Sunday, August 9

समाज

पाकिस्तानको मदरसामा विस्फोट, कम्तीमा ५ को मृत्यु, २० घाइते
विदेश, समाचार, समाज

पाकिस्तानको मदरसामा विस्फोट, कम्तीमा ५ को मृत्यु, २० घाइते

नेपालअखबार,काठमाडौं । पाकिस्तानको एक मदरसामा विस्फोट हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । २० भन्दा बढी घाइते भएका छन् । उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा रहेको तालिबान समर्थक धार्मिक विद्यालय भित्र रहेको दारुल उलुम हक्कानिया मदरसामा विस्फोट भएको हो । शुक्रबार प्रार्थनाको दिन भएकाले मदरसामा धेरेजना जम्मा भएका थिए । पाकिस्तानी सञ्चारसंस्थाहरूले जनाएअनुसार घाइतेहरूलाई सुरक्षाकर्मीले उद्धार गरेर उपचारका लागि अस्पताल पठाएका छन् । घाइतेमा केही बालबालिका पनि छन् । मदरसामा बसेर अध्ययन गर्ने बालबालिका र प्रार्थनाका लागि पुगेकाहरूलाई लक्षित गरेर विस्फोट गराइएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।  विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । पाकिस्तानमा आईसीसी च्याम्पियन्स ट्रफी चलिरहेको छ । विस्फोटको घटनापछि पाकिस्तानमा पुनः खेलाडीको सुरक्षालाई लिएर चिन्ता व्यक्त हुन थालेक...
मदन पुरस्कार २०८१ का लागि आवेदन आह्वान
समाचार, समाज

मदन पुरस्कार २०८१ का लागि आवेदन आह्वान

नेपालअखबार,काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८१’ का लागि सर्जकहरूसँग आवेदन माग गरेको छ । बिहीबार एक सुचना जारी गर्दै गुठीले २०८१ साल (१५ अप्रिल २०२४ देखि १४ अप्रिल २०२५ )भित्र प्रकाशित पुस्तकका लागि आवेदन माग गरेको हो ।गुठीले उक्त अवधिमा प्रकाशित भएका पुस्तकका लेखकलाई आफ्नो पुस्तकका चार प्रतिसहित १५ वैशाख २०८२ भित्र मदन पुरस्कारका लागि आवेदन दिन भनेको छ ।...
अरनिको राजमार्ग : धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द
प्रशासन, समाज

अरनिको राजमार्ग : धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द

नेपालअखबार,काभ्रेपलाञ्चोक । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द गरेको छ । आज कार्यालयले सार्वजनिक सूचनामार्फत विस्तारको क्रममा रहेको उक्त चार किलोमिटर दूरीको सडकको ठेक्का रद्द भएको जानकारी गराएको हो । कार्यालयको मङ्गलबार बसेको बैठकले उक्त सडकको ठेक्का रद्द गर्ने निर्णय गरेको थियो । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको गौरी पार्वती निर्माण सेवा प्रालि नामक कम्पनीले विसं २०७९ जेठ २० मा २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि निर्माण सकेको थिएन । पछिल्लो वर्षदेखि उक्त सडकखण्डको निर्माणको काम ठप्पप्राय नै थियो । सडक उपभोक्ताले पटकपटक गुनासो गरेप...
राराको होटल डाँफेमा आगलागी
अर्थ, समाचार, समाज

राराको होटल डाँफेमा आगलागी

नेपालअखबार, मुगु । मुगुको रारा राष्ट्रिय निकुञ्जभित्र रहेको डाँफे होटलमा आगलागी भएको छ। छायानाथ रारा नगरपालिका-९ रारा तालनजिक रहेको डाँफे होटलमा आगलागी हुँदा होटलका पाँच वटा घरटहरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी इन्स्पेक्टर अच्युतराज आचार्यले जानकारी दिए। ढुंगामाटोले बनेको र जस्तापाताले छाएको दुई तले घर र बाँकी काठले बनेको र जस्ताले छाएको चार वटा टहरा जलेर नष्ट भएको उनले बताए। आगलागी गएराति १ बजेतिर भएको थियो। सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएर ३:५५ बजे आगलागी पूर्ण नियन्त्रणमा लिएका थिए। होटलमा रहेका पाहुनाहरू आगलागी भएको थाहा पाएपछि होटलबाट बाहिरिएका थिए भने केहीलाई उद्धार गरिएको थियो। उनीहरू नजिकै रहेका अरू होटलहरूमा राखिएको इन्स्पेक्टर आचार्यले जानकारी दिए। मुगुका सिडिओ र प्रहरी प्रमुख घटनास्थलतर्फ प्रस्थान गरेको उनले बताए। होटल पूर...
वन डढेलोका धेरै घटना तराईमा, क्षति बढी पहाडमा
समाचार, समाज

वन डढेलोका धेरै घटना तराईमा, क्षति बढी पहाडमा

नेपालअखबार,काठमाडौं । भौगोलिक हिसाबले मुलुकका सबै क्षेत्रमा वन डढेलोका घटना हुने गरेका छन्। संख्यात्मक रूपमा तराईमा छोटो अवधिमा यस्ता घटना धेरै हुने गरेका छन् । चुरे क्षेत्र यसबाट बढी प्रभावित छ। वन तथा वातावरण मन्त्रालयको तथ्यांकानुसार मध्य पहाडमा आगो बस्तीमा प्रवेश, जनधनको क्षति र क्षेत्रफलका हिसाबले सबैभन्दा बढी डढेलोका घटना हुने गरेका छन्। प्रतिवर्ष तीन हजारभन्दा बढी डढेलोका घटना हुने गरेका र प्रतिघटनामा सरदर छ हेक्टर वन क्षेत्र प्रभावित भएको पाइएको छ। नेपालमा ६५ प्रतिशत वन डढेलो अप्रिल महिनामा लाग्ने गरेको छ। डढेलोका अन्तरनिहित कारणमा वन व्यवस्थापन हुन नसक्नु, वनमा ज्वलनशील पदार्थ अधिक जम्मा हुनु, खेतीयोग्य जमिन बाँझो रहनु, लापरबाही, अन्जान वा नियतवश आगो लगाउनु, चोरी सिकारलगायत रहेका छन्। ज्वलनशील पदार्थको व्यवस्थापन नै सबैभन्दा चुनौतिका रूपमा रहेको जानकारहरू बताउँछन् । मानवीय क...
आलोचुङगालामा बुनेको गलैँचाको माग उच्च
समाचार, समाज

आलोचुङगालामा बुनेको गलैँचाको माग उच्च

नेपालअखबार,ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला गाउँका लागि गलैँचा मुख्य आम्दानीको स्रोत बनेको छ । यहाँको परम्परागत गलैँचा उत्पादन चीनको बजारमा राम्रो मागको साथ निर्यात हुने गरेको छ । तर कोभिड–१९ महामारीका कारण नाका बन्द हुँदा यहाँको गलैँचा उत्पादन चीनसम्म पुग्न सकेको थिएन । नाका खुलेसँगै, ओलाङचुगोलामा उत्पादन भएको गलैँचा अहिले चीनका विभिन्न बजारमा निर्यात हुन थालेको उद्यमी फुप् ल्हमु श्रेष्ठले जानकारी दिइन्। यसले यहाँका ग्रामीण समुदायलाई थप आर्थिक अवसर प्रदान गरेको छ । ओलाङचुगोला उत्पादित गलैँचा नेपाली बजारमा पनि लोकप्रिय छ । यस क्षेत्रको गलैँचा फुङ्लिङ बजार हुँदै काठमाडौसम्म पुग्ने गर्दछ । नेपाली बजारमा यी गलैँचाको मूल्य प्रतिएकाइ रु दश हजारदेखि २५ हजारसम्म पर्ने उनले बताइन्। उद्यमी श्रेष्ठका अनुसार  चीनका बजारमा ती नै गलैँचाको मूल्य निकै उच्च छ, जहाँ  रु १५ हजारद...
मेलम्चीको पानी छाडियो बागमतीमा
समाचार, समाज

मेलम्चीको पानी छाडियो बागमतीमा

नेपालअखबार,काठमाडौँ ।शिवरात्रिको समयमा बागमती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी नदीमा छाडिएको छ। पशुपतिमा दर्शन गर्न आउने भक्तजनलाई नदीमा स्नान गर्न सहज बनाउने तथा सुन्दरता बढाउने उद्देश्यले पानी छाडिएको हो। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले वाग्मतीमा मेलम्चीको पानी प्रतिसेकेण्ड करिब एक हजार लिटर बगाइएको जानकारी दिए। 'हामीले अरू समयमा पनि छ सय लिटर प्रतिसेकेण्ड खोलामा पानी बगाउने गरेका थियौं। आयोजनाको क्षमता १७ करोड भनिए पनि अहिले हामीले २३ करोड लिटर खानेपानी प्रतिदिन ल्याएका छौं। त्यसमध्ये २० करोड उपभोक्तालाई वितरण गरेर बाँकी तीन करोड नदीमा बगाउँछौं,' उनले भने, 'शिवरात्रिमा मात्रै नभएर मेलम्चीले अरू पर्व तथा दैनिक रूपमा वाग्मतीमा पानीको बहाव बढाउन सहयोग गरिरहेको छ।' उनका अनुसार बिहीबार बिहान ८ बजेसम्म शिवरात्रिका लागि पानी बगाइने छ। गत वर्ष...
आज महाशिवरात्रि, पशुपतिमा बिहानैदेखि भक्तजनको घुइँचो
धर्म/संस्कृति, समाचार, समाज

आज महाशिवरात्रि, पशुपतिमा बिहानैदेखि भक्तजनको घुइँचो

नेपालअखबार,काठमाडौँ । आज महाशिवरात्रि पर्व मनाइँदैछ। महाशिवरात्रि पर्वका अवसरमा देशभरका शिवालयहरूमा भगवान् शिवको विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । आज पाशुपत क्षेत्रमा भगवान् शिवको विशेष अनुष्ठान र पूजा अर्चना हुनेगर्छ। वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर  लगायतका मन्दिरहरूमा दर्शनार्थीहरुको घुइँचो छ । आज भक्तजनहरू व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजाअर्चना गर्छन्। आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाइ भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ खाने पनि चलन रही आएको छ आज पशुपतिनाथ...
इन्टरनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
समाचार, समाज

इन्टरनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन

नेपालअखबार,हेटौंडा । हामीले सामाजिक सञ्जालमा विभिन्न प्रकारका सामग्री र खानेकुरा बनाइरहेको त देखेकै छौं। आफूलाई मनपर्ने परिकार बनाउन पनि इन्टरनेटमा रेसिपी हेर्ने चलन छ। तर मकवानपुरका एक ३५ वर्षीय युवकले भने इन्टरनेटमा हेरेर केराको खम्बाबाट कागज उत्पादन सुरू गरेका छन्। वैदेशिक रोजगारीका क्रममा सात वर्ष साउदी अरबमा काम गरेका मकवानपुरगढी गाउँपालिका–३ बाबियोडाँडाका प्रेमप्रसाद तिमल्सिनाले इन्टरनेटमा भिडियो हेरेकै भरमा केराको खम्बाबाट कागज उत्पादन गरिरहेका छन्। साउदी अरबमा छँदा गाडी चलाएका उनले नेपाल फर्केपछि केही समय काठमाडौंमा ट्याक्सी चलाए। ट्याक्सी चलाएर भनेजस्तो कमाई नभएपछि उनी गाउँ फर्किए। गाउँमा पशु प्राविधिकसम्बन्धी तालिम लिएर बाख्रापालनसमेत गर्नुभएका तिमल्सिनाले आफूलाई मोबाइलमा केराको खम्माबाट कागज बनाइरहेको भिडियोले हौस्याएको बताउँछन्। मोबाइलमा भिडियो हेरेकै भरमा उनले खेर गइरहेक...
इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प
विदेश, समाचार, समाज

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

नेपालअखबार,काठमाडौँ । इन्डोनेसियामा भूकम्प गएको छ । आज बिहान ७ः१० बजे  सुलावेसी टापु नजिक ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । जसको केन्द्रबिन्दु उत्तरी सुलावेसी प्रान्त नजिकैको समुद्रमा १० किलोमिटर (६.२ माइल) गहिराइमा रहेको बताइएको छ । विगत केही दिनदेखि हरेक दिन कतै कतै भूकम्पको धक्का महसुस भइरहेको भए पनि हालसम्म कुनै पनि मानवीय तथा भौतिक क्षति हुन पाएकाे छैन ।...