Friday, August 14

समाज

पाइप बगाएपछि बागलुङ बजारमा खानेपानीको समस्या
समाचार, समाज

पाइप बगाएपछि बागलुङ बजारमा खानेपानीको समस्या

नेपालअखबार, गलकोट । बर्खा लाग्नासाथ बागलुङ बजारवासीलाई खानेपानीको सधै पीरलो हुन्छ । आवश्यकताभन्दा थोरै पानी आउने तथा आएको पानी धमिलो आउने कारण बागलुङ नगरवासी आजित छन् ।  खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगरखानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले चार हजार ६ सय धारामा खानेपानी वितरण गर्दै आए पनि पर्याप्त खानेपानी वितरण गर्न सकिरहेको छैन ।  खानेपानीको मुहानमा बर्खामा भेल पस्ने, पहिरोले खानेपानीको पाइप बगाउने र खानेपानीको आपूर्तिमा आउने प्राविधिक समस्याका कारण हिउँदमा भन्दा बर्खामा खानेपानीको समस्या बढी आउने गरेको छ । उपभोक्ता कमल खड्काले जनतालाई शुद्ध पानी चाहिएको बताउँदै जनता खानेपानीको समस्याबाट आजित भएको गुनासो गरे । “अहिले  खानयोग्य पानी वितरण भएको छैन, नगरपालिकाले खानेपानीको विषयमा ध्यान दिन आवश्यक छ”, उनले भने । बागलुङ नगरपालिकाले काठेखोला गाउँपालिकाको भुदीखोला मुहान, रेश खोला म...
उत्तरी भियतनाममा पहिरोमा परी ७ जनाको मृत्यु
विदेश, समाचार, समाज

उत्तरी भियतनाममा पहिरोमा परी ७ जनाको मृत्यु

नेपालअखबार,भियतनाम । उत्तरी भियतनाममा पहिरोले भ्यान पुरिदा कम्तीमा सात जनाको मृत्यु भएको शनिबार राज्य सञ्चार माध्यमले जनाएको छ । हा जियाङ प्रान्तको बाक मी जिल्ला हुँदै गुडिरहेको १६ सिटे भ्यान बिहान ४ बजे पहिरोमा परेको हो । उत्तरी भियतनाममा वर्षाको मौसम प्रवेश गरेसँगै भारी वर्षा र बाढी पहिरोले पहाडी सडकमा यात्रालाई जोखिमपूर्ण बनाइरहेको छ । उद्धारकर्ताहरूले घटनास्थलबाट एक बालकसहित सात जनाको शव उद्धार गरेका छन् ।  भ्यानमा सवार अन्य ६ जना जीवित फेला परेको र उपचारका लागि नजिकैको अस्पतालमा लगिएको  राज्य सञ्चार माध्यमले जनाएको छ । उद्धारकर्ताहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।रासस...
कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध
समाचार, समाज

कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

नेपालअखबार, बागलुङ । कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध छ । यही असार २६ गतेको भारी वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेपछि कोरिडोर  अवरुद्ध भएको हो । कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बीच भागबाटै पहिरोले भासिएको छ । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सीधा यातायात विच्छेद भएको छ । असार २१ गतेको खसको पहिरोले सडक भासिएपछि पाँच दिनसम्म अवरुद्ध बनेको कोरिडोर असार २६ गते करिब तीन घन्टा सञ्चालनमा आएको थियो । सडक मर्मतका लागि मेसिन र कामदार खटाए पनि वर्षाका कारण काम गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक वसन्त भुजेलले जानकारी दिए। अवरुद्ध सडक खुलाउन प्रयास गरिए पनि वर्षाले हालसम्म सञ्चालनमा ल्याउन नसकिएको  उनको भनाइ छ । कोरिडोरबाहेक जिल्लाका अन्य सडक सञ्चालनमा रहेका प्रहरी निरीक्षक भुजेल बताउछन् । उनले भने,  “पानी पर्ने बित्तिकै पहिरो खस्छ, पहिराले बग...
दक्षिणकालीमा पर्खाल भत्किएर पुरिएका ६ नाबालिकाको उद्धार
समाचार, समाज

दक्षिणकालीमा पर्खाल भत्किएर पुरिएका ६ नाबालिकाको उद्धार

नेपालअखबार, काठमाडौँ । प्रहरीले काठमाडौँको दक्षिणकाली शेषनारायण नगरपालिका ५ मा पर्खाल भत्किएर पुरिएका ६ नाबालिकाहरूको उद्धार गरेको छ । शुक्रबार इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा  थाई गुम्बा नजिकको पर्खाल अचानक भत्किएर पुरिएका ६ जना नाबालिकाहरूको उद्धार गरेको हो । पर्खाल भत्किएर ६ जना बालिका पुरिएका सबैको उद्धार गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेश मैनालीले जानकारी दिए । उद्धार गरिएका ५ जनाको वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको र अर्की एक बालिकाको फर्पिङस्थित मनमोहन अस्पतालमा उपचार भैरवको एसएसपी मैनालीले बताए ।  मनमोहन अस्पतालमा उपचार भइरहेकी नाबालिकाको अवस्था गम्भीर रहेको उनले बताए ।...
पछिल्लो एक महिनामा बाढीपहिरोबाट १०१ जनाको मृत्यु
समाचार, समाज, हाइलाइट-समाचार

पछिल्लो एक महिनामा बाढीपहिरोबाट १०१ जनाको मृत्यु

नेपालअखबार, काठमाडौँ । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् ।गत जेठ २८ गते बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनले भने “जेठ २८ गते बिहान ९ बजेदेखि आज बिहान ८ बजेसम्ममा बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु, एक सय आठ जना घाइते र छ जना बेपत्ता भएका छन् ।” यसैगरी बाढीपहिरो तथा विपद्का कारण काठमाडौँमा एक जना, कोशी प्रदेशमा १९, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा छ, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनागरी जम्मा एक सय एक जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्य...
म्याग्दीको ताकममा पहिरोमा घर पुरिंदा २ जनाको मृत्यु
समाचार, समाज

म्याग्दीको ताकममा पहिरोमा घर पुरिंदा २ जनाको मृत्यु

नेपालअखबार ,म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका-७ ताकममा पहिरोमा घर पुरिंदा दुई जनाको मृत्यु भएको छ । घर पुरिंदा तुलप्रसाद र उनीकी श्रीमती बालकुमारी न्यौपानेको आज बिहान मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । निरन्तरको झरीका कारण म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागले म्याग्दी नदीको सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । रासस...
एकतर्फी  नारायणगढ-मुग्लिन सडकखण्ड खुल्यो
समाचार, समाज

एकतर्फी नारायणगढ-मुग्लिन सडकखण्ड खुल्यो

नेपालअखबार ,काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड चितवनको सिमतालमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक खुलाइएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने यही सडकमा शुक्रबार बिहान साढे ३ बजेको समयमा पहिरो खसेको थियो । पहिरोले २ वटा गाडी बगाउँदा २ यात्रुसहित २ वटा गाडी बेपत्‍ता भएका छन् भने सडक पनि अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक खुलाएर केही गाडी जान दिए पनि निरन्तर वर्षासँगै माथिबाट ढुंगा झर्न नरोकिएकाले गाडी चल्न सकेका छैनन् । पहिरो खस्दा अवरुद्ध बनेकाे नारायणगढ मुग्लिन सडकखण्डकै कालीखोला क्षेत्रको सडक खुलाउन भने केही समय लाग्ने भएको छ । पहिरोले सडक रातिदेखि नै अवरुद्ध छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख एसपी खड्कबहादुर खत्रीले दिएको जानकारी अनुसार कालीखोलामा माथिबाट ठूलो पहिरो झरेकोले पन्छाउन समय लाग्...
अवतरणका क्रममा बुद्ध एयरको जहाज चिप्लियो
समाचार, समाज

अवतरणका क्रममा बुद्ध एयरको जहाज चिप्लियो

नेपालअखबार ,भैरहवा ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ (माटो) छुन पुगेको थियो  । काठमाडौँबाट गएराति ९ः३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले  विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिन पुगेको उनले बताए । प्रवक्ता भट्टले भने “जहाजबाट सबै यात्रुलाई सकुशल सुरक्षित बाहिर निकालिएको छ ।” जहाजमा चालक दलका सदस्यसहित ५९ यात्रु सवार रहेका जनाइएको छ  । जहाज अहिले पनि धावनमार्गमै रहेको कारण विमानस्थल बन्द रहेको प्रहरी प्रवक्ता भट्टले जानकारी दिए । गएराति नै बुद्धएयरको प्राविधिक टोली र सुरक्षाकर्मीले जहाजलाई तानेर सुरक्षित स्थानतर्फ ल्याउने प्रयास असफल भएको बताइएको...
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस पुर्‍यो
समाचार, समाज

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस पुर्‍यो

नेपालअखबार ,चितवन।  चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई पुरेको छ । केही यात्रुहरु समेत बेपत्ता छन् । वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोले पुरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले कति यात्रु बेपत्ता छन् भन्ने नखुलेको जनाएको छ । ७५ जनाको प्रहरी टोली खटीई खोजतलास भइरहेकोजिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।...
आज देशभर साधारणदेखि पूर्णतया बदली रहने, भारीदेखि अति भारी वर्षा हुने
समाचार, समाज

आज देशभर साधारणदेखि पूर्णतया बदली रहने, भारीदेखि अति भारी वर्षा हुने

नेपालअखबार ,काठमाडौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ। त्यसको प्रभावले शुक्रबार बिहान देशभर साधारणदेखि पूर्णतया बदली रही मधेस, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका धेरै  स्थानहरूमा साथै कोशी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।   आज दिउँसो पनि देशभर साधारणतया देखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती,र  गण्डकी  प्रदेशका केही  स्थानहरूमा, लुम्बिनी  प्रदेशको  थोरै  स्थानहरूमा साथै  सुदूरपश्चिम...