Friday, August 7

समाज

रसुवा बाढीमा फसेका ४ वटा ईभी र ११ वटा कन्टेनर सुरक्षित स्थानमा सारियो
समाचार, समाज

रसुवा बाढीमा फसेका ४ वटा ईभी र ११ वटा कन्टेनर सुरक्षित स्थानमा सारियो

नेपालअखबार, काठमाडौँ । गत असार २४ गते मध्यरातमा आएको रसुवा बाढीमा फसेका थप ४ वटा ईभी गाडी र ११ वटा कन्टेनरलाई सुरक्षित स्थानमा सारिएको छ । रसुवा भन्सार कार्यालय टिमुरे यार्डमा फसेका ती गाडीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टिम्मुरेबाट सुरक्षित स्थानमा सारिएको हो  । सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेको कमाण्डमा खटिएको सुरक्षा फौजले शुक्रबार गाडी र कन्टेनरलाई सुरक्षित स्थानमा सारेका सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।...
आज यी पाँच प्रदेशमा भारी वर्षा हुने सम्भावना
समाचार, समाज

आज यी पाँच प्रदेशमा भारी वर्षा हुने सम्भावना

नेपालअखबार,काठमाडौं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने पूर्वानुमान  छ। त्यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्काद...
‘मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा’
समाचार, समाज

‘मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा’

नेपालअखबार,काठमाडौं । पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले नेपाल चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री समस्यामा परेको बताएको छ। टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले शुक्रबार एक विज्ञप्ती जारी गरी गत मङ्गलबार विहान लेहेन्दे खोलामा आएको बाढीका कारण पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्री समस्यामा परेको बताएका हुन्। टानले मितेरी पुल बगाउँदा रसुवागढीबाट सडक मार्ग हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको कैलाश मानसरोबर यात्रामा जाने  नेपाली तथा विदेशी तीर्थयात्री तथा पर्यटक तिब्बत प्रवेश गर्नबाट वञ्चित हुनुपरेको भन्दै तत्काल चीन सरकासँग कुटनीतिक पहल गरी तातोपानी, कोरोला, हिल्सालगायतका नाकाबाट मानसरोवर जाने वातावरण मिलाउन आग्रह गरेको छ। टानका अध्यक्ष सागर पाण्डेले कैलाश मानसरोवर यात्रा गर्ने सिजनको मुखमै चीनको स्वशासित क्षेत्र ...
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
समाचार, समाज

रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार

नेपालअखबार,काठमाडौँ  । माथिल्लो जलाधार क्षेत्रमा हिमताल विष्फोट भएर रसुवामा मंगलबार आएको बाढीमा परेर मृत्यु हुने ११ जना पुगेका छन् । यसअघि नौ जनाको मृत्यु भएकामा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई जनाको शव फेला परेसँगै आजसम्म मृत्यु हुनेको संख्या ११ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार अहिलेसम्म बाढीमा फसेका अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएका गरी ८६२ जनाको उद्धार गरिएको छ । उनीहरूलाई उद्धार गरी सुरक्षित गन्तव्यतर्फ पठाइएको उनले बताए । अहिलेसम्म एक जनाको शव सनाखत भएको र अन्य शवहरूको सनाखत हुनसकेको छैन । कतिपयको चिन्न नसक्ने अवस्थाको र कतिपय मानव अङ्गमात्र फेला पारिएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका एक जना प्रहरी (असई...
‘उदयपुर फाइल्स’हिन्दी फिल्मलाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह
चलचित्र, समाचार, समाज

‘उदयपुर फाइल्स’हिन्दी फिल्मलाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

नेपालअखबार, काठमाडौं । भारतीय फिल्म ‘उदयपुर फाइल्स : कन्हैयालाल टेलर मर्डर’लाई नेपालमा रिलिज नगर्न नेपालका मुस्लिम समुदायले सरकारसँग आग्रह गरेका छन् । मुस्लिम आयोग र चलचित्र विकास बोर्डमा पत्र लेख्दै उनीहरूले फिल्मले नेपालको शान्तिलाई हानी पुर्‍याउन सक्ने बताइएको छ । फिल्ममा पैगम्बर मोहम्मदको अपमान गरेको, मदरसा र मुस्लिम शिक्षक तथा मुस्लिम विद्यार्थीलाई बदनाम गरेको, हिन्दु-मुस्लिम दंगा देखाइएको जनाउँदै फिल्म रोक्न माग गरिएको हो । ‘हाम्रो देशमा हिन्दु र मुस्लिम सबै धर्मका मानिसहरू मिलेर बस्छन् । यस्ता चलचित्रले हाम्रो देशको शान्तिलाई हानि पुर्‍याउन सक्छन्’ पत्रमा उल्लेख छ, ‘त्यसकारण, हामी मुस्लिम आयोगलाई हाम्रो देश नेपालमा यो फिल्म रिलिज नगर्न नेपाल सरकारलाई तुरुन्तै अपिल गर्न अनुरोध गर्दछौं ।’ बोर्ड अध्यक्ष दिनेश डीसीले पनि पत्र आफूकहाँ आइपुगेको जनाउँदै यसप्रति ध्यानाकर्षण भए...
पर्वतीय क्षेत्रमा बढ्दै जोखिम, किन भइरहेछ हिमताल विस्फोट?
समाचार, समाज, हाइलाइट-समाचार

पर्वतीय क्षेत्रमा बढ्दै जोखिम, किन भइरहेछ हिमताल विस्फोट?

नेपालअखबार,काठमाडौं । गत मंगलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दो खोलामा बाढी आयो। बाढीका कारण चीन–नेपालका गरी अहिलेसम्म १९ जना नागरिक बेपत्ता छन् भने सात जनाको मृत्यु भएको छ। ३० मेगावाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने मितेरी पुल बगाएको छ। एक सयभन्दा बढी इलेक्ट्रिक सवारीसाधन बाढीसँगै बगेर गयो भने चीनसँगको व्यापार अवरुद्ध भएको छ। जल तथा मौसम विज्ञान विभाग हिमताल विस्फोटबाटै बाढी आएको प्रारम्भिक निष्कर्षमा पुगेको छ। विभागका बाढीविज्ञ विनोद पराजुलीले सुप्राग्लेसियर तालको पानी निकास हुँदा बाढी आएको भन्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए। ‘रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करिब ३६ किलोमिटरमाथि (अक्षांशः २८.४०४३, देशान्तरः ८५.६४६९, समुद्री सतहबाट करिब ५१५० मिटर उचाइ) ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा पर्छ।  हिमनदीको करिब बीच भागमा विकास भएको सुप्रा...
कालीगण्डकी करिडोर अवरुद्ध
समाचार, समाज

कालीगण्डकी करिडोर अवरुद्ध

नेपालअखबार,गुल्मी,। कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ। कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ। त्यो क्रम रोकिएको छैन। अवरुद्ध सडक खोल्न प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भएको तर तत्काल पहिरो पन्छाउन असम्भव भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए। यसैबीच जिल्ला प्रशासन कार्यालयले नदी र खोला तटीय क्षेत्रका बासिन्दालाई बाढी र पहिरोबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको छ।...
प्रहरी चौकी स्थापना भएपछि खुसी भएका स्थानीयले चन्दा उठाएर बनाइदिए पक्की भवन
प्रशासन, समाचार, समाज

प्रहरी चौकी स्थापना भएपछि खुसी भएका स्थानीयले चन्दा उठाएर बनाइदिए पक्की भवन

नेपालअखबार,लहान ।  २०६७ असार महिनाको मध्यरात लहान १३ स्थित पक्की टोल गहिरो निद्रामा थियो। त्यसैबखत अचानक डाँकाहरूको समूह गाउँमा पस्यो। वस्तीका घरहरूमा ढोका फोड्दै, मान्छे कुट्दै र धनमाल लुट्दै उनीहरूले ताण्डव मच्चाए। त्यसको एक साक्षी थिए अस्मिन राउत। 'त्यो घटना वास्तवमै कहालीलाग्दो थियो। हुन त त्यस्ता कैयौं त्रासदीपूर्ण रातहरू भोग्नुपर्‍यो हाम्रो बस्तीले। ती घटना सम्झिदाँ पनि नरमाइलो लाग्छ,' उनले भने। डकैतीका शृंखलाबद्ध घटना, गाउँमा भय, प्रहरीलाई खबर गरे पनि समयमै नपुग्ने। लहान बजारबाट यहाँ प्रहरी आउँदासम्म डाँकाहरू कुलेलाम ठोकिसकेका हुन्थे। २०६७ सालको असार महिनामा भएको त्यो डकैतीको घटनाले गाउँमा नयाँ मोड लियो। घटनापछि युवाहरू जागे, गाउँको सुरक्षाका लागि आवाज उठाउन थाले। 'हो, त्यो घटना डरदाग्दो थियो, तर त्यही दिनबाट हाम्रो आँखा खुल्यो। त्यसपछि तत्कालीन गृहमन्त्री भीम रावलसमक...
रसुवाको भोटेकोशीमा पदमार्ग बनाएर ४८५ जनालाई सुरक्षित स्थानमा सारियो
प्रशासन, समाचार, समाज

रसुवाको भोटेकोशीमा पदमार्ग बनाएर ४८५ जनालाई सुरक्षित स्थानमा सारियो

नेपालअखबार,काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीले विस्थापित भएका ४ सय जना बढीलाई पदमार्ग बनाएर सुरक्षितस्थानमा सारिएको छ । २४ असार मध्यराति भोटेकोशीमा आएको विनासकारी बाढीका कारण धुन्चे–टिमुरे खण्डदेखि सीमानाकासम्मै सडक अवरुद्ध छ । शसस्त्र प्रहरी बलका अनुसार हालसम्म त्यसक्षेत्रमा फसेका ४ सय ८५ जनाको उद्धार गरी पदमार्ग बनाएर गन्तब्यतर्फ पठाइएको छ । यस्तै रसुवागढी भन्सार कार्यालय यार्डमा फसेको २ वटा कन्टेनर र एउटा ईभी गाडीलाई समेत सुरक्षित ठाउँमा सारिएको छ । बाढीमा परेर अहिले पनि ३ जना प्रहरीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक बेपत्ता छन् । हालसम्म ४ जनाको शव र ५ वटा मानव अंग फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । फेला परेका शवमध्ये एक जनाको मात्रै पहिचान खुलेको छ ।  अन्य शव र मानव अंग परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ । शव तथा मानव...
डुम्रे-बेसीशहर–चामे सडक खण्डमा राति सवारी चलाउन रोक
प्रशासन, समाचार, समाज

डुम्रे-बेसीशहर–चामे सडक खण्डमा राति सवारी चलाउन रोक

नेपालअखबार,लमजुङ। मनसुनजन्य विपद्‍बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर राख्दै डुम्रे-बेसीशहर–चामे सडक खण्ड अन्तर्गत बेसीशहरदेखि मनाङको सिमानासम्मको सडक खण्डमा रातिको समयमा अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले बिहीबार सूचना जारी गर्दै २५ असारदेखि साउन मसान्तसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएको जनाएको हो । जिल्ला सुरक्षा समिति लमजुङको २४ असारमा बसेको बैठकले यस वर्षको मनसुनजन्य विपद्‍बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस्तो निर्णय  गरेको हो । उक्त सडक खण्ड पहिरोको बढी जोखिम रहेकोले यस्तो निर्णय गर्नु परेको प्रशासनले जनाएको छ ।...