Saturday, November 21

समाचार

प्रहरी मुख्यालयमा थप २८ जना संक्रमित फेला
समाचार, स्वास्थ्य

प्रहरी मुख्यालयमा थप २८ जना संक्रमित फेला

नेपाल अखबार, काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २८ जना प्रहरीमा कोरोनाभाईरसको संक्रमण देखिएको छ । शुरुमा चारजनालाई संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा थप २८ जनामा संक्रमण देखिएको हो । योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ७२ पुगेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए । अधिकांश संक्रमित सञ्चार निर्देशनालय, एमटी र सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन् । प्रहरी प्रधान कार्यालयको सवारी (एमटी) शाखामा कार्यरत एकजना प्रहरी हवल्दार काठमाडौँ बाहिर गएर फर्केपछि पहिलो पटक उनलाई कोरोना संक्रमण भएको थियो ।...
शुक्रबारको मौसम पुर्वानुमान, यी स्थानमा भारी वर्षाको सम्भावना
समाचार, समाज

शुक्रबारको मौसम पुर्वानुमान, यी स्थानमा भारी वर्षाको सम्भावना

नेपाल अखबार, पाेखरा। जल तथा मौसम विज्ञान विभागले आज देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै,  नेपालको पुर्वी तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । मौसम पूर्वानुमानका अनुसार हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ। यसैगरी, शुक्रबार दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । साथै, प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, राति  देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ ,बागमती प्रदेश ,गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको छ।...
बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु
दुर्घटना, समाचार

बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

नेपाल अखबार, चितवन। चितवनमा बसको ठक्करबाट एक प्रहरी हवल्दारको मृत्यु भएको छ। पूर्वी चितवनको राप्ती नगरपालिका-५ भण्डारामा बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३–०३–००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले विहीबार साँझ ठक्कर दिएको थियो। गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।...
पोखराका २ जनासहित, गण्डकीका प्रदेशमा ६ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखराका २ जनासहित, गण्डकीका प्रदेशमा ६ संक्रमित थपिए

नेपाल अखबार, पोखरा । पोखराका २ जनासहित गण्डकी प्रदेशमा शुक्रबार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान प्रदेशको कास्की, तनहुँ र म्याग्दी  जिल्लाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । निर्देशनालयले कास्कीका ३  सहित, तनहुँका १ जना र म्याग्दीका  २ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ८५ पुगेको छ ।...
उच्च अदालत जनकपुरका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि
प्रदेश २, समाचार, स्वास्थ्य

उच्च अदालत जनकपुरका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, जनकपुर। जनकपुरस्थित उच्च अदालतका थप एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । मंगलबार न्यायाधीशसहित अन्य कर्मचारीहरुको स्वाब सङ्कलन गरिएकोमा न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । केही दिनअघि उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीशमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो । यता, न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि निश्चित कामकारबाही बाहेक अन्य काम शुक्रबारदेखि ३१ गतेसम्मका लागि स्थगित गर्ने उच्च अदालत जनकपुरले गरेको छ ।...
महानगरीय ट्राफिक प्रहरी महाशाखाका २ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

महानगरीय ट्राफिक प्रहरी महाशाखाका २ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामपथमा कार्यरत दुई ट्राफिक प्रहरीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यद्यपि कोरोना संक्रमण देखिएका प्रहरीको दर्जा भने ट्राफिक प्रहरीले खुलाएको छैन । स्रोतका अनुसार यसबारे स्वास्थ्य मन्त्रालयले बिहीबार ट्राफिक प्रहरीलाई जानकारी गराइसकेको छ । उनीहरुको दुई दिनअघि पीसीआर परीक्षण गरिएको थियो । कोरोना संक्रमण देखिएपछि ट्राफिक महाशाखामा कार्यरत ट्राफिक प्रहरीहरुको पिसिआर जाँच गर्न लागिएको छ । दुई प्रहरीमा कोरोनाको संक्रमण देखिएपछि कार्यालय शिल गरिएको बताइएको छ ।...
कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सिइओको निधन
प्रदेश २, समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सिइओको निधन

नेपाल अखबार, वीरगञ्ज। वीरगञ्जमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा  ५६ वर्षीय भारतीय नागरिकको बिहीबार राति करिब ११ बजे मृत्यु भएको अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गरेका हुन् । ५६ वर्षीय पुरुष वीरगञ्ज महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेज उद्योगका सिइओ (प्रमुख कार्यकारी अधिकृत) हुन् । मुटु रोगी रहेका उनमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते गण्डकस्थित कोभिड अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था बिग्रिदै गएपछि जगदम्बा इन्टरप्राइजेजका सिइओलाई कोभिड अस्पतालको आइसियुमा राखिएको थियो । बिहीबार दिउँसो अवस्था जटिल भएपछि उनलाइ भेन्टिलेटरमा राखिएको र भेन्टिलेटरमै उपचारका क्रममा बिहीबार राति करिब ११ बजे मृत्यु भएको कोबीड अस्पतालका चिकित्सक डाक्टर सिंहले जानकारी दिए । त्यसैगरी वीरगञ्जस्थित नारायणी अस्पतालको प...
वीरगञ्जका मेयरलाई कोरोना संक्रमण
प्रदेश २, समाचार, स्वास्थ्य

वीरगञ्जका मेयरलाई कोरोना संक्रमण

नेपाल अखबार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको त्यहीँ स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी उनले दिएका छन् । ‘तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दालाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु’ उनले भने, ‘काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको छ ।’ कोरोना संक्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किने समेत उनले बताएका छन् । वीरगञ्जमा कोरोना समुदाय स्तरमा फैलिएको मानिएको छ । मेयर सरावगी भारतबाट आएकाहरुको क्वारेन्टिन, संक्रमितहरुको आइसोलेसनमा खटिँदै आएका थिए । उनले चन्दा संकलन गरेर पीसीआर मेसिन खरिद गर्नुको साथै क्वारेन्टिन, आइसोलेसन र कोभिड अस्पतालमा रहेका संक्रमितसहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाइकर्मीको खाना र ...
कास्कीमा १४ सहित गण्डकीमा थपिए ३८ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

कास्कीमा १४ सहित गण्डकीमा थपिए ३८ कोरोना संक्रमित

नेपाल अखबार, पाेखरा। कास्कीमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ती जारी गरी कास्की सहित प्रदेशका विभिन्न ६ जिल्लामा ३८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । कास्कीमा संक्रमित सबै पोखरा महानगरभित्रका छन् । संक्रमितमा स्याङजामा ११, बाग्लुङमा ६, तनहुँम तीन लमजुङमा २ र नवलपरासीमा १ जना छन् । पछिल्ले विवरण सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ४७९ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको थियो। संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट  निको हुनेको संख्या एक हजार २३० रहेको छ भने चार जनाको मृत्यु भएको छ ।...
पोखरा महानगरको फोहोर वर्गीकरण अभियान
समाचार

पोखरा महानगरको फोहोर वर्गीकरण अभियान

नेपाल अखबार, पाेखरा। पोखरा महानगरपालिकाले नगरभित्र उत्पादन हुने फोहोरलाई घर÷घरमै वर्गीकरण तथा व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने तयारी गरेको छ । ‘छुट्याऔं फोहोर, बनाऔं मोहर भन्ने नारासहित पहिलो चरणमा १० वटा वडामा यो अभियान सञ्चालन गर्ने तयारी महानगरपालिकाले गरेको हो । पहिलो चरणमा वडा नम्बर १,५,८,१०,१३,१६,१७,१९,२६ र २७ मा अभियान सञ्चालन गरिने भएको हो । अभियान सञ्चालन गर्न पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको संयोजकत्वमा सरोकारवाला र सम्बन्धित क्षेत्रलाई समेटेर १ सय ४८ सदस्यीय मुल समिति गठन गरिएको छ । मुल समितिको बिहीबार भएको बैठकमा अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेम सुझाव समेत संकलन गरिएको छ । बैठक तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले घरमा उत्पादन हुने फोहोरलाई ३ प्रकारले वर्गीकरण गरी संकलन गरेर व्यवस्थापनमा अभिप्रेरित गर...