Sunday, July 26

समाज

निहारिका र बिनुलाई हाजिरी जमानीमा छाडियो
समाचार, समाज

निहारिका र बिनुलाई हाजिरी जमानीमा छाडियो

नेपालअखबार, काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा छाडिएको छ । तीन दिनदेखि प्रहरी हिरासतमा रहेका उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईका अनुसार, केहीबेर अघि उनीहरूलाई हाजिरी जमानीमा छाडिएको हो । उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर प्रहरीले उनीहरूमाथि अनुसन्धान अघि बढाइएको थियो । उनीहरू गत बुधबार सिंहदरबार गेट अगाडिबाट पक्राउ परेका थिए । झरीमा रुझ्दै उनीहरू न्याय माग्दै र गृहमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगेका थिए । तर प्रहरीले उनीहरूलाई सिंहदरबार पस्न नदिइ रोकेको थियो । त्यसपछि गेट अगाडि सडकमै उनीहरू धर्ना बसेका थिए । आवत जावत नै अवरुद्ध...
बिनु र निहारिका राजपुतमाथि प्रहरीले चलायो मुद्दा
समाचार, समाज

बिनु र निहारिका राजपुतमाथि प्रहरीले चलायो मुद्दा

नेपालअखबार,काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्न गएका बिनु यादव र निहारिका राजपुतमाथि प्रहरीले मुद्दा चलाएको छ। बिनु र निहारिकालाई बिहीबार प्रहरीले बालुवाटारबाट नियन्त्रणमा लिएको थियो। दुवै जनाविरूद्ध सार्वजनिक शान्ति विरूद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए। निषेधित क्षेत्रमा प्रदर्शन र हुलहुज्जत गरेपछि उनीहरूलाई पक्राउ गरी मुद्दा चलाइएको एसपी भट्टराईले जानकारी दिए। बिहीबार नै उनीहरूलाई अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान अगाडि बढाइएको एसपी भट्टराईले बताए। पक्राउ परेका उनीहरूलाई हाल प्रहरी वृत मालिगाउँमा राखिएको छ। यसअघि बिनु यादव  सिंहदरवामा धर्ना बसिरहेकी थिइन्। एक सातासम्म आफ्ना मागहरू सम्वोधन नभएको भन्दै बिहीबार उनी बालुवाटार पुगेकी ...
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
विदेश, समाचार, समाज

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

नेपालअखबार,काठमाडौं । फ्रान्सले १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको राष्ट्रपति इमानुएल म्याक्रोनले बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति इमानुएल म्याक्रोनले सांसदहरूलाई उनीहरूको समर्थनका लागि धन्यवाद दिँदै आफू यस विषयमा प्रतिबद्ध रहेको बताएका छन् । उनले छिट्टै यो निर्णयको कार्यान्वयन गरी १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने उल्लेख गरेका छन् । यो संवैधानिक परिषद्को निर्णयमा निर्भर रहने र आफ्ना बच्चाहरूलाई अनलाइनको असुरक्षाबाट जोगाउन सबैलाई आग्रह गरेका छन् । सिएनएनका अनुसार यो निर्णयसँगै फ्रान्स सामाजिक सञ्जालमा उमेर प्रतिबन्ध लगाउने युरोपेली सङ्घको पहिलो देश हुनेछ । यसअघि जुन महिनामा बेलायतले १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । पूर्व प्रधानमन...
धादिङमा मकैबारीमा अचेत भेटिएकी महिलाको मृत्यु
समाचार, समाज

धादिङमा मकैबारीमा अचेत भेटिएकी महिलाको मृत्यु

नेपालअखबार,काठमाडौं । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैबारीमा अचेत अवस्थामा फेला परेकी स्थानीय कुम्भकुमारी श्रेष्ठको मृत्यु भएको हो । उनलाई घरमा ल्याउनासाथ मृत्यु भएको स्थानीयले बताएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।...
बाजुरामा बस्तीमा पस्यो बाढी, १३ परिवारको उद्धार
समाचार, समाज

बाजुरामा बस्तीमा पस्यो बाढी, १३ परिवारको उद्धार

नेपालअखबार,धनगढी । बाजुराको बडिमालिका नगरपालिका–९ को सेलागाड खोला र बाउली खोलाको दोभान नजिकैबाट बस्तीमा बाढी पसेको छ । बाढी बस्तीमा पसेपछि जोखिममा परेका १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराका अनुसार बिहीबार राति नै जोखिममा परेका घरका सामानसहित उद्धार गरेर सुरक्षित स्थानमा राखिएको हो । उनीहरुलाई तत्काल नजिकै सुरक्षित अवस्थामा रहेका स्थानीयकै घरमा राखिएको डिएसपी बोहराले जानकारी दिइन् । १३ मध्ये तीन घर भने बाढीको उच्च जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’ अनुसार बाजुरामा १०० बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन् । सडक पनि अवरुद्ध यसैबीच अविरल वर्षाका कारण खसेको पहिरोले बाजुराका दुई ठाउँमा सडक अवरुद्ध भएको छ । बडिमालिका नगरपालिका–६ र जिल्ला कारागार...
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
प्रशासन, समाचार, समाज

‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार

नेपालअखबार,अर्घाखाँची । बाँदरको उपद्रोका कारण कृषि बाली जोगाउन हम्मे–हम्मे परिरहेका बेला डिभिजन वन कार्यालय अर्घाखाँचीले ‘बाँदर हेरालु’ नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ । जिल्लाका बाँदरबाट अति प्रभावित २६ वटा क्षेत्रमा बाली संरक्षण तथा बाँदर व्यवस्थापन गर्नका लागि कार्यालयले दरखास्त आह्वान गरेको हो । तत्कालका लागि २० जनाको लागि दरखास्त आह्वान भए पनि कामको चाप अनुसार यो संख्यामा थपघट हुन सक्ने कार्यालयले जनाएको छ । बाँदर हेरालुमा नियुक्त हुनका लागि सम्बन्धित बाँदर प्रभावित क्षेत्रकै स्थायी बासिन्दा हुनुपर्नेछ । उमेरको हकमा ४५ वर्ष ननाघेको हुनुपर्ने र वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा रुचि भएको हुनुपर्ने प्रावधान राखिएको छ । सामुदायिक वन उपभोक्ता समूह, वन हेरालु वा नर्सरी हेरालुका रूपमा काम गरेका अनुभवी व्यक्तिलाई छनोटमा प्राथमिकता दिइनेछ । छनोट भएका हेरालुहरूले मासिक १२...
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
समाचार, समाज

बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

नेपालअखबार,काठमाडौँ। अविरल वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि बिपी राजमार्ग र कान्तिलोकपथमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण अर्को सूचना जारी नभएसम्म बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन। यस्तै, मकवानपुरस्थित कान्तिलोकपथमा पनि वर्षाका कारण अर्को सूचना नभएसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। यसैबीच, देशका विभिन्न सडकखण्ड पहिरो र वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग हिलाम्मे बनेपछि बन्द भएको छ भने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र गाउँपालिका–२ कोदारीस्थित अरनिको...
कीर्तिपुरमा कारभित्रै जल्ने व्यक्तिको पहिचान खुल्यो
समाचार, समाज

कीर्तिपुरमा कारभित्रै जल्ने व्यक्तिको पहिचान खुल्यो

नेपालअखबार,काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँट कारभित्रै जलेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार कारभित्रै जलेर मृत्यु हुने व्यक्ति सुरेशचन्द श्रेष्ठ हुन् । उनी कारधनी समेत रहेको प्रहरीले बताएको छ । मंगलबार बिहान बा ५ च ३०३८ नम्बरको कारमा आगलागी हुँदा कारभित्र रहेका श्रेष्ठको मृत्यु भएको थियो । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको हो । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।...
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
पर्यटन, समाचार, समाज

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

नेपालअखबार,कास्की ।  गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा पाँच लाख आठ हजार चार सय ७६ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् । तीमध्ये दक्षिण एसियाली मुलुकका तीन लाख ८४ हजार एक सय ४५ र अन्य मुलुकका एक लाख २४ हजार तीन सय ३१ रहेका छन् । सबैभन्दा बढी तीन लाख ७५ हजार सात सय ९७ भारतीय पर्यटक यहाँ आएका हुन् । दोस्रोमा चिनियाँ १२ हजार पाँच सय ३९ र तेस्रोमा अमेरिकाका नौ हजार आठ सय ८४ पर्यटक यहाँ आएका हुन् । यस्तै बेलायतका नौ हजार आठ सय ५९, फ्रान्सका सात हजार नौ सय ३९, मलेसियाका सात हजार आठ सय ४८, जर्मनीका सात हजार छ सय ३४, बङ्गलादेशका सात हजार चार सय ४८, अष्ट्रेलियाका सात हजार ९५ र इजरायलका छ हजार तीन सय ९८ पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले आव ...
मुख्य राजमार्गका ९ स्थानमा अवरोध, बीपी र कान्तिलोकपथमा रातिमा गाडी चलाउन रोक
समाचार, समाज

मुख्य राजमार्गका ९ स्थानमा अवरोध, बीपी र कान्तिलोकपथमा रातिमा गाडी चलाउन रोक

नेपालअखबार,काठमाडौं । देशका विभिन्न जिल्लामा बाढी र पहिरोका कारण सोमबार बिहान ६:५५ बजेसम्म ९ स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार केही सडक पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ । कोशी प्रदेशमा भोजपुरमा मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ । इलामको मेची राजमार्ग (राजदुवाली–ताल्चाजुङ सडक) अविरल वर्षाका कारण पूर्णरूपमा अवरुद्ध छ । प्रहरीले यो सडकको वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जनाएको छ । यस्तै, खोटाङको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल रूपाकोट मझुवागढी–६ मात्तिम क्षेत्रमा पहिरोका कारण सडक पूर्णरूपमा बन्द छ । बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–काभ्रेभञ्ज्याङ सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ४ बजेसम्म सवारी सञ...