युक्रेनी सेनाद्वारा कुर्स्क क्षेत्रमा अर्को ठुलो हमला
नेपालअखबार,मस्को । रुसको कुर्स्क क्षेत्रमा आक्रमण जारी राख्दै युक्रेनले सीम नदीमा रहेको एउटा पुल भत्काएको छ । ग्लुसकोवो सहर नजिकै युक्रेनी सेनाको यो कारबाहीका कारण सहरको एक भागको अन्य स्थानबाट सम्पर्कविच्छेद भएको रुसी अधिकारीहरूलाई उद्धृत गर्दै बताइएको हो ।
युक्रेनी सेनाले भत्काएको उक्त पुल रुसी सैनिकलाई अत्यावश्यक सामान आपूर्ति गर्न प्रयोग गरिँदै आएको थियो । युक्रेनी राष्ट्रपति भ्लादोमिर जेलेन्स्कीका अनुसार आफ्नो सेनाले कुर्स्कमा उपस्थिति बलियो बनाउँदै गएको छ । कुर्स्क क्षेत्रको बदलामा उनीहरूले रुसलाई युक्रेनी भूभागमाथिको आफ्नो कब्जा त्याग्न पनि माग गर्न सक्ने जेलेन्स्कीले बताएका छन् ।
यसअघि युक्रेनका शीर्ष कमाण्डर ओलेक्जेन्डर सिर्स्कीले युक्रेनी सेनाले रुसको कुर्स्क क्षेत्रमा आफ्नो सैन्य कार्यालय स्थापना गरेको बताएका थिए । सिर्स्कीका अनुसार सेनाले यस कार्यालयबाट रुसमाथि हमला गर्...










