न्युजिल्याण्ड कोरोनामुक्त भएको सय दिन पूरा
नेपाल अखबार, एजेन्सि। आइतबार न्युजिल्याण्ड कोरोनाभाइरसको संक्रमणमुक्त भएको एक सय दिन पुगेको छ । यस दौरान कुनै पनि नयाँ कोरोना संक्रमित फेला परेका छैनन् ।
न्युजिल्याण्डको जनसंख्या मात्र पचास लाख रहेको छ । त्यहाँ धेरैका लागि जनजीवन सामान्य बनिसकेको छ । यहाँ मानिसहरु खचाखच भरिएको स्टेडियमा बसेर रग्बी खेल हेरिरहेका छन् । बिना कुनै डर बार र रेस्टुरेन्ट गइरहेका छन् । साथै मानिसहरु अझै पनि चिन्तित छन् किनभने यो आत्मसन्तुष्टिले भविष्यका लागि पर्याप्त तयारी नुहन सक्छ ।
गत मार्चको अन्तिममा न्युजिल्याण्डमा कडा लकडाउन लागू गरिएको थियो । त्यतिबेला देशमा मात्र १ सय जना कोरोना संक्रमित थिए । सख्त लकडाउनका कारण संक्रमण ब्यापकरुपमा फैलिन पाएन ।
पछिल्लो तीन महिनामा बाहिरबाट आएकाहरुमा पोजेटिभ पाइएका थिए । बाहिरबाट आएकाहरुलाई क्वारेन्टिनमा राखिएको कारण उनीहरुले पनि संक्रमण फैलाउन पाएनन् ।
न्युजिल्याण्डमा ह...
