Monday, July 13

समाचार

मन्त्रीहरूकै बोलीले निर्वाचन भाँडिदै छ : राजेन्द्र पाण्डे
राजनीति, समाचार

मन्त्रीहरूकै बोलीले निर्वाचन भाँडिदै छ : राजेन्द्र पाण्डे

नेपालअखबार,काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले असोज २ गते नै निर्वाचनमा जाने निर्णय गरेको भन्दै आफूहरू निर्वाचनको पक्षमा रहेको प्रस्ट पारेका छन् । सोमबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय छलफलमा नेता पाण्डेले आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्ने र सोहीमार्फत नै निकास खोज्नुपर्ने बताए । नेता पाण्डेले सबै राजनीतिक दल उक्त निर्वाचनमा सहभागी हुने वातावरण बन्नुपर्नेमा जोड दिए । ‘निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण हुनुपर्छ । त्यो वातावरण बनाउने काम सरकारको हो’, नेता पाण्डेले भने, ‘माननीय मन्त्रीहरूका बोलीले निर्वाचन भाँडिदै छ ।’ उनले मन्त्री भनेको बलेनीको ढुङ्गाजस्तै भएकाले मन्त्रीहरूलाई मुख बन्द गर्न सुझाव दिए ।...
सर्वपक्षीय बैठकमा एमालेले भन्यो- चुनावको विश्वसनीय आधार पाएनौं
राजनीति, समाचार

सर्वपक्षीय बैठकमा एमालेले भन्यो- चुनावको विश्वसनीय आधार पाएनौं

नेपालअखबार,काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते निर्वाचन हुन्छ भन्ने विश्वसनीय आधार सरकारले दिन नसकेको बताएको छ । सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन सम्बन्धि सर्वपक्षीय बैठकमा बोल्दै एमालेका सचिव महेश बस्नेतले आफ्नो पार्टीको तर्फबाट बोल्दै यस्तो बताएका हुन् । दलका नेतामाथि स्थानहद लगाउने कुराले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था नरहेको उनले बताए । ‘निर्वाचन भयरहित हुनुपर्‍यो । निष्पक्ष हुनुपर्‍यो, धाँधलीरहित हुनुपर्‍यो । दलका नेतामाथि अहिले पनि स्थानहद लगाइएको छ । म नै हुँ–५/७ जिल्ला जाँदा ढुंगा खाएर आएको मान्छे । हामीले ढुंगा खाएबापत खुशीयाली मनाएकै छ । त्यसकारण चुनाव २१ गते हुन्छ भन्ने कुरामा हामी विश्वस्त छैनौं,’ उनले भने । बस्नेतले निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउने काममा सरकार केन्द्रित नभएको आरोप समेत लगाए । ‘नो...
समानुपातिकतर्फ सूची बुझाउने समय सार्न कांग्रेस सहमहामन्त्री यादवको प्रस्ताव
राजनीति, समाचार

समानुपातिकतर्फ सूची बुझाउने समय सार्न कांग्रेस सहमहामन्त्री यादवको प्रस्ताव

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले प्रतिनिधि सभा समानुपातिक बन्द सूची बुझाउने कार्यतालिका हेरफेर गर्न प्रस्ताव गरेका छन्। बालुवाटारमा आज प्रधानमन्त्री र निर्वाचन आयोगसहित सरोकारवालाहरूको छलफलमा सहमहामन्त्री यादवले समानुपातिक उम्मदेवारको बन्द सूची पेस गर्ने समय केही दिन पर सार्न आग्रह गरेका हुन्। ‘समानुपातिकको समय पुस १३ र १४ गतेका लागि छ, यो समय अपुग भयो। त्यसलाई दुई चार दिन पर सार्नुपर्छ,’ उनले भने, ‘तर फागुन २१ को निर्वाचन सोही मितिमा हुनुपर्छ।’् उनले बहुदलीय व्यवस्थामा राजनीतिक दल महत्वपूर्ण हुने र दलका प्रमुख शीर्ष नेताहरूसँग प्रधानमन्त्रीले संवाद गर्नुपर्ने पनि बताए।...
फागुन २१ मा चुनाव भएन भने हामी एउटा ठुलो अनिश्चयमा जान सक्छौँ :गगनकुमार थापा
राजनीति, विचार, समाचार

फागुन २१ मा चुनाव भएन भने हामी एउटा ठुलो अनिश्चयमा जान सक्छौँ :गगनकुमार थापा

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन अनिवार्य रहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अहिले समयमै निर्वाचन हुन्छ की हुँदैन भन्ने अनिश्चय पैदा भएको भन्दै निर्वाचन समयमै हुनुपर्ने बताएका हुन् । उनले परिणाम खोज्ने भन्दा पनि निर्वाचन गराएर नयाँ जनादेशसहित सरकार बनाउने कुरा प्रमुख रहेको बताए । अहिले संविधान ट्रयाक भन्दा बाहिर गएको उल्लेख गर्दै थापाले समयमै निर्वाचन गराएर संविधानलाई सही मार्गमा ल्याउनुपर्ने अवस्था रहेको बताए । हरेक पाँच वर्षमा निर्वाचन हुनुपर्ने कुरा २०१५ सालदेखि नै हुनुपर्ने भए पनि हुन नसकेको उनको भनाई छ । महामन्त्री थापाले भने, ‘आज एउटा ठुलो अनिश्चय छ । चुनाव हुन्छ की हुँदैन ? होला की नहोला । चुनाव भएन भने के होला ? चुनाव हुँदै गर्दा शान्तिपूर्ण हुन्छ की हुँदै...
वर्षौंदेखि पालमुनि छन् घरबारविहीन परिवार
समाचार, समाज

वर्षौंदेखि पालमुनि छन् घरबारविहीन परिवार

नेपालअखबार, कैलाली । कैलालीको यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन्। चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको भीषण पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए। तर जग्गाधनीले बिचैमा जग्गा नदिने भएपछि उनीहरु त्यहाँबाट पनि विस्थापित भए । 'त्यसपछि हामी चुरे–४ कै टाँकगडा जङ्गलको बीचमा बस्न थाल्यौं,' नवलसिंहले विगत सम्झिँदै भने, 'त्यहाँ धेरै परिवार थियौं। वन अतिक्रमण गरेको भन्दै त्यहाँबाट पनि हामीलाई हटाएपछि हाम्रो कतै जाने ठाउँ थिएन। अनि यही जङ्गलको छेउमा ओत लाग्न आइपुग्यौं।' सोही स्थानमा बस्दै आउनुभएका अर्का रतन नाथको पीडा पनि उस्तै छ। डडेल्लधुरा पुख्र्यौली घर भएका रतनले सानैमा अभिभावक गुमाएपछि रोजगारीका लागि भारततिर गए। भारतमै हुँदा गाउँमा नापी टोली आएछ। आफन्त...
अत्यधिक चिसोका कारण वीरगन्जमा विद्यालय तीन दिन बन्द
शिक्षा, समाचार, समाज

अत्यधिक चिसोका कारण वीरगन्जमा विद्यालय तीन दिन बन्द

नेपालअखबार,काठमाडौं । अत्यधिक चिसो र शीतलहरका कारण वीरगञ्जका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भन्दै महानगरपालिकाले पुस ७ देखि ९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। तीन दिन यता चिसो बढेपछि वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरूमा विद्यार्थीको उपस्थिति घट्न थालेका थियो । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार बालबालिकाको स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै पुस ७, ८ र ९ गते विद्यालयमा पठनपाठन स्थगित गरिएको छ। उक्त बिदा वर्षे सट्टे विदाबाट कट्टा गरिने उनी बताउँछन्। महानगरपालिकाले पुस ११ गते शैक्षिक क्यालेण्डरमै सट्टा बिदा दिने तय अब गरेकोले  विद्यालयहरू पुस १३ गते आइतबारदेखि मात्रै सञ्चालनमा आउने उनले बताए । चिसो, कुहिरो र शीतलहरका कारण विशेषगरी सामुदायिक विद्यालयमा अध्यय...
सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
समाचार, समाज

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

नेपालअखबार,काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानमा निर्माणाधीन सुरुङमार्गको काम ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत छ । १ हजार १२६ मिटर लामो सुरुङ बनिसकेको छ । १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा बाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङमार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाल लगायतका संरचना निर्माणाको काम जारी छ । यस आयोजना अन्तर्गत समग्रमा २ हजार ३९८ मिटर सडक स्तरोन्नति गर्नुपर्ने छ । पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालु रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ, ३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइ भएको रक सेड निर्माण गर्न भने बाँकी छ । मुख्य सुरुङबाट सवारी साधन चलाउन सुरु भएपछि मात्र रक सेड निर्माण थाल्ने आयोजनाले जनाएको छ । सुरुङमार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङवाल लगायतका संरचना निर्...
याङ्मामा ब्वाँसोको त्रास
समाचार, समाज

याङ्मामा ब्वाँसोको त्रास

नेपालअखबार,ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोला स्थित हिमाली बस्ती याङ्मामाका पशुपालक किसान बर्सेनि जङ्गली जनावर ब्वाँसोका कारण पीडित हुँदै आएका छन्। उनीहरूलाई याक र चौरीलाई ब्वाँसोको आक्रमणबाट मरेपछि हरेक वर्ष लाखौंको क्षति बेहोर्नु परेको छ। यसवर्ष केही दिन अघि याङ्माकालोप्साङ शेर्पा र नाम्ग्या शेर्पाको गोठमा रहेका तीन  चौरी ब्वाँसोको आक्रमणबाट मरेका छन्। अन्य पशुपालकसमेतका गरी यसवर्ष हालसम्म ९ चौरी मरेका छन्। फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलाका वडाअध्यक्ष छेतेन शेर्पाका अनुसार अघिल्लो वर्ष मात्र यस क्षेत्रमा ३० भन्दाबढी चौपाया ब्वाँसोको आक्रमणमा परेर मरेका थिए। बर्सेनि हुने यस्ताआक्रमणका कारण यहाँका किसानले आर्थिक क्षति बेहोर्नु परेको छ। एउटा चौरीको मूल्य कम्तीमा रू ६० हजारसम्म पर्छ भने चीनको तिब्बत लैजाँदा यसको मूल्य दोब्बर पर्न जान्छ। यसरी ब्व...
रक्सी पसलभित्र चल्यो अन्धाधुन्ध गोली, ९ जनाको मृत्यु
विदेश, समाचार, समाज

रक्सी पसलभित्र चल्यो अन्धाधुन्ध गोली, ९ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं ।दक्षिण अफ्रिकाको जोहन्सबर्ग नजिकैको एउटा सहरमा अन्धाधुन्ध गोली चलेको छ। बेकर्सडाल टाउनसिपमा रहेको एउटा रक्सी पसलभित्रै छिरेर एक समूहले गोली चलाउँदा  ९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। आइतबार मध्यराति १ बजे एउटा गाडीमा आएका बन्दुकधारीहरूले मदिरा पिउँदै बसेका व्यक्तिहरूमाथि गोली चलाएका थिए। घटनामा १० जना घाइते भएका छन्। गोली चलेपछि भागेका केही मानिसहरूलाई लखेटी लखेटी बन्दुकधारीहरूले गोली हानेका थिए। घाइतेहरूलाई विभिन्न स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ। गोलीकाण्डको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। रोयटर्सका अनुसार बेकर्सडाल रहेको र्‍याण्ड वेस्ट सिटी बेरोजगारी र गरिबीले प्रभावित मानिन्छ। सो क्षेत्र सुन खानी उद्योग पतन भएपछि आर्थिक संकटले ग्रस्त बनेको स्थानीय सरकारको वेबसाइटमा उल्लेख छ। अफ्रिकाको ...
गोरखाका ३ पालिकालाई बराम स्वायत्त क्षेत्र घोषणा गर्न माग
समाचार, समाज

गोरखाका ३ पालिकालाई बराम स्वायत्त क्षेत्र घोषणा गर्न माग

नेपालअखबार,पोखरा । नेपालको अतिसीमान्तकृत आदिवासी जनजाति बराम समुदायले गोरखाको ३ पालिकालाई बराम स्वायत्त क्षेत्र घोषणाको माग गरेका छन् । गोरखाको भीमसेन थापा गाउँपालिकामा सम्पन्न बृहत् भेला मार्फत १७ बुँदे अडान पत्र– २०८२ सार्वजनिक गर्दै सर्वोच्च अदालतको परमादेश र अन्तर्राष्ट्रिय सन्धि सम्झौता कार्यान्वयनको माग गरेको हो । बराम समुदायको उद्गमस्थल आरुघाटको स्याम्राङसहित बराम बाहुल्यता भएका ती पालिकालाई ‘बराम स्वायत्त क्षेत्र’ घोषणाको माग गर्दै यसअघि नै पटक पटक ज्ञापनपत्र बुझाएका छन् । भीमसेन थापा, बारपाक सुलिकोट र आरुघाट गाउँपालिकालाई ‘बराम स्वायत्त क्षेत्र’ घोषणा गर्नुपर्ने उनीहरुको माग छ । नेपालको जनगणना २०७८ का अनुसार नेपालमा बराम जातिको जनसंख्या ७ हजार ८ सय ५९ छ । जसमध्ये ९० प्रतिशत अर्थात् ६ हजार २ सय ३३ जनाको बसोबास गोरखामा रहेको बराम संघका सल्लाहकार जगत बरामले बताए । संविधानको धार...