Wednesday, November 25

समाचार

पशुपतिनाथ मन्दिर खोल्ने तयारी
धर्म/संस्कृति, समाचार

पशुपतिनाथ मन्दिर खोल्ने तयारी

नेपाल अखबार, काठमाडौं । दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको छ ।  कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै खुल्ने भएको हो । दर्शनार्थीहरुले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने छ । दुई–दुई मिटरको भौतिक दुरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था गरिएको छ विगतमा दर्शनका लागि खोलिने सम्पूर्ण ढोकाहरु खुला नभएपनि पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी भएको कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले बताए । मन्दिरभित्र प्रवेश गरेपछि पुरै परिक्रममा गर्न भने पाइने छैन । मुल ढोकाबाट नै दर्शन गरी फर्किनुपर्ने उनले बताए । कार्यकारी निर्देशक डा.खतिवडाले सरकारले निर्देशन दिएको दोस्रो दिनपछि नै पशुपतिनाथ मन्दिर सञ्चालन गर्...
नेकपा बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल सुरु
राजनीति, समाचार

नेकपा बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल सुरु

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल सुरु भएको छ । आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनको आवश्यकता देखिएको र त्यस एजेण्डामा गम्भीरताका साथ छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार यसबारे बैठकमा सदस्यहरुले विभिन्न सुझाव दिएका छन् तर मापदण्ड भने बनिनसकेको छैन । नेकपाभित्र मन्त्रिमण्डल पुनर्गठनबारे आवाज उठ्दै आएकोमा आजको बैठकमा औपचारिक यस विषयले प्रवेश पाएको हो । यस्तै बैठकले संवैधानिक राजनीतिक नियुक्तिका उपयुक्त निर्णय गर्न सरकारलाई सुझाव दिएको छ ।  यस्तै सांगठनिक एकीकरणका बँँकी कार्यभारत पूरा, रिक्त रहेका स्थायी समिति र केन्द्रीय समितिमा मनोनयन गर्ने लगायतका विषयमा पनि छलफल सुरु भएको श्रेष्ठले जानकारी दिए । पूर्णकालिन कार्यकर्तालाई कुनै ...
पाँच वर्षदेखि पक्की पुल अलपत्र
समाचार, हाइलाइट-समाचार

पाँच वर्षदेखि पक्की पुल अलपत्र

नेपाल अखबार, डडेल्धुरा। डडेल्धुराको गन्यापधुरा र नवदुर्गा गाउँपालिका जोड्ने पक्की पुल निर्माण नहुँदा अलपत्र अवस्थामा रहेको छ । गन्यापधुरा–३ सकायलदेखि नवदुर्गा गाउँपालिका–३ डाँडावन जोड्न सकायल खोलामा निर्माण हुन लागेको मोटरेबल पुल विसं २०७२ देखि अलपत्र अवस्थामा रहेको छ । रु दुई करोड ५० लाखको लागत रहेको पुलको निर्माण दुई वर्षभित्र सम्पन्न गरिसक्ने गरी डडेल्धुरा जिल्लाकै राजेन्द्र निर्माण कम्पनी र चाँदनी निर्माण कम्पनीको जेभीसँग विसं २०७२ मा सम्झौता भएको थियो तर सम्झौता भएको पाँच वर्ष पुग्दासम्म पनि तीन प्रतिशतमात्रै काम भएको छ । पुल निर्माण सम्पन्न गर्ने अवधि सकिएको तीन वर्ष भएको छ तर खोलाका दुवैपट्टि अपुरा पिलर राखेर पुल अलपत्र अवस्थामा छ । बर्सातको समयमा खोलामा पानीको बहाव अत्यधिक हुने हुँदा स्थानीय बासिन्दालाई ओहरदोहर गर्न समस्या भएको स्थानीय सुरेन्द्र देउवाले बताए । उनले भने, “निर्माण कम...
पेरिसको सबैभन्दा अग्लो भवन चढ्दै गर्दा पक्राउ, पाँच वर्षअघि नेपालको झण्डा बोकेर चढेका थिए एक व्यक्ति
विश्व, समाचार

पेरिसको सबैभन्दा अग्लो भवन चढ्दै गर्दा पक्राउ, पाँच वर्षअघि नेपालको झण्डा बोकेर चढेका थिए एक व्यक्ति

नेपाल अखबार, एजेन्सि। उचाईसँग डर लाग्छ ? यदि लाग्छ भने तपाईंलाई यो भिडियो हेर्दा डर लाग्न सक्छ । किनभने एक व्यक्ति सुरक्षाको कुनै उपकरण बिना नै पेरिसको सबैभन्दा अग्लो भवन चढेका छन् । झट्ट हेर्दा यस्तो लाग्छ कि ती व्यक्तिले आफूले आफैंलाई ‘स्पाइडर म्यान’ नै ठानेका छन् । यद्यपि, ती व्यक्तिलाई यो घातक व्यवहारका लागि प्रहरीले पक्राउ गरेको छ । भवनको उचाई ६९० फिटः रिपोर्टका अनुसार जुन भवनमा ती व्यक्ति चढेका छन्, त्यसको नाम त्यगच ःयलतउबचलबककभ हो । यसको उचाई करिब ६९० फिट बताइएको छ । ती व्यक्तिले बेलुकी तिर भवन चढ्न सुरु गरेका थिए र उनलाई प्रहरीले करिब ८ बजे पक्राउ गरेको हो । आएफिल टावरभन्दा होचो छ भवन उक्त भवन आइफिल टावरभन्दा अग्लो त होइन तर त्यो शहरको एक्लो अग्लो भवन हो । जब यी व्यक्ति भवन चढेका थिए तब थुप्रैले उनको भिडियो क्यामरामा कैद गरेर सोसल मिडियामा सेयर गरे । यी व्यक्तिलाई धेरैले ‘स्पाइडर ...
पसलैपिच्छे एलपी ग्यासमा फरक मूल्य लिइँदै
प्रदेश ७, समाचार

पसलैपिच्छे एलपी ग्यासमा फरक मूल्य लिइँदै

नेपाल अखबार, डाेटी। जिल्लामा पसलैपिच्छे एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ । यहाँका ग्यास डिलरमा एक मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण गरिन थालेको उपभोक्ताको गुनासो रहेको छ । यसरी ग्यास पसलैपिच्छे फरक मूल्य लिइन थालेपछि उपभोक्ताहरु मारमा पर्न थालेका छन् । जिल्लाको दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा खाना पकाउने एलपी ग्यासमा रकम बढी लिई ग्यास बिक्री वितरण गर्ने गरेका कारण उपभोक्ता ठगिँदै आएको शिखर नगरपालिका–२ कालागाढका स्थानीय हर्कबहादुर साउदले बताए । उनले भने, “डिलर सबडिलरमै ग्यासको मूल्य फरक छ जसले गर्दा हामी उपभोक्ता मारमा परेका छौँ, हाम्रो मर्का कसले बुझ्ने ?” जिल्लामा पाउने भेरी तथा रेडिएन्ट ग्यासको मूल्य ग्यास कम्पनी अर्थात् ग्यास प्लान्टले रु एक हजार ३१३.७५ मा सम्बन्धित डिलरमा आपूर्ति गर्ने गरेको जनाएको छ । यहाँका ग्यास डिलरले थोक बिक्रीमा उक्त ग्यास ...
मिर्गौलापीडितको उपचारका लागि फेसबुकले जुटायो ११ लाख
समाचार, समाज

मिर्गौलापीडितको उपचारका लागि फेसबुकले जुटायो ११ लाख

नेपाल अखबार, चितवान । दुवै मिर्गौला फेल भएका चितवनको इच्छाकामना गाउँपालिका–३ चैवुङका १९ वर्षीया शर्मिला गुरुङको उपचारका लागि रु ११ लाख ८५ हजार रकम सङ्कलन भएको छ । सामाजिक अभियानकर्मी कृष्ण घोताने गुरुङले सामाजिक सञ्जाल फेसबुकमा गरेको आह्वानबाटै उक्त रकम सङ्कलन भएको हो । देश विदेशमा रहेका ११७ व्यक्ति तथा सङ्घसंस्थाले उक्त रकम सहयोग गरेको तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्का वाग्मती प्रदेश सदस्यसमेत रहेका समाजसेवी एवं व्यवसायी घोतानेले बताए । ‘कोरोना महामारीको यो विषम परिस्थितिमा पनि रकम सहयोग गरेकामा सहयोग गर्ने सबै मनकारी महानुभावलाई म धेरैधेरै धन्यवाद व्यक्त गर्दछु,’ उनले भने । विगत चार वर्षदेखि दुवै मिर्गौला फेल भई उपचाररत गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा डायलासिस भइरहेको छ । आर्थिक अवस्था कमजोर रहेका गुरुङको उपचारका क्रममा धेरै रकम खर्च भइसकेको र थप उपचारका लागि अर्थाभाव भएको ...
आमिर खानका बडीगार्ड थिए यी अभिनेताः भने, ‘दुई वर्ष उनीसँग बसेपछि मेरो सोच फेरियो’
मनोरञ्जन, समाचार

आमिर खानका बडीगार्ड थिए यी अभिनेताः भने, ‘दुई वर्ष उनीसँग बसेपछि मेरो सोच फेरियो’

नेपाल अखबार, एजेन्सि। अभिनेता रोनित रोयले आमिर खानको बडीगार्ड बनेका बेला आफूले धेरै कुरा सिक्ने मौका पाएको बताएका छन् । रोनितले एक भारतीय मिडियासँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले भने, ‘आमिरसँग काम गर्नुभन्दा अघिसम्म म ठूल्ठूला गाडी र अपार्टमेन्टको सपना देख्थेँ तर आमिरसँग दुई वर्ष काम गरेपछि मेरो सोचमा परिवर्तन आयो ।’ रोनित रोयका अनुसार आमिर खानसँग काम गरिरहेका बेला नै एकता कपुरले उनलाई दुई ठूला टिभी शोको प्रस्ताव दिएकी थिइन् र त्यतिबेला अहिलेसम्म जे सिकिरहेका छन्, त्यो अहिलेसम्म पनि निरन्तर रहेको उनले बताए । उक्त अन्तरवार्तामा उनलाई टेलिभिजन छोडेको हो भन्ने प्रश्नको सोधिएको थियो जसमा उनले भने, ‘मैले सिरियल ‘शक्ति’ मा एउटा सानो क्यामियो गरेको थिएँ । मैले उक्त भूमिका निर्वाह गर्नुको थुप्रै कारण थिए । टिभी खासै प्रचलनमा नभएका बेला म यसमा आएको थिएँ । त्यसपछि मानिसहरुले बिस्तारै टिभी मन ...
नेकपा सचिवालय बैठक बस्दै
राजनीति, समाचार

नेकपा सचिवालय बैठक बस्दै

नेपाल अखबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । यसअघि २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो । यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए । सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी आसनको व्यवस्था मिलाइएको छ । गत २६ भदौमा बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनबारे सचिवालय बैठकमा छलफल हुने नेकपा नेताहरुले बताएका छन् । साथै पार्टी र सरकारका कामकारवाहीबारे पनि बैठकमा छलफल हुने बताइएको छ । बालुवाटारमा बसेको २६ भदौको स्थायी कमिटी बैठकल...
पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो
दुर्घटना, समाचार

पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो

नेपाल अखबार, काठमाडौँ । शनिबार मध्यराति पृथ्वी राजमार्गस्थित गल्छी गाउँपालिकाको बैरेनीमा पेट्रोलियम पदार्थ बोक्ने ना ४ ख २८२२ नम्बरको ट्याङ्कर त्रिशूली नदीमा खसेको छ । भारतबाट २० हजार लिटर पेट्रोल बोकेर बाठमाडौँ आउँदै गरेको उक्त ट्याङ्कर राति १ बजेको समयमा त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी विश्वराज खड्काले जानकारी दिए । डीएसपी खड्काका अनुसार ट्याङ्कर गल्छी बैरेनीको नमस्ते ग्यास उद्योग नजिकको मोडबाट २ सय मिटर तल त्रिशूलीमा खसेको छ । ट्यांकर खसेपछि तेल भर्ने भागमा आगलागी समेत भएको डीएसपी खड्काले बताए । पानीमा माथिल्लो भाग (तेल भर्ने ठाउँ) मात्रै देखिएकाले ट्यांकरमा लागेको आगो निभाउन कठिनाइ भएको डीएसपी खड्काको भनाइ छ । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाउने कार्य भइरहेको छ । ट्याङ्कर चालक सुदीप बोहोरा र सहचालक सुरक्षित ...
सर्लाहीबाट ३ अर्बको तरकारी निर्यात
कृषि, समाचार, समाज

सर्लाहीबाट ३ अर्बको तरकारी निर्यात

नेपाल अखबार, सर्लाही । जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६÷०७७ मा रु तीन अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै आर्थिक वर्ष २०७६÷०७७ मा रु तीन अर्ब १८ करोड २६ लाख ८० हजारको तरकारी निकासी भएको हो । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका क्षेत्रमा स्थानीयवासीले करिब एक हजार बिघामा उत्पादन गरेको तरकारी लालबन्दीमा आउने गरेको र सोही तरकारी देशका विभिन्न स्थानमा निकासी हुने गरेको कृषि बजार व्यावस्थापन समिति लालबन्दीले जनाएको छ । जिल्लाबाट ११ करोड ९५ लाख ६७ हजार १ सय ३५ किलो तरकारी बाहिरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गोलभेँडाको पकेट क्षेत्रको रूपमा चिनिएको लालबन्दीबाट वार्षिक सबैभन्दा बढी ५० प्रतिशत गोलभेडा बाहिरिने गरेको कार्यालयले जनाएको छ । त्यस्तै पर्वल २५ प्रतिशत, बोडी १० प्रतिशत, सिमी १० प...