युक्रेनसँगको युद्धमा रूसलाई बिनासर्त समर्थन गर्ने उत्तर कोरियाको प्रतिबद्धता
नेपालअखबार,काठमाडौँ । उत्तर कोरियाले रूसलाई युक्रेनसँगको युद्धमा विनासर्त समर्थन गर्ने प्रतिबद्धता जनाएको छ।
उत्तर कोरियाका नेता किम जोङ उनले रूसी विदेशमन्त्री सर्गेइ ल्याव्रोवसहितको कुटनीतिक टोलीसँगको भेटमा युक्रेनविरूद्धको लडाइँमा आफ्नो देशले विनासर्त मस्कोलाई विनासर्त समर्थन गर्ने बताएको हो।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएका अनुसार नेता किमले युक्रेनसँगको लडाइँमा रूसले चाल्ने सबै कदमलाई समर्थन र प्रोत्साहन गर्ने बताएका छन्।
'युक्रेन संकटको मूल कारण समाधान गर्न रुसले चालेका सबै कदमहरूलाई अहिले र भविष्यमा पनि बिना सर्त समर्थन र प्रोत्साहन गर्न उत्तर कोरिया तयार छ। यो समर्थन उत्तर कोरिया र रुसबीचको अन्तर-राष्ट्रिय सन्धिको भावना अनुरूप हुनेछ,' किमको भनाइ उद्धृत गर्दै केसिएनएले लेखेको छ।
नेता किम र रूसी विदेशमन्त्रीबीचको भेटवार्तामा उनीहरूले दुवै देशको हितमा द्वीपक्षी...










