Tuesday, July 14

समाचार

सरकारले सुशासन र निर्वाचन नै अर्जुनदृष्टि :प्रधानमन्त्री सुशीला कार्कीले
राजनीति, समाचार

सरकारले सुशासन र निर्वाचन नै अर्जुनदृष्टि :प्रधानमन्त्री सुशीला कार्कीले

नेपालअखबार, कठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएको बताएकी छन् । जेनजी आन्दोलनपछि सरकार गठन भएको १०० दिन पुगेको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यो सरकारले सुशासन र निर्वाचनलाई अर्जुन दृष्टि बनाएको बताएकी हुन् । ‘जेनजी आन्दोलनको भावनाअनुसार यो सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएको छ’, उनले भनेकी छन्, ‘ म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा राष्ट्रिय एकताका लागि आह्वान गर्दछु । चुनावमा कसले जित्छ वा कसले हार्छ, त्यो गौण कुरा हो। हाम्रो लोकतन्त्र र राष्ट्रियताले जित्नु नै सबैभन्दा ठूलो कुरा हो ।’ उनले फागुन २१ गतेको निर्वाचनलाई परिवर्तनको ढोका उघार्ने एक राष्ट्रिय अनुष्ठानका रुपमा सम्पन्न गर्न आग्र गरेकी छन् । उनले भनेकी छन् , ‘राष्ट्रिय एकताको सूत्रमा बाँधिएर देशलाई नयाँ दिशातिर लैजाऔँ। यो निर्वाचनले नेपालक...
निर्वाचन ७५ दिन बाँकी: देशभर १० हजार नौ सय ६७ मतदानस्थल कायम
प्रशासन, राजनीति, समाचार

निर्वाचन ७५ दिन बाँकी: देशभर १० हजार नौ सय ६७ मतदानस्थल कायम

नेपालअखबार,काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ । साविकमा दश हजार ८९२ मतदान स्थल रहेका थिए । यस्तै, प्रयोगमा नरहेका र समायोजित भएका ९३ वटा मतदानस्थल भने खारेज गरिएको छ । आम मतदातालाई सहज, सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि मतदानस्थल तय गरिएको आयोगले जनाएको छ । मतदातालाई अपायक परेका, प्रयोगका नरहेका मतदान केन्द्र खारेज गरी पायक पर्ने स्थानमा थप गरिएको हो । मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गरिनेछ । यसैगरी, मतदातालाई साविककै अर्को मतदानस्थलमा समायोजनसमेत गरिएको छ । आयोगले यसअघि नै सार्वजनिक सूचनामार्फ...
प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारले आफ्ना विरूद्ध भ्रष्टाचारका मुद्दा भए/नभएको स्वघोषणा गर्नुपर्ने
प्रशासन, समाचार

प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारले आफ्ना विरूद्ध भ्रष्टाचारका मुद्दा भए/नभएको स्वघोषणा गर्नुपर्ने

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा आफ्ना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भए/नभएको विषयमा स्वघोषणा गर्नुपर्ने व्यवस्था गर्ने भएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भ्रष्टाचारको कसूरमा अनुसन्धान भए/नभएको विषय स्वघोषणामा उल्लेख गर्न लागिएको बताए। ‘यो व्यवस्थाले उम्मेदवारलाई नैतिक जिम्मेवार बनाउन आयोगले राख्न लागेको हो,’ भट्टराईले भने, ‘मनोनयनपत्र दर्ता गर्दा यो स्वघोषणा साथै राख्नुपर्ने छ। त्यस्तै कुनै सहकारी संस्थाको सञ्चालक पदमा रही कानुन विपरीत आर्थिक हिनामिना गरी त्यस्तो सहकारी संस्थालाई हानि नोक्सानी पुर्‍याए/नपुर्‍याएको पनि स्वघोषणा गर्नुपर्नेछ। प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०८९ को दफा १८ को उपदफा ६ अनुसार आयोगले यस्तो स्वघोषणाको व्यवस्था गरेको हो। यो निर्देशिका आयोगले प्...
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी
राजनीति, समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

नेपालअखबार,काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश जारी भएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका हुन्। यसअघि बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त अध्यादेश राष्ट्रपतिसमक्ष पेस गरेको थियो। सरकारले २०७८ सालको जनगणना अनुसार समानुपातिक सिट निर्धारण गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो। अध्यादेशमा दलित आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा सिट निर्धारण गर्न प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को अनुसूची १ लाई संशोधन गर्न प्रस्ताव गरेको थियो। फागुन २१ गते हुने निर्वाचनका लागि दलहरूले पुस १३ र १४ गते भित्र निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची बुझाउनुपर्ने हुन्छ। दलहरूले समानुपातिकको बन्दसूची बुझाउँदा दलित, आदिवासी, खसआर्य, मधेसी, थारू र मुस्लि...
बङ्गलादेशको अखबार भवनमा आगजनी, २५ जना पत्रकारको उद्धार
विदेश, समाचार, समाज

बङ्गलादेशको अखबार भवनमा आगजनी, २५ जना पत्रकारको उद्धार

नेपालअखबार,ढाका ।  ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले आगो लगाउँदा कार्यलयमै फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्यालयबाट उद्धार गरिएको बीडी न्यूजले जनाएको छ । बिडी न्यूजका अनुसार आक्रोशित भीड शुक्रबार अखबारको कार्यालयमा आइ आगो लगाउनु अघि तोडफोड गरी नारा लगाएको र आगो लगाएको जनाइएको छ । भिडले उनीहरूको बाटो अवरुद्ध गरेको कारण केही समयका लागि अग्निशमन सेवा भवनमा पुग्न नसकेको पत्रकारहरूलाई उदृत गर्दै बिडी न्यूजले जनाएको छ । फोन र सामाजिक सञ्जाल मार्फत सहयोग र ज्यान बचाउन आग्रह गर्दै छतमा भागेको र दमकलकर्मीहरू अन्ततः घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिइ उद्धार गरेको उनीहरुलाई उदृत गर्दै बिडी न्युजले जनाएको छ । बिडी न्यूजका अनुसार घटना स्थलमा सुरक्षाको लागि सेना तैनाथ गरिएको छ । पछि न्यु एजका सम्पादक नुरुल कबिर सँगै पत्रकारहरूलाई बाहिर निकाल्दै सैनिकह...
इस्लामिक स्टेट खोरासानका वरिष्ठ नेता पक्राउ
विश्व, समाचार

इस्लामिक स्टेट खोरासानका वरिष्ठ नेता पक्राउ

नेपालअखबार,पाकिस्तान । पाकिस्तानले इस्लामिक स्टेट जिहादी समूहको क्षेत्रीय शाखा इस्लामिक स्टेट खोरासान (आइएस–के) का एक वरिष्ठ नेतालाई पक्राउ गरेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध अनुगमन समूहको प्रतिवेदन सार्वजनिक भएपछि एक वरिष्ठ पाकिस्तानी गुप्तचर अधिकारीले शुक्रबार यसबारे जानकारी दिएका हुन् । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदमा नोभेम्बरमा पेस गरिएको प्रतिबन्ध अनुगमन समितिको प्रतिवेदनअनुसार आइएस–के का प्रवक्ताका रूपमा पनि काम गरेका सुल्तान अजिज आजमलाई गत मे १६ तारिखमा पक्राउ गरिएको थियो । ती अधिकारीका अनुसार आजम प्रवक्ता मात्र नभई यस क्षेत्रका आइएस–के का शीर्ष नेतामध्ये एक मानिन्थे । ती अधिकारीले भने, “आजमको भूमिका अत्यन्तै महत्त्वपूर्ण थियो, त्यसैले पक्राउपछिको सोधपुछ र अनुसन्धानलाई ध्यानमा राख्दै तत्काल सार्वजनिक गरिएको थिएन । यसले आतङ्कवादविरोधी कारबाहीमा नकारात्मक असर...
चुनाव चिन्ह ‘बस’ उत्पीडित समुदायको राजनीतिक मुक्तिको प्रतीक : अन्सारी
राजनीति, समाचार

चुनाव चिन्ह ‘बस’ उत्पीडित समुदायको राजनीतिक मुक्तिको प्रतीक : अन्सारी

नेपालअखबार,काठमाडौं । संघीय गणतान्त्रिक गठबन्धनको ऐतिहासिक राजनीतिक अभियान अन्तर्गत लुम्बिनी प्रदेशको शंकरपुर पालीनन्दन गाउँपालिका वडा नम्बर १, शंकरपुर मा भव्य जनभेटघाट तथा चुनावी प्रचार–प्रसार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले उत्पीडित, बहिष्कृत र सीमान्तकृत समुदायको राजनीतिक सत्ता यात्रालाई नयाँ दिशा दिएको सहभागीहरूको निष्कर्ष रहेको छ । कार्यक्रममा पूर्वगृह राज्यमन्त्री, नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा संविधानसभा सदस्य मो.रिजवान अन्सारी प्रमुख अतिथिका रूपमा सहभागी थिए । त्यस्तै बहुजन एकता पार्टीका केन्द्रीय अध्यक्ष हरिनन्दन अम्बेडकर र नेपाल जनजागृति पार्टीका अध्यक्ष डाक्टर ध्रुवलाल निषाद विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रम नन्दलाल सहनीको अध्यक्षतामा सम्पन्न भएको हो । प्रमुख अतिथि मो. रिजवान अन्सारीले सम्बोधन गर्दै संघीय गणतान्त्रिक गठबन्धनको साझा चुन...
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म
राजनीति, समाचार

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म

नेपालअखबार,काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी पुस २७ देखि २९ गते बस्ने भएको छ । काठमाडौंमा आयोजित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले यसबारे प्रस्ताव पेश गरेका हुन् । उनले बैठक हलमा केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २७, २८ र २९ मा काठमाडौं आयोजना गर्ने प्रस्ताव राखेका हुन् । आज बसेको केन्द्रीय कमिटीको पहिलो बैठक हो । उक्त प्रस्ताव अहिले निर्णयार्थ पेश भइरहेको छ ।...
नेकपाको एकता सन्देश सभामा ५० हजार सहभागी हुने  दाबी
राजनीति, समाचार

नेकपाको एकता सन्देश सभामा ५० हजार सहभागी हुने दाबी

नेपालअखबार,काठमाडौँ । शनिबार भृकुटीमण्डपमा आयोजना हुने एकता सन्देश सभामा ५० हजार मानिस सहभागी हुने नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले दाबी गरेको छ । बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुन लागेको सभामा करिब ५० हजार मानिस सहभागी हुने अपेक्षा गरिएको नेता रामकुमार भट्टराईले जानकारी दिए । भट्टराईको अनुसार बिहान ११ः३० बजे सुनधारा, नयाँ सडक चोक र शान्ति बाटिकामा जुलुस जम्मा हुनेछन् । सबै जना एकीकृत भएपछि दिउँसो सवा १२ बजेबाट जुलुस सुरु हुने उनले बताए । ‘सन्देश सभामा ५० हजार मानिस आउने हाम्रो अपेक्षा छ । जुलुसको नेतृत्व दोस्रो तहले गर्नुहुन्छ । सुनधारा, नयाँ सडक चेक र शान्ति बाटिकामा मानिस भेला हुनेछन् । त्यसपछि बागबजार, पुतली सडक, पद्मदय मोड हुँदैन भृकुटीमण्डमा पुगेर सभामा परिणत हुनेछ’, उनले भने । शीर्ष नेताहरू जुलुसमा सहभागी नभई सिधै मञ्चमा प्रवेश गर्ने भट...
मेक्सिकोमा जहाज दुर्घटना, ७ जनाको मृत्यु
दुर्घटना, विश्व, समाचार

मेक्सिकोमा जहाज दुर्घटना, ७ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । मेक्सिकोमा निजी विमान दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। मेक्सिकोको औद्योगिक क्षेत्र सान माटेओस्थित टोलुका विमानस्थल नजिकै सोमबार एउटा निजी जहाज दुर्घटना हुँदा चालक दलका सदस्यसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेडे प्रेसले जनाएको छ। जहाज आपतकालीन अवतरण गर्ने क्रममा भवनको छानोमा ठोक्किएर आगलागी भएको थियो। प्रशान्त तटको आकापुल्कोबाट उडेको उक्त विमानमा आठ यात्रु र दुई चालक दल सदस्य दर्ता भए पनि दुर्घटनापछि केही घण्टासम्म सात जनाको शव मात्र फेला परेको जनाइएको छ। विमानले नजिकैको फुटबल मैदानमा अवतरण गर्ने प्रयास गरेको भए पनि छेउकै एक व्यवसायिक भवनको धातु छानामा ठोक्किँदा ठूलो आगलागी भएको थियो। घटनाबारे छानबिन सुरु गरिएको छ। सान मातेओ एतेन्कोकी मेयर आना मुनिजले मिलेनियो टेलिभिजनलाई दिएको जानकारीअनुसार आगलागीका कारण करिब ...