Tuesday, August 4

समाचार

गुडिरहेको कारमाथि ढुंगा खसेपछि लाग्यो आगो
समाचार, समाज

गुडिरहेको कारमाथि ढुंगा खसेपछि लाग्यो आगो

नेपालअखबार,चितवन । गुडिरहेको कारमा ढुंगा खसेर आगलागी भएको छ। चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा गुडिरहेको कारमा ढुंगा खसेर आगो लागेको हो। बिहीबार सडक माथिबाट खसेको ढुंगा लागेर कारको पेट्रोल ट्याङ्की फुट्दा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए। अपराह्न सवा ३ बजेतिर इच्छाकामना–५ स्थित तुइनखोलामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको कारमा माथिबाट अचानक ढुंगा खसेको थियो। घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको खनालले बताए।...
वीरगञ्जको मुख्य सडक विस्तारविरुद्ध मानव साङ्लो प्रदर्शन
समाचार, समाज

वीरगञ्जको मुख्य सडक विस्तारविरुद्ध मानव साङ्लो प्रदर्शन

नेपालअखबार,वीरगञ्ज । त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने तयारीविरुद्ध स्थानीय घरधनी तथा व्यवसायीहरू आन्दोलित भएका छन् । बिहीबार गण्डकदेखि मितेरी पुलसम्मका बासिन्दा र व्यवसायीहरूले ‘डोजर आतंक’ बन्द गर्न माग गर्दै मानव साङ्लो निर्माण गरी विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले सडकको दुवैतर्फ उभिएर हातमा हात मिलाउँदै सडक विस्तारको वर्तमान योजनाप्रति असन्तुष्टि जनाएका थिए । उनीहरूले ‘हामी विकास र विस्तार चाहन्छौँ, तर वैकल्पिक उपाय खोजौँ’, ‘विकासको नाममा विनाश गर्न पाइँदैन’, ‘वीरगञ्जको मेनरोडलाई सहरी मार्ग कायम गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । स्थानीय घरधनीहरूले दशकौँदेखि कानुनी प्रक्रिया पूरा गरेर निर्माण गरिएका घर तथा व्यावसायिक संरचना भत्काउने तयारीले हजारौँ परिवार विस्थापित हुने र वीरगञ्जको पुरानो व्यापारिक अस्तित्व नै सं...
इन्डोनेसियामा बस र ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु
दुर्घटना, विदेश, समाचार, समाज

इन्डोनेसियामा बस र ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु

नेपालअखबार,काठमाडाैँ । इन्डोनेसियाको सुमात्रा टापुस्थित ट्रान्स–सुमात्रा राजमार्गमा बुधबार यात्रुवाहक बस र इन्धन बोकेको तेल ट्याङ्कर एकआपसमा ठोक्किँदा भीषण आगलागी भएको छ । दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । अधिकांश पीडित सवारीभित्रै च्यापिएर जलेका कारण उद्धार कार्य निकै कठिन बनेको अधिकारीहरूले बताएका छन् । दक्षिण सुमात्रा प्रान्तको उत्तरी मुसी रावास रिजन्सी क्षेत्रमा दिउँसो भएको उक्त दुर्घटनामा करिब २० जना यात्रु बोकेको अन्तरसहर बस पूर्ण रूपमा जलेर नष्ट भएको थियो । स्थानीय विपद् व्यवस्थापन एजेन्सीका अधिकारी मुगोनोका अनुसार बस दक्षिण सुमात्राको लुबुक्लिङ्गाउ सहरबाट जाम्बीतर्फ गइरहेको थियो । प्रारम्भिक अनुसन्धानले बसमा ठक्करअघि प्राविधिक समस्या देखिएको सङ्केत गरेको छ । मुगोनोका अनुसार बसबाट अचानक स्पार्क निस्किएको हुन सक्ने अनुमान गरिएको छ । सम्भावित ...
नेपालमा वामपन्थी मात्रै होइन समग्र लोकतान्त्रिक शक्तिहरू नै हारेका हुन् : शंकर पोखरेल
राजनीति, समाचार

नेपालमा वामपन्थी मात्रै होइन समग्र लोकतान्त्रिक शक्तिहरू नै हारेका हुन् : शंकर पोखरेल

नेपालअखबार,काठाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको गत निर्वाचनमा नेपालका वामपन्थी शक्ति मात्र नभइ समग्र लोकतान्त्रिक शक्तिहरू नै पराजित भएको बताएका छन्। महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत् धारणा राख्दै भारतको केरला राज्यमा भएको वामपन्थको हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको टिप्पणी गर्न नमिल्ने बताएका हुन्। ‘भारतको केरला राज्यमा भएको वामपन्थको हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको भनेर विश्लेषण गर्न थालिएको छ। जबकि केरलामा प्रायः प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुँदै आएको इतिहास छ। अपवादका रूपमा अघिल्लो निर्वाचनमा वाम गठबन्धन पुनः सत्तामा दोहोरिएको थियो,’ उनले भनेका छन्। नेपालको वामपन्थको भविष्य कुनै एक चुनावी परिणामले नभइ त्यसका भविष्यमुखी एजेन्डा, जनता र राष्ट्रको हितका पक्षका गतिविधि र जनतासँगको सम्वन्धका आधारमा निर्धारण हुने उनको ...
गोकुल बास्कोटाको सुझाव– प्रदेश, जिसस र प्रतिनिधि सभाको समानुपातिक खारेज
राजनीति, विचार, समाचार

गोकुल बास्कोटाको सुझाव– प्रदेश, जिसस र प्रतिनिधि सभाको समानुपातिक खारेज

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका गोकुलप्रसाद बास्कोटाले संविधान संशोधन गर्ने भए प्रदेश संरचना र जिल्ला समन्वय समिति (जिसस) खारेज गर्न सुझाव दिएका छन् । साथै राष्ट्रिय सभा पूरै समावेशी बनाउन र प्रतिनिधिसभाबाट समानुपातिक हटाउन पनि उनले सुझाव दिएका छन् । उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन उपयुक्त हुने उनको राय छ । पूर्वमन्त्री समेत रहेका बास्कोटाले आज सामाजिक सन्जाल फेसबुकमार्फत् सो सुझाव दिएका हुन् । सरकारको नेतृत्वकर्ता दल रास्वपाले पहिले संघीयता खारेज हुनुपर्ने भनेको स्मरण गर्दै उनले प्रश्न गरेका छन्– ‘अब संविधान संशोधन गर्ने कि नाई ?’ ‘गर्ने हो भने केन्द्र र पालिका होस्,’ उनले भनेका छन् । राष्ट्रिय सभा १०५ सिट बनाउन र महिला र पुरुष ५०–५० प्रतिशत प्रतिनिधित्व गराउन उनले सुझाव दिएका छन् । संविधान संशोधनमा सुझाव दिँदै बास्कोटाले थप लेखेका छन्, ‘राष्ट्रिय सभा १०५ सिट,...
पहिरोले कतै बाटो पूर्ण अवरुद्ध, कतै एकतर्फी सुचारु
समाचार, समाज

पहिरोले कतै बाटो पूर्ण अवरुद्ध, कतै एकतर्फी सुचारु

नेपालअखबार, काठमाडौँ । देशका विभिन्न भागमा परेको वर्षाका कारण आएको बाढी र पहिरोले गर्दा मुख्य राजमार्गहरूमा अवरोध सिर्जना भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कोशी, बागमती र कर्णाली प्रदेशका केही खण्डहरूमा यातायात प्रभावित भएको छ । कोशी प्रदेशमा भोजपुर, संखुवासभा र इलाममा सडक अवरुद्ध भएको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका ५ बोखिममा वैशाख १२ गतेदेखि बाढीका कारण बाटो प्रभावित भएको छ । हाल त्यहाँ वैकल्पिक बाटो प्रयोग गरी यातायात एकतर्फी सञ्चालन गरिएको छ । कोशी राजमार्ग अन्तर्गत मकालु गाउँपालिका–३ नयाँबस्तीमा वैशाख २३ गते राति गएको पहिरोका कारण बाटो अवरुद्ध भएको थियो । आज बिहान ५ बजेदेखि बाटो एकतर्फी सञ्चालनमा आएको छ । निरन्तर वर्षाका कारण इलामको सलकपुर खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । यद्यपि, त्यहाँ वैकल्पिक बाटो उपलब्ध रहेको जानकारी दिइएको छ । ...
इरानसँगको युद्ध छिट्टै समाप्त हुन्छ : ट्रम्प
राजनीति, विश्व, समाचार

इरानसँगको युद्ध छिट्टै समाप्त हुन्छ : ट्रम्प

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै समाप्त हुने बताएका छन् । जर्जियाको गभर्नर पदका लागि रिपब्लिकन उम्मेदवार बर्ट जोन्सको समर्थनमा आयोजित कार्यक्रममा ट्रम्पले यस्तो दाबी गरेका हुन् । उनले आफू होर्मुज स्ट्रेट र इरानको परमाणु कार्यक्रमबारे सम्झौताको प्रयासमा रहेको पनि बताए । सीएनएनका अनुसार इरानले बिहीबार मध्यस्थकर्ताहरूलाई अमेरिकी प्रस्तावबारे आफ्नो जवाफ दिँदैछ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकी प्रस्तावबारे पाकिस्तानी मध्यस्थकर्तासँग आफ्नो राय राख्ने बताएका छन् । सीएनएनले स्रोतको अवाला दिँदै अमेरिका र इरान दुवै देश युद्ध समाप्ती का लागि सम्झौतातर्फ बढेका छन् । इरानले अहिले अमेरिकाको प्रस्तावमाथि विचार–विमर्श भइरहेको जनाएको छ ।...
मुख्यमन्त्री पदबाट राजीनामा नदिने ममता बनर्जीको अडान
राजनीति, विदेश, समाचार

मुख्यमन्त्री पदबाट राजीनामा नदिने ममता बनर्जीको अडान

नेपालअखबार,काठाडौं । ममता बनर्जीले पश्चिम बंगालको निर्वाचनमा आफ्नो दलको पराजयपछि पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने घोषणा गरेकी छन्। तृणमूल कांग्रेसकी अध्यक्ष बनर्जीले चुनावमा पराजित नभएको भन्दै पद नछाड्ने घोषणा गरेको भनेर बिबिसी हिन्दीले लेखेको छ। १५ वर्षदेखि सत्तामा रहेको तृणमुलले यसपालि ८० सिट मात्रै ल्याएको छ। यहाँ भाजपाले २०७ सिट प्राप्त गर्दै सरकार बनाउँदैछ। ममता आफै भवानीपुर सिटमा पराजित भएकी थिइन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भारतीय जनता पार्टी (भाजपा) माथि चुनावमा बेइमानी गरेको आरोप लगाइन्। 'हारको प्रमाण भए राजीनामा दिन्थेँ, तर जबर्जस्ती कसैले भन्नु भनेको स्वीकार्य हुँदैन,' उनले भनिन्। साथै, उनले निर्वाचन प्रक्रियामा भारतीय निर्वाचन आयोगलाई मुख्य दोषी रहेको आरोपसमेत आरोप लगाइन्। उनले अब पार्टीभित्र छलफल गरेर आगामी रणनीति तय गरिने र भाजपाको 'अत्याचार'...
काठमाडौंमा पेस्तोल देखाएर सुनचाँदी पसल लुट्न खोज्ने तीन जना पक्राउ
अपराध, प्रशासन, समाचार, समाज

काठमाडौंमा पेस्तोल देखाएर सुनचाँदी पसल लुट्न खोज्ने तीन जना पक्राउ

नेपालअखबार,काठमाडौं । काठमाडौंमा पेस्तोल देखाएर लुट्ने प्रयास गरेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। वैशाख १७ गते इन्द्रचोकस्थित नैना एन्ड इसन ज्वेलर्समा दुई जनाले लुटपाट  प्रयास गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा विकेश राजवाहक र अरूण भुजेल छन्। उनीहरूबाट प्रहरीले एउटा पेस्तोल समेत बरामद गरेको छ। अर्का एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्ने व्यक्ति ललितपुरका हरिकृष्ण महर्जन हुन्। उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा समेत बाहिरिएको थियो। जहाँ हेलमेट, नकाब र कालो कपडा लगाएका दुई जना पसल छिरेको देखिन्छ। एक्लै बसिरहेकी एक जना महिलालाई उनीहरूले पेस्तोल तेर्साएर लुट्ने प्रयास गरेको भिडिओमा देखिएको छ। ती महिला कर्मचारीले पनि त्...
सभापति थापाले पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रशिक्षण दिने
राजनीति, समाचार

सभापति थापाले पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रशिक्षण दिने

नेपालअखबार,काठाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् । उनी बुधबार बस्न लागेको संसदीय दलको बैठकमा सांसदहरूलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशक्षिण दिने भएका हुन् । दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका छन् । ‘संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे दलको बैठकमा सभापति गगन थापाले सांसदहरूलाई फेसिलिटेट गर्नु हुन्छ,’ नेता आङ्देम्बेको सचिवालयले भन्यो । सचिवालयका अनुसार बैठकमा अध्यादेश र सुकुम्बासी मुद्दामा पार्टीले लिने ‘स्ट्यान्ड’ बारे छलफल हुने छ । कांग्रेस सांसद गीता गुरूङले बैठकमा सरकारको सिफारिसमा जारी भएका अध्यादेश र सुकुमवासीको विषयमा छलफल हुने जानकारी दिइन् ।...