हर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा
नेपालअखबार, काठमाडाैँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुनः सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार देखि तेल र ग्यासका लागि महत्वपूर्ण ढुवानी मार्ग मानिने हर्मुज “पूर्ण रूपमा खुला“ हुने जनाउदै जलमार्गबाट आवागमन सुनिश्चित गर्न अझै “खोजी“ भइरहेको बताए।
ट्रम्पले जापान लगायत विश्वव्यापी सहयोगीहरूलाई स्टेट अफ हर्मुज खोल्न मद्दत गर्न यस क्षेत्रमा युद्धपोत पठाउन दबाब दिए।
यस विषयमा हाल सम्म कुनै निर्णय नगरिएको जापानी रक्षामन्त्री सिन्जिरो कोइजुमीले मङ्गलबार बताए।
कोइजुमीले सहयोगी अमेरिकासहित सम्बन्धित देशहरूसँग नजिकबाट परामर्श गरी परिस्थितिको सावधानीपूर्वक मूल्याङ्कन र अन्तर्राष्ट्रिय कानूनको आवश्यक उपायहरू बारे विचार गर्न चाहेको बताए।
गत अप्रिलमा, सत्तारूढ लिबरल ...










