Monday, August 10

समाज

बाढीको वितण्डापछि यसरी जुर्मुराउँदैछन् बेथानचोकका किसान
समाचार, समाज

बाढीको वितण्डापछि यसरी जुर्मुराउँदैछन् बेथानचोकका किसान

नेपालअखबार,धुलिखेल। यत्रतत्र छरिएका ढुंगा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको छ। बेथानचोकका किसान ती जरा (झ्यास) र ढुंगा पन्छाउँदै बारी सफा गरेर अब आलु रोप्ने तयारीमा छन्। गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण यहाँको पाट्ने खोलामा आएको बाढीले बारी सबै पुरिएपछि समस्यामा रहेका बेथानचोक गाउँपालिका–२ गेल्ढुङ बजार आसपास क्षेत्रका किसान यतिबेला बारी सफा गरेर आलु रोप्ने तरखरमा छन्। बजारमूल्य राम्रो पाउने भएका कारण किसानले हिउँदमा आलुखेती गरेर आम्दानी गर्दै आएका थिए। तर यसपटक भने बाढीले बारी सबै पुरिएका कारण खेती गर्न समस्या भएको उनीहरूको गुनासो छ। बर्खामा बाढी आएर बगाउलाझैं हुने र हिउँद लागेपछि खानेपानीको समस्या खेप्नुपरेको यहाँका नागरिक बताउँछन्। बाढीपहिरोबाट क्षति पुगेको बेथानचोकमा बत्ती विस्तार भए पनि खानेपानीको भने समस्या खेपिरहेको स्थानीय विनोद तिमल्सिनाले बताए। आफैल...
सारी–कुर्था सुरुवालदेखि मोबाइलसम्म लिलाम बिक्री गर्न राजश्वको १५ दिने सूचना
प्रशासन, समाचार, समाज

सारी–कुर्था सुरुवालदेखि मोबाइलसम्म लिलाम बिक्री गर्न राजश्वको १५ दिने सूचना

नेपालअखबार ,काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट मुद्दामा बरामद भएका विभिन्न सामग्रीहरू लिलाम बिक्री गर्ने भएको छ । त्यसका लागि विभागले लिलाम बिक्रीको सिलबन्दी दरभाउपत्रका लागि १५ दिनको समय दिएर सार्वजनिक सूचना आह्वान गरेको छ । विभागले सारी १३८ पिस, स्विटर १६० पिस, कुर्था सुरुवाल २५ हजार ८७३ पिस, टप्स ९३३ पिस, ज्याकेट २०९ पिस लिलाम बिक्री गर्न लागेको छ । यस्तै एयर बर्ड २ हजार ३४० पिस। स्मार्ट वाट २ हजार २९६ पिस। मोबाइल १०५ नम्बरको नोकिया २०० पिस, कस्मेटिक १ हजार ५०० पिसलगायतका सामाग्री पनि लिलाम गर्न लागिएको सूचनामा उल्लेख छ । नियमअनुसार दर्ता भएका इच्छुक फर्म तथा कम्पनीबाट सिलबन्दी दरभाउपत्र आह्वान गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनअनुसार लिलाम गर्न सूचना प्रकाशित गरिएको विभागको भनाइ छ ।...
बाख्रा चराउन गएका दुई किशोरी मृत भेटिए
समाचार, समाज

बाख्रा चराउन गएका दुई किशोरी मृत भेटिए

नेपालअखबार ,सुर्खेत । अछाममा बाख्रा चराउन गोठाला गएका दुई किशोरी मृत भेटिएका छन्। मृत भेटिनेमा ढकारी गाउँपालिका-८, पल्साता भन्ने गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का रहेका छन् । शुक्रबार बाख्रा चराउन गएका एका घरका दुई बहिनीहरूको शव शनिबार अपराह्नतिर भेटिएको  जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी प्रसाद भण्डारीले दुई किशोरीको शव अन्दाजी १५–१६ मिटरको दुरीमा भेटिएको बताए । घटना निकै शंकास्पद देखिएकाले अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुर मगाएको छ। घटनास्थलमै रहेका डीएसपी भण्डारीका अनुसार  शव भेटिएको स्थानको माथितिर ढुंगैढुंगाको ठुलो भीर छ । त्यहाँबाट खसेका हुन् कि भन्ने प्रारम्भिक बुझाइ भएपनि वास्तविकता अनुसन्धानबाट मात्र खुल्ने उनले बताए।'दुवै किशोरीको शरीरमा चोटपटकको निसाना देखिएको छ,' उनले भने । उनीहरू कमल...
बाँसखर्कमा सुन्तला महोत्सव : अतिथिलाई सुन्तला उपहार, सुन्तलाकै माला
अर्थ, समाचार, समाज

बाँसखर्कमा सुन्तला महोत्सव : अतिथिलाई सुन्तला उपहार, सुन्तलाकै माला

नेपालअखबार ,म्याग्दी ।  म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ। महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि प्रसार, कृषक र सरोकारवालाबीच साक्षात्कार, सुन्तला प्रर्दशनी, उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नुका साथै स्थानीय मौलिक पुरख्यौली, भजन र पञ्चेबाजा प्रर्दशनी गरिएको थियो। बाँसखर्कको सुन्तला खेतीको सम्भावना उजागर र कृषकका समस्या समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले जलजला गाउँपालिका र वडा नं १ को कार्यालयले महोत्सव आयोजना गरेको वडा अध्यक्ष जगबहादुर रोकाले बताए। महोत्सवको अवसरमा अगुवा कृषक जगतबहादुर खत्री, शान्तबहादुर छिन्तेल र हेमकुमार अर्मजा, तेजबहादुर खत्री र नरबहादुर पाइजालाई नगद रु पाँच हजारसहित सम्मान गरिएको थियो। अतिथिलाई सुन्तलाको माला लगाएर स्वागत र सुन्तलानै उपहार दिएर बिदाइ गरिएको...
रुखबाट लडेर गोरखामा एकको मृत्यु
समाचार, समाज

रुखबाट लडेर गोरखामा एकको मृत्यु

नेपालअखबार ,गोरखा । गोरखामा रुखबाट लडेर एकजनाको ज्यान गएको छ । भीमसेन थापा गाउँपालिका–४ धावा बटडाँडा बस्ने ५५ वर्षीय पोष्टबहादुर लामिछाने ज्यान गएको प्रहरीले जनाएको छ । घरमा छायाँ पर्‍यो भन्दै हाँगा काट्न आफ्नै घरपछाडि रहेको बरको रुखमा चढेका लामिछाने खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए । ‘रुखले घरमा छाया पर्‍यो भनेर हाँगा काट्न रुख चढेका रहेछन्,’ प्रहरी निरीक्षक शर्माले भने, ‘त्यही क्रममा रुखबाट खसेर घटनास्थलमै उनको मृत्यु भयो ।’ लामिछानेको शव पोष्टमार्टमका लागि आरुघाट आधारभूत अस्पताल पठाइएको छ ।...
कपकपाउँदो चिसोमा परालको ओछ्यानमा सुत्न बाध्य छन् १० दिने शिशु र सुत्केरी आमा
समाचार, समाज

कपकपाउँदो चिसोमा परालको ओछ्यानमा सुत्न बाध्य छन् १० दिने शिशु र सुत्केरी आमा

नेपालअखबार ,सर्लाही। चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर परिवार परेका छन्। अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन्। बसवरिया गाउँपालिका–३ नाकैमा अन्तरगतको मुसहर माझी बस्ती छ। उक्त वस्तीमा झण्डै ४५ परिवार मुसहर जसोतसो खरको झुपडीमा जीवन धानिरहेका छन्। अन्य समयमा अवस्था सामान्य भएपनि बर्सातको डुबान र हिउँदको ठण्डीले उनीहरूलाई निकै पिरोल्छ। यस बस्तीका बालबालिका र वृद्ध वृद्धा निकै सकसपूर्ण जीवन व्यतित गरिरहेका छन्। सोही बस्तीमा १० दिनकी सुत्केरी जोनिता माझी अत्यन्त कष्टले दिन रात काटिरहेकी छन्। चिसो दिन प्रतिदिन बढ्दै जाँदा नवजात शिशु र आफूलाई लगाउने न्यानो कपडासमेत नभएको उनले गुनासो गरिन्। खरले छाएको मुस्किलले चार जना टुसुक्क बस्न मिल्ने ठाउँमा पराल ओच्छ्याएर उनले बिस्तारा बनाएकी छन्। त्यसैमा उनको १० दिनको शिशु पनि सुताएकी छन्। दैनिक ज्याला मजदुरी ग...
रोशी खोलाको नौ किलोमिटर सिमाङ्कन सकियो
समाचार, समाज

रोशी खोलाको नौ किलोमिटर सिमाङ्कन सकियो

नेपालअखबार ,काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीको खोलाको सिमाङ्कन तथा व्यक्तिको जमिन यकीन कार्यअन्तर्गत रोशी खोलाको सिमाङ्कन कार्य सकिएको छ । करिब दुई हप्ताको अवधिमा जिल्लास्थित विभिन्न कार्यालयका प्राविधिकमार्फत नौ किलोमिटर खोलाको सिमाङ्कन सकिएको जनाइएको छ ।  बाढीपहिरोले खोलाको सिमाङ्कनसँगै व्यक्तिको घर तथा जमिनको अवस्थितिसमेत तहसनहस पारेपछि जमिनको अवस्था साविकमा ल्याउन पनौती नगरपालिका तथा जिल्ला नापी कार्यालयले संयुक्त रूपमा उक्त कार्य सुरू गरेका थिए । बाढीपहिरोबाट भएको क्षतिको मूल्याङ्कनसँगै सबै किसिमका जग्गाको अवस्था साविकमा ल्याउन नगरको वडा नं १२ रोशीस्थित भुमेडाँडा क्षेत्रबाट उक्त कार्य सुरू गरिएको हो । पनौती नगरको वडा नं १२ स्थित भुमेडाँडाबाट पनौतीको त्रिवेणीघाटसम्मको नौ किलोमिटर खोलाको सिमाङ्कन सकिएको नापी कार्यालयका प्रम...
आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु
समाचार, समाज

आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

नेपालअखबार ,कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । कैलालीको निःशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए । माघ ९ गते बुधबार राति कोत गादरमा (हतियार राखिने ठाउँ) ड्युटीमा रहेका बेला विष्टले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका उहाँलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिए पनि उपचार हुन नसकेपछि कैलालीको निःशर्ग अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो...
रेलमार्ग निर्माणको काम रोकियो
समाचार, समाज

रेलमार्ग निर्माणको काम रोकियो

नेपालअखबार ,महोत्तरी। स्थानीयवासीको विरोधका कारण महोत्तरीको बर्दिबासमा रेलमार्ग निर्माणको काम रोकिएको छ। अधिग्रहण गरी लिनुपर्ने जग्गाको मुआब्जा समस्या समाधान नै नगरी रेल विभागले बोलपत्र प्रक्रिया थालेको आरोप लगाउँदै बर्दिबास नगरपालिका–१४ का जग्गाधनीले रेलमार्ग निर्माणको काम रोकेका छन्। जनकपुर–बर्दिबास रेल परियोजनाअन्तर्गत बर्दिबास नगरपालिकामा रहने रेल्वे स्टेशन क्षेत्र नजिकको जग्गामा वर्षौँदेखि बसोबास गर्दै आएका १४ घरपरिवारले सीमाङ्कन गरी विवाद समाधान गरेर मुआब्जा वितरण गर्न रेल विभागसँग माग गरेका थिए। तर, विभागले मनोमानी गरेका कारण आफूहरूले विरोध गर्दै कामकाज ठप्प पारेको स्थानीय मालती खनालले बताए। विभागले लामो समयदेखि ती स्थानमा जग्गाको मुआब्जा विवाद नसुल्झाई हतारमा बोलपत्र प्रक्रिया थालेका कारण स्थानीयले रेल्वेको काममा विरोध गरेपछि कामले गति लिनसकेको छैन। रेल विभागले सीमाङ्कन...
महाभारत जंगलमा तीन दिनदेखिको डढेलो निभाउन सेना परिचालन
समाचार, समाज

महाभारत जंगलमा तीन दिनदेखिको डढेलो निभाउन सेना परिचालन

नेपालअखबार ,काभ्रे। काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ। जिल्लाको बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थाम लेकडाँडामा आगलागीका कारण फैलिएको ओगोले अन्य वन क्षेत्रमा समेत आगलागीको सम्भावित घटना हुनसक्ने भएकाले काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक लगाइएको छ। आगलागीका कारण हाल बेथानचोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिरलगायत वडा नं १, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा रहेको गाउँपालिकाले जनाएको छ। सोही कारण गाउँपालिकाले सार्वजनिक सूचनामार्फत पर्यटकीय क्षेत्र नारायणस्थानमा आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई...