Wednesday, July 8

समाचार

प्रधानमन्त्री बालेनलाई हर्क साम्पाङको सुझाव- जनतालाई धेरै दुःख नदिनू
राजनीति, विचार, समाचार

प्रधानमन्त्री बालेनलाई हर्क साम्पाङको सुझाव- जनतालाई धेरै दुःख नदिनू

नेपालअखबार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जनतालाई दुःख नदिन प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई आग्रह गरेका छन्। शनिबार काठमाडौंको सुकुम्बासी बस्ती खाली गर्न थालिएपछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर हर्कले जनतालाई दुःख नदिन आग्रह गरेका हुन्। 'बालेन जी तपाइँलाई मेरो सुझाव जनतालाई धेरै दु:ख नदिनु।  जग्गा जमीन तेरो न मेरो कसैको हुँदैन। सबै जना एक दिन सडेर या जलेर खरानी हुँदै माटोमा विलय हुनु पर्छ! सत्य यही एउटा माटो हो! त्यसैले चुनाव चिन्ह पनि माटो नै लिएर आएको म त,' उनले लेखेका छन्। उनले प्रधानमन्त्री बालेनलाई विकासमा लाग्न पनि सुझाएका छन्। 'विकासमा लाग्नु। पुरानो जुंगाको फाइट छोड्नु। आजको मितिमा तपाईकै जुंगा लामो छ! छोड्दिनु भो,' उनले भनेका छन्।...
इस्लामावाद पुगे इरानी विदेशमन्त्री, अमेरिकी टोली जाँदै
राजनीति, विश्व, समाचार

इस्लामावाद पुगे इरानी विदेशमन्त्री, अमेरिकी टोली जाँदै

नेपालअखबार, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराग्ची पाकिस्तान पुगेका छन्। अमेरिकासँग सम्भावित दोस्रो चरणको वार्ताका लागि इरानी विदेशमन्त्री अराग्ची शुक्रबार राति इस्लामावाद पुगेका हुन्। शुक्रबार नै उनले पाकिस्तानी समकक्षी इशाक डारसँग भेटवार्ता गरेका छन्। अराग्ची इस्लामावाद पुगेपछि अमरिकी टोली पनि आउँदै छ। शनिबार बेलुकीसम्म अमेरिकी टोली इस्लामावाद आइपुग्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। अमेरिकी टोलीमा यसपालि मध्यपूर्व दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नर छन्। उपराष्ट्रपति जेडी भान्स भने आएका छैनन्। ट्रम्पले यसअघि भान्स नै वार्ताका लागि जाने बताएका थिए। भान्स नजाने भनेपछि प्रत्यक्ष वार्ता नहुन सक्ने बताइएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जालमार्फत अमेरिकी प्रतिनिधिसँग प्रत्यक्ष भेट्ने योजना नरहेको...
गाजा संकट गहिरिँदै : मृतक संख्या बढ्दो
विश्व, समाचार, हाइलाइट-समाचार

गाजा संकट गहिरिँदै : मृतक संख्या बढ्दो

नेपालअखबार,गाजा । गाजा क्षेत्रमा शुक्रबार इजरायली आक्रमणका क्रममा कम्तीमा १० जना प्यालेस्टिनीको मृत्यु भएको छ, जसमा हमासद्वारा सञ्चालित आन्तरिक सुरक्षा निकायसँग आबद्ध ७ जना प्रहरी पनि रहेका छन्। स्थानीय स्रोत र प्रत्यक्षदर्शीका अनुसार उत्तरी गाजाको बेइत लाहिया क्षेत्रमा रहेको कमाल अडवान अस्पताल नजिकका आवासीय घरहरूमा इजरायली तोपखानाले गोलाबारी गरेको थियो । उक्त आक्रमणमा कम्तीमा ३ जनाको मृत्यु भएको छ, जसमा बालबालिका पनि परेका छन् भने अन्य केही घाइते भएका छन्। त्यसैगरी, दक्षिण गाजाको खान युनिस पश्चिममा पर्ने अल-मवासी क्षेत्रको 'बिर १९' क्षेत्रमा प्यालेस्टिनी प्रहरीको सवारीसाधनलाई इजरायली ड्रोनले लक्षित गरी आक्रमण गरेको बताइएको छ, जसमा केही व्यक्तिहरूको मृत्यु र घाइते भएको छ। खान युनिसस्थित नासेर अस्पतालका स्रोतका अनुसार उक्त आक्रमणपछि ५ वटा शव र धेरै घाइतेहरू अस्पताल पुर्‍याइएका छन्। ...
पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन
कर्पोरेट, समाचार

पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन

नेपालअखबार,पर्सा । चालु आर्थिक वर्षको प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु ६० अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु ५७ अर्ब ५३ करोड राजस्व प्राप्त भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार वीरगञ्ज नाकाबाट उक्त अवधिमा रु एक खर्ब ४८ अर्ब १६ करोड बराबरका पाँच किसिमका पेट्रोलियम पदार्थ आयात गरेर उक्त रकम राज्यकोषमा दाखिला भएको हो ।उक्त अवधिमा आठ लाख आठ हजार सात सय ४५ किलोलिटर डिजेल, तीन लाख ५९ हजार आठ सय ४६ किलोलिटर पेट्रोल २२ करोड ४८ लाख ७५ हजार दुई सय ६६ किलोग्राम एपपी ग्यास आयात भएको छ ।...
थापाथली पुगे श्रम संस्कृतिका सांसद आरेन राई, भने- सुकुमवासीको पक्षमा हामी हुनेछौं
राजनीति, समाचार

थापाथली पुगे श्रम संस्कृतिका सांसद आरेन राई, भने- सुकुमवासीको पक्षमा हामी हुनेछौं

नेपालअखबार,काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राई काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा पुगेका छन् । सरकारले थापाथलीमा बसेका सुकुमवासी बस्ती हटाउने तयारी गरिरहेको समयमा सांसद राई शुक्रबार सुकुमवासी बस्ती पुगेका हुन् । सरकारले बिना विकल्प आफूहरूलाई हटाउन खोजेको भन्दै सुकुमवासीहरूले प्रदर्शन गरिरहेको समयमा सांसद राई थापाथली पुगेका हुन् । थापाथलीमा रहेका सुकुमवासी बस्तीको अवलोकन गर्न पुगेका सांसद राईले भने, ‘सुकुमवासीको पक्षमा हामी हुनेछौं । हाम्रो पार्टी हुनेछ । अरू पार्टीको जिम्मा लिन सकिन्नँ । म सधैं सुकुमवासीको हकका लागि बोलिरहन्छु ।’...
मदुरो पक्राउबारे बाजी राखेर अमेरिकी सैनिकले ४ लाख डलर ‍कमाएको आरोप
विश्व, समाचार

मदुरो पक्राउबारे बाजी राखेर अमेरिकी सैनिकले ४ लाख डलर ‍कमाएको आरोप

नेपालअखबार,काठमाडौं । अमेरिकी विशेष बलका एक सैनिकमाथि गोप्य सैन्य सूचनाको दुरुपयोग गरी अनलाइन सट्टेबाजीबाट करिब ४ लाख डलर कमाएको आरोपमा मुद्दा परेको छ। ग्यानन केन भान डाइक नाम गरेका ती सैनिकमाथि गोप्य सूचना दुरूपयोग गरेको आरोपमा मुद्दा दायर गरिएको अमेरिकी अखबार वासिङ्टनपोस्टले जनाएको छ। ग्यानन भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई उनकै घरबाट नियन्त्रणमा लिएर अमेरिका ल्याउने अमेरिकी सेनाको योजना र रणनीति कार्यान्वयनमा संलग्न थिए। भेनेजुएलामा अपरेसन कुन मितिमा हुने, मदुरो सत्ता छाड्छन् कि पक्राउ पर्छन्? जनवरी अन्त्यसम्म अमेरिकी सेना भेनेजुएलामा प्रवेश गर्छ कि गर्दैन? लगायत विषयमा पोलिमार्केट लगायत भविष्यवाणी हुने विभिन्न अनलाइन प्ल्याटफर्महरूमा उनले बाजी लगाएका थिए। पछि मदुरोलाई अमेरिकी सेनाले भेनेजुएलाबाटै नियन्त्रणमा लिएर न्यूयोर्क ल्याएपछि उनका सबै भविष्यवाणी मिलेको थियो। त्य...
सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा सरकारविरुद्ध प्रदर्शन
समाचार, समाज, हाइलाइट-समाचार

सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा सरकारविरुद्ध प्रदर्शन

नेपालअखबार, काठमाडौं । सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ । सरकारविरुद्ध नारा लगाउँदै स्थानीयले प्रदर्शन गरिरहेका छन् । उनीहरुले डोजर आतंक बन्द गर, सुकुमवासी आवासको हक सुनश्चित गर, निरंकुश सरकार चाहिँदैन लगायतका नारा लगाइरहेका छन् । सरकारमा जानुअघि रास्वपा सभापति रवि लामिछानेले सुकुमवासी बस्तीमा डोजर चलाए आफू छाती थाप्न जाने अभिव्यक्ति दिएका थिए । तर रास्वपाकै बरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले डोजर चलाउने निर्णय गरेपछि युवाहरु आक्रोशित छन् । उनीहरुले रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह गर्दै नारा लगाइरहेका छन् । सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन बिहीबार साँझदेखि नै ‘माइकिङ’ गरेको थियो । आज बिहानबाट केहीले बस्तीबाट सामान सारिरहेका छन् । तर केही युवाहरु भेला भएर विरोध प्रदर्शन गरिरहेका छन् । राष्ट्र...
अधिकार, जनजीविका र सुकुमबासी मुद्दामा जिम्मेवार बन्न सरकारलाई महरको आग्रह
राजनीति, समाचार

अधिकार, जनजीविका र सुकुमबासी मुद्दामा जिम्मेवार बन्न सरकारलाई महरको आग्रह

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले अधिकार संरक्षण, जनजीविका सुधार र सुकुमबासी समस्याप्रति सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। लोकतन्त्र दिवस २०६३ वैशाख ११ को सम्झनामा स्कुल अफ डेमोक्रेसीद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा महरले २०६३ को ऐतिहासिक जनआन्दोलनलाई स्मरण गर्दै भने, ‘जनताको नैतिक बलले निरंकुशतालाई झुकाएको दिन हो आज। लोकतन्त्र केवल उपलब्धि होइन, निरन्तर जिम्मेवारी हो।’ उनका अनुसार लोकतान्त्रिक व्यवस्थाले संस्थागत उपलब्धि हासिल गरे पनि जनअपेक्षा अझै पूर्ण रूपमा सम्बोधन हुन सकेको छैन। जनविश्वास कमजोर हुँदा राजनीतिक सन्तुलनमा परिवर्तन आउने संकेतलाई गम्भीर रूपमा लिनुपर्ने उनले बताए। महरले राज्य संरचनामा देखिँदै गएको केन्द्रीकरण र अधिकार सङ्कुचनप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्रको मूल मर्म विकेन्द्रीकरण, सहभागिता र उत्तरदायित्व भएको स्पष्ट पारे। सुकुम...
तोलामा २ हजार २ सय रुपैयाँ घट्यो सुन
कर्पोरेट, समाचार

तोलामा २ हजार २ सय रुपैयाँ घट्यो सुन

नेपालअखबार,काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँ र चाँदी ७५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ थियो ।त्यस्तै आज चाँदीको भाउ प्रतितोला ७५ रुपैयाँ घटेसँगै ४ हजार ९४५ रुपैयाँ छ । अघिल्लो दिन ५ हजार २० रुपैयाँ थियो । गत शुक्रबार चाँदी ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।...
सीमामा मधेसी जनतामाथि चरम दमन भयो, हामी विद्रोहको नजिक छौँ- महन्थ ठाकुर
राजनीति, समाचार

सीमामा मधेसी जनतामाथि चरम दमन भयो, हामी विद्रोहको नजिक छौँ- महन्थ ठाकुर

नेपालअखबार,काठमाडौं ।  राष्ट्रिय सभा सदस्य एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेस र नेपाल–भारत सीमा क्षेत्रमा सर्वसाधारणमाथि दुर्व्यवहार भएको बताएका छन्। सरकारले एक सय रूपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम लागू भएपछि सीमानामा नागरिकहरूमाथि दुर्व्यवहार भएको उनले बताएका हुन्। बुधबार राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै ठाकुरले सीमा नाकामा सर्वसाधारणले भोग्नुपरेको सास्ती र राज्यको उदासिनताले गर्दा आफूहरू ‘विद्रोहको नजिक’ पुगेको चेतावनीसमेत दिएका छन्। 'मन्त्रीज्युहरू मिटिङमा व्यस्त हुनुहुन्छ, हाम्रो कुरा सुन्ने समय उहाँहरूसँग छैन। हामी विद्रोही त होइनौँ, तर राज्यको यस्तै व्यवहार रहिरहने हो भने हामी विद्रोहको निकै नजिक छौं,’ उनले भने। एक सय रूपैयाँको सामान ल्याउँदा पनि भन्सार भनेर घन्टौं...