दिल्लीमा खानाभन्दा महँगो पानी भयो
नेपालअखबार,दिल्ली । ६५ वर्षीया शकुन्तला देवी आधा घण्टा मोटर चलाउँदा पनि घरमा पानी नआएपछि सिँढीबाट तल ओर्लेर अरूको घरमा पानी आएको छ कि छैन भनी हेर्न गइन् । पानी नआएकोमा निराश भइन् ।
शकुन्तला देवी भन्छिन्, ‘म हरेक दिन एक पटक आधा घण्टा मोटर चलाउँछु, तर मुस्किलले एक गिलास पानी आउँछ ।’
शकुन्तला देवी उत्तर पश्चिम दिल्लीको रोहिणी क्षेत्रको सेक्टर ३४ मा भाडामा बस्छिन् ।
शकुन्तला भन्छिन्, ‘थाहा छ पानी आउँदैन, तैपनि आइहाल्छ कि आशमा मोटर चलाउँछु, यदि पानी आयो र मैले मोटर नचलाएको बेला पर्यो भने, पानी आएको थियो, मैले भरिनँ भने पछुतो लाग्छ ।’
‘पेन्सनभन्दा बढी खर्च पानीमा’
शकुन्तला देवी ।
दिल्लीको रोहिणी क्षेत्रको सेक्टर ३४ मा बस्ने अन्यले जस्तै शकुन्तलाले पनि पिउने पानी किन्छिन् । कयौं पटक दिनमै दुई जार पानी सकिन्छ । शकुन्तला भन्छिन्, ‘वृद्धभत्ताले जीविको चलिरहेको छ, जति मैले भत्ता पाउँछु ...










