गाजामा इजरायलले गरेको विनाश १३ आणविक बम बराबर
नेपालअखबार,रफाह । यतिबेला गाजापट्टी कुनै भूगोल नभएर बारूदले क्षतविक्षत मानव पीडाको प्रतीक बनेको छ । इजरायलले विगत दुई वर्षमा यहाँ झन्डै २ लाख टन बराबरको विस्फोटक पदार्थ खसालेको छ । यो भनेको १३ वटा आणविक बमको संयुक्त शक्ति बराबरको बारुद हो । यी आक्रमणका क्रममा १ लाख भन्दा धेरैको ज्यान गयो ।
संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)ले गएको अक्टोबरमा प्रकाशित गरेको ‘गाजाको पुनर्निर्माण सूचकांक’को शीर्षकको प्रतिवेदनअनुसार गएको दुई वर्षमा गाजामा १ लाख ५ हजार ८०० भन्दा बढी भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । यहाँका प्रत्येक १० मध्ये ८ ओटा भवनहरू भग्नावशेष भएका छन् ।
गाजा बस्न योग्य नै छैन । ९० प्रतिशत बासिन्दाको घर या त भत्किएका छन वा बस्न योग्य नै छैनन् । ९५ प्रतिशतभन्दा बढी बहुतले भवनहरू ध्वस्त भएका छन् । यूएनडीपी र विश्व बैंकको संयुक्त सर्वेक्षणले गाजामा अहिले ६ करोड टनभन्दा बढी भग्ना...









