Monday, November 23

समाचार

ह्वाइट हाउस बाहिर गोली चल्यो
विश्व, समाचार

ह्वाइट हाउस बाहिर गोली चल्यो

नेपाल अखबार, एजेन्सि । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गोली चलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार भेटघाट गरिरहेको बेला गोली चलेको हो । गोली चलेको खबर पाएपछि केहीबेर पत्रकार भेटघाट कार्यक्रम प्रभावित भएको थियो । पत्रकार भेटघाटको क्रममा सुरक्षाकर्मीले ट्रम्पलाई केही भनेपछि उनी कार्यक्रम छाडेर भित्र अर्को कोठामा गएका थिए । करिब नौ मिनेटपछि राष्ट्रपति ट्रम्प बाहिर आए र पत्रकारहरुलाई गोली चलेको जानकारी दिए । उनले भने, ‘लाग्छ स्थिति नियन्त्रणमा छ ।’ ट्रम्पले पत्रकारहरुलाई दिएको जानकारीअनुसार अमेरिकी सेक्रेट सर्भिसका व्यक्तिहरुले एक हतियारधारी संदिग्ध व्यक्तिमाथि गोली चलाएका छन् । घाइतेलाई अस्पताल लगिएको छ । ट्रम्पका अनुसार ह्वाइट हाउस बाहिर फेन्सिङ्ग भएको स्थानमा गोली चलेको थियो । त्यो स्थानबाट वित्तमन्त्री र अर्का एक अधिकारीलाई त्यहाँबाट सुरक्षित स्थानमा लगिएको थियो । ट्रम...
सम्बन्धविच्छेदको कारण बन्यो वैदेशिक रोजगारीको कमाइ
समाचार, समाज, हाइलाइट-समाचार

सम्बन्धविच्छेदको कारण बन्यो वैदेशिक रोजगारीको कमाइ

नेपाल अखबार, मकवानपुर । वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ । वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत आव २०७६/७७ मा जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि ५३१ मुद्दा दर्ता गरिएको थियो । तीमध्ये ३०० मुद्दा फर्छ्योट गरी पत्नी र पतिबीच सम्बन्धविच्छेद गरिएको जिल्ला अदालत मकवानपुरले जनाएको छ । जिल्ला अदालतमा अघिल्लो आव २०७४/७५ मा दर्ता भएका ५१२ सम्बन्धविच्छेदका मुद्दामध्ये अदालतले ३३३ मुद्दा फर्छ्योट गरेको थियो । जिल्ला अदालतमा विवाहित पत्नीहरुले पतिबाट पारिवारिक हिंसा, दुर्व्यवहार गर्नुका साथै खान लगाउन नदिएको भनी सम्बन्धविच्छेद गरी पाऊँ भनी दिएको निवेदनअनुसार जिल्ला अदालतको इजलासमा कानूनी बहस हुँदा आर्थिक र पारिवारिक विवादको कारणब...
हवाई उडान र लामो दूरीका यातायात भदौ १५ सम्म नचल्ने
राजनीति, समाचार

हवाई उडान र लामो दूरीका यातायात भदौ १५ सम्म नचल्ने

नेपाल अखबार, काठमाडाैं । सरकारले भदौ महिनाभरी लामो दूरीका सवारी साधन तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नखोल्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो। आइतबार बसेको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) बैठकले भदाै १५ सम्म हवाई उडान र लामाे दूरीका सवारी साधन नखाेल्न सरकारलाई सिफारिस गरेकाे थियाे। तर काठमाडाै‌ं उपत्यका लगायत देशैभरी काेराेना संक्रमण बढ्दै गएकाे भन्दै भदाै मसान्तसम्म नै नखाेल्ने निर्णय गरिएकाे एक मन्त्रीले जानकारी दिए। सीसीएमसीले अन्तरजिल्ला सार्वजनिक यातायात, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो । यसअघि ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले भदाै १ देखि ती क्षेत्र सूचारु गर्ने निर्णय गरेकाे थियाे। यस्तै संस्कृति, पर्यटन त...
बाँकेमा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

बाँकेमा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना पुष्टि

नेपाल अखबार,  बाँके । बाँकेमा दुईजना चिकित्सकसहित थप १५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा नेपालगन्ज मेडिकल कलेजका २५ र ३४ वर्षीय महिला चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो । मेडिकल कलेजबाट संकलन गरिएको स्वाबको परीक्षणमा नेपालगन्जका ४७ वर्षीय पुरुष र १९ वर्षीया महिलामा पनि कोरोना पोजेटिभ देखिएको भेरी अस्पतालले जनाएको छ । यस्तै नेपालगन्जको वडा प्रहरी कार्यालयका ३०, ३७ र ३८ वर्षका तीनजना प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु पुरुष हुन् । वडा प्रहरी कार्यालयबाटै संकलन गरिएको स्वाबको नमूना परीक्षणमा वडा प्रहरी कार्यालय ठेगाना लेखिएकी १० वर्षीया बालिका, नेपालगन्ज उपमहानगरपालिका ५ का ३१ वर्षीय पुरुष र १२ वर्षी बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्ज-१२ का ३८ वर्षीय पुरुष र वडा नंं १० ...
काठमाडौ उपत्यकामा अत्यावश्यक बाहेकका सबै सेवा ३ हप्ता बन्द
प्रशासन, समाचार

काठमाडौ उपत्यकामा अत्यावश्यक बाहेकका सबै सेवा ३ हप्ता बन्द

नेपाल अखबार, काठमाडौ । काठमाडौ उपत्यका भित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् । काठमाडौं उपत्यका भित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले तीन हप्ताका लागि अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । बैठकपछि निर्णयहरु सुनाउँदै मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले उपत्यका भित्र समूदाय स्तरमा संक्रमणको उच्च जोखिम देखिएकोले भिडभाड कम गर्न अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको बताए । बैठकले सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन भए पछि संक्रमण तीब्र गतिमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । कलकारखाना, उद्योग धन्दाहरु, निर्वाध रुपमा सञ्चालन भइर मजदुरहरुको दैनिक आवत जावत बढेकाले सं...
थप ४ जनाको कोरोनाबाट  मृत्यु
समाचार, स्वास्थ्य

थप ४ जनाको कोरोनाबाट मृत्यु

नेपाल अखबार, पोखरा।  सोमबार नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ४ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ तथा बाँके र पर्सामा १-१ जना रहेका छन । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका-१० मध्यबानेश्वर बस्ने ७६ वर्षिय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको कीर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षका पुरुषको आज निधन भएको हो । यस्तै बाँकेको कोहलपुर नगरपालिका-२ का ७० वर्षिया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारका क्रममा हिजो निधन भएको उहाँले बताउनुभयो । २३ गते अस्पताल भर्ना भएकी महिला उच्च रक्तचापकी विरामी थिइन् । यस्तै पर्साको देवयानी-१५ का ४५ वर्षिया महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको उहाँले बताउनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।...
काठमाडौं उपत्यकामा ४४ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

काठमाडौं उपत्यकामा ४४ जनामा कोरोना संक्रमण

नेपाल अखबार, काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ४४ जनामा कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ । सोमबार देशभरमा भने ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले  काठमाडौंका संक्रमित कहाँका हुन् भन्ने खुलाएको छैन ।...
सोमबार थप ३ सय ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो
समाचार, स्वास्थ्य

सोमबार थप ३ सय ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

नेपाल अखबार, पोखरा । नेपालमा सोमबार थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २३ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा देशभर ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ। यसै गरी पछिल्लो २४ घण्टामा १ सय ४० जना निको भइ घर फर्किएका छन् । यससँगै १६ हजार ४ सय ९३ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ रहेको छ।‍...
स्वास्थ्यकर्मीमाथि कार्यालयमै कुटपिट
समाचार, समाज

स्वास्थ्यकर्मीमाथि कार्यालयमै कुटपिट

नेपाल अखबार, बैतडी। बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ स्थित न्वादेउ स्वास्थ्यचौकी  अन्तर्गतको नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि कुटपिट भएको हो । स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि स्थानीय दुई युवकले कुटपिट गरेको भट्टले बताइन । पुर्चौडी नगरपालिका–३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरले कुटपिट गरेको हो । स्थानीय एक बृद्धा बिरामीलाई स्लाईन चढाइरहेका र सोही बेला ती युवकले कुटपिट गरेको उनले बताए । उनले भने, “बृद्धा आमा कान नसुन्ने र उनीसँग ठूलो स्वरले बोल्दा स्वास्थ्यकर्मीले सेवा दिने तरिका यही हो भनेर गालीगलैच गर्दै कुटपिट गरे ।” ती युवाको कुटपिटबाट जानकीको हातको औला भाचिँएको, मुख, छाति र टाउकोमा चोट लागेको छ । उनको हाटमा उपचार भइरहेको छ । आफू अहिले न्यायको खोजीका लागि नगरपालिका...
सुटकेशमा भेटिएको शवको पहिचान खुल्यो
समाचार

सुटकेशमा भेटिएको शवको पहिचान खुल्यो

नेपाल अखबार, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको शवको सनाखत भएको छ । सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले  जानकारी दिए । मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ । आइतबार बिहान ७ बजे गोंगबुका स्थानीयले सडकछेउमा फालिएको सुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । अपराध महाशाखा र काठमाडौं प्रहरीले हत्याबारे अनुसन्धान गरिरहेको छ।...