Sunday, April 26

समाज

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
प्रशासन, समाचार, समाज

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

नेपालअखबार, वीरगञ्ज । २४ भदौको जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीबन्दी पर्सामा पक्राउ परेका छन् । जेनजी आन्दोलनको क्रममा फरार भएका दुई जना कैदीलाई मंगलबार पक्राउ गरेर वीरगञ्ज कारागारमा बुझाइएको पर्सा प्रहरीले जानकारी दिएको छ । पर्साका प्रहरी प्रवक्ता राजु कार्कीका अनुसार पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका–२५ का प्रदेशी भन्ने सुदामा पासवान र बारा परवानीपुर गाउँपालिका–२ का विवेकलाल साह कानु रहेका छन् । कार्कीका अनुसार पासवान कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय सुनाइएका कैदी हुन् ।कानुलाई उच्च अदालत पाटन इजलास हेटौंडाको आदेशले ५० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । तर धरौटी तिर्न नसकेपछि कानुलाई केन्द्रीय कारागार चलान गरिएको थियो ।...
पुस १५ सम्म बुटवलका विद्यालयमा सार्वजनिक बिदा
शिक्षा, समाचार, समाज

पुस १५ सम्म बुटवलका विद्यालयमा सार्वजनिक बिदा

नेपालअखबार,काठमाडौँ । बुटवलका विद्यालयहरू भोलिदेखि पुस १५ गतेसम्म बिदा हुने भएका छन्। बुधबार बिहानैदेखि हुस्सुसँगै अत्यन्त चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो। उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुधबार सूचना जारी गर्दै केही दिनदेखि सुरू भएको बाक्लो हुस्सु र बुधबारदेखि शितलहर पर्न थालेपछि अत्यधिक चिसो बढेकोले उपमहानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जाडो बिदा दिने निर्णय गरिएको जनाएका हुन्। उपमहानगरपालिकाले वार्षिक बिदाबाट कट्टी हुने गरी पुस ११, १३ र १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ। भोलि १० गते क्रिसमसको अवसरमा सरकारले यसअघि नै सार्वजनिक बिदा घोषणा गरिसकेको छ भने १२ गते शनिबार तथा १५ गते तमु ल्होसार परेकोले सार्वजनिक बिदा परेको छ। यही बीचमा चिसो बढेपछि उपमहानगरपालिकाले पनि तीन दिन बिदा...
पाथीभरा क्षेत्र विकास समितिले सुन र चाँदी लिलाम बिक्री गर्ने
समाचार, समाज

पाथीभरा क्षेत्र विकास समितिले सुन र चाँदी लिलाम बिक्री गर्ने

नेपालअखबार,काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समितिले सुन र चाँदी लिलाम बिक्री गर्ने भएको छ । आफूसँग भएको सुनचाँदी लिलाम बिक्री गर्ने भन्दै समितिले बुधबार बोलपत्र सूचना निकालेको छ । सूचनाअनुसार समितिले सिफाइन सुन १७८ तोलामा ८२ लाल र रिफाइन चाँदी ५ हजार २९८ तोलामा १२ लाल लिलाम बिक्री गर्न लागेको हो । इच्छुक व्यक्ति वा फर्महरूले बुधबारको मितिले २१ दिनभित्र तोकिएको प्रक्रिया पूरा गरेर आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।...
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
कृषि, समाचार, समाज

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

नेपालअखबार, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गरेका छन् । शर्माले १६ रोपनी क्षेत्रफलमा जैविक विधिबाट व्यावसायिक सुन्तला, कागती र तरकारीखेती गरेका छन् । गाईभैँसीको गहुँतलाई भकारोबाट पाइपमार्फत ड्रममा सङ्कलन गरी त्यसमा तितेपाती, असुरो, वनमारा र खिर्रोको पात मिसाएर विषादी बनाई सुन्तला र तरकारीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गरेको शर्माले बताए । ‘रासायनिक मल र विषादीको विकल्पमा जैविक मल उत्पादन गर्न फार्ममै एक भैँसी, तीन गाई र १४ वटा बाख्रा पालेको छु”, उनले भने, ‘जैविक विषादीको प्रयोगबाट दिगो कृषि, स्वस्थ्य उपज उत्पादनका साथै पर्यावरण सन्तुलन कायम राख्न सहयोग पुगेको छ ।’ जैविक विषादीलाई पानीको मात्रा मिलाएर सुन्तलाको बोट र तरकारी बालीमा छर्कँदा मल र शत्रुजी...
पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै राम्चेडाँडा
समाचार, समाज

पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै राम्चेडाँडा

नेपालअखबार,वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान देखिन्छ । साथै उत्तरतिर हिउँले ढाकिएका माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि, धवलागिरिलगायत मनमोहक हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न पाइने भएकाले पनि राम्चेडाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको हो । रमणीय ठाउँ रहेकाले यस ठाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नेगरी पूर्वाधार निर्माण गर्ने काम भइरहेको वालिङ–१२ वडाध्यक्ष विश्वजङ्ग गुरुङले जानकारी दिए । विभिन्न समयमा वडा, नगर, प्रदेश तथा सङ्घबाट यस ठाउँमा पर्यटन पूर्वाधार निर्माणका लागि बजेट विनियोजन भइ काम भइरहेको उनले बताए । ‘गाउँका मानिसहरू सहरकेन्द्रित बसाइँ सर्ने दर दिनप्र...
बाह्रकुने दहमा आन्तरिक पर्यटकको आकर्षण
समाचार, समाज

बाह्रकुने दहमा आन्तरिक पर्यटकको आकर्षण

नेपालअखबार, देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । आन्तरिक र बाह्र पर्यटकको गन्तव्यका रूपमा रहेको बाह्रकुने दहमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ । दहमा १२ कुना भएको हुनाले यसको नाम ‘बाह्रकुने दह’ रहन गएको हो । सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने दहको सौन्दर्य अतुलनीय छ । लुम्बिनी प्रदेशको एउटा नमुनाका रुपमा रहेको छ । यो धार्मिक एवं पर्यटकीयस्थलका रुपमा चिनिने गरेको छ । बाह्र भाइ बराहमध्ये एक भाइ बाह्रकुनेमा बसेको भन्ने किंवदन्ती छ । तुलसीपुर उपमहानगरपालिका–१७ की सीता पन्थी साथीहरुसँग बाह्रकुने दह घुम्न आएको भेटिइन् । टोलका आमासमूहबाट रमाइलो गरौं भनेर वनभोज खान बाह्रकुने आएको उनले बताइन् । ‘तुलसीपुरमा हेरिरहेका धेरै ठाउँ थिए, घोराहीको बाह्रकुने हेर्ने अवसर मिलेको थिएन यहाँ आउँदा धेरै रमाइलो...
अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा
समाचार, समाज

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

नेपालअखबार,काठमाडौँ । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका लागि बिदा दिएको छ। सोमबार गौर नगरपालिकाले सूचना जारी गदै मंगलबारदेखि आउँदो पुस ११ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको हो। केही दिनदेखि अत्यधिक चिसो बढेका कारण विद्यालयमा पठनपाठनमा असहजता भई बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै गौर नगर क्षेत्रभरिका सम्पूर्ण विद्यालयमा बिदा दिइएको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार ठाकुरले जानकारी दिएका छन्। बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उनले जानकारी दिए। केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ।...
माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर
समाचार, समाज

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

नेपालअखबार,मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बेंसी झरिसकेका छन् । केही व्यक्ति घरकुरुवा र पशुचौपायाको रेखदेखमा बसेका छन् । हिउँदयाममा माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेंसी झरिसकेपछि यतिबेला लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ग्रामीण बस्ती सुनसान बनेका छन् । हिउँदयामको मौसममा बेंसी नझरी गाउँमै बसेका स्थानीय नागरिकलाई चिसो थेग्न मुश्किल परेको छ । विद्युत् र सञ्चार सेवा अनियमित हुनु, चिसोका कारण घरका धारा, सेफ्टी ट्याङ्की चिसो भइ बरफ बनेर जम्न थालेपछि स्थानीयको दैनिकीमा प्रतिकूल असर पुर्‍याएको छ । चिसोका कारण गाउँमा बसेका स्थानीयको स्वास्थ्यमा असर पुर्‍याउनसक्ने जोखिम छ । माथिल्लो मुस्ताङका नागरिकले हिउँदयाम...
वर्षौंदेखि पालमुनि छन् घरबारविहीन परिवार
समाचार, समाज

वर्षौंदेखि पालमुनि छन् घरबारविहीन परिवार

नेपालअखबार, कैलाली । कैलालीको यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन्। चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको भीषण पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए। तर जग्गाधनीले बिचैमा जग्गा नदिने भएपछि उनीहरु त्यहाँबाट पनि विस्थापित भए । 'त्यसपछि हामी चुरे–४ कै टाँकगडा जङ्गलको बीचमा बस्न थाल्यौं,' नवलसिंहले विगत सम्झिँदै भने, 'त्यहाँ धेरै परिवार थियौं। वन अतिक्रमण गरेको भन्दै त्यहाँबाट पनि हामीलाई हटाएपछि हाम्रो कतै जाने ठाउँ थिएन। अनि यही जङ्गलको छेउमा ओत लाग्न आइपुग्यौं।' सोही स्थानमा बस्दै आउनुभएका अर्का रतन नाथको पीडा पनि उस्तै छ। डडेल्लधुरा पुख्र्यौली घर भएका रतनले सानैमा अभिभावक गुमाएपछि रोजगारीका लागि भारततिर गए। भारतमै हुँदा गाउँमा नापी टोली आएछ। आफन्त...
अत्यधिक चिसोका कारण वीरगन्जमा विद्यालय तीन दिन बन्द
शिक्षा, समाचार, समाज

अत्यधिक चिसोका कारण वीरगन्जमा विद्यालय तीन दिन बन्द

नेपालअखबार,काठमाडौं । अत्यधिक चिसो र शीतलहरका कारण वीरगञ्जका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भन्दै महानगरपालिकाले पुस ७ देखि ९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। तीन दिन यता चिसो बढेपछि वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरूमा विद्यार्थीको उपस्थिति घट्न थालेका थियो । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार बालबालिकाको स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै पुस ७, ८ र ९ गते विद्यालयमा पठनपाठन स्थगित गरिएको छ। उक्त बिदा वर्षे सट्टे विदाबाट कट्टा गरिने उनी बताउँछन्। महानगरपालिकाले पुस ११ गते शैक्षिक क्यालेण्डरमै सट्टा बिदा दिने तय अब गरेकोले  विद्यालयहरू पुस १३ गते आइतबारदेखि मात्रै सञ्चालनमा आउने उनले बताए । चिसो, कुहिरो र शीतलहरका कारण विशेषगरी सामुदायिक विद्यालयमा अध्यय...