानको मृत्यु भएको छ ।  आइतबार भएका ती आक्रमणहरुमा उरुज्गान प्रान्तका विभिन्न जिल्लामा तालिबानी लडाकूले सुरक्षाकर्मीमाथि हमला गरेका थिए । तालिबानी सशस्त्र लडाकूले गरेका ती हमलाहरुमा परी २५ जनाको ज्यान गएको अधिकारीले जानकारी दिएका छन् । उरुज्गान प्रान्तको गिजाब जिल्लामा तालिबानीहरुले सो हमला गरेका बताइएको छ । आइतबार तालिबानहरुले उत्तरी अफगानिस्तानका सुहादा र खास जिल्लाका पनि कैयौँ स्थानमा हमला गरेका थिए । ती हमलाहरुमा परी १७ जना तालिबानी लडाकू मारिएका बताइएको थियो । आइतबारै बिहानीपख भएको सो हमलामा परी चार जना प्रहरी पनि मारिएका थिए । आइतबारै तालिबानहरुले यो अर्को हमला गरेका छन् । उनीहरुले सुनियोजितरुपमा एकै पटक ती सहरमा हमला गरेका अधिकारीले जनाएका छन् । उनीहरुले सुरक...
फ्रान्समा एकै दिन १० हजारभन्दा बढी संक्रमित भेटिए, न्यूजिल्याण्डमा कोही भेटिएनन्
विश्व, स्वास्थ्य

फ्रान्समा एकै दिन १० हजारभन्दा बढी संक्रमित भेटिए, न्यूजिल्याण्डमा कोही भेटिएनन्

नेपाल अखबार, एजेन्सि। संसारभरी कोरोना संक्रमितको संख्या २ करोड १२ लाख नाघेको छ । निको हुने बिरामीको संख्या २ करोड २८ लाख १७ हजार ५ सय ४१ भन्दा  बढी भइसकेको छ । यस्तै, हालसम्म ९ लाख ६४ हजार ७ सय ६४ को मृत्यु भइसकेको छ । यो आँकडा वर्ल्डोमिटर्स अनुसार हो । फ्रान्समा संक्रमणको दोस्रो लहर सरकारका लागि भरी परेको छ । यहाँ आइतबार १० हजार बढी संक्रमित भेटिए । फ्रान्सः स्वास्थ्य मन्त्रालयको बयान फ्रान्सको स्वास्थ्य मन्त्रालयले आइतबार राती जारी बयानमा भन्यो, ‘देशमा पछिल्लो २४ घण्टामा १० हजार ५ सय ६९ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन अर्थात् शनिबार १३ हजार ४ सय ९८ संक्रमित भेटिएका थिए । यो स्पष्ट रुपमा संक्रमणको दोस्रो लहर हो र सरकारले यसका लागि कडा नीति अपनाउने तयारी गर्दैछ । आइतबार संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ । फ्रान्समा ३१ हजार ५ सय ८५ व्यक्तिको हालसम्म मृत्यु भइसकेको छ । अर्कोतर्फ,...
भारतको महाराष्ट्रमा तीन तले भवन भत्कियो, ८ को मृत्यु
विश्व, समाचार

भारतको महाराष्ट्रमा तीन तले भवन भत्कियो, ८ को मृत्यु

नेपाल अखबार, एजेन्सि। भारतको महाराष्ट्रमा तीन तले भवन भत्किँदा आठजनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार स्थानीयले २० जनाको ज्यान बचाएका छन् । यो भवनमा अहिले पनि २० देखि २५ जना फसेको हुनसक्ने आशंका गरिएको छ । दुर्घटना सोमबार बिहान करिब पौने चार बजे भएको हो । मुम्बईा पछिल्लो दुई दिनदेखिको भारी वर्षाका कारण भवन कमजोर भइसकेको आशंका गरिएको थियो । यसमा २१ परिवार बस्दथे । एनडीआरएफको समूहले सोमबार बिहान एक बच्चालाई सुरक्षित निकालेको छ । सुरुवाती जानकारीका अनुसार भवन सन् १९८४ मा बनेको थियो ।  ...
भियतनाममा शक्तिशाली आँधी, ३ जनाको मृत्यु, १ सयभन्दा बढी घाइते
विश्व, समाचार

भियतनाममा शक्तिशाली आँधी, ३ जनाको मृत्यु, १ सयभन्दा बढी घाइते

नेपाल अखबार, एजेन्सी । भियतनाममा केही दिनयतादेखि शक्तिशाली आँधी आएको छ । आँधीमा परी तीन जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । भियतनामका केही मध्य क्षेत्रीय प्रान्तहरुमा यो आँधी आएको छ । नोउल नामको सो आँधीका कारण भौतिक संरचनाहर पनि भत्किएका छन् । यस आँधीमा परेर ११२ जना नागरिक घाइते भएका छन् । सो कुराको जानकारी भियतनामको राष्ट्रिय प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रले दिएको छ । भियतनामको मध्य प्रान्त थुवा हेन हाउमा तीन जनाको ज्यान गएको बताइएको छ । सो प्रान्तमा ५० भन्दा बढी नागरिक घाइते भएका छन् । त्यस प्रान्तका १० घर भत्किएका छन् । त्यस्तै यहाँका २६ हजार भन्दा बढी नागरिक नराम्रोसँग प्रभावित भएका छन् ।  यसै वर्षको जनवरीमा पनि त्यहाँ ठूलो आँधी आएको थियो । त्यसमा परी करिब ७८ जनाको ज्यान गएको थियो भने हजारौँ नागरिक घरबारविहीन भएका थिए । –सिन्ह्वा...
भारतमा एकैदिनमा ९२ हजार ६०५ सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ५४ लाखभन्दा बढी
विश्व, स्वास्थ्य

भारतमा एकैदिनमा ९२ हजार ६०५ सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ५४ लाखभन्दा बढी

नेपाल अखबार, एजेन्सी । भारतमा कोरोनाभाइरसबाट  एक दिनमा ९२ हजार ६०५ पुगेको  छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाखभन्दा बढी पुगेको छ ।  केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३३ जनाको मृत्यु भएको जनाएको छ । भारतमा कुल सङ्क्रमित मध्ये अहिले पनि दश लाख १० हजार ८२४ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।  भारतमा सङ्क्रमित मध्ये ४३ लाख ३ हजार ४४ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ५४ लाख ६२० जना सङ्क्रमित भएका हुन् । प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि तीन लाख  एक  हजार २७३ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख एक हजार १४८ जना सक्रिय सङ्क्रमितहरु छन् । त्यसैगरी आन्ध्र प्रद...