१६ औं हिसान कास्की स्पोर्टस मिटको तयारी पुरा, १४ गते उद्घाटन
नेपालअखबार, पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १६ औं संस्करणको हिसान स्पोर्टस मिटको तयारी पुरा भएको छ ।
शिक्षाको विकास संगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा अघि बढाउने अनुरुपा आयोजना गरिएको स्पोर्टस मिटको सम्पूर्ण तयारी पुरा भएको हिसान कास्कीले जनाएको हो । स्पोर्टस मिट अन्तर्गत विद्यालय, कलेज र विश्वविद्यालयतर्फ गरी विभिन्न चार खेलका छुट्टा–छुट्टै प्रतिष्पर्धाहरु आयोजना हुनेछन् ।
हिसान स्पोर्टस मिट यहि मंसिर १४ गते देखि १७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने हिसान कास्कीका निवर्तमान अध्यक्ष एवं स्पोर्टस मिटका संयोजक डा रामजी शर्माले जानकारी दिएका छन् । १६ औं सस्करणको हिसान स्पोर्टस मिटको उद्घाटन बास्केटबल कोर्टमा गर्ने गरि तयारी भएको संयोजक शर्माले जानकारी दिए ।
हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केट...










