Tuesday, August 4

समाचार

आहा ! एन्जेलिया
समाचार, समाज

आहा ! एन्जेलिया

नेपालअखबार,इलाम । ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल । सात रोपनीमा बनिएको दृश्यावलोकन स्थल (भ्यूटावर) सहितको उद्यान र फूलबारीमा पुग्नेबित्तिकै पर्यटक लोभिन्छन् । सूर्योदय नगरपालिका–४ मा पर्ने गुफापाताल इलामको नयाँ पर्यटकीय गन्तव्य हो । “सबै फूल एकैपटक फूल्दा त शृङ्गारिएकी बेहुलीजस्तै धपक्क बल्दोरहेछ । म त उत्तै बसिरहुँ लाग्यो”, पोखराबाट आएकी शारदा सुवेदीले भनिन्, “पर्यटक लोभिदा रहेछन् । अलिकति बाटोचाहिँ बनाउनै बाँकी रहेछ ।” वसन्त ऋतुमा फुल्ने गुराँस प्रजातिको फूल हो एन्जेलिया । यो क्षेत्रमा करिब पाँच हजार एन्जेलियाका बोटहरू छन् । याममा नेपाल, भारत, बङ्गलादेश र भुटानका पर्यटकले गुफापाताल भरिभराउ हुन थालेको छ । “फोटो खिच्न, भिडियो बनाउनमात्र होइन यहाँबाट देखिने सूर्योदय, सूर्यास्त हेर्न, हिमशृङ्खला नियाल्न र इलाम, पाँचथर, तेह्रथुम, झापासहित भारत पश्चिम...
सुन तोलामा ५ हजार ८ सय रुपैयाँ बढ्यो
कर्पोरेट, समाचार

सुन तोलामा ५ हजार ८ सय रुपैयाँ बढ्यो

नेपालअखबार,काठमाडौं । बुधबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै गत बुधबार २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।चाँदीको भाउ आज तोलामा १७५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५५ रुपैयाँ पुगेको छ । गत बुधबार चाँदी प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।...
चितुवाको आक्रमणबाट एकजना घाइते
समाचार, समाज

चितुवाको आक्रमणबाट एकजना घाइते

नेपालअखबार,जनकपुरधाम । धनुषामा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन् ।  मिथिला नगरपालिका–७, केमलीपुरक ४८ वर्षीय किर्तिमान विक घाइते भएका हुन् । आज बिहान खेतमा लगाइएको तारजालीको बारमा चितुवा फसेका छन् । विक त्यही हेर्न गएको बेला चितुवाले उनीमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । घाइते विकको  ढल्केबरस्थित एक निजी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । चितुवा अझै पनि सोही तारजालीमा पासोमा परेको र उद्धारको लागि वन कार्यालय तथा सुरक्षाकर्मी टोलि पुगेको जान लागेको प्रहरीले जनाएको छ ।...
रुपन्देहीमा सुकुमबासीले गरे आन्दोलन घोषणा
समाचार, समाज

रुपन्देहीमा सुकुमबासीले गरे आन्दोलन घोषणा

नेपालअखबार, बुटवल । रुपन्देहीका भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । भूमिहीन सुकुमबासी र अव्यवस्थित सङ्घर्ष समिति रुपन्देहीले मङ्गलबार बुटवलमा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। सङ्घर्ष समितिका संयोजक खगेन्द्र पौडेलले बिहीबार बुटवलमा विरोध र्‍याली स्वरूप बृहत् प्रदर्शन गर्न लागिएको जानकारी दिए। उनका अनुसार बुटवलको राजमार्ग चौराहामा ठुलो सङ्ख्यामा भूमिहीन सुकुमबासी भेला भएर मिलन चोक–अस्पताल राेड हुँदै ट्राफिक चोकमा पुगेर कोण सभा गर्ने कार्यक्रम छ। त्यसपछि जिल्लाका स्थानीय तह र प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ। उनले सरकारले आवश्यक तयारी र छलफलबिना भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई उठिबास लगाउने गरी डोजर आतङ्क मच्चाएको बताउँदै  ‘सरकारले विगतमा नाप जाँच भएका जग्गाको तत्का...
मारवाडी सेवा समितिलाई धक्का, पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
प्रशासन, समाचार

मारवाडी सेवा समितिलाई धक्का, पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

नेपालअखबार, काठमाडौँ । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौँ जिल्ला अदालतकै फैसलालाई उच्च अदालत पाटनले पनि सदर गरेको छ । सो फैसलासँगै मारवाडी सेवा समितिले व्यापार व्यवसाय सञ्चालन गरिरहेको गौशाला धर्मशालाका जग्गा खाली गनुपर्ने भएको छ । करिब २५ वर्षदेखि समितिको कब्जामा रहेको साविक पशुपति पञ्चायत वडा नं २ को कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई दाम र कित्ता नम्बर ८५ को चार रोपनी १० आना जग्गामा समितिको मोही हक नलाग्ने ठहर जिल्ला अदालत काठमाडौँले गरेको थियो । यसैलाई उच्च अदालत पाटनले सदर गरेको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए । फैसलासँगै पशुपति गौशाला धर्मशालाको सबै स्वामित्व कोषमै फिर्ता भएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्गबहादुर केसी र रमेशप्रसाद ज्ञवालीको इजलासले सोमबार फैसला गर्दै काठमाडौँ जिल्ला अदालतको ‘पशुपति क्षेत्र विक...
सर्वोच्च अदालतले सरकारसँग माग्यो सुकुम्बासी हटाउँदाको विधि, मानवअधिकारको अवस्था
प्रशासन, राजनीति, समाचार

सर्वोच्च अदालतले सरकारसँग माग्यो सुकुम्बासी हटाउँदाको विधि, मानवअधिकारको अवस्था

नेपालअखबार, काठमाडौं । सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउँदा अपनाइएको विधि र हटाएपछि उनीहरूको मानवअधिकार अवस्थाबारे सरकारसँग विवरण मागेको छ। सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णयविरूद्ध परेको रिटमा सोमबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले पाँच बुँदामा विवरण मगाएको हो। यो विषयमा अन्तरिम आदेश दिने/नदिने छलफल गर्न बुधबार दुवै पक्षलाई बोलाइएको छ। 'प्रस्तुत निवेदनको सुनुवाइ हुँदाका समयसम्म पनि विभिन्न बस्ती जबर्जस्ती खाली गराइरहेको भनी निवेदकले जानकारी गराएको हुँदा प्रस्तुत निवेदनमा अन्तरिम आदेश जारी हुने/नहुने सम्बन्धमा दुवै पक्षको भनाइ सुनी निष्कर्षमा पुग्नु मनासिब हुँदा २०८३ वैशाख २३ गतेका लागि अन्तरिम आदेश छलफलका लागि उपस्थित हुनु भनी विपक्षीहरूलाई सूचना दिनू,' आदेशमा भनिएको छ, 'उल्लिखित अन्तरिम आदेश छलफलमा उपस्थित हुँदा बस्ती खाली गराउनेसम्बन्धी विपक्षीहरूबाट निम्न तथ्य, ...
सरकारले भन्यो- इन्धनको मूल्य घटाउन सकिँदैन
अर्थ, समाचार, समाज

सरकारले भन्यो- इन्धनको मूल्य घटाउन सकिँदैन

नेपालअखबार,काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार बिक्री गर्नुपर्ने भएकाले पेट्रोलियम पदार्थ लगायत इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको बताएका हुन् । मंगलबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले सरकारले बाध्य भएर उक्त वस्तुहरूको मूल्य बढाउनुपर्ने अवस्था रहेको बताए । आम उपभोक्ताहरूले मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई दबाब दिइरहेका छन् । तर सचिव राउतले अहिले पनि खाना पकाउने ग्यास, पेट्रोल लगायतका वस्तुहरूमा सरकारले घाटामा व्यापार गरिरहेको दाबी समेत गरे । स्वचालित मूल्यमा बिक्री गर्ने भने सरकारले पेट्रोल लगायतका इन्धनहरूको बिक्री...
सुकुम्बासी बस्तीमा व्यस्त डोजर रोशीमा बाटो खोल्न पठाउनू– हर्क साम्पाङ
राजनीति, समाचार

सुकुम्बासी बस्तीमा व्यस्त डोजर रोशीमा बाटो खोल्न पठाउनू– हर्क साम्पाङ

नेपालअखबार,काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतले लिपुलेकबाट मानसरोवर जाने बाटो खोल्दा के गरिराख्नु भएको थियो भन्दै सरकारलाई प्रश्न गरेका छन्। मंगलबार विज्ञप्तिमार्फत् उनले सरकारको ध्यानाकर्षण गराएका हुन्। ‘नेपालको भूभाग लिपुलेक हुँदै भारतले कैलाश–मानसरोबर जाने बाटो खोलिरहँदा के गरिराख्नु भएको थियो? दार्चुलाको दुम्लिङसम्म बाटो पुर्‍याउन नसक्ने नालायक बनेर... पारिपट्टि सीमा नदी महाकाली मिचेर भारतले बाटो बनाएर किनारै किनार लगिरहँदा किन रोक्नु भएन?,’ उनले प्रश्न गरेका छन्। अहिले उक्त बाटो सम्पन्न गरेर नाका सञ्चालनको चरणमा पुगिसक्दा पनि सरकारको भूमिका नदेखिएको भन्दै उनले प्रश्न उठाएका हुन्। यो बेला एउटा कूटनीतिक नोट मात्रै पठाएर कर्मकाण्डी सरकारी औपचारिकता पूरा गरेर मात्रै नहुने उनको भनाइ छ। ‘सो विषयलाई सम्वाद ल्याउन वार्ता टोली बनाएर वार्ता सुरू गर्नु पर्द...
ट्रेड युनियन खारेज पार्टीविरुद्धको लडाइँ होइन : प्रधानमन्त्री बालेन
राजनीति, समाचार

ट्रेड युनियन खारेज पार्टीविरुद्धको लडाइँ होइन : प्रधानमन्त्री बालेन

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेज कुनै पनि पार्टीविरूद्धको लडाइँ नभएको बताएका छन् । विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेजको विरोध भइरहेका बेला उनले सरकारको निर्णय प्रणाली बचाउने प्रयास भएको बताएका हुन् । ‘यो कुनै पार्टीविरुद्धको लडाइँ होइन । यो प्रणाली बचाउने प्रयास हो । यो भविष्य बचाउने प्रयास हो’, प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्, ‘यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो । शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो ।’ प्रधानमन्त्रीले ‘विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्‍यो’ भन्दै आएको  पत्रकार, नेता, अभियन्ता, व्यापारी र आमजनताको साथ र सहयोगको अपेक्षा पनि गरेका छन् । ‘तपाईंहरूकै चाहनाअनुरुप अध्यादेशमार्फत् यी विकृतिहरू हटाए...
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज
प्रशासन, समाचार, समाज

अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज

नेपालअखबार, काठमाडौं । अर्को विवाह गरेमा एकल महिला (विधवा) ले पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा २१४(२) मा भएको व्यवस्था खारेज गरेको हो । उक्त ऐनको दफा २१४(२) मा ‘विधवाले अर्को विवाह गरेमा निजले अंश वापत पाएको सम्पत्ति त्यस्ती विधवाको अघिल्लो पति तर्फ छोरा छोरी भएमा त्यस्ता छोरा छोरीले र नभएमा निज आफैंले लिन पाउनेछ’ भन्ने व्यवस्था थियो । नेपालको संविधानमा भएको समानताको हक प्रतिकूल भएको भन्दै सोमबारको संवैधानिक इजलासले उक्त कानूनी व्यवस्था खारेज गरेको हो । एकल पुरुषको हकमा त्यस्तो व्यवस्था नभएको तर एकल महिला (विधवा)को हकमा सम्पत्ति फिर्ताको व्यवस्था समानताको हक र महिलासम्बन्धी हक प्रतिकुल भएको भन्दै महिला कानुन र विकास मञ्चको तर्फबाट वरिष्ठ अधिवक्ता मीरा ढुंगानाले सर्वोच्च अद...