Wednesday, August 12

समाज

बसाइँसराइले रित्तिएको गडीगाउँ
समाचार, समाज, हाइलाइट-समाचार

बसाइँसराइले रित्तिएको गडीगाउँ

नेपालअखबार,दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको मन खिन्न हुन्छ। यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ। फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक पनि भारी मनले भन्छन्– 'बस्ती सबै रित्तो भो, जताततै वनमाराले राज गरेको छ।' दस वर्षअघि गाउँमा गाडीको प्रतीक्षा गरेर बसेकामध्ये अहिले औँलामा गन्न सकिने मानिस भेट्न कठिन छ। गाउँबाट उत्पादित जैविक उपज सवारीसाधनमा राखेर सहर पठाउने सपना साकार नहुँदै सोही सडकमा गुडेका सवारीसाधान चढेर गाउँका युवा सहर पसेपछि अहिले त्यहाँ मलामी पनि नभेटिने अवस्था छ। भौतिक विकासमा अग्रसर देखिने सरकार ग्रामीण बस्तीबाट हुने बसाइँसराइ रोक्नेतर्फ नलागेको उनीहरूको गुनासो छ। गडीगाउँमा रहेका रिजाल, आचार्य, खत्री, राउत र बाझखर्क टोल सुनसान छन्। विस २०७८ को राष्ट्रिय जनगणनाअनुसार त्यहाँका ३८ घरमा ...
चारवटा भैँसी भए पशुघर निर्माणमा अनुदान पाइने
कृषि, समाचार, समाज

चारवटा भैँसी भए पशुघर निर्माणमा अनुदान पाइने

नेपालअखबार,सुर्खेत । चारवटा भैँसी पालेमा जाजरकोटको बारेकोट गाउँपालिकाका किसानले पशुघर निर्माण गर्न अनुदान पाउने भएका छन् । मानव घरबाट पशुघर अलग निर्माण गर्ने उद्देश्यका साथ इच्छुक व्यक्तिले सम्पर्क गर्न आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले जानकारी दिए । बारेकोटमा अधिकांश स्थानीयले माथिल्लो तलामा आफू बस्ने र तल्लो तलामा पशुचौपाया पालन गर्दै आएका छन् । यो समस्या हल गर्न गाउँपालिकाले चारवटा भैँसीपालन गर्ने पशुपालक स्थानीयलाई अनुदानको रकम लिएर छुट्टै पशुघर निर्माण गर्न आग्रह गरिएको अध्यक्ष गिरीले जानकारी दिए । मानव स्वास्थ्य र पशुपालक किसानलाई मल उत्पादनदेखि पशु स्वास्थ्य बनाउन यो योजनाले सघाउ पुर्याउने गाउँपालिकाले अपेक्षा लिएको छ । चारवटा भैँसीपालन नगर्ने किसानलाई अनुदान नदिइने अध्यक्ष गिरीले बताए । बारेकोटमा पशुपालन बढी हुने गरेको छ । कर्णाली प्रदेश सरकारद्वारा हस्तान...
बुद्धसिंह मार्गको नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध
समाचार, समाज

बुद्धसिंह मार्गको नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध

नेपालअखबार,दमौली (तनहुँ) । बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन् । चाडपर्वका बेला बाटो अवरुद्ध हुँदा कष्टकर यात्रा गर्नुपरेको उनीहरूको गुनासो छ । बुद्धसिंह मार्गका दजैनौं ठाउँमा पहिरो खसे पनि अधिकांश ठाउँका पहिरा पन्छाइएको थियो । तर, नाल्दीघाटको पहिरा अझैसम्म हटाइएको छैन । पहिरोका कारण उक्त सडकको व्यास नगरपालिकास्थित बेलबास, सुँडे, मास्दी, खहरे, नाल्दी, सराङघाट, तल्लो साराङघाट तथा प्यूघरलगायत स्थानमा सडक अवरोध भएको थियो । नाल्दीको पहिरा हटाउन पटकपटक माग गरे पनि सुनुवाइ नभएको बुद्धसिंह मार्ग सरोकार समितिका संयोजक सिद्धान्त थापाको गुनासो छ । नाल्दीको पहिरोका कारण यातायात सञ्चालन नहुँदा बन्दीपुर गाउँपालिका-६, आबुँखैरेनी गाउँपालिका-५, देवघाट गाउँपालिका-३ र ४ का जनता मारमा छन् । उक्त सडकको पहिरो पन्छाई यातायात सञ्चालन गराउन बन्दीप...
इटहरीका दश परिवार नाङ्लो बुनेर लोभलाग्दो आम्दानी गर्दै
समाचार, समाज

इटहरीका दश परिवार नाङ्लो बुनेर लोभलाग्दो आम्दानी गर्दै

नेपालअखबार,सुनसरी । इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने पुख्र्यौली पेसा अपनाएका छन् । व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका राई परिवारले लोभलाग्दो आर्जन पनि गरेका छन् । सोही स्थानका वसन्त राई दुई दशकदेखि नाङ्लो बुन्दै आएका छन्। भोजपुर होम्ताङका उनको व्यवसाय नै नाङ्लोको व्यापार हो ।  नाङ्लो बेचेर उनले घरव्यवहार चलाउँदै आएका छन् । इटहरी सुनौलो बस्तीमा होम्ताङबाट आएका राई जातिको बाहुल्य  छभने सबैको आम्दानीको स्रोत नै नाङ्लो बुन्ने र बेच्ने भएको छ । उनले तालतलैया, खोर्सानेघाटबाट बाँस ल्याउने गरेका छन् भने केही आफैँले पनि रोपेका छन् । उनले दैनिक १० वटासम्म नाङ्लो बुन्ने गरेको बताए। एक पटकमा दुई सय वटासम्म बिक्रीका लागि नाङ्लो लैजाने गरेको तथा महिनामा रु २० देखि २५ हजारसम्मको नाङ्लो बिक्री गर्दै आएको उनले बताए । एउटा नाङ्लो  रु एक सय ५० देखि दुई सयसम्ममा बिक्री ...
हेटौँडा सिमेन्ट उद्योगबाट तामाको तार चोरी
समाज

हेटौँडा सिमेन्ट उद्योगबाट तामाको तार चोरी

नेपालअखबार,हेटौँडा । हेटौँडामा रहेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग परिसरबाट तामाको तार चोरी भएको छ । एक साता अघि उद्योगको करिब १० लाख रुपैयाँ पर्ने तामाको तार चोरी भएको हो । उद्योग सञ्चालन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले फूलपातीको एक दिन अघि २२ गते राति २ बजेतिर उद्योग परिसरबाटै तामाको तार चोरी भएको जानकारी दिए । उनले घटनाका बारेमा जानकारी पाएपछि भोलिपल्टै प्रहरीलाई मौखिक रूपमा जानकारी गराएको बताए । घटना भएको एक साता बितिसक्दा समेत चोरीमा संलग्न कसैलाई पनि प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । उनले मङ्गलवार पुनः जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको र घटनाको बारेमा प्रहरीले छानबिन थालेको बताए । अध्यक्ष भण्डारीका अनुसार ढुङ्गा क्रसिङ गर्ने स्थानबाट उद्योगसम्म कङ्क्रिट ओसार्न प्रयोग गरिने तामाको तार चोरी भएको हो । उनले एकसय मिटर जति तार चोरी भएको जानकारी दिए । चोरी भ...
तातोपानी कुण्डमा स्नान गर्न लाग्न थाल्यो भिड
समाचार, समाज

तातोपानी कुण्डमा स्नान गर्न लाग्न थाल्यो भिड

नेपालअखबार,म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा सर्वसाधारणको संख्यामा वृद्धि भएको छ। हाल दैनिक दुईसय जना बिरामी तथा सर्वसाधारण स्नान गर्न यहाँ आइरहेका छन्। दसैँसँगै कुण्डमा स्नान गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले बताए। 'असोज २९ देखि यहाँ दैनिक दुई सयजना बिरामी तथा पर्यटक स्नान गर्न आइरहनुभएको छ,' अध्यक्ष खड्काले भने। उनकाअनुसार बिरामीको चाप बढेपछि आजदेखि दैनिक तीन घण्टाका दरले पुरुष र महिलालाई समूह बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको छ। तातोपानी सङ्कलन गरिएको तलाउमा एकपटकमा अधिकतम् चार सय जनाले स्नान गर्न मिल्छ। छोटो समयका लागि स्नान गर्नेलाई मुख्य कुण्ड बाहिर छुट्टै पोखरी बनाइएको छ। तातोपानीको मूलबाट बिरेनुनको गन्धसहित ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रमको पानी निस्...
बन्दीपुर आउने पर्यटकलाई स्थानीय परिकारले सत्कार
पर्यटन, समाचार, समाज

बन्दीपुर आउने पर्यटकलाई स्थानीय परिकारले सत्कार

नेपालअखबार,तनहुँ । पहाडकी रानीका रूपमा परिचित बन्दीपुर आउने पर्र्यटकका लागि स्थानीय मौलिक परिकारले सत्कार गर्न थालिएको छ । बन्दीपुर गाउँपालिका कार्यालयले परम्परागत बाली संरक्षणाई प्राथमिकता दिएसँगै पाहुनाका लागि स्थानीय परिकारले सत्कार गर्न सहज पनि भएको छ । तोरी, कोदो, फापर, पिँडालु, साग, मुसुरोलगायत बाली लगाएर आयआर्जन वृद्धि तथा बालीको संरक्षणका लागि गाउँपालिकाले अनुदानका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । यी उत्पादन बन्दीपुर आउने आन्तरिक तथा बाह्य पर्यटकले रुचाएकाले तिनको प्रवद्र्धनमा लागेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । स्थानीय किसानको आयआर्जन वृद्धि गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको हो । अनुदान कार्यक्रमअन्तर्गत यसवर्ष पनि किसानको ५० प्रतिशत लागत सहभागितामा बीउमा अनुदान, मेसिनरी सहयोग, प्राविधिक ज्ञान तथा बिक्रीको व्यवस्था गरिएको अध्यक्ष थापाले बताए ...
माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी
समाचार, समाज

माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी

नेपालअखबार,इटहरी। इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आएका छन्। गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुर्ख्यौली पेसा छोड्न नसकेको र यसबाट निराश हुने अवस्था नरहेको बताए। 'हामी सबै परिवार माटोको भाँडा बनाउँछौँ, हाम्रा बाजेहरूले पहिलेदेखि बनाउँदै यही काम गर्दै आउनुभएको हो । पुख्र्यौली पेसा हो अहिले पनि यही भाडाँकुडा बनाएरै घरखर्च पुगेको छ, आम्दानीको स्रोत नै यही हो,' उनले भने। उनको इनरुवामा माटोको भाँडा बनाउने आरन छ, त्यहाँ बनाका भाडाँकुडा इटहरी लिएर बच्ने गरिएको छ । धेरै व्यापारीले आरनमै आएर खरिद गरी लिने गरेको पनि उनले सुनाए। यसरी बनाउने भाँडाका लागि आवश्यक माटो भने विराटनगरको बर्जुताल क्षेत्रबाट ल्याउने गरेको पण्डितले जानकारी दिए। 'जस्तो पायो त्यस्तो माटोले भाडाँ बन्दैन, नजिकै  राम्रो माटो पाउन गाह्रो छ । ...
बाख्रापालनबाट आम्दानी बढाउँदै बाँकेका महिला
अर्थ, कृषि, समाचार, समाज

बाख्रापालनबाट आम्दानी बढाउँदै बाँकेका महिला

नेपालअखबार,बाँके । बाँकेका किसान महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । उनीहरूले यो वर्षको दसैँमा एक हजार सात सय ८६ खसीबोका बिक्री गरेका छन् । बाँकेमा रहेका १४ सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत खसीबोका बिक्री गरेर किसान महिलाले ३ करोड रुपैयाँ बढी आम्दानी गरेको राप्तीसोनारी गाउँपालिीका–६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी प्रबन्धक दिब्या गुरुङले जानकारी दिइन् । ‘दिदीबहिनीले हुर्काएका खसीबोका बिक्रीको लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री गर्ने गरेका छौं’, व्यवस्थापक गुरुङले भनिन्, ‘यो वर्षको दसैँमा खसीबोका बिक्री अपेक्षा गरेभन्दा बढी भएको छ, अब तिहारमा पनि सोही गतिमा बिक्री गर्ने हुने ठानेका छौँ ।’ राप्तीसोनारीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ३३ लाख रुपैयाँ बराबरका दुई सय २२ खसीबोका बिक्री भएका छन् । यस...
दूध बेचेर करोडौं कमाउँछन् दुई पालिकाका किसान
अर्थ, कृषि, समाचार, समाज

दूध बेचेर करोडौं कमाउँछन् दुई पालिकाका किसान

नेपालअखबार,बागलुङ।  बागलुङका दुई पालिकाका किसानले दूध बेचेर बर्सेनि करौडौं भित्र्याउँछन्। दुई पालिकाहरू काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकामा मात्रै १४ वटा दूग्ध सहकारी छन्। सहकारीमार्फत दूध संकलन, प्रशोधन र बजारीकरण गरी यहाँका किसानले आर्थिक वर्ष २०८०/८१ मा दूध बेचेर मात्रै ७ करोड ४८ लाख १७ हजारको कारोबार गरेपछि स्थानीयसमेत उत्साहित भएका छन्। दुई पालिकाका १४ दूग्ध सहकारीमा आबद्ध भएर किसानले आफ्नो उत्पादनलाई बजारीकरण गर्दा आम्दानी गर्न सफल भएका हुन्। काठेखोला गाउँपालिका–५ का केशवप्रसाद कँडेलले दूध उत्पादन गर्न सके जुनसुकै समयमा सहकारीले बजारीकरणको जिम्मा लिने भनेर आश्वस्त पारेपछि आफूजस्ता किसानलाई निकै सहज भएको बताए। सोही गाउँपालिका–६ स्थित नमूना दुग्ध उत्पादक सहकारी संस्थाका शेयर सदस्यहरूले मात्रै दैनिक तीन सय ५० लिटर दूध बजारमा पठाउने गरेका छन् । दुग्ध किसान मणिभद्र ...