Tuesday, July 14

समाचार

बीबीसीविरुद्ध ट्रम्पको ५ अर्ब डलरको मानहानि मुद्दा
विश्व, समाचार

बीबीसीविरुद्ध ट्रम्पको ५ अर्ब डलरको मानहानि मुद्दा

नेपालअखबार,वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध मानहानि र व्यापार अभ्यास कानुन उल्लङ्घनको आरोप लगाउँदै फ्लोरिडाको अदालतमा मुद्दा दायर गरेका छन्। बीबीसीको ‘पानोरमा’ वृत्तचित्रमा आफ्नो जनवरी ६, २०२१ को भाषण सम्पादन गरी प्रस्तुत गरेको विषयलाई लिएर ट्रम्पले प्रत्येक दाबीमा ५ अर्ब डलर क्षतिपूर्ति माग गरेका हुन्। अदालतमा दायर गरिएका कागजातहरू अनुसार, ट्रम्पले बेलायती प्रसारण संस्था बीबीसीमाथि ‘जानिजानी, दुर्भावनापूर्ण र भ्रामक रूपमा आफ्नो भाषण बिगारेको’ आरोप लगाएका छन्। जनवरी ६, २०२१ मा अमेरिकी क्यापिटलमा भएको दङ्गाअघि ट्रम्पले आफ्ना समर्थकहरूलाई भनेका थिए, ‘हामी क्यापिटलतिर जानेछौँ, र हाम्रा बहादुर सिनेटरहरू र कंग्रेसका पुरुष र महिलाहरूको जयजयकार गर्नेछौँ।’ त्यसको ५० मिनेटभन्दा बढी समयपछि उनले भनेका थिए, ‘र हामी लड्छौँ। हामी कडासँग लड्छौँ।’ तर, बीबीसीको पान...
दिल्लीमा आज पनि वायु प्रदूषणको अवस्था भयावह
समाचार, समाज

दिल्लीमा आज पनि वायु प्रदूषणको अवस्था भयावह

नेपालअखबार,काठमाडौं । भारतको राजधानी दिल्लीमा आज पनि हावाको गुणस्तर ‘गम्भीर’ स्तरमै रहेको छ । मंगलबार पनि दिल्लीका विभिन्न क्षेत्रमा एयर क्वालिटी इन्डेक्स ४०० नाघेको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी)ले जनाएको छ । सीपीसीबीका अनुसार मंगलबार बिहान ८ बजे वजीरपुर र मुन्डकामा एक्युआई ४२६ मापन गरिएको छ, जुन अत्यन्तै जोखिमपूर्ण अर्थात खतरनाक मानिन्छ । यसैगरी अशोक विहारमा ४१०, आनन्द विहारमा ४०६, बवानामा ४०३ र आईटीओ क्षेत्रमा ४०२ रहेको छ । अन्य क्षेत्रहरूमा पनि वायु गुणस्तर निकै खराब अवस्थामा देखिएको छ । नरेला क्षेत्रमा ३८८, चाँदनी चौकमा ३८०, बुराडीमा ३७६, रोहिणीमा ३५६, शादिपुरमा ३५५ तथा नजफगढमा ३४८ मापन गरिएको छ । ४०१ देखि ५०० सम्मको एक्युआईलाई ‘गम्भीर’ र ३०१ देखि ४०० सम्मकोलाई ‘धेरै खराब’ श्रेणीमा राखिन्छ । यसअघि गत शनिबार दिल्ली-एनसीआर क्षेत्रमा वायु गुणस्तर गम्भीर ...
प्रतिनिधिसभा चुनाव पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति
प्रशासन, समाचार

प्रतिनिधिसभा चुनाव पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति दिएको छ । आयोगले २७ राष्ट्रिय र चार अन्तरराष्ट्रिय संस्थालाई निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति दिएको हो । आयोगले गत ११ कात्तिकमा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट निवेदन आह्वान गरेको थियो । त्यसमा ४४ वटा राष्ट्रिय र पाँच वटा अन्तर्राष्ट्रिय संस्थाबाट निवेदन प्राप्त भएको आयोगले जनाएको छ । पर्यवेक्षणका लागि आवेदन गरेका संस्थामध्ये निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ मा तोकिएका आधार र प्रक्रिया पूरा गरेका ती संस्थालाई पर्यवेक्षण गर्न अनुमति दिने गरी निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । निर्वाचन पर्यवेक्षण निर्देशिका बमोजिम आवश्यक पर्ने कागजात पेस नगरेका संस्थालाई पाँच दिन...
राज्यले ध्यान नदिदा अर्बौको घाटा हुँदैछ हामी युवाहरुले सचेत  हुन आवश्यक छ:  युवा नेता प्रवीण पौडेल
कर्पोरेट, समाचार, हाइलाइट-समाचार

राज्यले ध्यान नदिदा अर्बौको घाटा हुँदैछ हामी युवाहरुले सचेत हुन आवश्यक छ: युवा नेता प्रवीण पौडेल

नेपालअखबार,काठमाडौँ ।नेपालमै गाडी कम्पनी स्थापना गर्ने हो भने खर्बौँ रुपैयाँ लगानी भइसकेका सवारीसाधनलाई पुनः प्रयोग गर्न सकिन्छ। तर यस विषयमा सरकार किन मौन छ भन्ने प्रश्न गम्भीर छ। राज्यले समयमा आवश्यक नीति लिन नसकेकै कारण हरेक वर्ष प्रयोगयोग्य गाडीहरू कवाडीको भाउमा फालिँदै आएकाछन्, जसले गर्दा नेपाली जनताको रगत–पसिना बालुवामा पानी खनाएझैँ खेर गइरहेको पौडेलले बताए।   नेताहरूको असंवेदनशीलता र तिनै नेतालाई मूल भ्रष्टाचारी भन्दै प्रचार गरेर संगठित रूपमा भ्रष्टाचार गर्न चतुर केही देशद्रोही कर्मचारीहरूको कारण मुलुकको अर्थतन्त्र दिनप्रतिदिन खस्कँदै गएको उनले बताए। साथै, देशले सरकारी सेवामा रहेका सम्पूर्ण नेपालीको ग्रीन कार्ड तथा सोसम्बन्धी प्रक्रिया सम्बन्धित देशको दूतावासबाटै सुरु गर्नुपर्ने र उनीहरूको सम्पत्तिको कडाइका साथ छानबिन गर्नुपर्ने आवश्यकता रहेको पनि पौडेलले बताए। य...
गृहमन्त्री अर्यालले निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम गरे सह्य नहुने चेतावनी
राजनीति, समाचार

गृहमन्त्री अर्यालले निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम गरे सह्य नहुने चेतावनी

नेपालअखबार,काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम गरे सह्य नहुने चेतावनी दिएका छन् । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार निर्वाचन गराउने गरी बनेको उल्लेख गर्दै त्यस कामलाई सम्पन्न गर्न लागि परेको बताए । मन्त्री अर्यालले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन र जनताले अनुभूति हुनेगरी निष्पक्ष ढंगबाट कार्य सम्पादन गराउने गरी आवश्यक योजना तयार गरी कार्यान्वयनमा लैजान पनि सुरक्षा निकायहरूलाई निर्देशन दिए । मन्त्री अर्यालले जनताले महसुस गर्नेगरी आफ्नो काममा सुधार गर्न पनि सुरक्षा निकायहरूलाई सचेत गराए ।...
एमाले महाधिवेशनको मतदान मंगलबार बिहान ११ बजेदेखि
राजनीति, समाचार

एमाले महाधिवेशनको मतदान मंगलबार बिहान ११ बजेदेखि

नेपालअखबार,काठमाडौं । नेकपा (एमाले)ले ११ औं महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन गरेको छ। मंगलबार बिहान ११ बजेदेखि ५ बजेसम्मका लागि तय भएको मतदान कार्यक्रम एक घन्टा सरेको छ। संशोधित कार्यक्रम अनुसार मतदानको समय सोमबार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्मका लागि निर्धारण गरिएको छ। निर्वाचन कार्यक्रम अन्तर्गत अहिले उम्मेदवारी दर्ता भइरहेको छ। उम्मेदवारको प्रारम्भिक नामावली साँझ ६ बजे प्रकाशन गरिने कार्यतालिका छ। त्यसउपर उजुरी, छानबिन र निर्णय गरी बेलुका साढे ८ बजे अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम छ। त्यसपछि मतदान भने भोलि हुनेछ।...
ईश्वर पोखरेलको टीममा समेटिएका पदाधिकारी यी हुन्
राजनीति, समाचार

ईश्वर पोखरेलको टीममा समेटिएका पदाधिकारी यी हुन्

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनका क्रममा ईश्वर पोखरेलको टीममा स्वतन्त्र उम्मेदवारी दिएका भनिएका नेताहरूलाई समेत समेटिएको छ । उनको टीममा उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल, रघुजी पन्त र टंक कार्कीलाई समेटिएको छ । त्यसमा एक जना बढी भएकाले पछि छलफल गरेर मिलाइने पोखरेल समूहका एक नेताले बताए । यस्तै उपमहासचिवमा  योगेश भट्टराई, आनन्द पोखरेल र बैजनाथ चौ‍धरीको उम्मेदवारी रहेको छ भने महासचिवमा सुरेन्द्र पाण्डेको उम्मेदवारी रहेको छ। यस्तै सचिवमा रचना खड्का , कर्ण थापा, गोकुल बास्कोटा , विनोद ढकाल , कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलको उम्मेदवारी रहेको छ।...
अध्यक्षमा ओलीको उम्मेदवारी : प्रस्तावक बादल, समर्थक पौडेल
राजनीति, समाचार

अध्यक्षमा ओलीको उम्मेदवारी : प्रस्तावक बादल, समर्थक पौडेल

नेपालअखबार,काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । सो क्रममा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको सचिवालयका अनुसार, रामबहादुर थापा बादल ओलीको प्रस्तावक रहेका छन् भने समर्थक विष्णुप्रसाद पौडेल रहेका छन् । अर्का अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदैछ । आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ ।ओली र पोखरेल दुवै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।...
सरकारले बनायो उच्चस्तरीय राजनीतिक संवाद समिति
राजनीति, समाचार

सरकारले बनायो उच्चस्तरीय राजनीतिक संवाद समिति

नेपालअखबार,काठमाडौँ । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् । निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रूपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संवाद गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाश कुमार श्रेष्ठ, सदस्यमा प्राडा सुनीति श्रेष्ठ हाडालाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले प्रचलित कानूनमा व्यवस्था भए बाहेक सेवा प्र...
भिजिट भिसा प्रकरणमा अनुसन्धानमा मुछिएपछि म्याग्दीका सिडिओ तानिए
समाचार, समाज

भिजिट भिसा प्रकरणमा अनुसन्धानमा मुछिएपछि म्याग्दीका सिडिओ तानिए

नेपालअखबार,काठमाडौं ।  भिजिट भिसा प्रकरणमा अनुसन्धानको घेरामा तानिएपछि गृह मन्त्रालयले म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको सरूवा भएको छ। मन्त्रालयले उनको सरूवा गरेको प्रवक्ता एवं सहसचिव आनन्दप्रसाद काफ्लेले जानकारी दिए। म्याग्दीको प्रमुख जिल्ला अधिकारीको रूपमा रवीन्द्र आचार्यलाई पठाइएको छ। आचार्य गृह मन्त्रालयका सूचना अधिकारी समेत थिए। तिवारीलाई हाल गृह मन्त्रालयमै राखिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हालै मुद्दा दायर गरेको भिजिट भिसाको मुद्दामा तत्कालीन गृहमन्त्री रमेश लेखकसहित उनको सचिवालयमा रहेकाहरूमाथि अनुसन्धान गरिरहेको अभियोगपत्रमा उल्लेख गरेको थियो। लेखक मन्त्री हुँदा तिवारी उनका निजी सचिव थिए।...