Friday, July 31

समाचार

बुद्धनगरमा एक पुरूषले लगाए आफैमाथि आगो, पुर्‍याइयो वीर अस्पताल
समाचार, समाज

बुद्धनगरमा एक पुरूषले लगाए आफैमाथि आगो, पुर्‍याइयो वीर अस्पताल

नेपालअखबार, काठमाडौं । काठमाडौंको बुद्धनगरमा अर्का एक पुरूषले पनि आत्मदाहको प्रयास गरेका छन्। शनिबार बिहान सवा ६ बजेतिर काठमाडौं महानगरपालिका-१० बुद्धनगरस्थित एक घरमा डेरा गरी बस्दै आएका पुरूषले आत्मदाहको प्रयास गरेका हुन्। पुरूष ४५ वर्षीय अश्विन राउत रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट घरायसी कारणले राउतले आफैमाथि आगो लगाएको हुन सक्ने देखिएको छ। उनलाई उद्धार गरी वीर अस्पताल पुर्‍याइएको छ। उनको शरीरमा ५० प्रतिशत जलन रहेको एसपी भट्टराईले बताए। घटना सम्बन्धी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। यसैगरी सर्लाही र काठमाडौंमा पनि आत्मदाहको घटना भएका छन्। बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा गणेश नेपालीले आत्मदाह गरेका थिए। उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो। सर्लाहीका विवेक मण्डलले प...
गणेश नेपालीको परिवारलाई काठमाडौं महानगरले मानवीय सहयोग, रोजगारी र नि:शुल्क शिक्षा दिने
प्रशासन, समाचार

गणेश नेपालीको परिवारलाई काठमाडौं महानगरले मानवीय सहयोग, रोजगारी र नि:शुल्क शिक्षा दिने

नेपालअखबार, काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार पेट्रोल खन्याएर आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने घोषणा गरेको छ। महानगरले शुक्रबार राति प्रेस विज्ञप्ति जारी गर्दै यसबारे कार्यपालिका बैठकबाट विधिसम्मत् निर्णय गर्ने जानकारी दिएको छ। त्रिपुरेश्वरस्थित राहदानी विभाग जाने भित्री बाटोमा बिहीबार दिउँसो साढे १ बजेतिर पेट्रोल खन्याएर आगो लगाएका मुगुका २५ वर्षीय नेपालीको शुक्रबार उपचार क्रममा भएको मृत्यु भएको थियो। उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै महानगरले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। घटनाको निष्पक्ष छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गर्ने निर्णय गरेकोबारे महानगरले भनेको छ, 'उक्त समितिको तथ्यगत छानबिनमा काठमाडौं महानगरपालिकाले पूर्ण रूपमा सहयोग गर्नेछ। छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक ...
असार २९ देखि राहदानीमा नयाँ प्रणाली: जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने
प्रशासन, समाचार

असार २९ देखि राहदानीमा नयाँ प्रणाली: जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने

नेपालअखबार, काठमाडौँ । परराष्ट्र मन्त्रालय र राहदानी विभागले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा राहदानी उपलब्ध गराउन नयाँ प्रणाली सुरु गर्ने भएका छन्। मन्त्रालयले २०८३ असार २९ गतेदेखि यो नयाँ प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ प्रणालीको तयारी करिब पूरा भएको जानकारी दिए। प्रणाली परिवर्तनको सुरुवाती चरणमा केही समय सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि राहदानी सेवा नियमित र सुचारु रहने उनले बताए। सरकारको नीतिअनुसार राहदानी सेवालाई समयसापेक्ष, भरपर्दो र प्रविधिमैत्री बनाउन तीनवटा महत्त्वपूर्ण कदम चालिएका छन्। छापिएका राहदानीहरू छिटोभन्दा छिटो सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पुर्‍याउन हुलाक विभागसँग सम्झौता भइसकेको छ। यसैगरी, नागरिकले जुनसुकै जिल्लाबाट पन...
सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास
समाचार, समाज

सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास

नेपालअखबार, काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले आत्मदाह प्रयास गरेका छन् । गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको मधेश प्रदेशका डीआईजी ओम अधिकारीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका अनुसार, ती व्यक्तिको अधिकांश शरीर जलिसकेको छ । रास्वपा सांसद अमरेशकुमार सिंहले पनि यसबारे सामाजिक सञ्जालमा जानकारी गराएका छन् । उनलाई अहिले हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी गरिएको छ । उनी घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका हुन् । घरपरिवारसँगको विवादपछि उनले यो कार्य गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । उनले आफ्नो शरीरमा आगो लगाउँदा घरमा भने कोही पनि व्यक्ति नभएको बताइन् ।...
गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : एमाले
राजनीति, समाचार

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : एमाले

नेपालअखबार, काठमाडौं । नेकपा एमालेले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । शुक्रबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले यस्तो बताएकी हुन् । ‘यसको जिम्मेवारी सरकारले लिनुपर्छ । गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन,’ उनले भनिन् । राज्यले लिने ट्राफिक जरिवना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहारमा हेर्न पनि उनले आग्रह गरिन् । यो घटनाको छानबिन गर्न पनि उनले माग गरिन् ।...
कांग्रेसको सुझाव :  प्रधानमन्त्रीलाई  अब कालो चस्मा खोल्ने बेला आएको छ
राजनीति, समाचार

कांग्रेसको सुझाव : प्रधानमन्त्रीलाई अब कालो चस्मा खोल्ने बेला आएको छ

नेपालअखबार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई कालो चस्मा खोल्ने बेला आएको बताएको छ । त्रिपुरेश्वरमा बिहीबार आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनामा राज्य किन मूकदर्शक बनेर बसेको ? भन्दै कांग्रेसले प्रश्न गरेको छ । कांग्रेस सांसद बासना थापाले शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री शाहलाई प्रश्न गरिन्, ‘राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईं आज किन टाढा हुनुहुन्छ ?’ नेपालीले शरीरमा आगो सल्काउँदा राज्यले एम्बुलेन्स समेत नपठाएको आरोप उनले लगाइन् । ‘राज्य आतंकका कारण एक युवाले आगो सल्काउँदा समेत राज्य मूकदर्शक बन्यो । शरीर आगोमा दन्किरहेको छ, राज्यले एम्बुलेन्स पठाएन । बरु प्रहरी प्रशासन लगाएर अपराधिकझैं घिसारेर लग्यो,’ उनले प्रश्न गरिन्, ‘यो उद्धार हो कि गिरफ्तारी हो सरकार ? उ देशद्रोही हो ? उसले कसको विरुद्ध के अ...
गणेश नेपालीबारे वीर अस्पतालले भन्यो– कुनै पनि समयमा अवस्था बिग्रन सक्छ
समाचार, समाज, स्वास्थ्य

गणेश नेपालीबारे वीर अस्पतालले भन्यो– कुनै पनि समयमा अवस्था बिग्रन सक्छ

नेपालअखबार, काठमाडौँ ।  त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको अवस्था गम्भीर रहेको वीर अस्पतालले जनाएको छ। करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन वीर अस्पतालले शुक्रबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा विशेषज्ञ टोली २४ सै घण्टा उपचारमा खटिएको जनाएको छ। गणेशको अवस्थाबारे अहिले नै ठोस रूपमा भन्न नसकिने र कुनै पनि समयमा अवस्था बिग्रन सक्ने पनि अस्पतालको भनाइ छ। ‘अवस्था अझै पनि हामीले केही भन्न सक्ने अवस्थामा छैन,’ अस्पतालको भनाइ छ, ‘कुनै पनि समयमा उहाँको अवस्था बिग्रन सक्छ। बिरामीलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिएको भए पनि गणेशको अवस्था स्थिर नभएकाले त्यो सम्भव नभएको अस्पतालले बताएको छ। ...
चार सातादेखि मधेसको बजेट अल्झियो, प्रतिपक्षीको अवरोधले ठप्प प्रदेश सभा
राजनीति, समाचार

चार सातादेखि मधेसको बजेट अल्झियो, प्रतिपक्षीको अवरोधले ठप्प प्रदेश सभा

नेपालअखबार, जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक गरेको करिब चार साता बित्न लाग्दा पनि प्रदेश सभामा बजेटमाथिको प्रक्रिया अघि बढ्न सकेको छैन। नेपाली कांग्रेस, एमाले र नेकपाको संयुक्त सरकार बने पनि प्रतिपक्षी दलको असन्तुष्टि समाधान गर्न नसक्दा प्रदेश सभा असार १४ गतेदेखि निरन्तर अवरुद्ध छ। नेपाली कांग्रेसका कृष्ण यादव नेतृत्वको सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गरेको बजेटमाथिको छलफलका क्रममा विपक्षी दलहरूले लगातार विरोध जनाएपछि प्रदेश सभाको बैठक स्थगित हुँदै आएको छ। प्रतिपक्षी दलहरू जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी र राप्रपा नेपालले लोक सेवा आयोग र जनलोकपालमा गरिएको अवैधानिक नियुक्ति, बजेट तथा नीति–कार्यक्रमप्रति गम्भीर असन्तुष्टि जनाउँदै आएका छन्। उनीहरूले बजेट संशोधन नभएसम्म सदन सञ्चालन हुन नदिने अडान लिएका छन्। पूर्वम...
कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी
प्रशासन, समाचार

कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी

नेपालअखबार, काठमाडौँ । सरकारले कर्मचारीको अनुशासन र आचरण सुधार्न ‘डिजिटल’ निगरानी सुरु गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि कर्मचारीको आचरणगत अनुशासनको स्थितिलाई कर्मचारी वैयक्तिक विवरणमा अनिवार्य अभिलेखीकरण गर्न थालिएको राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको छ । कर्मचारीको आचरणगत पक्षलाई ट्र्याक गर्न राष्ट्रिय सतर्कता केन्द्र र राष्ट्रिय कितावखानाले संयुक्त रूपमा कार्य प्रारम्भ गरेका कितावखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले जानकारी दिए । कर्मचारीको आचरणगत पक्षलाई ट्र्याक गर्न राष्ट्रिय कितावखानाले सतर्कता केन्द्रलाई कर्मचारीको पीआईएस सिस्टमभित्र प्रवेश गरी सम्बन्धित कर्मचारीमाथि भएको कारबाहीको विवरण प्रविष्ट गर्न सक्ने गरी पहुँच उपलब्ध गराएको महानिर्देशक पोखरेलले जानकारी दिए । महानिर्देशक पोखरेलका अनुसार, कारबाहीको विवरणलाई थप स्पष्ट पार्न पीआईएस सिस...
वर्षामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने
समाचार, समाज

वर्षामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने

नेपालअखबार, काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभे्रपलाञ्चोक-सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ । पुनर्निर्माणसँगै अबको केही दिनभित्रै पुनर्निर्मित ट्रयाकबाटै सवारी सञ्चालन गरिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको उक्त राजमार्गमा यसअघि वर्षा हुनेबित्तिकै अवरुद्ध हुने गरेको थियो । हाल कार्यालयले वर्षामा सकेसम्म राजमार्ग अवरुद्ध हुनै नदिने भइहालेको खण्डमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ । ‘वर्षायामलाई मध्यनजर गर्दै केही दिनमै खण्डखण्डमा पुनर्निर्मित ट्रयाकबाटै पूर्ण रूपमा सवारी आवागमन हुनेछ, विपद्का कारण अवरुद्ध भएमा आधा घण्टामै खुलाउने गरी तयारी भइसकेको छ, यसका लागि आवश्यक उपकरण तम्तयारी अव...