Thursday, August 13

समाज

काँक्रेबिहारमा फोटो खिच्न जानेसँग मनोमानी पैसा असुली
धर्म/संस्कृति, समाचार, समाज

काँक्रेबिहारमा फोटो खिच्न जानेसँग मनोमानी पैसा असुली

नेपालअखबार,सुर्खेत । सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्रमध्येको काँक्रेबिहारमा तस्बिर खिच्न जानेहरूबाट मनोमानी पैसा उठाउने गरेको पाइएको छ। उक्त क्षेत्रभित्र जाने पर्यटकहरूको तस्बिर खिच्न भनेर काँक्रेबिहार जाने क्यामरा पर्सनहरूबाट मनोमानी पैसा उठाउने गरिएको पाइएको हो। दैनिक पाँच सय रुपैयाँका दरले उनीहरूबाट शुल्क लिँदा रसिद वा कुनै बिल समेत दिइएको छैन। एक महिनादेखि मनोमानी पैसा असुली गरेको क्यामरा पर्सन सुमन चौधरीले बताए। ‘काँक्रेबिहार गएर तस्बिर खिच्ने हामी दुई–तीन जना मात्र छौं, पहिले पैसा लाग्दैन थियो, अहिले दैनिक पाँच सय रुपैयाँ तिर्नुपर्छ,’ उनले भने, ‘अरूबाट फोटो खिचाउने पर्यटकहरू कमै हुन्छन्, हाम्रो कमाइ नै पाँच सय हुँदैन, त्यसैमाथि रसिद पनि दिइँदैन।’ उनका अनुसार काँक्रेबिहारको गेटमा पर्यटकहरूको टिकट काट्न बसेकाले क्यामरा पर्सनबाट पैसा उठाउने गरेका छन्। ‘मलाई वडाले पैसा...
इन्सपेक्टर हुँ भन्दै लुटपाट गर्ने दुई जनालाई युवक पक्राउ
प्रशासन, समाचार, समाज

इन्सपेक्टर हुँ भन्दै लुटपाट गर्ने दुई जनालाई युवक पक्राउ

नेपालअखबार, काठमाडौं । प्रहरी निरीक्षक (इन्सपेक्टर) हुँ भनेर लुटपाट गरेको आरोपमा प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ घर भएका २५ वर्षीय सुमन तामाङ भनिने मिङमार तामाङ र बाग्लुङको काठेखोला गाउँपालिका–२ का ६३ वर्षीय बलबहादुर सुनार छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुमध्ये सुमनले आफू प्रहरी वृत्त स्वयम्भूको सादा पोशाकको इन्सपेक्टर भएको बताउँदै लुटपाट गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा एसपी काजीकुमार आचार्यले बताए । २२ साउनमा सुमनले काभ्रे घर भई डल्लुमा बस्दै आएका तीर्थलाल तमााङलाई आफू इन्सपेक्टर भएको बताउँदै १ तोलाको सुनको सिक्री र नगद ६७ हजार लुटपाट गरेको पाइएको प्रहरीले जनाएको छ । लुटपाट भएपछि तीर्थलालले प्रहरीमा निवेदन दिएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो...
कास्की र तनहुँमा सबैभन्दा बढी डेंगु सङ्क्रमित
समाचार, समाज, स्वास्थ्य

कास्की र तनहुँमा सबैभन्दा बढी डेंगु सङ्क्रमित

नेपालअखबार, काठमाडौँ । तनहुँ र कास्की जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित देखिएका छन् । देशभर २७ अगस्ट सम्ममा ५ हजार ५८९ जना सङ्क्रमितमध्ये तनहुँमा १ हजार ६७ जना र कास्कीका ५३६ जनामा डेंगु सङ्क्रमित देखिएका हुन् । देशभर २३ अगस्टसम्म ५ हजार ११९ जनामा डेंगु सङ्क्रमण भएको थियो । त्यसपछि ४७० जना थपिएर अगस्ट २७ सम्ममा ५ हजार ५८९ जना सङ्क्रमित भएका हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार यो तथ्याङ्क माघयताको हो । देशभर ७७ मध्ये हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको ईडीसीडीले जनाएको छ । माघ महिनायता डेंगु सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु भएका डेंगु सङ्क्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले उल्लेख गरेको छ । डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ ...
सेप्टिक ट्याङ्कीभित्र बेहोस भएर नवलपरासी पूर्वमा ३ जनाको मृत्यु
समाचार, समाज

सेप्टिक ट्याङ्कीभित्र बेहोस भएर नवलपरासी पूर्वमा ३ जनाको मृत्यु

नेपालअखबार, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ रानीनगरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ । स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको ट्वाइलेटको सेप्टिक ट्याङ्कीभित्र काम गर्ने क्रममा बेहोस भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसारका विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ स्थानीय ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र २८ वर्षीय मोहम्मद राजा बेहोस अवस्थामा उद्धार गरी गरिएको थियो । सेप्टिक ट्याङ्कीभित्र तीन जना बेहोस भई लडिरहेको अवस्थामा उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।मृतकमध्ये दुई जनाको शव भीम अस्पताल भैरहवा ...
हातमा जग्गाधनीपुर्जा, नक्सामा भेटिँदैन
प्रशासन, समाचार, समाज

हातमा जग्गाधनीपुर्जा, नक्सामा भेटिँदैन

नेपालअखबार, अर्घाखाँची । शीतगङ्गा नगरपालिका–१२ का स्थानीय बासिन्दाले सयौं वर्षदेखि आफूले भोगचलन गरेको जग्गाको नयाँ जग्गाधनीपुर्जा (लालपुर्जा) पाउन सकेका छैनन्। विसं २०४०/२०५६ मा नापी भएर पुर्जा पाएको जग्गाको अर्घाखाँचीमा भएको पुनःनापीबाट आफूहरूले पुर्जा पाउन नसकेको भन्दै सयौं जनाले जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ उपाध्यायलाई ज्ञापनपत्र बुझाएका छन्। विसं २०५७ मा पाएको पहिलाको पुर्जा आफूहरूसँगै रहेको र सोही पुर्जाका आधारमा नगरपालिकामा तिरो तिर्दै आएको भए पनि पुर्जा पाउन नसकेपछि जग्गा भएर पनि सुकुम्बासीजस्तै भएको शीतगङ्गा–१२ खुम्चीकोटका स्थानीय देवेन्द्र पौडेलले बताए। उनले सयौँ वर्षदेखि चर्चेको पहिलाको जग्गाधनीपुर्जा देखाउँदा समेत पुर्जा पाउन नसकेको गुनासो गरे। वडा कार्यालय, नगरपालिकाको कार्यालय, विशेष नापी कार्यालयलगायत कार्यालयमा पटकपटक ध्यानाक...
४७० जना डेंगु सङ्क्रमित थपिए
समाचार, समाज, स्वास्थ्य

४७० जना डेंगु सङ्क्रमित थपिए

नेपालअखबार, काठमाडौँ । देशभर पछिल्लो पटक ४७० जना डेंगु सङ्क्रमित थपिएका छन् । देशभर २३ अगस्टसम्म ५ हजार ११९ जनामा डेंगु सङ्क्रमण भएकोमा ४७० जना थपिएर अगस्ट २७ सम्ममा ५ हजार ५८९ जना सङ्क्रमित भएका हुन् । यो तथ्याङ्क गत मध्ये माघयताको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर ७७ मध्ये हुम्ला र मुस्ताङ बाहेक ७५ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । माघ महिनायता डेंगु सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । यस्तै, तनहुँ र कास्कीमा ५ सय बढी डेंगु सङ्क्रमित फैलिएको छ । तनहुँमा १ हजार ६७ जना र कास्कीका ५३६ जनामा डेंगु सङ्क्रमण भएको छ । मृत्यु भएका डेंगु सङ्क्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले उल्लेख गरेको छ । डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो ...
हेमजा उद्मोगले स्थापना दिवस विषेश रक्तदान कार्यक्रम सम्पन्न
समाचार, समाज

हेमजा उद्मोगले स्थापना दिवस विषेश रक्तदान कार्यक्रम सम्पन्न

नेपालअखबार, पोखरा। कास्की पोखरा महानगरपालिका वडा न.२५,हेमजामा स्थापित हेमजा उद्मोग व्यवसाय समितिले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । हेमजा मिलनचोकमा रक्त सञ्चार केन्द्र पोखराको प्रविधिक सहयोगमा आयोजिक कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा न.२५ हेमजा कार्यवाहक अध्यक्ष धन कुमारी पोख्रेल तिमिल्सिनाले पहिलो रक्तदाता हेमजा उद्मोगका अध्यक्ष मिनराज तिम्सिनालाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्धघाटन गर्नुभयो । रक्तदानले परोपकार मात्र होइन, दातालाई स्वास्थ्य लाभ पनि हने धारण राख्नु भयो । कार्यक्रममा सल्लाहकार विश्वराज अधिकारी, सामुदायिक प्रहरी एवं सेवा केन्द्र हेमजाका उपाध्यक्ष देवि अधिकारी,लायन्स क्लब अफ हेमजा पोखराका अध्यक्ष सन्तमान क्षेष्ठ,ने.रे.सो हेमजा उपशाख सहसचिब कृष्ण बहादुर था...
नागढुंगा आमा समूहको तीज कार्यक्रम : मनुमायालाई जेष्ठ नागरिक सम्मान, तीज नृत्यमा सवनम प्रथम
समाचार, समाज

नागढुंगा आमा समूहको तीज कार्यक्रम : मनुमायालाई जेष्ठ नागरिक सम्मान, तीज नृत्यमा सवनम प्रथम

नेपालअखबार, पोखरा। ‘एकता, सहकार्यसँगै मनोरञ्जन, संस्कृती जगेडा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ पोखराको नागढुंगा आमा समूहले रमाइलो तीज तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा भएको तीजे सांस्कृतिक नृत्य प्रतियोगितामा सवनम अधिकारीले प्रथम, शान्ता बस्नेतले द्वितीय तथा सेन्सिका गिरीले तृतीय स्थान हासिल गरे । उनीहरुलाई नगद सहित पुरस्कृत गरियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा सदस्य गीता चर्मकार, अर्का वडा सदस्य तथा कार्यक्रमका विशेष अतिथि भावना श्रेष्ठ, आयोजक नागढुंगा आमा समूहका अध्यक्ष कमला केसी, उपाध्यक्ष कमला श्रेष्ठ, संस्थापक अध्यक्ष पवित्र गिरी लगायतले विजयीहरुलाई पुरस्कृत गरे । समूहले हरेक वर्ष प्रदान गर्दै आएको समूहका जेष्ठ नागरिक सदस्य सम्मानबाट मनुमाया लामिछाने सम्मानित हुनुभयो । उहाँलाई प्रमुख अतिथि, विशेष अतिथि लगायत अतिथिह...
फोटोग्राफर महिलाको तिज बालआश्रममा
समाचार, समाज

फोटोग्राफर महिलाको तिज बालआश्रममा

नेपालअखबार, पोखरा । पोखरा फोटोग्राफर संघ संग आवद्ध महिला फोटोग्राफरहरुले पोखरा रानिपौवामा रहेको सत्यशाई बालआश्रममा खाद्यान्न समाग्री हस्तान्तरण गरी तिज मनाएको छ ।बिभिन्न समयमा हुने कार्यक्रममा धेरथोर पैसा जम्मा गरेको रकम लाई सदुपयोग गर्दै पोखरा फोटोग्राफर संघ, महिला उपसमितिले हरितालिका तीज पर्वको अवसरमा दर खाने पैशाले सत्यशाई बालआश्रम रानीपौवाका आश्रीत बालकहरुलाई खाधान्न सामाग्री हस्तान्तरण गरेको हो । तडकभडक रहित तिज र सबैका लागी तिज भन्ने उद्येश्यले हरेक बर्ष तिजको उपलक्ष्यमा सहयोग कार्य निरन्तर रहेको महिला उप समितिका संयोजक रिता पौडेल ले बताईन । अनाथ तथा असाहायहरुलाई सहयोग गर्नैका लागी २०६९ सालमा तत्कालिन अध्यक्ष दुर्गाप्रसाद पौडेलको रोहबरमा महिला उपसमितिले संचालन गर्ने गरि सहयोग पेटिका कोष नै स्थापना गरेको कुरा कोषाध्यक्ष नन्दकला पौडेल ले बताईन ।महिलाहरुलाई पनि फोटोग्राफीमा तथा सामाजिक...
गुण्डुको खानेपानी चुनावमा नगरपालिकाका कर्मचारीहरु आचारसंहिता विपरित प्रचारमा
समाचार, समाज

गुण्डुको खानेपानी चुनावमा नगरपालिकाका कर्मचारीहरु आचारसंहिता विपरित प्रचारमा

नेपालअखबार, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुको गुण्डु बृहत खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको चुनावमा स्थानीय तहको चुनावको झल्को दिने गरी प्रतिष्पर्धा हुने भएको छ । नेकपा एमालेको पोलिटव्यूरो सदस्य एवम् भक्तपुर जिल्ला इन्चार्ज महेश बस्नेतको गृह वडाको खानेपानी निर्वाचनमा सत्ता गठबन्धनबीच नै प्रतिष्पर्धा हुने भएको हो । एकातर्फ नेकपा एमालेका नेता एवम् जिल्ला समन्वय समिति भक्तपुरका पुर्व उपप्रमुख सरिता कुँवर नेतृत्वको प्यानल छ भने अर्कोतर्फ नेपाली कांग्रेसका वडा सभापति जगदिश बस्नेत नेतृत्वको समूह चुनावमा प्रतिष्पर्धा गर्दैछन । बस्नेतले आफ्नो समूहलाई लोकतान्त्रिक र गैर दलिय समूह भएको दावी गर्नुभएको छ । उहाँले आफु कांग्रेसको नेता भएपनि खानेपानीमा गैर राजनैतिक समूहको नेतृत्व गरेको बताउनुभयो । उहाँले संस्थाको पारदर्शिता र उपभोक्ताको चाहना बमोजिम खानेपानीको शुद्धता र वितरण ...