खानेपानी योजनाको दिगोपनाका लागि सिद्ध कुमाखमा पानी सम्मेलन
नेपालअखबार, सल्यान । ‘सबैका लागि सुरक्षित पानी, सबैको साझा जिम्मेवारी’ भन्ने नारासहित सल्यानको सिद्ध कुमाख गाउँपालिकामा पालिकास्तरीय पानी सम्मेलन सम्पन्न भएको छ ।
खानेपानी योजनाको संरक्षण, प्रभावकारी व्यवस्थापन तथा दिगोपना सुनिश्चित गर्ने उद्देश्यले मंगलबार ढोरचौरमा खानेपानी उपभोक्ता समितिहरूको दिगोपनसम्बन्धी कार्यशाला तथा पानी सम्मेलन आयोजना गरिएको हो ।
सिद्ध कुमाख गाउँपालिकाको आयोजनामा सम्पन्न सम्मेलनमा गाउँपालिकाभित्र रहेका विभिन्न खानेपानी उपभोक्ता समितिका अध्यक्ष, सचिव तथा पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
सम्मेलनमा खानेपानी स्रोतको संरक्षण, योजनाको नियमित मर्मतसम्भार, उपभोक्ता समितिको संस्थागत क्षमता अभिवृद्धि, सुरक्षित खानेपानीको पहुँच विस्तार तथा समुदायको भूमिकाबारे छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भरत गिरीले सुरक्षित खानेपानी प्रत्...










