Wednesday, September 2

विश्व

युक्रेन सम्झौताका लागि ट्रम्पसँग भेट्न पुटिन तयार
विश्व, समाचार

युक्रेन सम्झौताका लागि ट्रम्पसँग भेट्न पुटिन तयार

नेपालअखबार,काठमाडौं। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै पनि बेला वार्ताका लागि आफू तयार रहेको बताउनुभएको छ । जनवरीमा अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न दोस्रो पटक ह्वाइट हाउस फर्कन लागेका ट्रम्पले वार्ता सुरु गर्न आह्वान गरेपछि पुटिनको यो भनाइ आएको हो । ट्रम्पको आह्वानले किएभमा उनले युक्रेनलाई मस्कोको अनुकूल शर्तमा शान्ति स्वीकार गर्न बाध्य पार्न सक्ने आशङ्का बढेको छ । वर्षको अन्त्यमा आयोजित वार्षिक पत्रकार सम्मेलनमा ७२ वर्षीय उनले युद्धभूमिमा आफ्नो सेनाले माथिल्लो भागमा पकड बलियो बनाएको बताएका छन् । उत्तरपूर्वी युक्रेनमा रूसी आक्रमणमा तीन जनाको मृत्यु भएको र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ब्रसेल्समा इयूका नेताहरूसँग वार्ता गरिरहँदा उक्त कुरा बताएका हुन् । पुटिनले आत्मविश्वसका साथ भने, ‘अगस्टदेखि किएभक...
अमेरिकी सरकारको कामकाज ठप्प हुने संघारमा
राजनीति, विश्व, समाचार

अमेरिकी सरकारको कामकाज ठप्प हुने संघारमा

नेपालअखबार,वासिङ्टन डीसी । अमेरिकी सरकारको कामकाज ठप्प हुने संघारमा छ । खर्च सम्बन्धी विधेयकमा संसद्मा दुई पार्टीबिच सहमति हुन नसक्दा अमेरिकी सरकार बन्दतर्फ उन्मुख बनेको छ । शुक्रवार रातिसम्म यो समस्या समाधान नभए अमेरिका बन्द हुनेछ । अमेरिकी संसदमा ट्रम्प समर्थित विधेयक पारित हुन सकेको छैन । हाउस अफ रिप्रिजेन्टेटिभ्सले राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पको सङ्घीय कार्यहरूलाई बजेट दिने र सरकारी कामकाज ठप्प हुनु एक दिन अघि कर्जा सीमा बढाउने वा निलम्बन गर्ने योजनालाई अस्वीकार गरेको छ । करिब तीन दर्जन रिपब्लिकन र डेमोक्रेटले ट्रम्प समर्थित विधेयकको विपक्षमा मतदान गरेका छन् । संसदमा यो विधेयकको पक्षमा १७४ र विपक्षमा २३५ मत परेको थियो । सरकार बन्द हुनबाट जोगाउन देशको ऋण सीमा बढाउने वा निलम्बन गर्ने प्रावधानलाई कानुनमा समावेश गरेको कुराको ट्रम्पको पार्टीले सधै विरोध गर्दै आएको थियो । तर अब भ...
ट्रम्पविरुद्ध गलत समाचार बजाएपछि एबीसी टिभीले तिर्‍यो १५ मिलियन डलर
राजनीति, विश्व, समाचार

ट्रम्पविरुद्ध गलत समाचार बजाएपछि एबीसी टिभीले तिर्‍यो १५ मिलियन डलर

नेपालअखबार,काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गलत समाचार बजाएपछि एबीसी टिभी च्यानलले १५ मिलियन अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । एबीसी टिभी च्यानलका स्टार प्रस्तोता जर्ज स्टेफानोपोलोसले १० मार्चको एक कार्यक्रममा ट्रम्पले एक महिलालाई बलात्कार गरेको आरोप लगाएका थिए । उनको त्यो अभिव्यक्ति विरुद्ध मानहानीको मुद्दा परेको थियो । सोही मुद्दामा एबीसी टिभी च्यानल ट्रम्पलाई १५ मिलियन अमेरिकी डलर क्षतिपूर्ति तिर्न तयार भएको हो । शनिबार भएको सम्झौता अनुसार एबीसीले प्रस्तोता स्टेफानोपोलोसको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै खण्डन प्रकाशन पनि तयार भएको छ । साथै एबीसीले ट्रम्प पक्षको कानुनी फीबापत एक मिलियन डलर पनि तिर्ने छ ।...
साउदी अरेबियाले सन् २०३४ को विश्वकप फुटबल आयोजना गर्ने
खेलकुद, विश्व, समाचार

साउदी अरेबियाले सन् २०३४ को विश्वकप फुटबल आयोजना गर्ने

नेपालअखबार,काठमाडौं । सन् २०३४ को फिफा विश्वकप फुटबल एसियन राष्ट्र साउदी अरेबियामा हुनेछ । ४८ टोली सहभागी यो संस्करणको विश्वकप पहिलोपटक एकमात्र राष्ट्रले आयोजना गर्ने ४८-देशीय विश्वकप हुनेछ । साउदी अरेबियाका पाँच आयोजक शहरहरू रियाद, जेद्दा, अल खोबर, आभा र निओमका १५ वटा रङ्गशालाहरूमा खेलहरू खेलाइने एजन्सीले जनाएको छ । ९२ हजार दर्शक क्षमता भएको रियादको किंग सलमान स्टेडियम निर्माण सम्पन्न भएपछि त्यहाँ उद्घाटन र फाइनल खेल हुने अनुमान गरिएको छ । खेल हुने १५ रङ्गशालाहरूमध्ये ४ वटा रङ्गशालाहरू बनेको बीबीसीले जनाएको छ । त्यसैगरी स्पेन, पोर्चुगल र मोरक्कोले सन् २०३० को विश्वकप संयुक्त रूपम आयोजना गर्नेछन् । प्रतियोगिताको १०० वर्ष पुगेको उपलक्ष्यमा सन् २०३० मा हुने प्रतियोगिताका तीन खेलहरू अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि हुनेछन्।...
युक्रेन सङ्कट समाधान मेरो पहिलो प्राथमिकतामा छ : ट्रम्प
राजनीति, विश्व, समाचार

युक्रेन सङ्कट समाधान मेरो पहिलो प्राथमिकतामा छ : ट्रम्प

नेपालअखबार,पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना आफूले कार्यभार सम्हाल्ने बित्तिकै युक्रेन युद्धको समाधान आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।  “मलाई लाग्छ हामीले रूससँगको युक्रेनको युद्धको समाधान खोज्नुपर्छ, अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले फ्रान्सेली पत्रिका पेरिस म्याचलाई शनिबार रेकर्ड गरिएको एक अन्तर्वार्तामा भने । “ती दुवै देशले ठूलो सङ्ख्यामा नागरिक गुमाइरहेका छन्, जसलाई कसैले पनि विश्वास गर्न सक्दैन। लाखौं सैनिक मारिएका छन्,” ट्रम्पले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उच्च प्राथमिकताबारे सोधिएको प्रश्नको जवाफमा भने । “मध्यपूर्व निश्चित रूपमा एक ठूलो प्राथमिकता हो । मलाई लाग्छ, मध्यपूर्व रूससँग युक्रेनको युद्धको तुलनामा कम कठिन अवस्था हो,” ट्रम्पले भने। उनले भने, “तर यी दुई परिस्थितिहरू हामीले समाधान गर्नुपर्ने परिस्थितिहरू हुन् । यसका कारण धेरै मानिसहरू म...
राष्ट्रपति ट्रम्पले अमेरिकामा जन्मिएका व्यक्तिलाई स्वतः नागरिकता दिने नीति अन्त्य गर्ने
विश्व, समाचार

राष्ट्रपति ट्रम्पले अमेरिकामा जन्मिएका व्यक्तिलाई स्वतः नागरिकता दिने नीति अन्त्य गर्ने

नेपालअखबार,काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिएका तर आवश्यक कागजात नभएका व्यक्तिलाई स्वतः नागरिकता दिने नीति अन्त्य गर्ने बताएका छन् । अमेरिकी संविधानको १४औं संशोधन अनुसार अमेरिकामा जन्मिएका बच्चालाई अमेरिकी नागरिकता दिने व्यवस्था गरेको थियो । यस्ता बच्चाको आमा–बाबुसँग अमेरिकाको नागरिकता नभए पनि अमेरिकामा जन्मनासाथ तिनले स्वतः अमेरिकी नागरिकता पाउँदै आएका थिए । यद्यपि उनले बाल्यकालमा अमेरिका आएका अवैध आप्रवासीहरूलाई मद्दत गर्न डेमोक्याट्ससँग सहकार्य गर्ने प्रस्ताव गरेका छन् । बाल्यकालमा अमेरिका प्रवेश गरेका तर अहिलेसम्म कुनै कागजात नबनाएकाहरूको अधिकार रक्षाको लागि काम गर्ने संकेत उनले गरेका हुन् । ट्रम्पले एनबीसीलाई दिएको अन्तर्वार्तामा अवैध आप्रवासीहरूलाई देशबाट निकाल्नका लागि काम गर्ने कुरा दोहोर्‍याएका छन् । उनले नाटोबाट बाहिर निक्लने...
ट्रम्पको दाबीः जेलेन्स्की रूससँग सम्झौता गर्न तयार छन्
राजनीति, विश्व, समाचार

ट्रम्पको दाबीः जेलेन्स्की रूससँग सम्झौता गर्न तयार छन्

नेपालअखबार, पेरिस । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूससँगको युद्ध अन्त्यका लागि ‘सम्झौता’ गर्न इच्छुक रहेको बताएका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले जेलेन्स्की र ट्रम्पसँग शनिबार एलिसी प्यालेसमा आयोजना गरेको त्रिपक्षीय वार्तापछि ट्रम्पको उक्त भनाइ आएको हो । ट्रम्पले युक्रेनलाई पठाइएको अर्बौं डलरको सैन्य सहायताको खुलेर खिल्ली उडाउँदै आफ्नो निर्वाचन अभियानका क्रममा आफू राष्ट्रपति निर्वाचित भए जिम्मेवारी सम्हालेको २४ घण्टाभित्र नै द्वन्द्व अन्त्य गर्न सक्ने दाबी गरेका थिए । ट्रम्पले आफ्नै लगानीमा सञ्चालित सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘जेलेन्स्की र युक्रेन सम्झौता गर्न र युद्ध रोक्न चाहन्छन् ।’ उनले अगाडि थपेका छन्, ‘तत्काल युद्धविराम हुनुपर्छ र वार्ता सुरु हुनुपर्छ । धेरैको जीवन यति अनावश्य...
दक्षिण कोरियामा पूर्व रक्षामन्त्री पक्राउ
राजनीति, विश्व, समाचार

दक्षिण कोरियामा पूर्व रक्षामन्त्री पक्राउ

नेपालअखबार,सोल । दक्षिण कोरियामा पूर्व रक्षामन्त्री पक्राउ परेका छन् । राष्ट्रपति यून सुक–येओललाई मार्शल ल लगाउन सुझव दिएका पूर्व रक्षामन्न्त्री किम योङ–ह्यून आइतबार पक्राउ परेका हुन् । अभियोजनकर्ताहरूको विशेष अनुसन्धान टोलीले आइतबार किमलाई समातेर उनको फोन पनि जफ्त गरेको छ ।पक्राउ पर्नुअघि अनुसन्धानकर्ताहरूले किमसँग सोधपुछ गरेका थिए । आइतबार १ः३० बजे तिर किम स्वेच्छिक रुपमा सोल केन्द्रीय जिल्ला अदालत अभियोजनकर्ताहरूको कार्यालयमा पुगेका योन्ह्याप न्यूज एजेन्सीले समाचार छापेको थियो । विपक्षीहरूले देशको लोकतन्त्र र स्थायित्वलाई खतरामा पारेको आरोप लगाउँदै येओलले मंगलबार राति मार्शल ल (सैन्य शासन) लागू गरेका थिए । शनिबार संसदमा येओलविरुद्धको महाभियोगको प्रस्ताव असफल भएपछि योङ–ह्यून समातिएका हुन् । महाभियोग प्रस्ताव विफल भएपनि राजीनामा दिनु अघि राष्ट्रपतिको कतव्र्यबाट उनलाई पूरै बाहिर राखि...
सिरियाको हालत खराब, राजधानी कब्जा गर्न भन्दै अघि बढे विद्रोही
राजनीति, विश्व, समाचार

सिरियाको हालत खराब, राजधानी कब्जा गर्न भन्दै अघि बढे विद्रोही

नेपालअखबार,काठमाडौं । सिरियामा विद्रोहीहरुले केही वर्षयताकै भयानक आक्रमण सुरु गरेका छन् । यस आक्रमणबाट राष्ट्रपति बसर अल असदलाई ठूलो झड्का लागेको ठानिएको छ । सिरियाका विद्रोही समूह राजधानी दमिस्क कब्जा गर्ने उद्देश्यले उत्तर र दक्षिण तर्फबाट अगाडि बढेका छन् । भिडियो फुटेजहरुमा केही प्रदर्शनकारीहरुले राष्ट्रपति असदका दिवंगत पिता हाफेज अल असदको प्रतिमा फुटाएको पनि देखिन्छ । विद्रोहीको आक्रमण तीव्र भएपछि राष्ट्रपति असदले राजधानी छाडेको हल्लासमेत चलेको थियो । तर असदको कार्यालयले त्यसलाई खण्डन गरेको छ । बीबीसीको सहयोगी सीबीएसका अनुसार राजधानी दमस्कि अब विद्रोहीको अधिनमा रहेको एक उपनगर जस्तो बन्ने देखिएको छ । सिरियाका आन्तरिक मामिला मन्त्रीले भने राजधानी दमिस्कको चारैतर्फ बलियो सैन्य घेरा रहेको दाबी गर्दै त्यसलाई कसैले पनि पार गर्न नसक्ने जनाएका छन् । यसैबीच इजरायलले सिरियाले विद्...
सिरियाका राष्ट्रपति असादले छाडे राजधानी
राजनीति, विश्व, समाचार

सिरियाका राष्ट्रपति असादले छाडे राजधानी

नेपालअखबार,काठमाडौं । सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी दमिस्क छाड्न बाध्य भएका छन् । विद्रोहीहरु प्रमुख शहरहरु कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असादले राजधानी छाडेका हुन् । विद्रोहीका कमाण्डरहरुले राजधानी दमिस्क असादको शासनबाट मुक्त भएको जनाएका छन् । विद्रोही समूह हयात तहरिर अल शाम (एचटीएएस) ले आफ्नो टेलिग्राम च्यानलमार्फत् बशर अल असादले देश छोडेको र सिरिया अब स्वतन्त्र भएको बताएको छ । उसले भनेको छ, ‘एउटा कालो अध्याय अन्त्य भएर नयाँ शुरुवात हुँदै छ ।’ रोयटर्सले पनि सिरियाका दुई वरिष्ठ अधिकारीको स्रोत उद्धृत गर्दै राष्ट्रपति बसर अल असादले राजधानी छाडेको समाचार लेखेको छ । यद्यपि उनी राजधानी छाडेर कहाँ गए भन्ने उल्लेख छैन । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले राजधानी दमिस्कबाट एउटा निजी विमान उडेको र त्यसमा राष्ट्रपति बशर अल असद हुनसक्ने जनाएको छ । सिरियाका विद...