कास्कीमा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु
नेपालअखबार ,कास्की ।अविरल बर्षासँगै गएको पहिरोले घर बगाउँदा कास्कीमा एकै परिवारका ७ जनासहित ११ जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका–१९ तललाकोट टारी ७ जना, वडा नम्बर ३२ चैनपुरमा ३ जना र मादी गाउँपालिकामा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा पोखरा–१९ तल्लाकोट टारीका ४६ वर्षीय कुलबहादुर परियार, उनका श्रीमती ४३ वर्षीय मनकुमारी परियार, आमा ८५ वर्षीय लक्ष्मी परियार, छोरी १५ वर्षीय प्रशना परियार, छोरी स्याङजा घर भएकी प्रभा परियार, ज्वाँइ २५ वर्षीय अस्मित परियार र छिमेकी ५६ वर्षीय राधिका परियार रहेका छन् ।
पहिरोमा परेकी छोरी प्रभा र ज्वाँइ अस्मित चितवनबाट ससुराली पोखरा आएका थिए भने छिमेकी राधिका उद्धारमा गएका बेला लडेर मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।
पहिरोमा परेर मृत्यु भएकी राधिकाको छोरा ३१ वर्षीय कुमार परियार र मृतक कुलबहादुरका छ...







