Monday, November 23

समाचार

नेपालमा एकैदिन थप ६ सय ४१ जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

नेपालमा एकैदिन थप ६ सय ४१ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । नेपालमा आइतबार थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ३० पुगेको छ। यसै गरी पछिल्लो २४ घण्टामा १ सय ३४ जना निको भइ घर फर्किएका छन् । यससँगै १७ हजार ३ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४ रहेको छ।‍...
सेना परिचालन पर्सामा निषेधाज्ञामा कडा पार्न
प्रदेश २, प्रशासन, समाचार

सेना परिचालन पर्सामा निषेधाज्ञामा कडा पार्न

इरफान अलि, वीरगञ्ज । पर्र्सामा निषेधाज्ञामा थप कडाइ गर्न आइतबारदेखि नेपाली सेना परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञालाई अझै प्रभावकारी बनाउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको सहयोगका लागि सेना परिचालन गरिएको जानकारी दिए । ‘निषेधाज्ञालाई थप प्रभावकारी बनाउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्न नेपाली सेना परिचालन गरेका हौं’ उनले भने, ‘नियन्त्रणात्मक अवस्थामा १५ दिन जति निषेधाज्ञामा कडाइ गर्न सक्यौं भने कोभिड–१९ लाई जित्न सक्छौं भन्ने हो ।’ पर्साका सडकमा आइतबारदेखि नै सेनाले गस्ती शुरु गरिसकेको छ । वीरगञ्जमा साउन १० गतेदेखि र पुरै पर्सा जिल्लामा साउन १९ गतेदेखि निषेधाज्ञा छ । तर मुख्य सडक क्षेत्र बाहेकका गल्लीहरुमा मानिसहरुको चहलपहल रोकिएको छैन । संक्रमित बढी भेटिएका क्षेत्रहरु माइस्थान, बिर्ता, मुर्लीलगायतका ठाउँमा पनि तरकारी, खाद्यान्नका लागि पस...
कपिलवस्तुमा भदौ ७ सम्म लम्बियो निषेधाज्ञा
प्रशासन, समाचार, समाज

कपिलवस्तुमा भदौ ७ सम्म लम्बियो निषेधाज्ञा

नेपाल अखबार, बुटवल । कपिलवस्तुमा जारी निषेधाज्ञा एक हप्तासम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा आइतबार बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा जारी निषेधाज्ञा भदौ ७ गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय गरेको हो । कोरोना संक्रमणको दर पुनः बढेकाले जिल्ला उच्च जोखिममा रहेकोले आइतबार राति १२ बजेसम्म यसअघि जारी निषेधाज्ञा भदौ ७ गते राति १२ बजे सम्मका लागि थप गर्ने निर्णण गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । निषेधाज्ञा अवधिमा अत्यावश्यक वाहेक सबै खाले ब्यवसाय, सेवा तथा कार्यालयहरु र बजार बन्द रहने छन् । खाद्यान्न, तरकारी, फलफूल, दूध, पेट्रोेलियम पदार्थ, ग्यास, औषधि, पानी र पशुपंक्षी दाना ढुवानी गर्ने सवारी साधनहरु तथा एम्बुलेन्स र शववाहन भने चल्न पाउनेछन् । यस्तै राजमार्ग भएर गुड्ने सवारी साधनहरु जिल्लामा पर्ने सडकमा रोकेर यात्रु ओरा...
सर्लाहीमा एक साता थपियो निषेधाज्ञा
प्रशासन, समाचार, समाज

सर्लाहीमा एक साता थपियो निषेधाज्ञा

नेपाल अखबार, सर्लाही । कोरोना सक्रमण फैलिने क्रम नरोकिएपछि सर्लाहीमा निषेधाज्ञाको म्याद थप गरिएको छ । पछिल्लो पटक साउन ३२ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञाको समय सकिन लागेपछि आइतबार निषेधाज्ञाको म्याद थप गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आगामी भदौ ७ गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको छ । भदौ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको उनले बताए । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको आइतबार बसेको बैठकले निषेधाज्ञा थप्ने सिफारिस गरेपछि समय थप गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सर्लाहीमा यसअघि साउन २६ गतेदेखि साउन मसान्तसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । त्यसअघि २१ साउनदेखि अति आवश्यकबाहेकका कामकाज बन्द गर्ने निर्णय गरिएको थियो ।...
नेपाल प्रहरीका दुई डीआईजीसहित थप ३७ जनामा कोरोना पुष्टि
समाचार, समाज, स्वास्थ्य

नेपाल प्रहरीका दुई डीआईजीसहित थप ३७ जनामा कोरोना पुष्टि

नेपाल अखबार, काठमाडाैं। नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। दुई डीआईजीसहित थप ३७ जनामा संक्रमण देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमितको संख्या १ सय ५५ जना पुगेको छ। यस्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा ३० जनामा संक्रमण देखिएको छ।...
काठमाडौँ उपत्यकामा १७२ कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

काठमाडौँ उपत्यकामा १७२ कोरोना संक्रमित थपिए

नेपाल अखबार, काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १७२ जनामा कोरोना पुष्टि भएको छ। आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा १७२ जना कोरोना संक्रमित थपिएको बताए। प्रवक्ता गौतमका अनुसार काठमाडौँमा १७२, ललितपुरका ३८ र भक्तपुरमा ८ जनामा कोरोना पुष्टि भएको हो।...
नारायणकाजी श्रेष्ठ भन्छन्ः ‘पार्टी एकताको रक्षा सुनिश्चित भएको छ’
राजनीति, विचार, समाचार

नारायणकाजी श्रेष्ठ भन्छन्ः ‘पार्टी एकताको रक्षा सुनिश्चित भएको छ’

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता  नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा सुनिश्चित भएको बताएका छन् । उनले पाटीभित्रका समस्याहरुको समाधान र संकटको निकासका लागि दुई अध्यक्षले कार्यदल गठन गरेको र त्यसले काम समेत थालिसकेको भन्दै तात्कालिन रुपमा कोभिड १९ को नियन्त्रण,उपचार र अर्थतन्त्रको पुनर्निर्माण र अन्ततः राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्ने बताएका छन् । उक्त प्रस्ताव स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपूर्ण छलफल गरी संस्थागत निर्णय गरिने प्रवक्ता श्रेष्ठको भनाई छ । उनले कार्यदलको गठनका बारेमा भ्रमात्मक प्रचार गर्नु नितान्त गलत भएको समेत बताएका छन् ।  ‘तर एउटा कुरामा भने हामी सबै सचेत र गम्भीर बनौं ,पार्टीभित्र केही बिषयम...
बुटवल उपमहानगरपालिकामा अनिश्चितकालीन सेवा बन्द
प्रदेश १, प्रशासन, समाचार

बुटवल उपमहानगरपालिकामा अनिश्चितकालीन सेवा बन्द

नेपाल बुटवल । बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आजदेखि अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । उपमहानगरपालिकामा कार्यरत ३ अधिकृत र १ कर्मचारीमा कोरोना संक्रमण पुष्टिसँगै स्वास्थ्य, सरसफाइ र दमकल जस्ता अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले आज जरुरी सूचना जारी गरेर तोकिएका बाहेक सबै सेवा बन्द गरिएको जानकारी दिएका छन् । रासस...
पोखरामा फेरि थपिए १२ कोरोना संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा फेरि थपिए १२ कोरोना संक्रमित

नेपाल अखबार, पोखरा। पोखरा महानगरका १२ जना सहित गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार दिउँसो पोखराको वडा ५,६, १४, १५ र १६ का ७ पुरुष र ५ महिला सहित स्याङ्जाका २ महिलामा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो । संक्रमण पुष्टि हुनेमा पोखरा-५ का मात्रै ३ पुरुष र ४ महिला सहित ७ जना रहेका छन् । यस अघि आजै पोखराका १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने तनहुँका ५, पर्वतका १ र नवलपरासीका ३ गरी गण्डकीमा मात्रै ३१ जनामा कोरोना संक्रमण देखिइसकेको छ । संक्रमण पुष्टि हुनेमा १८ देखि ६७ वर्षका रहेका छन् । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ३५ पुगेको छ ।...
बागलुङमा दुई जनप्रतिनिधिमा कोरोना संक्रमण
प्रदेश ४, समाचार, स्वास्थ्य

बागलुङमा दुई जनप्रतिनिधिमा कोरोना संक्रमण

नेपाल अखबार, बागलुङ। बागलुङका एक वडाध्यक्षसहित दुई जना जनप्रतिनिधिमा  कोरोना  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौका अनुसार २८ गते स्वाब दिएका उनीहरुमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुलाई हाल धौलागिरि अस्पतालको आइसोलेसनमा  राखिएको छ । संक्रमित वडाध्यक्ष गाउँपालिकाको क्वारेन्टिन व्यवस्थापनमा खटिएको र अर्का जनप्रतिनिधि पछिल्लो समय चितवन, काठमाडौं, पोखरालगायतका ठाउँ पुगेको पाइएको जिल्ला स्वास्थ्य प्रमुख गुरौले जानकारी दिए ।...