Thursday, June 25

विश्व

पाकिस्तानद्वारा  जम्मु–कश्मीरलाई समेटेर नयाँ नक्सा जारी
विश्व, समाचार, हाइलाइट-समाचार

पाकिस्तानद्वारा जम्मु–कश्मीरलाई समेटेर नयाँ नक्सा जारी

नेपाल अखबार, एजेन्सि। पाकिस्तान सरकारले जम्मु–कश्मीर, लद्दाख र गुजरातको जुनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । यो नक्सालाई भने भारतले खारेज गरेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबार नयाँ नक्सा जारी गरेको जानकारी दिँदै यसलाई ऐतिहासिक भनेका छन् । नयाँ नक्सा जारी गर्ने मन्त्रिपरिषद निर्णयको सबै विपक्षी दल र पाकिस्तान प्रशासित कश्मीरी नेताहरुले स्वागत गरेको खानले बताएका छन् । उनले भनेका छन्, ‘पाकिस्तानको नयाँ राजनीतिक नक्साले पाकिस्तानी जनताको उमंगलाई प्रतिनिधित्व गर्दछ । पाकिस्तान र कश्मीरका जनताको सैद्धान्तिक विचारधाराको समर्थन गर्दछ ।’ भारतले गत वर्ष अगष्टमा जम्मु–कश्मीरलाई दिएकाे विषेश राज्यकाे दर्जा खारेज गरेको थियो भने लद्दाखलाई अलग्गै राज्य बनाएको थियो । यसको पहिलो वर्षगाँठको पूर्वसन्ध्यामा पाकिस्तानले नयाँ नक्सा जारी गरेको हो । भारतले भने पाकिस्तानले जारी गरे...
रुसको कोरोना भ्याक्सिनमा डब्ल्यूएचओलाई शंका किन ? बताए यस्तो कारण
विश्व, स्वास्थ्य

रुसको कोरोना भ्याक्सिनमा डब्ल्यूएचओलाई शंका किन ? बताए यस्तो कारण

नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंगलबार रुसको भ्याक्सिनको विषयमा शंका जताएको छ । रुसले अक्टोबर महिनादेखि कोरोना भाइरसको भ्याक्सिनको उत्पादन गर्दैछ । विश्व स्वास्थ्य संगठनले भ्याक्सिन उत्पादनका लागि दिशानिर्देश बनाएको छ । विश्व स्वास्थ्य संगठनका प्रवक्ता क्रिस्टियन लिंडमियरलाई यूएन पत्रकार सम्मेलनको क्रममा यदि कुनै भ्याक्सिनको तेस्रो चरणको ट्रायल नगरीकनै त्यसको उत्पादनका लागि लाइसेन्स जारी गरिन्छ भने के संगठनले यसलाई खतरनाक मान्छ ? भन्ने प्रश्न सोधियो । रुसका स्वास्थ्यमन्त्रीले शनिबार उनको देशले अक्टोबर महिनादेखि कोभिड–१९ विरुद्ध ठूलो स्तरमा भ्याक्सिन अभियान सुरु गर्ने तयारी गरिरहेको जानकारी दिएका थिए । रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले पत्रकारसँगको कुराकानीमा भ्याक्सिनको कुनै शूल्क नलिइने र सबैभन्दा पहिले डाक्टर र अध्यापकलाई दिइने बताए । रुसी स्वास्थ्यमन्...
भारतमा दैनिक ५० हजारको दरले कोरोना संक्रमित थपिँदै
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

भारतमा दैनिक ५० हजारको दरले कोरोना संक्रमित थपिँदै

नेपाल अखबार, एजेन्सि। भारतमा दैनिक ५० हजारको दरले कोरोना संक्रमित थपिँदै गएका छन्। गएको २४ घण्टामा मात्र भारतमा ५२ हजार ५० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। भारतमा लगातार छैठौं दिनपनि ५० हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका हुन्। यससँगै यहाँ कुल सङ्क्रमितको संख्या १८ लाख ५५ हजार ७४६ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ८०३ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३८ हजार ९३८ जना पुगेको छ। सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये बाह्र लाख ३० हजार ५१० व्यक्ति निको भएर फर्किएका छन्। हाल भारतमा पाँच लाख ८६ हजार २९८ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन्। रासस/एएनआई...
दक्षिण कोरियामा भिषण वर्षा, १३ जनाको मृत्यु
विश्व, समाचार

दक्षिण कोरियामा भिषण वर्षा, १३ जनाको मृत्यु

नेपाल अखबार, सियोल । दक्षिण कोरियामा विगत ४ दिनदेखिको भिषण वर्षाका कारण मंगलबारसम्म १३ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् ।  केन्द्रीय विपद निकायका अनुसार कोरियाको मध्य क्षेत्रमा अगष्ट १ देखि निरन्तर भइरहेको वर्षाले जनधनको ठूलो क्षति भएको हो । भारी वर्षाबाट राजधानी सियोल र वरपरका क्षेत्र व्यापक प्रभावित भएका छन् ।उत्तरी चुङचियोङ प्रान्तका ५५५ परिवार समेत एक हजार २५ जनालाई सुरक्षित स्थलमा सारिएको छ । करिब ५ हजार ७५१ हेक्टर जमिन डुबानमा परेको छ भने निजी तथा सरकारी सम्पत्तिमा क्षति पुगेको छ । वर्षा प्रभावित मानिसको उद्धार एवं राहतका लागि २५ हजारभन्दा बढी प्रहरी, स्वयंसेवी र अन्य उद्धारकर्मी परिचालन गरिएको सरकारले जनाएको छ । –सिन्ह्वा ...
पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा धेरैको मृत्यु र संक्रमण भारतमा
विश्व, स्वास्थ्य

पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा धेरैको मृत्यु र संक्रमण भारतमा

नेपाल अखबार, एजेन्सि। गएको २४ घण्टामा कोरोना संक्रमणका कारण अमेरिका र ब्राजिलमा भन्दा पनि भारतमा धेरैले ज्यान गुमाएका छन्। संक्रमित हुनेको संख्या पनि विश्वका अन्य देश भन्दा भारतमा धेरै छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण भारतमा आठ सय १० जनाले ज्यान गुमाएका छन् भने ५० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरमा उल्लेख छ। यसबीचमा ब्राजिलमा पाँच सय ७२ र अमेरिकामा पाँच सय ४६ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा ४८ हजार र ब्राजिलमा भण्डै १८ हजारमा संक्रमण पुष्टि भएको छ। यस बीचमा विश्वभर चार हजार तीन सय ४४ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् भने भण्डै दुई लाख नयाँ संक्रमित फेला परेका छन्। भारतमा अहिलेसम्म संक्रमणको कारण ३८ हजार नौ सय ७१ जनाले ज्यान गुमाएका छन्। विश्वमा भने अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख ९७ हजार नाघेको छ।...
डब्लूएचओले कोरोनाविरुद्ध अचूक औषधि कहिले नबन्न पनि सक्छ भन्नुको कारण के हो?
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

डब्लूएचओले कोरोनाविरुद्ध अचूक औषधि कहिले नबन्न पनि सक्छ भन्नुको कारण के हो?

नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख डा. टेड्रोस एडहानम गेब्रियससले कोरोनाविरुद्ध खोप आउने आशा त छ तर अहिलेसम्म यसको कुनै अचूक औषधि बनिसकेको छैन र सायद कहिले नबन्न पनि सक्छ भनेका छन्। उनले यसअघि पनि धेरैपटक कोरोना भाइरस कहिले निर्मूल नहुन पनि सक्ने भएकाले योसँगै बाँच्न सिक्नुपर्छ भनिसकेका छन्। उनले यो पनि भनिसकेका छन् कि कोरोना एकदमै फरक किसिमको भाइरस हो, यसले आफ्नो रूप परिवर्तन गरिरहन्छ। अनि यसलाई मौसम परिवर्तनले पनि कुनै असर पार्दैन किनकि यो मौसमी फ्लु होइन। तसर्थ यसबाट बच्न शारीरिक दूरी कायम गर्ने, राम्रोसँग साबुनपानी हात धुने तथा मास्क लगाउनेजस्ता नियम पालना गर्न विश्वका मानिसलाई डा. टेड्रोसको सुझाव छ। उनले भनेका छन्, ‘धेरैवटा खोप तेस्रो चरणको परीक्षणमा छन् र हामीलाई आशा छ, कुनै एउटा खोप कोरोना संक्रमणबाट मानिसलाई बचाउन प्रभावकारी हुनेछ। तर अहिलेसम्म यसको कु...
विश्वकै कान्छी प्रधानमन्त्री सन्ना मरिनले गरिन् विवाह
विश्व

विश्वकै कान्छी प्रधानमन्त्री सन्ना मरिनले गरिन् विवाह

नेपाल अखबार, एजेन्सि। विश्वकै कान्छी प्रधानमन्त्री सन्ना मरिनले लामो समयको प्रेम सम्बन्धपछि विवाह गरेकी छिन्। फिनल्यान्डकी प्रधानमन्त्री मरिनले १६ वर्षको प्रेम सम्बन्धपछि पूर्व फुटबलर मार्कुस राएकोनेनसँग विवाह गरेकी हुन्। मरिनको विवाहमा ४० जना पाहुना मात्र उपस्थित थिए। ३४ वर्षकी मरिन र मार्कुसका २ वर्षकी छोरी छिन्। उनको नाम एमा अमालिया मरिन हो। गत वर्षको डिसेम्बरमा मात्र मरिन प्रधानमन्त्री बनेकी थिइन्। एजेन्सी...
भारतमा कोरोना संक्रमितको संङ्ख्या १८ लाख नाघ्यो
विश्व, स्वास्थ्य

भारतमा कोरोना संक्रमितको संङ्ख्या १८ लाख नाघ्यो

नेपाल अखबार, एजेन्सि। भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख नाघेको सोमबार जनाइएको छ। गत २४ घण्टामा भारतका ५२ हजार ९७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ३ हजार ६९६ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ। भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७७१ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३८ हजार १३५ जना पुगेको छ। सरकारी अधिकारीका भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये एघार लाख ८६ हजार २०३ व्यक्ति निको भएर फर्किएका छन्। हाल भारतमा पाँच लाख ७९ हजार ३५७ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन्। भारत कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा छ। भारतका गृहमन्त्री अमित शाहलाई आइतबार मात्र कोरोना संक्रमण भएको थियो। रासस/एएनआई...
भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण
विश्व, स्वास्थ्य

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण

नेपाल अखबार, एजेन्सि ।  भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ। शाहले ट्वीटमा आफूलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन्। उनले आफू अस्पतालमा भर्ना भएको पनि बताएका छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा रहेको भारतमा हालसम्म १७ लाख ५७ हजार ३९३ मा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमिमध्ये यहाँ ३७ हजार ४५२ को मृत्यु भइसक्दा ११ लाख ४९ हजार उपचारपछि स्वस्थ बनेका छन्। लकडाउन खुकुलो बनाइएसँगै भारत पछिल्लो समय कोरोनाको केन्द्र बनेको छ। यहाँ पछिल्लो समय ४० हजारभन्दा बढी संक्रमित दैनिक बढ्दै गएका छन्।...
तीन युवकले काटिदिए अपाङ्ग बालकको यौनाङ्ग, स्थिती गम्भीर
विश्व, समाचार

तीन युवकले काटिदिए अपाङ्ग बालकको यौनाङ्ग, स्थिती गम्भीर

नेपाल अखबार, एजेन्सि। भारतको बिहारस्थिती भोजपुर जिल्लामा मानवतालाई लज्जित गर्ने घटना सार्वजनिक भएको छ । यहाँ तीन युवकले ९ वर्षीय अपाङ्गता भएका बालकको यौनाङ्ग काटिदिएका छन् । बालकलाई गम्भीर रुपमा अस्पताल पुर्याइएको छ । सुरुमा बालकलाई उपचारका लागि पिएचसी कोइलवर पुर्याएका थिए तर स्थिती गम्भीर भएकोले सदर अस्पताल रिफर गरिएको थियो । बालकको यौनाङ्गमा करिब एक दर्जन बढी टाँका लगाउनुपरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । बालककी आमाले कोइलवर थानामा तीन व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेकी छिन् । बालकका आमाका अनुसार उनको छोरा बोल्न र सुन्न सक्दैनन् । बालकलाई आरोपीले फकाईफुल्याइ खेतमा लगेको र धारिलो हतियारले यौनाङ्ग काटिदिएको बालककी आमाको आरोप छ। ती बालक रुँदै चिच्याउँदै रगत लत्पत्तिको अवस्थामा घर पुगेको र इशारामा आमालाई घटनाबारे पूरा जानकारी दिएको बालककी आमाले स्रोतलाई बताइन् ।...