Tuesday, November 24

समाचार

लगातार पेट बढिरहेको छ ? अपनाउनुस् यी सजिला तरिका
समाचार, स्वास्थ्य

लगातार पेट बढिरहेको छ ? अपनाउनुस् यी सजिला तरिका

नेपाल अखबार, एजेन्सी ।  शरीर पातलो छ तर पेट भने लगातार फुल्ने समस्या लगभग १० देखि ८ मानिसहरुले भोगिरहेका हुन्छन् । पेट बढ्दा आफूलाई मन पर्ने कपडा लगाउन नपाउने तथा आफैलाई असहज महसुस हुने गर्छ । तर, पेट बढ्ने समस्याको समाधानका लागि घरमा नै केही उपायहरु अपानाउन सकिन्छ । दैनिक ३.५ लिटर पानी पिउनुस्  पेट बढेपछि कतिपय मानिसहरु पानी पिउन छोड्छन् । तर, पानीले पेट कहिल्यै बढ्दैन । पानीको कमि भएमा शरीरमा डिहाइड्रेशनको समस्या पैदा हुन्छ । त्यसैले दैनिक ३ देखि ४ लिटर पानी पिउनुस् । जसले डिहाड्रेट हुनबाट बचाउँछ र पेट बढ्न कम हुन थाल्छ । बिरे नुनले नुहाउनुस् यदि तपाईंको पेट बढ्ने समस्या कम भएन भने बिरे नुन पानीले हालेर नुहाउने गर्नुस् । यसमा भएको म्याग्नेशियमले शरीरमा भएको अतिरिक्त पानीले सोस्ने काम गर्छ र तपाईंको पेट घट्दै जान्छ । तर, यो प्रक्रिया हप्तामा एक पटक मात्रै गर्ने गर्नुपर्छ । यसका लागि पानीम...
असोज ५ देखी सिट क्षमता अनुसार नै यात्रु राखेर आन्तरिक हवाई उडान सञ्चालन हुने
अर्थ, समाचार

असोज ५ देखी सिट क्षमता अनुसार नै यात्रु राखेर आन्तरिक हवाई उडान सञ्चालन हुने

नेपाल अखबार, पोखरा । आगामी असोज ५ गते सोमबारदेखी हवाई उडान सञ्चालनमा आउने भएका छन् । एयरलाइन्सले पूर्ण क्षमतामा यात्रु राखेर उड्न पाउने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र वायुसेवा सञ्चालकहरुबीचको छलफलमा मन्त्रालय पूर्ण क्षमतामा यात्रु राखेर जहाज सञ्चालन गर्न दिन सहमत भएको हो । यसअघि जहाजहरुले स्वास्थ्य सुरक्षाका लागि सीट क्षमताको आधा मात्रै यात्रु राखेर विमान सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको थियो । वायुसेवा सञ्चालकहरुले आधा मात्रै यात्रु राख्दा लागत खर्च समेत नउठ्ने भन्दै उडान नगर्ने निर्णयमा पुगेका थिए । सोही कारण असोज १ गतेदेखि खुला भएको उडानलाई असोज ५ गते सारिएको थियो । अहिले भने मन्त्रालय पूर्ण क्षमतामा जहाज चलाउन दिन सहमत छ । सोहीअनुसार मन्त्रालयले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई परिपत्र पठाएको छ । सो परिपत्रमा सीट क्षमताबारे कुनै विषय उल्लेख गरिएको छ...
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले बिहान दिएको अध्यावधिक विवरण अनुसार प्रदेशका नवलपरासी , स्याङ्जा,पर्वत,लमजुङ गरि ४ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा नवलपरासीमा ११ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा बुलिङटार वडा नम्बर ६ का २ जना र हुप्सिकोटका ९ जना रहेका छन् । त्यस्तै यता पर्वत कुश्मा पनि २ संक्रमित थपिएका छन् । यता स्याङ्जा फेदिखोलामा र लमजुङको मध्य नेपालमा १, १ गरि संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या ३ हजार ३ सय ५१ पुगेको छ ।...
भारतमा एकैदिनमा ९६ हजार सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ५२ लाखभन्दा बढी
विश्व, समाचार, स्वास्थ्य

भारतमा एकैदिनमा ९६ हजार सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ५२ लाखभन्दा बढी

नेपाल अखबार, एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ४२४ जना सङ्क्रमित भएका छन् ।  योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५२ लाखभन्दा बढी पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १७४ जनाको मृत्यु भएको जनाएको छ । भारतमा कुल सङ्क्रमित मध्ये अहिले पनि दश लाख १७ हजार ७५४ जना सङ्क्रमित अवस्थामै रहेका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ५२ लाख १४ हजार ६७८ जना सङ्क्रमित भएका हुन् । ती मध्ये ४१ लाख १२ हजार ५५२ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि तीन लाख दुई हजार १३५ जना ...
कोरोना भाइरस परीक्षणः ९० मिनेटमा सङ्क्रमण भए नभएको छुट्याउने एउटा सामान्य विधि
विश्व, समाचार, स्वास्थ्य

कोरोना भाइरस परीक्षणः ९० मिनेटमा सङ्क्रमण भए नभएको छुट्याउने एउटा सामान्य विधि

नेपाल अखबार, एजेन्सि। कुनै विशेष प्रयोगशालामा नमुना नलगी एक किसिमको र्‍यापिड टेस्ट अर्थात् द्रुत परीक्षण विधिबाट ९० मिनेटमा कोरोनाभाइरस सङ्क्रमण भए नभएको छुट्याउन सकिने वैज्ञानिकहरूले बताएका छन्। इम्पीरीअल कलेज लन्डनले गरेको एउटा अध्ययनमा "ल्याब अन अ चिप"ले अहिले प्रचलनमा भएको परीक्षणको जस्तै परिणाम दिएको देखियो। उक्त उपकरण अहिले यूकेको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसद्वारा सञ्चालित आठवटा अस्पतालमा बिरामीहरूमा कोरोनाभाइरस छ कि छैन भनेर चाँडै छुट्याउन प्रयोग भइरहेको छ। तर विज्ञहरूले यूकेको 'टेस्ट एन्ड ट्रेस' कार्यक्रममा विद्यमान चुनौतीलाई उक्त किटले समाधान नगर्ने औँल्याएका छन्। के हो 'ल्याब अन अ चिप'? यो उपकरण डीएनए नज नामक कम्पनीले बनाएको हो। घाँटी वा नाकमा स्वाब हालेर नमुना सङ्कलन गर्न सक्ने जोसुकैले पनि यो उपकरण प्रयोग गर्न सक्छ। परीक्षणका लागि आवश्यक रासायनिक पदार्थ भ...
आन्तरिक उडान असोजबाट ५ गतेदेखि पूर्ण क्षमतामै हुने
अर्थ, समाचार

आन्तरिक उडान असोजबाट ५ गतेदेखि पूर्ण क्षमतामै हुने

नेपाल अखबार, काठमाडाैं। यही असोज ५ गतेदेखि पूर्ण सिट क्षमतामै आन्तरिक उडान हुने भएको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत क्षमतामा मात्रै उडान गर्न दिने गरी आन्तरिक उडान खोल्ने निर्णय गरेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई असोज ५ देखि नियमित उडान गर्न पत्र लेखेको हो। ‘मन्त्रालयले लेखेको पत्रमा ५० प्रतिशत उडान गर्नु भन्ने छैन। हामी फुल सिट क्षमतामै उडान गर्न अनुमति दिन्छौँ’, प्राधिकरणका एक उच्च अधिकारीले  भने, ‘असोज ५ देखि नियमित रुपमा आन्तरिक उडान हुन्छ।’ प्राधिकरणले पहिलो चरणमा २५ देखि ३० प्रतिशत मात्रै उडान हुने जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार शतप्रतिशत क्षमतामै उडान गर्न दिने निर्णय भएको छ। यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले सोमबारदेखि फुल क्षमतामा आन्तरिक उडान हुने बताए। ‘नागरिक उ...
पछिल्ले २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु
समाचार, स्वास्थ्य

पछिल्ले २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट पछिल्ले २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी देशभरमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेका छन्। मृत्यु हुनेमा मोरोङका २ पुरुष, काठमाडौँका एक महिला र एक पुरुष, भक्तपुरका १ पुरुष, ललितपुरकी एक महिला र नवलपरासीका एक पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ। यो कुल संक्रमितमध्येको ०.६३ प्रतिशत हो।...
काठमाडौं उपत्यकामा ८५९ जना कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

काठमाडौं उपत्यकामा ८५९ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर भने २०२० जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा  २ हजार २० कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २० कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हाजर २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले दशेभरमा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। यो नेपालमा एकैदिन संक्रमित हुनेमध्य अहिलेसम्मकै उच्च संख्या हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० हजार ५९३ पुगेको छ भने आज नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ। आज ११ हजार ४५८ थप पीसीआर परीक्षण भएसँगै अहिलेसम्म ८ लाख ९४ हजार ३७३ भएका पीसीआरको संख्या पुगेको छ। आज ११ हजार ४५८ थप पीसीआर परीक्षण भएसँगै अहिलेसम्म ८ लाख ९४ हजार ३७३ भएका पीसीआरको संख्या पुगेको छ। पछिल्ले २४ घण्टामा थप ८७१ जना कोरोना संक्रमित निको भएसँगै जम्मा निको हुनेको संख्या ४३ हजार ८२० रहेको छ।...
बागमती प्रदेशका २८ स्थानीय तहमा प्रहरीको गुनासो पेटिका
प्रदेश ३, प्रशासन, समाचार

बागमती प्रदेशका २८ स्थानीय तहमा प्रहरीको गुनासो पेटिका

नेपाल अखबार, हेटौंडा । आफूविरुद्ध गुनासो संकलन गर्न प्रहरीले बागमती प्रदेशका २८ वटा स्थानीय तहमा गुनासो पेटिका स्थापना गरेको छ । प्रदेशको राजधानी हेटौंडाबाट थालिएको अभियानको प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाले उपमहानगरपालिका कार्यालय परिसरमा पेटिका राख्दै सुरुवात गरेका हुन् । नागरिकबाट प्रहरीसँग भएका गुनासो तथा सुझाव संकलन गरी सेवालाई थप प्रभावकारी बनाउन बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेश भरीका हरेक स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राख्ने निर्णय गरेको हो । प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीबाट सम्पादन भएका काम कारबाहीको बारेमा नागरिकबाट प्राप्त हुने सल्लाह, सुझाव तथा गुनासोलाई उचित सम्बोधन गरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले गुनासो तथा सुझाव पेटिका सञ्चालनसम्बन्धी कार्ययोजना निर्माण गरिएको प्रहरी नायब महानिरीक्षक लामाले बताए । कार्य...