Wednesday, September 16

विश्व

कतारमा मिसाइल आक्रमण, छर्रा लागेर एक बालक घाइते
राजनीति, विश्व, समाचार

कतारमा मिसाइल आक्रमण, छर्रा लागेर एक बालक घाइते

नेपालअखबार, दोहा । कतारको रक्षा मन्त्रालयले शुक्रबार बिहान सबेरै इरानले गरेको मिसाइल आक्रमणलाई आफ्नो सशस्त्र बलले सफलतापूर्वक विफल पारेको जनाएको छ। उक्त सैन्य कारबाहीका क्रममा मिसाइल खसाल्दा निस्किएको छर्रा लागेर एक बालक घाइते भएको कतारी गृह मन्त्रालयले पुष्टि गरेको छ। गृह मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै घाइते बालकको हाल उपचार भइरहेको बताएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार राजधानी दोहामा विस्फोटका ठुला आवाजहरू सुनिएका थिए । सोही समयमा सरकारले नागरिकहरूको मोबाइल फोनमा सुरक्षासम्बन्धी आकस्मिक सन्देश समेत पठाएको थियो । हालैका दिनहरूमा इरानले खाडी मुलुकहरूमा आफ्ना आक्रमणहरू तीव्र पारेको छ। अमेरिकाले इरानी भूमिमा गरेको आक्रमणको प्रतिक्रिया स्वरूप इरानले यस क्षेत्रमा अमेरिकी सेनाले प्रयोग गर्दै आएका सैन्य अखडाहरूलाई लक्षित गरी आक्रमण सुरु गरेको हो। यसअघि पनि इरानले...
ट्रम्पको दाबी: अघिल्लो चुनावमा धाँधली भएको थियो, चीनले २२ करोड अमेरिकीको डाटा चोर्‍यो
राजनीति, विश्व, समाचार

ट्रम्पको दाबी: अघिल्लो चुनावमा धाँधली भएको थियो, चीनले २२ करोड अमेरिकीको डाटा चोर्‍यो

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चुनावी सुरक्षाको विषयमा राष्ट्रको नाममा विशेष सम्बोधन गरेका छन्। आफ्नो सम्बोधनका क्रममा उनले सन् २०२० को राष्ट्रपति चुनावमा धाँधली भएको पुरानो दाबीलाई पुनः दोहोर्‍याउँदै अमेरिकी जासुसी संस्थाहरूमाथि गम्भीर आरोप लगाएका छन्। ट्रम्पले ह्वाइट हाउसबाट केही गोप्य चुनावी सुरक्षा कागजातहरू सार्वजनिक गर्दै चीनले २०२० को चुनावमा २२ करोड अमेरिकी मतदाताको डाटा चोरेको सनसनीपूर्ण दाबी गरेका छन्। ट्रम्पले आफ्नो सम्बोधनमा २ लाख ७८ हजार गैर-नागरिक मतदाता दर्ता भएको आरोप लगाए । उनले अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस) को अनुसन्धानलाई उद्धृत गर्दै संघीय चुनावका लागि करिब २ लाख ७८ हजार गैर-नागरिकहरू मतदाताको रूपमा दर्ता भएको दाबी गरे। डेमोक्र्याट शासित राज्यहरूले डाटा नदिएका कारण वास्तविक सङ्ख्या यो भन्दा धेरै हुन सक्ने उनको भनाइ छ। ...
अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
राजनीति, विश्व, समाचार

अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार

नेपालअखबार, बेइजिङ । अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको तथा करोडौँ अमेरिकी मतदाताको विवरण प्राप्त गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको आरोप  चीनले अस्वीकार गरेको छ । वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले बिहीबार सीएनएनलाई दिएको प्रतिक्रियामा चीनले सधैँ अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त पालना गर्दै आएको बताएका छन् । ‘अमेरिकी निर्वाचन अमेरिकाको आन्तरिक विषय हो। यसको परिणाम अमेरिकी जनताको मतबाट निर्धारण हुन्छ । चीनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कहिल्यै हस्तक्षेप गरेको छैन र भविष्यमा पनि गर्ने छैन’ प्रवक्ताले भने । यसअघि पनि अमेरिका, अस्ट्रेलिया, क्यानडा र बेलायतलगायत पश्चिमी मुलुकहरूले लगाएका निर्वाचन हस्तक्षेप तथा राजनीतिक प्रभाव पार्ने आरोपहरू चीनले पटक–पटक अस्वीकार गर्दै आएको छ । यस विषयमा थप प्रतिक्रिया लिन सीएनएनले चीनको परराष्ट्र म...
अमेरिकी सैन्य कारबाहीमा सहयोग गर्ने खाडी मुलुकमाथि आक्रमण गर्ने इरानको चेतावनी
राजनीति, विश्व, समाचार

अमेरिकी सैन्य कारबाहीमा सहयोग गर्ने खाडी मुलुकमाथि आक्रमण गर्ने इरानको चेतावनी

नेपालअखबार,  काठमाडौं । इरानले आफ्नाविरुद्ध हुने सैन्य कारबाहीमा सहयोग गर्ने खाडी मुलुकहरूमाथि आक्रमण गर्ने चेतावनी दिएको छ । इरानले अमेरिकालाई भूमि तथा सैन्य अड्डा प्रयोग गर्न दिने खाडी मुलुकहरूलाई प्रत्यक्ष निशाना बनाइने चेतावनी दिएको हो । अमेरिकाले हालै गरेको आक्रमणपछि सोमबार इरानको विदेश मन्त्रालयले उक्त चेतावनी जारी गरेको बीबीसीले जनाएको छ । इरानको सरकारी सञ्चारमाध्यममार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा विदेश मन्त्रालयले युद्धविराम सम्झौतामा हस्ताक्षर भएको २५ दिनमात्र बित्दा पनि अमेरिकाले सम्झौताका अधिकांश प्रावधानको खुला उल्लंघन गरेको आरोप लगाएको छ । मन्त्रालयका अनुसार अमेरिकी आक्रमणमा इरानको यातायात सञ्जाल, माछा मार्ने डुंगा, मालवाहक जहाज, मौसम विभागका भवन तथा अन्य सरकारी संरचनाहरूलाई निशाना बनाइएको छ । इरानले यसलाई गम्भीर युद्ध अपराधको संज्ञा दिएको छ । विदेश मन्त्रालय...
इरानले बन्द गरायो होर्मुज जलमार्ग , अमेरिकासँगको तनाव थप चुलियो
राजनीति, विश्व, समाचार

इरानले बन्द गरायो होर्मुज जलमार्ग , अमेरिकासँगको तनाव थप चुलियो

नेपालअखबार,काठमाडौं । विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिएको ‘स्ट्रेट अफ होर्मुज’ इरानले अनिश्चितकालका लागि बन्द गराएको घोषणा गरेको छ । उक्त घोषणापछि अमेरिका र इरानबीचको तनाव थप चुलिएको छ । अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेको जनाएको छ भने इरानले अमेरिकी आक्रमणको जवाफ अझ कडा हुने चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाजमाथि इरानले ‘खुला रूपमा आक्रमण’ गरेपछि यस साताको तेस्रो चरणको सैन्य कारबाही सञ्चालन गरिएको अमेरिकाले जनाएको छ। सेन्टकमका अनुसार इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को आक्रमणबाट जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको छ। जहाजले आफ्नो यात्रा अघि बढाउन नसक्ने अवस्था आएको र एक जना नागरिक चालकदल सदस्य बेपत्ता रहेको अमेरिकी पक्षको दाबी छ। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले साम...
इरानका १७० भन्दा बढी स्थानमा अमेरिकी हमला
राजनीति, विश्व, समाचार

इरानका १७० भन्दा बढी स्थानमा अमेरिकी हमला

नेपालअखबार,काठमाडौं । अमेरिकाले पछिल्लो २ दिनमा इरानका १७० भन्दा बढी सैन्य केन्द्रहरूमा आक्रमण गरेको बताएको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टीकम) का अनुसार आक्रमण गरिएका स्थानहरूमा एयर डिफेन्स सिस्टम, ड्रोन भण्डार र तटीय सैन्य अखडाहरू रहेका छन् । यसको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकालाई होर्मुज स्ट्रेटमा दखल दिए कडा जवाफ दिने चेतावनी दिएको छ। आईआरजीसीले बहराइन र कुवेतमा रहेका अमेरिकी फिफ्थ फ्लीट मुख्यालय र अली अल-सलेम एयर बेससहित ८५ अमेरिकी सैन्य अखडामा मिसाइल र ड्रोन हमला गरेको दाबी गरेको छ। इरानी समाचार एजेन्सीका अनुसार, अमेरिकी हमला जारी रहे होर्मुजको स्थिति सामान्य हुन नसक्ने र यस रुटमा निर्भर धेरै देशहरूले आर्थिक नोक्सानी व्यहोर्नुपर्ने इरानले बताएको छ। अर्कोतर्फ, उत्तरी इरानमा चीन र रुससँग जोडिएको एक रणनीतिक रेलवे पुलमा अमेरिकाले क्रुज म...
युद्धविराम समाप्त भएको बताउँदै ट्रम्पले दिए इरानमा आक्रमण गर्न आदेश
राजनीति, विश्व, समाचार

युद्धविराम समाप्त भएको बताउँदै ट्रम्पले दिए इरानमा आक्रमण गर्न आदेश

नेपालअखबार, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अन्त्य भएको घोषणा गरेका छन्। टर्कीमा नेटो शिखर सम्मेलनका क्रममा उनले अमेरिका र इरानबीच गत जुन महिनामा भएको अस्थायी युद्धविराम समाप्त भएको बताएका हुन्। 'शायद युद्धविरामको कुनै औचित्य रहेन। अब सकियो,' टर्कीमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले भनेका छन्। उनले इरानमा नयाँ चरणको आक्रमण गर्न निर्देशन समेत दिएको भनेर अमेरिकी मिडियाहरूले लेखेका छन्। मंगलबार अमेरिकाले इरानमा हमला गरेको थियो। त्यो हमला अत्यन्त कडा भएको र आवश्यक परे फेरि आक्रमण हुन सक्ने चेतावनी ट्रम्पले दिएको भनेर अमेरिकी अखबार द वासिङ्टन पोस्टले लेखेको छ। ‍ स्ट्रेट अफ हर्मुजमा जहाजहरूलाई लक्ष्य गरेर इरानले हमला गरेको आरोप लगाउँदै अमेरिकाले इरानमा हवाई हमला गरेको थियो। अमेरिकाले इरानका हवाई प्रतिरक्षा प्रणाली, कमाण्ड तथा नियन्त्रण सञ्...
अमेरिकाले इरानमा मिसाइल हान्यो, इरानले मध्यपूर्वका अमेरिकी सैन्य अड्डामा
राजनीति, विश्व, समाचार

अमेरिकाले इरानमा मिसाइल हान्यो, इरानले मध्यपूर्वका अमेरिकी सैन्य अड्डामा

नेपालअखबार, काठमाडौँ । अमेरिका र इरानबीच फेरि हानाहान भएको छ। अमेरिकाले इरानी सैन्य लक्ष्यमा मिसाइल प्रहार गरेपछि इरानले मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अड्डामा लक्ष्य गरेर हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजमाथि आक्रमण गरेको आरोप लगाउँदै अमेरिकाले बुधबार बिहान इरानका विभिन्न स्थानमा हवाई हमला गरेको थियो। त्यसको जवाफमा इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल प्रहार गरेको जनाएको छ। अमेरिकी समाचार संस्था एपीका अनुसार दुई पक्षले अन्तिम शान्ति सम्झौताका लागि छलफल गर्ने तयारी भइरहँदा फेरि हानाहान हुनुले युद्धविराम धरापमा परेको आकलन गरेको छ। इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि सम्पन्न भएपछि हर्मुज जलडमरूमध्य पूर्ण रूपमा खुलाउने र इरानको आणविक कार्यक्रमबारे अन्त...
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३५०० नाघ्यो
विश्व, समाचार, समाज

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३५०० नाघ्यो

नेपालअखबार, कारकास । गत साता भेनेजुएलामा आएका शक्तिशाली दुई भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ हजार ५ सयभन्दा माथि उक्लिएको छ । साथै करिब १८ हजार मानिस अझै पनि घरविहीन रहेको बताइएको छ । सरकारी तथ्याङ्क उद्धृत गर्दै सांसद जर्ज रोद्रिगेजले सोमबार दिएको जानकारीअनुसार भूकम्पबाट हालसम्म ३ हजार ५३५ जनाको मृत्यु भएको छ भने १६ हजार ७४० जना घाइते भएका छन् । त्यस्तै,  १७ हजार ८५४ जना घरविहीन भएका छन् । सबैभन्दा बढी प्रभावित राजधानी काराकास र तटीय क्षेत्र ला गुआइरामा रहेका ८० वटा अस्थायी आश्रयस्थलमा कम्तीमा १२ हजार ८०० जना बसिरहेका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार सोमबार ला गुआइरामा ट्रक र फरेन्सिक टोलीले शव बोकेर ल्याइरहेका देखिएका थिए । स्थानीय प्रशासनले सेता क्रसले चिन्ह लगाइएको खुला क्षेत्रमा मेसिन प्रयोग गरेर सामूहिक रूपमा शव गाडिरहेको दृश्य पनि देखिएको बताइएको छ । गत जुन २४ मा केही से...
अन्तिम श्रद्धाञ्जलीमा देखिए खामेनीका तीन छोरा
विश्व, समाचार

अन्तिम श्रद्धाञ्जलीमा देखिए खामेनीका तीन छोरा

नेपालअखबार,काठमाडौं । इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्तिम श्रद्धाञ्जलीको कार्यक्रममा उनका तीन छोराहरू देखिएका छन्। आइतबार तेहरानस्थित इमाम खामेनी ग्रान्ड मुसल्लाहमा खामेनीका तीन छोराहरू मुस्तफा, मेइसम र मसउद उनका परिवारका अन्य सदस्यसँगै अन्तिम श्रद्धाञ्जलीमा सहभागी भएका हुन्। उनीहरूले आफ्ना पिताको मृत शरीर राखिएको कफिनअघि उभिएर प्रार्थना गर्दै गरेको भिडिओ सार्वजनिक भएको हो। मोस्तफा खामेनीका जेठा छोरा हुन्। मसउद साइँलो र मेइसम कान्छा छोरा हुन्। माइला छोरा मोज्तबा खामेनी भने अहिले सर्वोच्च नेता छन्। अली खामेनी फेब्रुअरी २८ मा अमेरिका र इसराइलको संयुक्त हमलामा मारिएको दस दिनपछि उनी सर्वोच्च नेता बनेका थिए। तर अहिलेसम्म उनी सार्वजनिक भएका छैनन्। बुवालाई अन्तिम श्रद्धाञ्जली दिन पनि उनी नआएपछि मोज्तबाको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता प्रकट भएको छ। फेब्...