Monday, November 23

समाचार

पोखरा महानगरका ४  जनासहित  गण्डकी प्रदेशमा थप २३  जनामा कोरोना भाइरस
समाचार, स्वास्थ्य

पोखरा महानगरका ४  जनासहित  गण्डकी प्रदेशमा थप २३  जनामा कोरोना भाइरस

नेपाल अखबार, पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार  कास्कीको पोखरा महानगरका ४  जनासहित  गण्डकी प्रदेशमा थप २३  जनामा कोरोना भाइरस देखिएको जनाएको छ । निर्देशनालयले बिहीबार बिहान  पोखरा महानगरका ९ का ३५ वर्षीय पुरुष, पोखरा  १० की २० वर्षीया महिला, पोखरा १५ का २९ वर्षीय पुरुष  तथा पोखरा २० की  २३  वर्षीया महिलामा  कोरोना देखिएको जनाएको हो । त्यस्तै गोरखा अजिरकोट र वारपाकका  ३० वर्षीया महिला र ५४  वर्षीय पुरुष, बागलुङ तमानखोलाका २३ वर्षीय पुरुष, बागलुङ ६ , १० र १३ का ३७ , १९ र ५९ वर्षका पुरुष, तनहुँ आबुखैरेनीकी ३९ वर्षीया महिला एवं नवलपुर देबचुली, गैंडाकोट र  मध्यबिन्दु का ५ पुरुष तथा ७ महिलामा कोरोना पुष्टि भएको  निर्देशनालयले जनाएको छ । याे सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार २  सय १   पुगेको छ ।...
भोलि देशभरका सबै अदालत बन्द
प्रशासन, समाचार, हाइलाइट-समाचार

भोलि देशभरका सबै अदालत बन्द

नेपाल अखबार, काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो । सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।सप्तरी जिल्लामा १९७६ सालमा जन्मिएका सिंहले २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भई २०१६ असार १५ गतेसम्म काम गरेका थिए । विसं २००३ देखि सरकारी सेवामा बडाहाकिम पदबाट सिंहले सेवा प्रारम्भ गरेका थिए । रासस...
बागलुङमा पनि भुकम्पले घर क्षती
समाचार, समाज

बागलुङमा पनि भुकम्पले घर क्षती

नेपाल अखबार, बागलुङ। बागलुङमा पनि भुकम्पले घर क्षती भएकाे छ ।  अन्दाजी ०५:२० बजेको समयमा आएको भुकम्पको धक्काले बागलुङ नगरपालिका-६ भिरलाकुरी बस्ने वर्ष अन्दाजी ६९ को दुर्गा बहादुर सुबेदीको ढुङगामाटोले बनेको दुईतले टिनको छानो भएको कच्चि पूर्ण रुपमा क्षती भएको बागलुङ   प्रहरीले जानकारी दिएकाे  छ । साे घटनामा मानबिय तथा पशु चौपाय क्षती नभएको जानकारी प्राप्त भएकाे छ । उत्त घर पूर्ण रुपमा बस्न नमिल्ने गरी क्षती भएकाे छ ।...
पोखरामा परी चट्याङ्ग  मिटर बक्समा आगलागी
समाचार

पोखरामा परी चट्याङ्ग मिटर बक्समा आगलागी

नेपाल अखबार , पाेखरा । पोखरामा परी चट्याङ्ग मिटर बक्समा आगलागी भएकाे छ ।   पोखरा महानगरपालिका-२७ बस्ने  वर्ष ६८ काे लक्ष्मी भुजेलको घरको मिटर बक्समा चट्याङ्ग परी मिटर बक्समा आगलागी हुँदा  भएकाे छ ।  उक्त कोठामा रहेको सिरक डसना, लत्ता कपडा जली क्षती भएको कास्कि  प्रहरीले जनाएकाे छ । अन्दाजी ०१:०० बजेको समयमा परेको चट्याङगले  ट्वाईलेटको छाना, गाह्रो भत्की क्षती भएको छ ।   साे घटनामा कुनै  मानविय,पशु चौपाय क्षती नभएको कास्की  प्रहरीले जनाएकाे छ ।...
भुकम्पले  पर्वतमा घर भत्केयाे
समाचार, समाज

भुकम्पले पर्वतमा घर भत्केयाे

नेपाल अखबार, पर्वत।  पर्वतमा भुकम्पले घर भत्केको  छ ।  बिहान अन्दाजी ०५:२० बजेको समयमा भुकम्पको धक्काले जिल्ला पर्वत कुष्मा नगरपालिका-१ पाङ बस्ने नारयण सुबेदीको ईटा र माटोले बनेको कच्ची घरको पछाडिको भित्ताछानो सहित भत्किएकाे छ । प्रहरीका अनुसार अन्दाजी ५,००,००० (पाँच लाख )बराबरको क्षती भएको छ । हाल सम्म मानविय तथा पशु चौपाय क्षति नभएको साथै घटनाबारे  थप अनुसन्धान भईरहेको   प्रहरीले जनाएकाे छ  ।...
बितेको २४ घण्टामा उपत्यकामा थप ७३७ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

बितेको २४ घण्टामा उपत्यकामा थप ७३७ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको अध्यावधिक विवरणअनुसार काठमाडौंमा ६५२ ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । यसैगरी बितेको २४ घण्टामा उपत्यकासहित देशभर भने १५३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २४ घण्टामा यतिधेरै संक्रमित थपिएको यो संख्या हालसम्मकै उच्च हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या ५८,३२७ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । यस्तै बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रमित निको भएका छन् । उनका अनुसार हालसम्म संक्रमितमध्ये निको हुनेको कुल संख्या ४१,७०६ पुगेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।...
दिपायलमा कार्यरत ४० सैनिकलाई कोरोना संक्रमण
समाचार, स्वास्थ्य

दिपायलमा कार्यरत ४० सैनिकलाई कोरोना संक्रमण

नेपाल अखबार, डाेटी । डोटीको दिपायल सिलगढी नगरपालिकास्थित सुल्लेकमा कार्यरत नेपाली सेनाका ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  यसअघि संक्रमण देखिएका सैनिकको कन्ट्याक्ट ट्रेसिङका आधारमा पिसिआर जाँच गर्दा थप ४० जनालाई कोरोना देखिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । दिपायलमा शुरुमा १८ जना सैनिकलाई कोरोना संक्रमण पुष्टि भएको थियो । शुरुमा संक्रमण देखिएको पाँच दिनपछि क्लोज कन्ट्याक्टमा रहेका सैनिकको पिसिआर जाँच गरिएको थियो । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा उनीहरुरुको स्वाव परीक्षण गरिएको हो ।...
गुणस्तर हेरेर मात्रै स्यानिटाइजर प्रयोग गर्न सर्वसाधारणलाई अपिल
समाचार

गुणस्तर हेरेर मात्रै स्यानिटाइजर प्रयोग गर्न सर्वसाधारणलाई अपिल

नेपाल अखबार, काठमाडौं । औषधी व्यवस्था विभागले गुणस्तर हेरेर मात्रै स्यानिटाइजर खरिद गरी प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।  बजारमा मापदण्ड वितरितका मिथानोल जस्ता घातक विषाक्त पदार्थ मिसाइएका स्यानिटाइजर समेत रहेकाले गुणस्तर हेरेर प्रयोग गर्न अपिल गरेको हो । अनुगमनका क्रममा ज्यान नै लिन सक्ने घातक मिथानोल राखेर स्यानिटाइजर विक्री वितरण भएको पाइएकाले उत्पादन कम्पनी दर्ता भएको, मिथानोल प्रयोग नभएको, विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार भएको एकिन गरेर मात्रै प्रयोग गर्न विभागका महानिर्देशक नारायण ढकालले अपिल गरे । उत्पादन ठेगाना स्पष्ट नभएको, विभागमा दर्ता नभएको लगायतका स्यानिटाइजर प्रयोग नगर्न र बिक्री वितरण भएको पाइए विभागमा जानकारी गराउन पनि उनले आग्रह गरे । विभागमा दर्ता भए÷नभएको पत्ता लगाउन फोन गरेर पनि बुझ्न सकिने ढकालले बताए । कोरोना महामारीको जोखिम बढेसँगै बजारमा स्यानिटाइजरको म...
कक्षा १२ मा ४० नम्बरका लागि अनलाइन परीक्षा हुने
शिक्षा, समाचार, हाइलाइट-समाचार

कक्षा १२ मा ४० नम्बरका लागि अनलाइन परीक्षा हुने

प्रकाश सिलवाल, काठमाडाैं । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको छ । विषम स्थितिमा हुने यो मिश्रित ढाँचाको परीक्षाबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाइ स्वीकृत गराएपछि निर्णय कार्यान्वयन हुनेछ । मन्त्रालयका एक अधिकारीका अनुुसार बोर्डको सिफारिसअनुसार सरकारले चाँडै निर्णय गर्नेछ । अनलाइनमा पहुँच नहुनेले सूचना प्रविधिका अन्य माध्यमलाई पनि प्रयोग गर्न सक्ने गरी सरकारले विद्यार्थी सिका...
गण्डकी प्रदेशमा थप ७  जनामा कोरोना भाइरस
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप ७  जनामा कोरोना भाइरस

नेपाल अखबार, पाेखरा। स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार  कास्कीको पोखरा महानगरका ६  जना तथा  स्याङजाका एक जना गरी  गण्डकी प्रदेशमा थप ७  जनामा कोरोना भाइरस देखिएको जनाएको छ । निर्देशनालयले बुधबार  तेस्रो विज्ञप्ति मार्फत  पोखरा महानगरका ४, १०, १४, १७ र २५ वडाका ५ पुरुष तथा एक महिला र स्याङजा पुतलिबजार २ का २४ वर्षीय पुरुषमा कोरोना देखिएको जनाएको हो । पोखरा महानगरमा कोरोना पुष्टि हुनेहरुमा पोखरा  ४ का नेपाल प्रहरीमा कार्यरत २२ वर्षीय पुरुष, पोखरा १० का २४ वर्षीय पुरुष र ४६ वर्षीया महिला, पोखरा १४ का ३० वर्षीय पुरुष तथा भारतबाट आएर क्वारेन्टिनमा बसेका पोखरा १७ र २५ का २१ -२१ वर्षका २ पुरुष रहेको निर्देशनालयले जानकारी दिएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ७८  पुगेको छ ।...