पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार
नेपालअखबार,पर्वत। पर्वतको मोदी गाउँपालिका–४ मा रहेको प्रसिद्ध पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार गरिएको छ। लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उक्त गाउँका २१६ घरधुरीमा एक घर एक धारा निर्माण गरी पानी वितरण गरिएको हो।
कादुरी एग्रिकल्चर एड एशोसियट्स ब्रिटिस गोर्खाज नेपालको सहयोगमा त्यहाँका सबै घर, सामुदायिक विद्यालय र सामुदायिक भवनमा धारा विस्तार गरिएको हो।
गत जेठदेखि सबै घुरधुरीमा सहज रुपमा खानेपानी पुगेको समाजसेवी नरसिंह पुनले जानकारी दिए।
पुनका अनुसार २११ घर, एक विद्यालय र चार वटा सामुदायिक भवनमा धारा विस्तार गरिएको छ। यो योजनाबाट लेसपारका झण्डै एक हजार बासिन्दा लाभान्वित भएको उनले बताए। उक्त खानेपानी आयोजनाको यही माघ १५ गते उद्घाटनको कार्यक्रम रहेको आयोजना प्रमुख पुनले जानकारी दिए।
खानेपानी योजना एक करोड ३६ लाख ५८ हजार ५६० को लागतमा सम्पन्न भएको हो।
जसमध्ये १...










