Friday, June 26

विश्व

तान्जानिया : निर्वाचनपछिको प्रदर्शनमा ‘सयौँ’ मारिएको विपक्षीको दाबी
राजनीति, विश्व, समाचार

तान्जानिया : निर्वाचनपछिको प्रदर्शनमा ‘सयौँ’ मारिएको विपक्षीको दाबी

नेपालअखबार,डोडोमा । तान्जानियामा यस हप्ताको विवादास्पद निर्वाचनपछि भएका विरोध प्रदर्शनहरूमा सयौँ मानिस मारिएको मुख्य विपक्षी दलले दाबी गरेको छ। विपक्षी दल चादेमाका प्रवक्ता जोन किटोकाले प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या करिब ७०० पुगेको बताएका छन्। उनले पार्टी सदस्यहरूले देशभरका अस्पतालहरूको भ्रमणपछि यो आँकडा निकालेको जानकारी दिएका हुन्। यता, संयुक्त राष्ट्र संघले भने सुरक्षा बलको हातबाट कम्तीमा १० जनाको मृत्यु भएको विश्वसनीय खबरहरू रहेको बताएको छ, जसले विपक्षीको दाबीसँग विरोधाभास देखाउँछ। तान्जानियाका विदेश मन्त्री महमूद थाबित कोम्बोले पनि विपक्षीको दाबीलाई अस्वीकार गर्दै सरकारले ‘अत्यधिक बल’ प्रयोग नगरेको र प्रदर्शनकारीको मृत्युसम्बन्धी कुनै आधिकारिक तथ्याङ्क नभएको बताएका छन्। उनले केही क्षेत्रमा सरकारी सम्पत्तिहरू जस्तै कार्यालय र सवारी साधनहरूमा हिंसा र तोडफोडका घटना भएको स्वी...
बेलायती राजकुमार एन्ड्रयूको शाही पद खोस्ने प्रक्रिया सुरु
राजनीति, विश्व, समाचार

बेलायती राजकुमार एन्ड्रयूको शाही पद खोस्ने प्रक्रिया सुरु

नेपालअखबार, लन्डन । बेलायतका राजा चार्ल्सका भाइ राजकुमार एन्ड्रयूलाई राजकुमारको उपाधिबाट वञ्चित गर्ने प्रक्रिया सुरु गरिएको छ । योसँगै उनलाई विन्डसरको रोयल लजबाट हटाइने भएको छ । बकिङ्घम दरबारले बिहीबार राति यससम्बन्धी एउटा विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिका अनुसार राजा चार्ल्सले एन्ड्रयूका सबै शाही पद, उपाधि र सम्मान औपचारिक रूपमा हटाउने प्रक्रिया सुरु गरेका छन् । एन्ड्रयूले यो महिनाको सुरुमा ड्यूक अफ यर्क समेतका सबै शाही पद छाडेका थिए । अमेरिकी व्यापारी जेफ्री एप्स्टिन प्रकरणसँग उनको नाम जोडिएपछि उनी विवादमा आएका थिए । यसैबिच चार्ल्सले यो कदम चालेका हुन् । यस महिनाको सुरुमा प्रकाशित भएको भर्जिनिया गिफ्रेको मरणोपरान्त संस्मरणमा उनले किशोरावस्थामै हुँदा आफूले राजकुमार एन्ड्रयूसँग अलग–अलग तीन अवसरमा यौनसम्पर्क गरेको आरोप दोहोर्‍याएकी थिइन् । एन्ड्रयूले सधैँ ती दाबीहरूलाई अस्वीकार ...
‘जनकेन्द्रित स्मार्ट सहर’ नाराका साथ आज विश्व सहरीकरण दिवस मनाइँदै
विश्व, समाचार

‘जनकेन्द्रित स्मार्ट सहर’ नाराका साथ आज विश्व सहरीकरण दिवस मनाइँदै

नेपालअखबार,काठमाडौँ । सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जनकेन्द्रित स्मार्ट सहर’ नाराका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व सहरीकरण दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै अवसरमा आज कोलम्बियाको राजधानी बोगोटामा विशेष कार्यक्रम हुँदैछ । सन् २०१४ देखि यो दिवस मनाउन सुरु गरिएको यस दिवसमा प्रत्येक वर्ष फरक सहरमा विश्वस्तरीय विशेष कार्यक्रम आयोजना हुँदै आएका छन् । यो दिवस मनाउनुको मुख्य उद्देश्य आवास सङ्कटजस्ता विश्वव्यापी चुनौतीको समाधानका लागि दिगो र समान अवसरयुक्त सहर निर्माणमा विश्वस्तरीय सहकार्यलाई प्रवद्र्धन गर्नु हो । विश्व तीव्र गतिमा सहरमुखी बन्दै गएको सन्दर्भमा सहरी क्षेत्रको दिगो विकास अपरिहार्य भएको छ । राष्ट्रसङ्घको अनुसार हाल विश्वको आधाभन्दा बढी जनसङ्ख्या सहरी क्षेत्रमा केन्द्रित छ ।...
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
प्रविधि, विश्व, समाचार

सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य

नेपालअखबार,जियुक्वान । चीनले बिहीबार सन् २०३० सम्ममा आफ्ना अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजनालाई तीव्र रूपमा अघि बढाइरहेको घोषणा गरेको छ । यो लक्ष्य चीनको दीर्घकालीन उद्देश्य — अन्तरिक्ष अन्वेषणमा विश्व नेतृत्व हासिल गर्नेको महत्त्वपूर्ण हिस्सा हो । चाइना म्यान्ड स्पेस प्रोग्रामका प्रवक्ता झाङ जिङबोका अनुसार हाल चन्द्रमामा मानव अवतरणसम्बन्धी अनुसन्धान तथा विकासका सबै परियोजनाहरू सुचारु रूपमा अघि बढिरहेका छन् । उनले लङ मार्च–१० रकेट, चन्द्र अवतरण पोसाक र अन्वेषण सवारी निर्माणलाई यस दिशामा ‘फलदायी उपलब्धि’ का रूपमा वर्णन गरे । झाङले भने–  ‘सन् २०३० सम्ममा चन्द्रमामा व्यक्ति पठाउने हाम्रो लक्ष्य अटल र स्पष्ट छ ।’ यो घोषणासँगै चीनले आफ्नो तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा पठाउन लागेको नयाँ अन्तरिक्ष यात्री टोलीको परिचय पनि गराएको छ । यो मिसन चीनको बढ्दो अन्तरिक्ष क्षमत...
रूसले गर्‍यो अर्को परमाणु ‘पोसाइडन’ टोरपीडोको सफल परीक्षण
विश्व, समाचार

रूसले गर्‍यो अर्को परमाणु ‘पोसाइडन’ टोरपीडोको सफल परीक्षण

नेपालअखबार,काठमाडौं । रूसले अर्को नयाँ परमाणु क्षमतायुक्त टोरपीडो ‘पोसाइडन’ को सफल परीक्षण गरेको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो हतियारले समुद्रमा रेडियोएक्टिभ (रेडियोधर्मी) लहरहरू पैदा गर्न सक्ने र त्यसबाट तटीय क्षेत्रमा बसेका ठूला शहरहरू पलभरमै बसोबास गर्न लायक नरहने गरी ध्वस्त पार्न सक्ने दाबी गरेका छन्। यो टोरपीडो पनडुब्बीबाट छोडिन्छ, जुन पूर्ण रूपमा स्वचालित हुन्छ र आणविक हतियार बोक्न सक्छ। राष्ट्रपति पुटिनले पोसाइडनको शक्ति रूसको सबैभन्दा शक्तिशाली मिसाइल ‘सरमत’ भन्दा पनि बढी रहेको जिकिर गरेका छन्। उनले युक्रेन युद्धमा घाइते सैनिकहरूसँगको भेटमा यसको जानकारी दिँदै विश्वमा यस्तो अर्को कुनै हतियार नभएको दाबी गरे। के हो पोसाइडन ? के गर्न सक्छ यसले ?  पोसाइडनको सबैभन्दा ठूलो विशेषता भनेको यसको भित्र आफ्नै न्यूक्लियर इन्धन इकाइ जडान गरिएको हुन्छ । यसको अर्थ यसल...
इजरायलद्वारा गाजामा फेरि भीषण आक्रमण, ३३ प्यालेस्टाइनीको मृत्यु
विश्व, समाचार

इजरायलद्वारा गाजामा फेरि भीषण आक्रमण, ३३ प्यालेस्टाइनीको मृत्यु

नेपालअखबार,काठमाडौं । इजरायलले मंगलबार राति गाजा क्षेत्रमा भीषण हवाई आक्रमण गरेको छ । इजरायलले गाजा शहरसँगै, बेत ला र खान युनिस सहितका केही अन्य शहरका घर, विद्यालय र बसोबासका लागि बनाइएका भवनहरूमा हवाई आक्रमण गरेको हो । हमासका स्वास्थ्य अधिकारीहरू र ‘सिविल डिफेन्स एजेन्सी’ का अनुसार आक्रमणबाट ३३ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ । इजरायली अधिकारीहरूले हमासमाथि अमेरिकको पहलमा गरिएको युद्धविरामको उल्लंघन गरेको आरोप लगाएका छन् । इजरायली रक्षामन्त्री इजराइल केट्जले हमासका तर्फबाट इजरायली सैनिकमाथि आक्रमण गरिएको र बन्धकको शव फर्काउनका लागि तय भएका शर्तहरू उल्लंघन भएको आरोप लगाएका छन् । उता हमासले आफ्नो तर्फबाट भएको भनिएको आक्रमणमा कुनै संलग्नता नरहेको दाबी गरेको छ । उसले आफू युद्धविरामका लागि पूर्ण प्रतिबद्ध रहेको पनि बताएको छ ।यसअघि मंगलबार बेलुकी इजरायली प्रधानमन्त्री बेन्ज्यामिन ...
जमैका पुग्दै यस वर्षको सबैभन्दा शक्तिशाली आँधी ‘मेलिसा’
विश्व, समाचार

जमैका पुग्दै यस वर्षको सबैभन्दा शक्तिशाली आँधी ‘मेलिसा’

नेपालअखबार,जमैका। क्यारिबियन टापु जमैका यस वर्षको संसारकै सबभन्दा शक्तिशाली आँधी र सम्भवतः टापुको इतिहासकै सबभन्दा बलियो आँधीको चपेटामा परेको छ। अमेरिकी मौसमविद्हरूले यहाँ ‘विनाशकारी र जीवन खतरामा पार्ने’ अवस्थाको चेतावनी दिएका छन्। आँधीका कारण जमैकामा पहिले नै तीन जनाको ज्यान गइसकेको छ। यसबाहेक हाइटी र डोमिनिकन रिपब्लिकमा पनि चार जनाको मृत्यु भएको बताइएको छ। १७५ माइल प्रतिघण्टा (२८२ किलोमिटर प्रतिघण्टा) सम्मको वेग भएको चक्रवात मेलिसा अधिकतम शक्ति पाँचौँ श्रेणीको आँधी हो। यो आँधी अझ तीव्र भइरहेको र मंगलबार बिहानै क्यारिबियन टापुमा जमिनमा ठोक्किने अनुमान छ। अमेरिकी राष्ट्रिय चक्रवात केन्द्र (एनएचसी)को पछिल्लो तथ्यांकअनुसार अधिकतम हावाको गति र कम केन्द्रीय दबाबका हिसाबले मेलिसा यस वर्षको संसारकै सबभन्दा बलियो आँधी हो। सीबीएसले जनाएअनुसार, यसको हालको शक्तिले सन् १८५१ मा अभिलेख राख्न ...
अमेरिका र जापानबीच दुई नयाँ सम्झौतामा हस्ताक्षर
राजनीति, विश्व, समाचार

अमेरिका र जापानबीच दुई नयाँ सम्झौतामा हस्ताक्षर

नेपालअखबार,काठमाडौं । अमेरिका र जापानले दुई नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री सनेई तकाइचीले दुईवटा नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन् । दुई देशबीच हस्ताक्षरित एउटा सम्झौताले अमेरिका-जापान सम्बन्धको नयाँ ‘गोल्डन एज’ को सुरूवातलाई दर्शाउँछ भने दोस्रो सम्झौता महत्वपूर्ण खनिजसँग सम्बन्धित रहेको छ । ‘पहिलो सम्झौता लामो समयदेखि सहयोगी रहेका दुवै देशबीचको साझेदारीलाई अझै मजबुत गर्नेमा केन्द्रित छ’, बीबीसीमा प्रकाशित समाचारमा भनिएको छ, ‘अर्को महत्वपूर्ण खनिजको सम्झौता दुर्लभ खनिज (रेयर अथ्र्स) को आपूर्ति सुनिश्चित गर्नका लागि एउटा ढाँचा प्रदान गर्दछ ।’ सम्झौतामा हस्ताक्षर पछि राष्ट्रपति ट्रम्पले जापानको सराहना गर्दै अमेरिकाको मजबुत सहयोगीको रूपमा चित्रित गरे । उनले जापानकी पहिलो महिला प्रधानमन्त्री तकाइचीको पनि प्रशंसा गरे ।...
दक्षिण चीन सागरमा खस्यो अमेरिकी नौसेनाको हेलिकप्टर र लडाकू विमान
विश्व, समाचार

दक्षिण चीन सागरमा खस्यो अमेरिकी नौसेनाको हेलिकप्टर र लडाकू विमान

नेपालअखबार,काठमाडाैँ । अमेरिकी नौसेनाको हेलिकप्टर र लडाकू विमान दुर्घटना भएको छ। आइतबार दिउँसो दक्षिण चीन सागरमा अभ्यासका क्रममा अमेरिकी नौसेनाको हेलिकप्टर र लडाकू विमान छुट्टाछुट्टै समयमा दुर्घटना भएको हो। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार आइतबार दिउँसो स्थानीय समयअनुसार २:४५ बजे एमएच-६०आर सिहक हेलिकप्टर उड्दाउड्दै दक्षिण चीन सागरमा खसेको थियो। नौसेनाको स्क्वाड्रन-७३ एकाइको उक्त हेलिकप्टरमा चालक दलका तीन सदस्य थिए। तीनै जनालाई सुरक्षित उद्धार गरिएको अमेरिकी नौसेनालाई उद्धृत गर्दै सिएनएनले लेखेको छ। हेलिकप्टर दुर्घटना भएको आधा घन्टापछि लडाकू विमान पनि खसेको थियो। करिव सवा ३ बजे फाइटिङ रेडकक्समा आबद्ध रहेको एफए-१८एफ सुपर हर्नेट लडाकू विमान पनि सोही सागरमा खसेको थियो लडाकू विमानको चालक दलका दुई सदस्यलाई पनि सुरक्षित उद्धार गरिएको सिएनएनले जनाएको छ। हेलिकप्टर र लडा...
ट्रम्प र सीको भेट अगावै अमेरिका-चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति
राजनीति, विश्व, समाचार

ट्रम्प र सीको भेट अगावै अमेरिका-चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति

नेपालअखबार,काठमाडौं । अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचा (नमूना) मा सहमति जुटेको छ । उक्त सहमतिको ढाँचालाई यसै साता दुवै देशका नेताहरू बीचको भेटघाटका दौरान छलफल गरिने भएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार सम्झौताको ढाँचामा टिकटकको अमेरिकी व्यवसायसम्बन्धी अन्तिम सम्झौता र चीनले दुर्लभ खनिजहरूमा लगाइएको नयाँ प्रतिबन्धहरू हटाउने वा स्थगित गर्ने निर्णय समावेश रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाअनुसार चीनबाट आयात हुने सामानमा लगाइने शतप्रतिशत कर लागू हुने सम्भावना नरहेको पनि बताएका छन् । चीनले अमेरिकाबाट सोयाबिन खरिदलाई फेरि सुरू गर्ने पनि अर्थमन्त्री बेसेन्टको भनाइ छ । दुवै देशहरू विश्वका दुई सबैभन्दा ठूला अर्थव्यवस्थाका बीच जारी ‘ट्रेड वार’ लाई बढ्न नदिने प्रयास गरिरहेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प एशियाको एक साता लामो भैमणमा छ...