कोरियाको ई–७ भिसा प्रक्रिया सुरु, म्यानपावरमार्फत दक्ष कामदार जान पाउने
नेपालअखबार,काठमाडौँ । गणतन्त्र कोरियामा दक्ष कामदारका रूपमा जानका लागि लामो समयदेखि रोकिएको ई–७ भिसा प्रक्रिया सुरु भएको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै रोकिएको प्रक्रियालाई अगाडि बढाउन निर्देशन दिएको हो । गत असार १५ गते श्रम मन्त्रीले मन्त्रीस्तरीय निर्णयमार्फत ई–७ भिसा खुलाउने निर्णय गरेको छ ।
सोही निर्णयका आधारमा मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै कोरियास्थित नेपाली दूतावासमार्फत मागपत्र प्रमाणीकरणको कार्य अगाडि बढाउन अनुरोध गरेको छ ।
श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले सरकारले प्रचलित ऐन, कानुन, नियम, अदालतको आदेश र कार्यविधि अनुसार नै यो प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको जानकारी दिए ।
मन्त्रालयका प्रवक्ता घिमिरेका अनुसार मागपत्र प्रमाणीकरण भई श्रम स्वीकृति प्राप्त गरेका कामदारहरू अब दक्षिण कोरिया जान पाउनेछन् । प्रव...










