गुआम पुग्यो सुपर टाइफुन ‘बाभी’ : २५० किलोमिटर प्रतिघण्टाभन्दा बढीको गतिको आँधी र वर्षा सुरु
नेपालअखबार,गुआम । सुपर टाइफुन ‘बाभी’ टापुमा ठोक्किएसँगै गुआम र उत्तरी मारियाना टापुहरूमा शक्तिशाली हावाहुरी र भारी वर्षा सुरु भएको छ।
अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) का अनुसार बाभीको पश्चिमी केन्द्र भाग (आई) प्रशान्त महासागरीय टापुहरूमाथिबाट अघि बढिरहेको छ। यस आँधीमा हावाको गति प्रतिघण्टा २९० किलोमिटर र झोक्काको गति प्रतिघण्टा ३५० किलोमिटरसम्म रहेको छ।
मौसम सेवाले यो ‘अत्यन्तै खतरनाक’ आँधीका कारण ११ मिटरसम्म अग्ला छालहरू आउन सक्ने र यसले ‘विनाशकारी’ क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ। पश्चिमी प्रशान्त महासागरीय क्षेत्र उष्णकटिबंधीय चक्रवातका लागि बढी संवेदनशील मानिन्छ।
अमेरिकी टापुहरूका लागि यति धेरै शक्तिशाली आँधी आउनु असामान्य भए पनि जलवायु परिवर्तनका कारण यस्ता शक्तिशाली टाइफुनहरू आउने क्रम बढेको वैज्ञानिकहरूले बताएका छन्। यस क्षेत्रका बासिन्दाहरू सुपर टाइफुनको आगम...










