Thursday, September 10

समाचार

प्रधानमन्त्री बालेनसँग राजदूतहरूको भेटवार्ता सुरु
राजनीति, समाचार

प्रधानमन्त्री बालेनसँग राजदूतहरूको भेटवार्ता सुरु

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राजदूतहरुसँग भेटवार्ता सुरु गरेका छन् । सिंहदरबारमा केहीबेरदेखि राजदूतहरुसँग भेटवार्ता थालेका हुन् । यसअघि सामूहिक रुपमा भेटवार्ता गरेका प्रधानमन्त्री शाहले आज एक्लाएक्लै भेटवार्ता गर्दैछन् ।
साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा नेपाली कांग्रेसको संस्थापनइतर पक्षले राष्ट्रिय भेला हुने
राजनीति, समाचार

साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा नेपाली कांग्रेसको संस्थापनइतर पक्षले राष्ट्रिय भेला हुने

नेपालअखबार, काठमाडौं।  नेपाली कांग्रेसको संस्थापनइतर पक्षले राष्ट्रिय भेलाको तयारी गरिरहेको छ। साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा भेला हुनेछ। पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा भेला गर्ने तयारी संस्थापनइतर पक्षको छ। यो भेलामा निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने नेता कोइरालाले बताएका छन्। देउवा ५ महिनापछि साउन २८ गते मध्याह्न स्वदेश फर्कने कार्यक्रम छ। गत पुसमा विशेष महाधिवेशनमा सहभागी नरहेका नेताहरूको अगुवाइमा भेला हुन लागेको हो। यसअघि उनीहरूले सातै प्रदेशमा भेला गरिसकेका छन्। सर्वोच्च अदालतले विशेष महाधिवेशनसम्बन्धी मुद्दामा सुरूदेखि नै सुनुवाइ गर्ने भएको छ। मुद्दा पुनरावलोकन हुने अनुमति अदालतले दिएको थियो। संयोजक शशांक कोइरालाले भेलाका लागि राजनीतिक प्रतिवेदन लेखनजस्ता विभिन्न समितिहरू गठन पनि गठन गरेका छन्। भेलामा को क...
रोपाइँ सकिँदा पनि मल नपाएकोमा पूर्वप्रधानमन्त्री प्रचण्डले गराए सरकारको ध्यानाकर्षण
राजनीति, समाचार

रोपाइँ सकिँदा पनि मल नपाएकोमा पूर्वप्रधानमन्त्री प्रचण्डले गराए सरकारको ध्यानाकर्षण

नेपालअखबार,काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस लगायत देशका विभिन्न भागमा देखिएको रासायनिक मलको चरम अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । रोपाइँ सकिँदा समेत किसानले सहज रूपमा मल नपाउँदा ठुलो समस्यामा परेको भन्दै उनले तत्काल मलको आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्- ‘सरकारले समयमा नै रासायनिक मलको पर्याप्त आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन सकेको छैन। यसका साथै, उपलब्ध रहेको मल समेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको छ ।’ मल आयातको प्रक्रिया जटिल रहेकोले यसका लागि समयमा नै पूर्व तयारी आवश्यक पर्ने भन्दै उनले आफ्नो नेतृत्वको तत्कालीन सरकारले मल आयात तथा वितरणक...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सर्वोच्चको फैसला र महाधिवेशनका एजेन्डामा छलफल हुने
राजनीति, समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सर्वोच्चको फैसला र महाधिवेशनका एजेन्डामा छलफल हुने

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यगरी सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादमा दिएको फैसलाको पुनरवलोकन आदेशका सम्बन्धमा संस्थागत धारणा तय प्रवक्ता देवराज चालिसेले जानकारी दिए । अदालतको फैसला र त्यसले पार्टीको वैधानिकतामा पार्ने प्रभावबारे बैठकमा छलफल हुने चालिसेले बताए । बैठकमा पार्टीका महामन्त्रीले समसामयिक राजनीतिक विषय र साङ्गठनिक कार्यसूचीसहितका एजेन्डाहरू प्रस्तुत गर्ने कार्यक्रम छ। आगामी महाधिवेशनलाई केन्द्रमा राखेर बोलाइएको यस बैठकमा पार्टी सङ्गठन सुदृढीकरणका विविध विषयमा पनि छलफल हुने प्रवक्ता चालिसेले बताए । महाधिवेशनको पूर्वसन्ध्यामा देखिएको क्रियाशील सदस्यता विवाद समाधान गर्नु यस बैठकको अर्को मुख्य एजेन्डा रहेको छ। देशभरका विभिन्न जिल्ला र क्षेत्र...
पोखरामा आज १० हजार ग्यास वितरण हुँदै
समाचार, समाज

पोखरामा आज १० हजार ग्यास वितरण हुँदै

नेपालअखबार,पोखरा । पोखरामा आज मात्रै १० हजार सिलिन्डर ग्यास वितरण हुँदैछ । जिल्ला प्रशासन कार्यालय कास्कीले लाइन बढेको भन्दै शुक्रबारदेखि नै किराना पसलबाटै ग्यास बिक्री गर्ने निर्णय गरिसकेको छ । जिल्ला अनुगमन समिति कास्कीले गगनगौंडाका २ ग्यास कम्पनीमा अनुगमन गरेर आपूर्तिबारे जानकारी दिएको छ । कम्पनीहरूको विवरण अनुसार १० हजार सिलिन्डर पोखराका बजारमा पुग्ने सहायक प्रमुख जिल्ला अधिकारीद्वय चित्राङ्गत बरालले जानकारी दिए । गृहलक्ष्मी ग्यासका ३ हजारभन्दा बढी सिलिन्डर पोखरा बजारमा बिक्रीका लागि पठाउने तयारी गरेको छ भने शक्ति ग्यास कम्पनीले २ हजार ५ सय भरि सिलिन्डर पठाउन लागेको छ । पोखरा बाहिरका ग्यास उद्योगहरूमध्ये बाबाले १ हजारभन्दा बढी, जानकी र नेपाल ग्यासले पनि १ हजारभन्दा बढी ग्यास पोखरा भित्र्याउने बरालले जानकारी दिए । सोमबारका लागि पनि गृहलक्ष्मीमा ४ वटा बुलेटमा ग्यास भारतबाट हिँडि...
इलाममा अदुवाले आकर्षक मूल्य पाएपछि खेती विस्तार गर्दै किसान
कृषि, समाचार, समाज

इलाममा अदुवाले आकर्षक मूल्य पाएपछि खेती विस्तार गर्दै किसान

नेपालअखबार,इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर रु तीन लाख १५ हजार हात पारे । अदुवाको मुख्य उत्पादन (बच्चा) प्रतिमन (४० केजी) रु चार हजार ५०० का दरले बिक्री गरेका छन् । “गत वर्ष अदुवाको मूल्य थियो, उत्पादन पनि मनग्य भएकाले आम्दानी पनि प्रशस्त भयो,” उनले भने । पाँच रोपनीमा अदुवाखेती गरी ९० मन उत्पादन गरेका उनले २० मन बीउ राखेर बाँकी बेचे । उनले १२० मन उत्पादन हुने अपेक्षाका साथ यस वर्ष २० मन बीउ रोपेका छन् । उनले भने “पोहोरकै जस्तो मूल्य आयो भने यस वर्ष पाँच लाख बढी आम्दानी गर्नेछु ।” माङसेबुङ–२ का अर्का किसान राजकुमार राईले गत वर्ष अदुवा बेचेर रु दुई लाख बढी आम्दानी गरे । पचास मन अदुवा रु चार हजारका दरले बेच्नुभएका उहाँले यस वर्ष २० मन रोपेका छन् । यस वर्ष आम्दानी बढाउने उनको लक्ष्य छ । “परिवारको घरखर्च र छोराछोरीको पढाइ खर्च अदुवाको आम्दानीले नै ...
केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार, समाज

केही स्थानमा भारी वर्षाको सम्भावना

नेपालअखबार,काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । देशका पहाडी भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका साथै कर्णाली प्रदेशको पहाडी भाग र लुम्बिनी प्रदेश...
केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार, समाज

केही स्थानमा भारी वर्षाको सम्भावना

नेपालअखबार,काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । देशका पहाडी भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका साथै कर्णाली प्रदेशको पहाडी भाग र लुम्बिनी प्रदेश...
नुवाकोटको ‘घ्याङस्वारा अर्ग्यानिक चिया’को मूल्य प्रतिकिलो ६ हजार
कृषि, समाचार, समाज

नुवाकोटको ‘घ्याङस्वारा अर्ग्यानिक चिया’को मूल्य प्रतिकिलो ६ हजार

नेपालअखबार,नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले उत्पादन गरेको चियाको मूल्य प्रतिकिलो रु छ हजार निर्धारण गरिएको छ । पञ्चकन्या–४ घ्याङस्वारास्थित बाँझो जग्गालाई कृषियोग्य बनाई लगाएको चियाको गुणस्तर परीक्षणमा ‘उत्कृष्ट’ प्राप्त भएसँगै तयारी चियाको शुल्क तोकिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए । उनका अनुसार स्थानीय सरकार सञ्चालन ऐनअन्तर्गत बनाइएको ‘घ्याङस्वारा अर्ग्यानिक चिया उत्पादन, प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ, मूल्य निधारण, बिक्री तथा वितरणसम्बन्धी कार्यविधि, २०८३’ अनुसार चियाको मूल्य निर्धारण गरिएको हो । “घ्याङस्वारामा तीन वर्षअघि रोपेको चियाका बिरुवामध्ये करिब १३ हजार बोटबाट उत्पादन सुरु भएको छ”, अध्यक्ष तामाङले भने, “अर्थोडक्स र अग्र्यानिक चियाको गुणस्तरसहित नेपाली बजार मूल्य, लागत, उपभोक्ताको मागलगायतलाई मध्यनजर गर्दै गरिएको मूल्य निर्धारणले गाउँपालिकाला...
पुल नहुँदा स्याङ्जा सदरमुकामका २ खोलामा जोखिमपूर्ण यात्रा
समाचार, समाज

पुल नहुँदा स्याङ्जा सदरमुकामका २ खोलामा जोखिमपूर्ण यात्रा

नेपालअखबार,स्याङ्जा । स्याङ्जाको सदरमुकाम पुतलीबजार नगरपालिका–१ र वडा नम्बर ३ पुतलीखेत जोड्ने अरौंदी खोला र बाडखोलामा स्थायी पुल नहुँदा स्थानीयवासी वर्षौँदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । दुवै खोलामा आवतजावत सहज बनाउन २०६५ सालमा कल्भर्ट निर्माण गरिएको थियो । तर, त्यसपछि स्थायी पुल निर्माण नहुँदा वर्षायाममा खोलामा पानीको सतह बढेसँगै कल्भर्टमाथिबाटै पानी बग्ने गरेको छ । यसले पैदलयात्रीदेखि सवारीसाधनसम्मको आवागमन प्रभावित हुने गरेको स्थानीय बताउँछन् । अरौंदी खोला र बाडखोला हुँदै पुतलीबजार सदरमुकाम, प्रदेश अस्पताल तथा विभिन्न सरकारी कार्यालयमा दैनिक सयौं नागरिक आवतजावत गर्छन् । तर वर्षा भएपछि यही मुख्य मार्ग जोखिमपूर्ण बन्ने गरेको छ । गत वर्ष अरौंदी खोलामा आएको बाढीले स्कुटर बगाउँदा चालकको मृत्यु भएको थियो । त्यस्तै बाडखोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता भएका थिए । वर्षायाममा ह...