भारतको सहयोगमा सङ्खुवासभामा ४ करोड रुपैयाँ लागतमा विद्यालय भवन बन्ने
नेपालअखार, सङ्खुवासभा । भारतको सहयोगमा सङ्खुवासभा जिल्लामा विद्यालय भवन निर्माण हुने भएको छ । चिचिला गाउँपालिका–३ मा निर्माण हुने श्री दिदिङ आधारभूत विद्यालयको भवनको लागत ४.०२९ करोड रुपैयाँ रहको छ ।
भारतीय राजदूतावास काठमाडौँका प्रथम सचिव अविनाश कुमार सिंह र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले नेपाल–भारत विकास सहकार्य अन्तर्गत बन्न लागेको भवनको शिलान्यास गरेका हुन् । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले शैक्षिक तथा प्रशासनिक भवनको निर्माणमा उपयोग गरिनेछ । भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव...










