Sunday, August 9

समाज

ओबीसी आरक्षण लागू गर्न माग गर्दै आन्दोलन सुरु
समाचार, समाज

ओबीसी आरक्षण लागू गर्न माग गर्दै आन्दोलन सुरु

नेपालअखबार,काठमाडौं । नेपाल पिछडावर्ग ९ओबीसी० महासंघले पाँचबुँदे माग राख्दै सोमबारदेखि आन्दोलन सुरु गरेको छ । पिछडावर्ग महासंघले काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना सुरु गरेको हो । उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति, पिछडिएको समुदाय ९ओबीसी० उत्थान विकास समिति र वादी समुदाय उत्थान विकास समितिहरुलाई यथाशीघ्र सञ्चालन गर्न मागसहित पिछडावर्ग महासंघ आन्दोलित भएको छ । तीनवटा विकास समितिहरुमा रिक्त रहेको पदमा यथाशीघ्र पदाधिकारीहरु नियुक्ति गर्नुपर्ने, राष्ट्रिय समावेशी आयोगले पिछडावर्गको थर सूचिकरणका लागि गरिएको सिफारिस मन्त्रिपरिषद्बाट पास गरी यथाशीघ्र ओबीसी आरण लागू गर्न माग महासंघले गरेको हो । यसैगरी, नेपाल सरकार र नेपाल पिछडावर्ग ९ओबीसी० महासंघ, दलित संघ तथा वादी समुदायबीच भएको सम्झौताहरु लागू गर्नुपर्ने र तीनवटै विकास समितिमा लामो समयदेखि कार्यरत अवकासित कर्मचारी...
बिस्केट जात्राका लागि दुईवटा लिङ्गो योसिङ्खेल ल्याइयो
समाचार, समाज

बिस्केट जात्राका लागि दुईवटा लिङ्गो योसिङ्खेल ल्याइयो

नेपालअखबार,भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि ५५ हात लामो दुईवटा लिङ्गो सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारी वनबाट डोजरको सहायतामा भक्तपुर नगरपालिका भेलुखेलस्थित योसिङ्खेलमा ल्याइएको छ । तान्त्रिक विधिअनुरूप भक्तपुरमा नौ दिन आठ रातसम्म सञ्चालन हुन्छ । चैत अन्तिम दिन ५५ हात लामो योसिंद्योअर्थात् लिङ्गो उठाएर नयाँवर्ष वैशाख १ गते दिनभरि जात्रा गरिन्छ । सोही दिन साँझ उक्त लिङ्गो ढालेर भव्यरूपमा जात्रा मनाउने चलन छ । जात्रामा एउटा लिङ्गो उठाइने भए पनि भाचिने सम्भावना रहेकाले जगेडा लिङ्गो पनि ल्याउने प्रचलन छ । यस वर्ष लिङ्गो भाचिएन भने जगेडा रहेको लिङ्गो आगामी वर्ष प्रयोगमा ल्याउने गरिन्छ । जात्रामा काशी भैरवनाथको प्रतीक मानिने योसिंद्यो तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी अष्टमातृकाको प्रतीक आठ वटा डोरीले तानेर उभ्याइने गरिन्छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्...
आज विश्व वन्यजन्तु दिवस मनाइँदै
समाचार, समाज

आज विश्व वन्यजन्तु दिवस मनाइँदै

नेपालअखबार,काठमाडौं । आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिंदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाले २० डिसेम्बर २०१३ मा जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रूपमा घोषणा गरेको हो । सन् १९७३ मा आजकै दिन लोपोन्मुख प्रजातिका वन्यजन्तु र वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि (सिआइटिईएस)अनुमोदन भएको थियो । सोही वर्षको मार्च ३ देखि १४ सम्म थाइल्याण्डको राजधानी ब्याङ्कककमा आयोजित जलवायु परिवर्तनसम्बन्धी १६औँ राष्ट्रसङ्घीय सम्मेलन तथा सिआइटिईएस पक्षराष्ट्रको सम्मेलनले थाइल्याण्डको वन्यजन्तु दिवस म...
आजदेखि एक महिने रोजा सुरु
धर्म/संस्कृति, समाचार, समाज

आजदेखि एक महिने रोजा सुरु

नेपालअखबार,काठमाडौँ। इस्लाम धर्मावलम्बीले आजदेखि एक महिने ‘रोजा’ (उपवास) सुरु गरेका छन् । इस्लाम परम्परामा रमजान महिनामा दिनभरि उपवास गरी मनाइने रोजा आजदेखि सुरु भएको हो। इस्लाम परम्पराका चाडपर्व हिजरी (उर्दू) सम्वत्को पात्रोअनुसार निक्र्योल गरी रोजना मनाउने परम्परा छ। यसअनुसार हिजो ‘शावान’ महिना सकिएर आज रमजान सुरु भएसँगै रोजा उपवास थालिएको हो। रमजान इस्लामिक परम्पराको हिजरी सम्वत् अनुसार नवौं महिना हो। चन्द्रमाको गतिले निक्र्योल गरिने यो पर्वबारे नेपालका इस्लाम धर्मगुरुहरूले रमजान आजदेखि सुरु हुने ऐलान (सार्वजनिक) गरेपछि उपवास थालिएको यहाँका इस्लाम धर्मावलम्बीको भनाइ छ। हिजो साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्म गुरु मोल्वी, मौलानाले तत्कालै ‘तराबी’ नमाज (प्रार्थना) गरेर यो वर्षको रमजान आजदेखि सुरु हुने बताएका थिए । ‘शावान’ महिना सकिनासाथ पहिलो पटक चन्द्रमा देखिएपछि तत्काल...
हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन
समाचार, समाज

हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन

नेपालअखबार,मुगु । बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक अझै खुल्न सकेको छैन । सडक डिभिजन कार्यालय जुम्लाले एक्साभेटरको प्रयोग गरेर हिउँ पन्छाउन सुरु गरेपछि बाक्लो हिउँ परेकाले पन्छ्याउन समय लागेको जनाएको छ । सडकमा बाक्लो हिउँ जमेको र कतै पहिरो त कतै विजुलीका पोल ढलेकाले सडक अवरुद्ध भएको छायाँनाथ रारा नगरपालिका वडा न ५ का स्थानीय शिवचन्द्र कार्कीले बताए । कर्णाली राजमार्गको जिया–बुलबुले खण्डमा पहिरो गएकाले रारा आउने पर्यटक तथा सवारी साधन बाटोमै रोकिएको नेपालगञ्जबाट आउँदै गर्नुभएका कार्की जानकारी दिए । सडकको अवरोध हटाउन सडक डिभिजन कार्यालय जुम्लाको एक्साभेटरसहित कर्मचारीहरु र नेपाली सेनाले काम गरिरहेको जनाइएको छ । आज साँझसम्म सडकको अवरोध हटाउने गरी काम भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए । जिल्लाको भुलभुले, सिप्टिचौर, सातमोडका सडकमा सवारीसाधन आउजा...
रुकुमपूर्वमा हिमपातका कारण अलपत्र यात्रुको उद्धार
समाचार, समाज

रुकुमपूर्वमा हिमपातका कारण अलपत्र यात्रुको उद्धार

नेपालअखबार, रुकुमपूर्व । रुकुमपूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र यात्रुको उद्धार गरिएको छ । शुक्रबार रातिदेखि परेको हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको लुकुम-पातिहाल्ना क्षेत्रमा रुकुमपश्चिमबाट काठमाडौंका लागि छुटेका तीनवटा बससँगै अन्य साना गाडीमा सवार यात्रुको उद्धार गरिएको छ । हिमपातका कारण बाटो बन्द भएपछि शुक्रबार दिउँसोबाट बस रुकुमपूर्व र बागलुङ सिमाना पार गर्न नसक्दा यात्रु अलपत्र थिए । रुकुमपश्चिमबाट काठमाडौंका लागि छुटेको बस शुक्रबार दिउँसो पातिहाल्ना नजिक पुगे पनि हिउँका कारण अगाडि बढ्न नसक्दा रातभरि र शनिबार दिनभर बसमै बिताएको रुकुमपश्चिमकी प्रेमिका मल्लले बताइन्। त्यहाँ नजिकै होटल नभएको र पातिहाल्नामा भएको साना दुई होटलमा बस्न नअटाउने भएपछि ४८ घण्टासम्म खाना नपाएर बिताएको यात्रुहरूले बताएका छन् । शनिबार दिनभरि मध्यपहाडी लोकमार्गमा भएको हिउँ पन्छाएर यात...
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला
समाचार, समाज

दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

नेपालअखबार,नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्यावसायिक रूपमा दुनाटपरी बनाउन थालेकी छन्। उमेरले ६१ वर्ष पुगेकी धनिसराले घर खर्चमा मद्दत पुगोस् भनेर केही आम्दानी हुने आशमा दुनाटपरी बनाउन सुरु गरेकी हुन्। वनमा खेर गएको सालको पातबाट जीविकोपार्जनका लागि दुनाटपरीका लागि लाफा बनाएर बिक्री गर्न थालेको उनले बताइन् । “आफूले जानेको सीपलाई घरमा नै बसेर दुई/चार रुपैयाँ आम्दानी हुन्छ कि भन्ने आशा हो, वृद्ध उमेर भए पनि घर खर्च चलाउन छोराबुहारीलाई सहयोग हुन्छ कि भन्ने लागेर दुःख गर्न मन लागेको”, उनले भनिन्, “आफ्नो औषधिमुलो गर्न भए पनि खर्च पुग्छ कि भनेर नजिकैको  वनबाट पात ल्याएर दुनाटपरी गाँस्ने गरेको छु ।” बगुवनकै केसरी सिञ्जालीले पनि हिजोआज सालको पातबाट दुनाटपरी गाँस्न थालेकी छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले नुनतेलको जोहो ग...
उत्तराखण्डमा हिमपहिरो, हालसम्म ४ जनाको मृत्यु
समाचार, समाज

उत्तराखण्डमा हिमपहिरो, हालसम्म ४ जनाको मृत्यु

नेपालअखबार,उत्तराखण्ड । भारतको उत्तराखण्डस्थित चमोलीमा गएको हिमपहिरोमा हालसम्म ४ जनाको मृत्यु भएको छ।दुर्घटनाको दोस्रो दिन शनिबार १७ जना कामदारलाई उद्धार गरिएको छ । यसअघि शुक्रबार ३३ जनाको उद्धार गरिएको थियो। जसमध्ये गम्भीर घाइते चार जनाको उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ । ५ जना कामदार अझै बेपत्ता छन्। दुर्घटना स्थानीय समयअनुसार शुकबार बिहान ७:१५ बजे चमोलीको माना गाउँ नजिकै भएको थियो। मोली-बद्रीनाथ राजमार्गमा रहेको कन्टेनर हाउसमा सीमा सडक संगठनका ५५ जना कामदार बसिरहेका थिए । त्यतिबेला हिउँको पहाड खसेको थियो। सबै कामदारहरू यसमा परेका थिए। ४ वटा सेनाको हेलिकप्टरबाहेक २०० भन्दा बढी सिपाहीहरू उद्धार कार्यमा संलग्न छन्। अलपत्र परेका ५५ जना मजदुरहरूमा बिहारका ११, उत्तर प्रदेशका ११, उत्तराखण्डका ११, हिमाचल प्रदेशका ७, जम्मू कश्मीरका १ र पञ्जाबका १ जना छन्...
ढोरपाटनमा हिमपात हुँदा जनजीवन प्रभावित
समाचार, समाज

ढोरपाटनमा हिमपात हुँदा जनजीवन प्रभावित

नेपालअखबार,ढोरपाटन (बागलुङ) । भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिउँसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो । जिल्लोको ढोरपाटन नगरपालिका-९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायतका ठाउँका स्थानीय प्रभावित बनेका छन् । निसीखोला गाउँपालिका-६ को जाउलेपानीसहित पातीहाल्ने क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातले चिसो बढ्दा नागरिकको दैनिकी प्रभावित बनेको हो । हिमपातका कारण सबैभन्दा बढी निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रका नागरिकको जनजीवन कष्टकर बनेको ढोरपाटन नगरपालिका-९ का होटल व्यवसायी गंगाबहादुर भण्डारीले जानकारी दिए । शुक्रबार दिउसो २ वर्षदेखिनै हिमपात हुन सुरु भएको उनको भनाइ छ । अहिले ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र हिउँले सेताम्य भएको भण्डारीले बताए । बस्ती वरपर बाक्लो हिउँ पर्दा...
नेपाली मह पुग्छ युरोप, अमेरिका
अर्थ, समाचार, समाज

नेपाली मह पुग्छ युरोप, अमेरिका

नेपालअखबार,काठमाडौँ । नेपाली  मह युरोप, अमेरिका लगायत विकसित मुलुकमा पुगेको पाइएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा विकसित मुलुकमा ३ करोड ०८ लाख ९० हजार रुपैयाँको मह निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । सो रकम बराबर ४ हजार ८२० किलो निर्यात भएको छ । जापानमा १३० किलो मह निर्यात हुँदा ३ लाख २० हजार रुपैयाँ नेपाललाई प्राप्त भएको छ । यस्तै, १ करोड ८० लाख १२ हजार रुपैयाँको ३ हजार ४ किलो मह अमेरिकामा निर्यात भएको छ । यस्तै, अष्ट्रेलिया, हङकङ लगायत मुलुकमा १ करोड २५ लाख ५८ हजार रुपैयाँ बराबरको १ हजार ७८६ किलो मह निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।...